नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब छिटै राजनीतिबाट विश्राम लिने संकेत दिएका छन्।एक कार्यक्रममा बोल्दै देउवाले पार्टीभित्र अन्तर्घातको रोगले कांग्रेसलाई कमजोर बनाएको स्वीकार समेत गरे ।
“हाम्रो पार्टीमा टिकट नपाउनेले आफ्नै साथी हराउन लगाउँछ, “यही अन्तर्घातको कारण कांग्रेस एक्लैले बहुमत ल्याउन नसकेको देउवाले बताएका छन् । उनले थपे, “अब म रिटायर्ड हुन लाग्या छु। तर, रिटायर्ड हुनुअघि पार्टीलाई एक बनाउने इच्छा रहेको देउवाको भनाई छ ।
देउवाले चुनाव जित्न कांग्रेसले कहिले माओवादी, कहिले एमालेसँग मिल्नुपर्ने बाध्यता रहेको समेत उल्लेख गरे। उनका अनुसार, यदि कांग्रेसभित्र एकता कायम भएमा, पार्टी एक्लै बहुमत ल्याउने हैसियतमा पुग्न सक्छ।
उनको यो अभिव्यक्तिले कांग्रेसभित्र नेतृत्व हस्तान्तरण र आत्मचिन्तनको बहसलाई थप चर्काएको छ।