मोरङका एक व्यक्ति काठमाडौंको शंखमुलमा मृत अवस्थामा फेला

काठमाडौं । काठमाडौं महानगरपालिका-३१ स्थित शंखमुलमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।

मृत फेला पर्ने व्यक्तिको पहिचान मोरङको विराटनगर महानगरपालिका-३ का ४५ वर्षीय युवराज ढकालको रूपमा भएको छ ।

उनी शंखमुलमा डेरा गरी बस्दै थिए र आफ्नै डेरो कोठामा मृत अवस्थामा पाइएका हुन्, प्रहरीले जानकारी दिएको छ ।