• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

काठमाडौं १ मा उम्मेदवार हुने मेरो नियत छैन : पशुपति शम्शेर राणा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष पशुपति शम्शेर राणाले काठमाडौं क्षेत्र नम्बर १ मा आफू उम्मेदवार नहुने बताएका छन्।

फागुन २१ को प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाबाट काठमाडौं १ मा प्रत्यक्षतर्फ दुई वटा सूची सिफारिस भएको थियो।

एउटा सूची पूर्वअध्यक्ष पशुपति शम्शेर राणालाई पहिलो नम्बरमा राखेर सिफारिस छ भने अर्को सूची वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई पहिलो नम्बरमा राखेर सिफारिस भएको छ। यसले पार्टीभित्र तरंग ल्याएको छ।

यसबीच वरिष्ठ उपाध्यक्ष मिश्रले पूर्वअध्यक्ष पशुपति शम्शेर राणालाई भेटेर यसबारे जिज्ञासा राखेका छन् र पशुपतिको भिडिओ क्लिप पनि सोमबार सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरेका छन्।

जसमा पूर्वअध्यक्ष पशुपति शम्शेरले भनेका छन्, ‘कस्तो कुरा गर्नुभएको, काठमाडौं क्षेत्र नम्बर १ मा म राम्रोसँग परिचित पनि छैन। हुन त काठमाडौं हरेक ठाउँ थाहा छ। जे भए पनि म त्यहाँ चाहिँ उम्मेदवार भएर उठ्ने मेरो कुनै नियत छैन।’

आफ्नो नाम काठमाडौं क्षेत्र नम्बर १ बाट सिफारिस भएको विषयमा आफूलाई जानकारी पनि नरहेको उनको भनाइ छ। ‘यो बारेमा मलाई केही पनि थाहा छैन। म त्यो क्षेत्रबाट उम्मेदवार हुने कुनै नियत छैन,’ उनले भने।

काठमाडौं क्षेत्र नम्बर १ मा २०७४ र २०७९ को चुनावमा रवीन्द्र मिश्र उम्मेदवार भएका थिए।

यो पनि पढ्नुहोस् ।

रवीन्द्र मिश्रले फैलाएको अफवाहबाट भ्रममा नपर्न राप्रपाको आग्रह

राप्रपाले काठमाडौं १ मा सिफारिस गरेको पशुपति शमशेरलाई हो, रवीन्द्रको अफवाह