काठमाडौं । युएईमा जारी यु–१९ एसिया कपमा आज भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भएको छ ।
लगातार २ खेलमा पराजित भएको नेपाल एसिया कपबाट बाहिरिएको हो ।
आइतबार भएको खेलमा नेपाल बंगलादेशसँग ५ विकेटले पराजित भयो । नेपालले दिएको १ सय ४२ रनको लक्ष्य बंगलादेशले २८.४ ओभरमा ५ विकेट गुमाएर भेटायो ।
बंगलादेशका लागि ओपनर जबार अबाररले ५९ रन बनाए । कप्तान मोहम्मद हाकिम तमिमले ७१ बलमा २ ५२ तथा मोहम्मद फरिदले ३१ बलमा १३ रन जोडे । नेपालका लागि युवराज खत्रीले ४ तथा कप्तान हेमन्तले १ विकेट लिए ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४५.४ ओभरमा १ सय ४१ रन बनाउँदै अल आउट भएको थियो ।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले ७७ बलमा सर्वाधिक ४३ बनाए । उत्तम थापा र अभिषेक तिवारीले समान २९ रन जोडे ।
बंगलादेशका लागि मोहम्मद अल फहदा, मोहम्मद इकवाल र मोहम्मद होसैनले समान २ विकेट लिए ।