• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

निजी विद्यालय सञ्चालन र व्यवस्थापन सम्बन्धी सहमति कायम

काठमाडौँ । निजी विद्यालय सञ्चालन र व्यवस्थापनको विषयमा सहमति जुटेको छ ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको शुक्रबारको बैठकमा यस्तो सहमति भएको हो ।

सेवामूलक, लोककल्याणकारी क्रमशः गैर नाफामूलक बनाएर जाने गरी निजी विद्यालय सञ्चालन गर्ने विषय समितिबाट सर्वसम्मत पारित भएको स्रोतले बताएको छ ।