Author: Hulak News

  • चार वर्षीया बालिका बलात्कार आरोपमा २४ वर्षीया युवक पक्राउ

    चार वर्षीया बालिका बलात्कार आरोपमा २४ वर्षीया युवक पक्राउ

    माेरङ । चार वर्षीया बालिका बलात्कार आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । भारतको अररिया जिल्ला घर भई आफन्तकोमा जहँदा गाउँपालिकामा आएका २४ वर्षीय मुकेश सरदारलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    कात्तिक ४ गते साँझ ८ बजे नाबालिकालाई सरदारले घरदेखि केही पर लोहान्द्रा खोलामा लगेर बलात्कार गरेको खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी दीपक श्रेष्ठले बताए ।

    पीडित बालिकाका आफन्तले किटानी जाहेरी दिएपछि नियन्त्रणमा लिएर म्याद थप गरी अनुसन्धान बढाइएको श्रेष्ठले बताए । पीडित बालिकाको कोसी अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरीले जनाको छ ।

    बालिकालाई कोसी अस्पतालमा भर्ना गरी उपचार गर्न थाले पनि रक्तस्राव नरोकिएपछि नोबेल मेडिकल कलेज विराटनगरमा उपचारका लागि आफन्तले लगेको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार रक्तस्राव रोकिएपछि अहिले पुनः कोसी अस्पतालमै उनको उपचार भइरहेको छ । उनीहरू नातेदारसमेत रहेको प्रहरीले जनाएको छ ।

  • सिरहामा ब्राउन सुगरसहित दुई युवक पक्राउ

    सिरहामा ब्राउन सुगरसहित दुई युवक पक्राउ

    सिरहा । सिरहा प्रहरीले ४ ग्रामभन्दा बढी प्रतिबन्धित लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको छ ।

    ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी गस्ती टोलीले नरहा गापा-३ करेसाबारीबाट लागुपदार्थ ब्राउन सुगरसहित नरहा गापा- ३ बस्ने २१ वर्षीय इन्दल यादव र सोही ठाउँ बस्ने २० वर्षीय कपिल महरालाई पक्राउ गरेको हो ।

    प्रहरीले गोप्य सूचनाको आधारमा करेसाबारीमा लागू औषध प्याकिङ गर्ने क्रममा दुबै जनाको साथबाट ब्राउन सुगर ४ ग्राम ५५० मिलिग्रामसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजार प्रमुख (इन्सपेक्टर) सन्तोष कुमार राइले बताए ।

    ब्राउन सुगरसहित पक्राउ गरेका दुबै जनालाई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी सुभाष बुढाथोकीले जानकारी दिए ।

  • यसरी तयार हुँदैछ एमाले १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल

    यसरी तयार हुँदैछ एमाले १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन स्थल

    चितवन । चितवनमा हुन लागेको नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशनको तयारी भइरहेकाे छ । १० मंसिरमा नारायणी नदी किनारमा हुने उद्घाटन सत्रमा देशभरबाट पाँच लाख कार्यकर्ता उतार्ने एमालेको तयारी छ ।

    उद्घाटन स्थलमा विशाल मञ्च निर्माण भएकाे छ । मञ्च चार खण्डमा निर्माण हुने छ । मञ्चको पश्चिमतर्फ एमाले महाधिवेशनको झण्डा बोकेको गैंडाको मस्कट राखिने छ । उद्घाटन स्थलमा मञ्च निर्माणसँगै प्रचारप्रसारका साइन बोर्डहरू पनि धमाधम बनाइएको छ । नारायणी नदीको पारिपट्टी गैंडाकोटतर्फको किनारमा पनि एमालेको ठूलो बोर्ड राखिएको छ ।

    नदीको दुवै किनारमा सहभागीहरूलाई राख्ने एमालेको योजना छ । टाढा बस्ने सहभागीहरूका लागि ठूलो डिस्प्ले बोर्डको व्यवस्था गरिने श्रेष्ठले बताए । ११ र १२ मंसिरमा बन्द सत्र हुने सौराहामा दुई हजार प्रतिनिधि हटाउने हल निर्माण गरिएको छ ।

    महाधिवेशनकाे लोगोमा राखेको गैँडाको मस्कटको मूर्ति पनि तयार भएको छ । एमालेले गैँडाको मस्कटसहितको लोगो २६ कात्तिकमा सार्वजनिक गरेको थियाे । लोगोमा मस्कटले कम्युनिष्ट पार्टीको झण्डा बोकेको छ ।

