‘समय थपौं तर महाधिवेशन मिति तोकौं’ – कांग्रेस नेता केसी

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले पार्टीको १५ औं महाधिवेशनको मिति तोक्न माग गरेका छन् । सानेपामा जारी केन्द्रीय समिति बैठकमा बोल्दै गुटउपगुटका कारण पार्टी कमजोर भएको बताए ।

उनले भने, ‘गुटउपगुटमा विभाजित भएकाले हामी कमजोर हुँदैछौं । पार्टी सभापतिदेखि पदाधिकारी महाधिवेशन हुन्छ भन्नुहुन्छ तर कहिले भन्नु हुन्न। त्यसैले कति समय थप्ने हो थपेर महाधिवेशन हुन्छ भन्नुपयो, ०८२ मै हुनुपर्छ भन्ने मेरो बुझाइ हो ।

उनले अनुशासन समितिको कामकारबाही पारदर्शी हुनुपर्ने भन्दै पार्टीमा अन्तर्घत गर्ने सबैलाई माफी दिने हो भने दिऔँ होइन भने कारबाही गर्नुपर्ने बताए ।