Author: Hulak News

  • खानेपानी मन्त्री यादवले दिए राजीनामा

    खानेपानी मन्त्री यादवले दिए राजीनामा

    काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जेन जेडहरूको प्रदर्शनका क्रममा सोमबार १९ जना युवाले ज्यान गुमाएका थिए ।

    उक्त घटनापछि सरकारमा बस्न उपयुक्त नहुने भन्दै मन्त्री यादवले राजीनामा दिएका हुन् ।

    ‘प्रिय युवा भाइ बहिनीहरू तपाईँ नै मेरो प्रथम सहयोगी र मेरो जोस र ऊर्जाका सूत्रधार हुनुहुन्छ,’ उनले भनेका छन्, ‘हिजो जेन जेड पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजीनामा दिने घोषणा गर्दछु ।’

    यसअघि नेपाली काँग्रेसका तर्फबाट कृषि मन्त्री रामनाथ अधिकारीले राजीनामा घोषणा गरेका थिए । स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि राजीनामा दिने भएका छन् ।

  • एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड

    एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड

    काठमाडौं । जेनजी पुस्ताका आन्दोलनकारीहरुले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा तोडफोड गरेका छन्। शेर बहादुर देउवा, रमेश लेखक र आरजु राणाको घरमा आगजनी, गरेसँगै एमाले केन्द्रीय कार्यालयमा तोडफोड गरेका हुन् ।

    सअघि पार्टी कार्यालय अघि टायर बालेर प्रदर्शन गरिरहेका प्रदर्शनकारी पार्टी कार्यालमा प्रवेश गरेका हुन् । सोमबार जेनजीले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज देशव्यापी प्रदर्शन भइरहेको छ ।

    देशभर अहिले प्रदर्शन चर्किरहेको छ । विभिन्न जिल्लामा पार्टीका कार्यलयहरु तोडफोड भएका छन् ।

  • ललितपुरमा विरोध प्रदर्शन, सुरक्षाकर्मीको सवारीसाधन जलाइयो

    ललितपुरमा विरोध प्रदर्शन, सुरक्षाकर्मीको सवारीसाधन जलाइयो

    काठमाडौं । ललितपुर महानगरपालिकाका विभिन्न स्थानहरुमा प्रदर्शनकारीहरुले आगजनी र तोड्फोड गरिएको छ ।

    मंगलबार ललितपुर जिल्ला प्रशासनले निषेज्ञ आज्ञा जारी गरेपनि प्रदर्शनकारीहरुले आगजनी र तोड्फोड गरिरहेका हुन् । ललितपुरको मंगलबजारमा आन्दोलनकारीले प्रहरीको भ्यान समेत जलाएका छन् ।

    आगजनीबाट भ्यान पूर्णरुपमा क्षतिग्रस्त भएको छ भने सो क्षेत्रमा आन्दोलनकारीहरुले सरकारविरोधी नाराबाजीसहित प्रदर्शन गरिरहेका छन् ।

  • कांग्रेसको पार्टी कार्यालयमा आगजनी

    कांग्रेसको पार्टी कार्यालयमा आगजनी

    काठमाडौं । नेपाली कांग्रेसको पार्टी कार्यालयमा जेनजी पुस्ताका आन्दोलनकारीहरुले आगजनी गरेका छन् ।

    मंगलबार पार्टी कार्यालय सानेपामा पुगेर युवाहरुले नाराबाजी गरेको थिए । केही समयपछि उनीहरुले तोडफोडसहित आगजनी गरेका हुन् ।

    सोमबार भएको आन्दोलन हिंसात्मक बनेपछि आज देशभर जेनजीहरुको आक्रोस नेताहरुको निवास र पार्टी कार्यालयतिर केन्द्रीत भएका छन् ।

     

