• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

कुनै पार्टीलाई कांग्रेससँग मिलाएर महाधिवेशन सार्न सकिँदैन : गगन थापा

  • २०८१ चैत २८, बिहीबार १३:२३

काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको महाधिवेशन तोकिएको समयमा हुदैन  कि भन्ने अन्योलबाट बाहिर निस्कन सबै नेता र कार्यकर्तालाई आग्रह गरेका छन्।

नेपाली कांग्रेस क्षेत्र नम्बर २ अन्तर्गत दोस्रो प्रदेश सम्मेलनको बिहीबार काठमाडौंमा सम्बोधन गर्दै उनले भने, “कुनै पार्टीसँग एकता गरेको बहानामा पार्टीको महाधिवेशन ढिलो गर्न मिल्दैन, बरु छिटो गर्न मिल्छ।”

महामन्त्री थापाले कुनै पार्टीसँग एकता गरेर बहानाबाजी गर्दै महाधिवेशन सार्न नमिल्ने तर्क गरे। उनले थपे, “कांग्रेसले अरू पार्टीसँग एकता गरेर महाधिवेशन सार्ने कुरा छ भने नयाँ पार्टी बनाउनु पर्छ। चार तारे झन्डा र रुख चुनाव चिह्न भएको कांग्रेससँग मिल्दैन,” उनले भने, “कांग्रेसमा नेपाली कांग्रेस बीपी वा तमलोपा नेपाली कांग्रेसमा मिसिंदैमा महाधिवेशन सार्न मिल्दैन।”

उनले कांग्रेस महाधिवेशनसँगै समयमै चुनाव हुने कुरा पनि बताए। “२०८३ सालको मंसिर महिनामा हाम्रो महाधिवेशन भईसक्छ र २०८४ को वैशाखमा निर्वाचन हुनेछ,” उनले भने।महामन्त्री थापाले नेता र कार्यकर्तालाई सर्वदलीय र गठबन्धन मानसिकताबाट बाहिर निस्कन निर्देशन दिएका छन्।

  • २०८१ चैत २८, बिहीबार १३:२३