• २०८३ असार १२
  • 2026 June 26, Friday

एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले एचआइभी संक्रमितमैत्री समाजको आवश्यक्ता भएको बताएका छन्।

आइतबार एचआइभी एड्स संक्रमित अध्ययन प्रतिबेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै उनले एचआइभी संक्रमितमैत्री समाजको लागि नेपालमा पहिला कानून बनाएर ऐनहरु लागू गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘एचआइभी संक्रमितमैत्री प्रशासन र समाजको निर्माण गर्नु आवश्यक्ता छ ।

एचआइभी संक्रमितमैत्री समाज भयो भने संक्रमितहरुले बाच्ने आधार पाउँछन् । संक्रमितहरुले दिनदिनै वा दिनैपिच्छे पीडा पाउनु भन्दा संक्रमितमैत्री समाज बनाउन सके सजिलो हुन्छ ।’साथै उनले संक्रमित भएकाहरुलाई पीडाबोध गर्न नहुने बताए । उनले पीडाबोध नहुनुलाई त्यहीँ अनुसारको कानून ऐन, व्यवहार र चेतना जोगाउने कामहरु गर्नुपर्ने बताए ।