देउवाले बोलाए विपक्षी दलका नेतालाई बूढानीलकण्ठ

काठमाडौं । नेपाली कांग्रेसले विपक्षी दलको बैठक बोलाएको छ ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा प्रतिपक्षमा रहेका दलहरूको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने गरी बैठक बोलाइएको सहमहामन्त्री भीष्म आङ्देम्बे बताए ।

उनका अनुसार बैठक ५/६ बजेतिर बस्नेछ ।

कांग्रेस र एमालेबीच नयाँ सरकार गठन गर्ने सहमतिपछि देउवाले संसदमा रहेका विपक्षी दलसँग छलफल गर्न लागेका हुन् ।