नेपाल प्रहरीका सन्जय र रिमलाले गरे एक रुपैयाँमै विवाह

नेपाल प्रहरीको समाचार कक्षमा कार्यरत असई सन्जय गौतम र रिमला बस्नेतले अनौठो तर प्रेरणादायी विवाह गरेका छन्—जसको कुल खर्च अक्षरशः एक रुपैयाँ मात्र भएको छ । विवाह सामाग्रीको कुरा गर्दा सिन्दुर घरबाटै ल्याइएको थियो भने
पोते भाउजुसंग मागिएको थियो त्यस्तै विवाहका लागि चाहिने माला भने मन्दिरमै भेटिएको थियो । खर्च भएको भनिएको एक रुपैंया गुरुलाई दक्षिणाका रूपमा दिइएको एक रुपैयाँ हो ।

यति मात्रै खर्चमा सम्पन्न भएको थियो उनीहरूको वैवाहिक समारोह।

आजकाल झिलिमिली र तडकभडकबीच हराउँदै गएको सरलता र आत्मीयता सन्जय–रिमलाको विवाहमा देखिएको छ ।