    एमालेले साढे तीन लाख रुपैयाँ खर्चिएर गैँडाको मस्कट तयार गरेको हो । चितवन एकसिंगे गैँडाका लागि पनि परिचित भएकाले महाधिवेशनको लोगोमा गैँडाको मस्कट राखिएको एमालेले जनाएको छ । मूर्तिकार सूर्य मध्यरातसहित १० जनाको टिमले १० दिन लगाएर गैँडाको मस्कट तयार गरेकाे हाे ।

  • महाधिवेशनमा माधव नेपाललाई पार्टीको रूपमा निम्ता गर्न सकिँदैन : केपी ओली

    महाधिवेशनमा माधव नेपाललाई पार्टीको रूपमा निम्ता गर्न सकिँदैन : केपी ओली

    काठमाडौं ।एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीको १० महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिन माधवकुमार नेपाललाई पार्टीको रूपमा निम्ता गर्न नसकिने बताएका छन् ।

    एमालेले पार्टी अनुशासनको कारबाही गरेका नेता नेपालसहित पार्टी प्रतिनिधिको रूपमा महाधिवेशनमा बोलाउन नसकिने ओलीको भनाइ छ ।

    गत २५ साउनमा आफ्नो सरकार ढाल्ने र देशका अहितमा काम गरेका हुनाले अनुशासानको कारबाही गरेकाले माधव नेपाललाई बोलाउन नसकिने ओलीले बताए ।

    महाअधिवेशनमा नेता नेपाललाई किन नबोलाउनु भएको भन्ने पत्रकारको प्रश्नको जवाफ दिने क्रममा उनले भने, नेपालले एमाले फुटाएको, अनुशासनहिन कार्य गरेको र पार्टी फुटाएर गएकाहरूको गुटलाई पार्टी मान्न सकिँर्दैन । गुटका नेतालाई पार्टीको हैसियत बोलाउन मिल्दैन ।’

  • यति कार्पेटले विभिन्‍न रङमा आफ्नो उत्पादन बजारमा ल्‍यायो

    यति कार्पेटले विभिन्‍न रङमा आफ्नो उत्पादन बजारमा ल्‍यायो

    काठमाडौं । केडिया अर्गनाइजेशनको उत्पादन यति कार्पेट विभन्न आकर्षक रङ्ग तथा नेपालकै पहिलो कार्पेट यति कार्पेटले आफ्नो उत्पादन बजारमा ल्याएको छ।

    आम नेपालीहरुको घर घरमा एउटा संस्कृति भइसकेको यति कार्पेटको नेपालमा आफनो उत्पादनको ३० बर्षको इतिहास कायम गरेको छ।

    विभिन्न आर्कषक डिजाइन तथा रङ्गहरुमा बजारमा उपलब्ध यति कार्पेटले आफनो उत्पादनलाई विगतको भन्दा ३ गुणा बढाएको कम्पनीले जनाएको छ।

    विश्वको उत्कृष्ट जर्मन प्रबिधिबाट उत्पादन गरिने यति कार्पेट अझै धेरै गुणस्तरयुक्त रहेको कम्पनीको दाबी छ। यति फलोरिङ्ग नेपालकै सबैभन्दा ठुलो कार्पेट उत्पादक कम्पनी हो। जसबाट उत्पादित कार्पेटले हरेक नेपालीको मन जित्न सफल भएको कम्पनीले जनाएको छ।

    यतिको रिव्स जसले हर घरको शोभा बढाउदछ र घरलाई सुन्दर र सफा बनाउदछ यही नै यति कार्पेटको अमुल्य पहिचान भएको केडिया अर्गनाइजेशनका अध्यक्ष अनिल केडियाले बताए।

    उनले भने, ‘यति कार्पेट आजदेखि सर्बत्र बजारमा उपलब्ध भएको समेत आम ग्राहक महानुभावहरुमा जानकारी गराउदछौं साथै आजको दिनसम्म हामीलाई प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग र सद्भाव दिई उत्पादनमा हौसला प्रदान गर्नुहुने आदरणीय यति कार्पेटका डिलरहरु,हाम्रा अमुल्य ग्राहक महानुभावहरु एवं शुभचिन्तकहरु माझ अब हामी हृदय खोली बजारमा तपाइको आफनो उत्पादन गरी बिक्री बितरण शुरु गरको सहर्ष जानकारी गराउँदछौँ।’