  • प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

    प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीले आज बेलुकी ६ बजेका लागि सर्वदलीय बैठक आव्हान गरेका हुन् ।
    प्रधानमन्त्रीले हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी समेत व्यक्त गरेका छन् ।
    प्रधानमन्त्रीद्वारा जारी अपिलमा भनिएको छ, “कुनै पनि रूपको हिंसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण तथा संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै अपनाउने विधि हो।  उत्पन्न परिस्थितिको मूल्याङ्कन गर्न र सार्थक निष्कर्षको लागि सम्बद्ध पक्षसँग संवादमा रहेको उल्लेख गर्दै उनले आजै साँझ ६ बजे सर्वदलीय बैठक आव्हान समेत गरेको छु ।”
    प्रधानमन्त्री ओलीले सबैलाई यस विषम परिस्थितिमा संयम अपनाउन आव्हान समेत गरेको छन् ।
  • देउवा निवासमा उग्र प्रदर्शन, तोडफोड र आगजनी

    देउवा निवासमा उग्र प्रदर्शन, तोडफोड र आगजनी

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देवाको घरमा युवाहरुले तोडफोडसहित आगजनी गरेका छन् ।

    मंगलबार बुढानिलकन्ठस्थित देउवा निवासमा आगजनीगरी घर अगाडि प्रदर्शन गरेका हुन् ।

    काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको छ ।

  • रमेश लेखकको घरमा तोडफोड

    रमेश लेखकको घरमा तोडफोड

    काठमाडौं । निवर्तमान गृहमन्त्री रमेश लेखकको घरमा प्रदर्शनकारीहरूले तोडफोड गरेका छन् । नैकाप स्थित लेखकको घरमा युवाहरुले तोडफोडसहित आगजनी प्रयास गरेको सचिवालयले जनाएको छ ।

    लेखकको घर अगाडि प्रदर्शन भइरहेको छ । काठमाडौँको नयाँ बानेश्वर र माइतीघरमा जेनजीको प्रदर्शनमा सहभागी १९ जनाको मृत्यु भएपछि आन्दोलन झन् भड्किएको हो भने यसैकारण लेखकले सोमबार साँझ राजीनामा पनि दिएका थिए ।

  • एमाले नेता रघुवीर महासेठको घरमा आगजनी

    एमाले नेता रघुवीर महासेठको घरमा आगजनी

    जनकपुर । जेनजीहरुको प्रदर्शनमा सहभागीहरुले पूर्वमन्त्री तथा एमालेका नेता रघुवीर महासेठको घरमा आगजनी गरेका छन् ।

    मंगलबार जनकपुस्थित नेता महासेठको घरमा पुगेर उनीहरुले तोडफोड सहित आगजनी गरेका हुन् ।

    हिजो भएको आन्दोलन हिंसात्मक बनेपछि आज देशभर जेनजीहरुको आक्रोस् नेताहरुको निवासतिर केन्द्रीत भएका छन् ।

  • आन्दोलनकारीहरुका लागि भक्तपुरमा रक्तदान

    आन्दोलनकारीहरुका लागि भक्तपुरमा रक्तदान

    काठमाडौं । जेनजीहरुको आन्दोलनमा घाइते भएका बिरामीहरुका लागि भनेर भक्तपुरको विभिन्न स्थानमा रक्तदान भइरहेको छ ।

    हिजो सोमबार नयाँ बानेश्वर र माइतीघरमा भएको जेनजीहरुको आन्दोलनमा धेरै जना घाइते भएका थिए । उनीहरुको लागि भनेर

    भक्तपुरको कमलविनायक र बोडेमा रक्तदानको कार्यक्रमहरु भइरहेको छ । आन्दोलनमा हालसम्म १९ जनाको मृत्यु भएको छ भने ४ सय २२ जना घाइते भएका छन् ।

  • प्रचण्ड निवासमा प्रदर्शनकारीद्धारा आगजनी

    प्रचण्ड निवासमा प्रदर्शनकारीद्धारा आगजनी

    काठमाडौँ । ललितपुरको खुमलटारस्थित नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

    सुरुमा ढुंगामुढा गरेका प्रदर्शनकारीहरूले त्यसपछि आगजनी गरेका हुन् । स्थिति नियन्त्रणमा लिने प्रयास भइरहेको छ । जेनजी पुस्ताले सोमबारबाट सुरु गरेको आन्दोलन उग्र बनेको छ ।