• २०८३ असार ३०
  • 2026 July 14, Tuesday

प्रधानमन्त्री ओलीले गरे रियल मेड्रिडको रंगशाला भ्रमण

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको मेड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल मेड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको आज भ्रमण गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका थिए ।