राष्ट्रिय युवा संघ नेपालले आयोजना गरेको अन्तर्राष्ट्रिय सूचना प्रविधि युवा सम्मेलन २०२५ लाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सूचना प्रविधि (आईटी) आजको जीवनको अनिवार्य आवश्यकता भइसकेको बताए।
उनका अनुसार आईटीबिना दैनिक जनजीवन चल्नै नसक्ने अवस्था आएको छ। उनले आईटीको प्रयोगले देशलाई सुव्यवस्थित बनाउन, समाजलाई सभ्य र उन्नत बनाउन, सुशासनलाई सुदृढ बनाउन र भ्रष्टाचार नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। साथै, आईटीले जनतालाई सेवा–सुविधा पुर्याउन ठूलो योगदान पुर्याउने उनले उल्लेख गरे।
प्रधानमन्त्री ओलीले इन्फरमेसन टेक्नोलोजीलाई मध्यनजर राखेर सरकारले आईटीलाई डिजिटल नेपालको नाराका साथ अघि बढाएको आशय व्यक्त गरे