• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

बालुवाटार बैठकमा जुटेन सहमति, प्रमुख सचेतकसँग छलफलमा सभामुख

  • २०८० चैत २७, मङ्गलबार ०७:०६

काठमाडौं । सदन अवरोध खुलाउने विषयमा बालुवाटारमा बसेको शीर्ष नेताको बैठक निष्कर्षविहीन भएको छ ।

सदन अवरोध खुलाउन बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, रास्वपा सभापति तथा गृहमन्त्री रवि लामिछाने, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, महामन्त्री गगन थापासहितको बैठक निष्कर्षविहीन भएको हो ।

सभामुखको सचिवालयले दिएको जानकारीअनुसार सदन खुलाउने विषयमा सहमति जुट्न सकेन । सदन खुलाउने विषयमा सभामुखले अब दलका प्रमुख सचेतकहरूसँग छलफल गर्ने भएका छन् ।

सहमति हुन नसक्दा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सुचारु हुन सकेको छैन ।