Category: अर्थ

अर्थ

  • नेपाल टेलिकमको दशैं अफर : ३९९ रुपैयाँमा ३० जीबी र हरेक रिचार्जमा ८ जीबीसम्म डेटा बोनस

    नेपाल टेलिकमको दशैं अफर : ३९९ रुपैयाँमा ३० जीबी र हरेक रिचार्जमा ८ जीबीसम्म डेटा बोनस

    काठमाडौं । नेपाल टेलिकमले, दशैं अफर अन्तर्गत सहुलियत दरका डेटा र भ्वाइस प्याकसहित रिचार्ज अन बोनस उपलब्ध गराउने भएको छ ।

    दशैंका लागि यो अफर आज असोज २८ देखि प्रारम्भ भएको छ । र आगामी कात्तिक १० गतेसम्म उपलब्ध हुनेछ । अफर अन्तर्गत रु. ४९ मा एक दिन प्रयोग गर्न सकिने १ एमबीपीएस अनलिमिटेड डेटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेज उपलब्ध हुनेछ ।

    त्यसैगरी रु. ९८ मा तीन दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डेटा प्याक उपलब्ध हुनेछ भने रु. १९९ मा सात दिनसम्म प्रयोग गर्न सकिने १३ जीबी डेटा प्याक, रु. २९४ मा १० दिनसम्म प्रयोग गर्न सकिने २० जीबी डेटा प्याक र रु. ३९९ मा १५ दिनसम्म प्रयोग गर्न सकिने ३० जीबी डेटा प्याक उपलब्ध हुनेछ ।

    सोही अफर अन्तर्गत रु. ७८९ मा फेस्टिभ कम्बो प्याक पनि लिन सकिने छ । प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनसम्म चलाउन सकिने समयावधि तोकिएको सो प्याकेज अन्तर्गत ३० जीबी डेटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा यसमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

    पोस्टपेड मोबाइल प्रयोगकर्ताले यो प्याकेज लिएमा मासिक रुपमा बुझाउनु पर्ने रेन्टल चार्जबाटै यो शुल्क काटिने सुविधा रहेको छ ।

    त्यसैगरी एमपोस र फिजिकल रिचार्ज कार्डबाट रिचार्ज गर्दा समेत बोनस अन रिचार्जको रुपमा डेटा प्याकेज उपलब्ध गराइने टेलिकमले जनाएको छ । यस अनुसार रु. २०० देखि रु. ४९९ सम्मको रिचार्ज गर्दा दुई दिनका लागि प्रतिदिन १ जीबीका दरले चलाउन सकिने गरी २ जीबी डेटा उपलब्ध हुनेछ ।

    त्यसैगरी रु. ५०० र सोभन्दा बढी रकमको रिचार्ज गर्दा प्रतिदिन २ जीबीका दरले ४ दिन चलाउन सकिने गरी ८ जीबी डेटा उपलब्ध हुनेछ ।

    त्यस्तैगरी कम्पनीले रु. ११९९ मा सजिलो अनलिमिटेड प्याकेज उपलब्ध गराउने भएको छ । यसअघि यो प्याकेजको शुल्क रु. १४९९ थियो । यस अफर अन्तर्गत अनलिमिटेड अल–नेट भ्वाइस कल, १००० वटा अल–नेट एसएमएस र प्रतिदिन ४ जीबी डेटा उपलब्ध हुनेछ । यो प्याक प्रिपेड मोबाइलमा २८ दिन र पोस्टपेड मोबाइलमा ३० दिनसम्म चलाउन पाइने छ । पोस्टपेड मोबाइलमा आवश्यक रेन्टल समेत यसमा समावेश हुनेछ ।

    यी प्याकहरू मोबाइलमा *1415*11#  डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी उपयोग गर्न सकिन्छ ।

  • एकैदिन प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

    एकैदिन प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढ्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार पनि नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला छ सय रुपैयाँ बढेको सुनको मूल्य आइतबार प्रतितोला दुई हजार नौ सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १३ हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य पनि बढेको छ ।

    शुक्रबार प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ४५ रुपैयाँ बढेको हो ।

     

  • माथिल्लो अरुणमा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

    माथिल्लो अरुणमा १ खर्ब ३० अर्ब सहुलियतपूर्ण ऋण उपलब्ध गराउन विश्व बैंक सकारात्मक

    मोरक्को । माथिल्लो अरुण जलविद्युत आयोजनामा १ खर्ब ३० अर्ब रुपैया सहुलियतपूर्ण ऋण सहायता जुटाउन विश्व बैंक सकारात्मक भएको छ ।

    विश्व बैंक दक्षिण एसिया क्षेत्रका उपाध्यक्ष मार्टिन रेजर र विकास वित्त तर्फका उपाध्यक्ष आकिहिको निसिओसँगको समीक्षा बैठकमा आज अर्थमन्त्री डा प्रकाशशरण महतले राखेको प्रस्तावमा सकरात्मक निष्कर्ष निस्किएको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

    रणनीतिक महत्वको माथिल्लो अरूण जलविद्युत आयोजनामा विश्व बैंकको सहुलियतपूर्ण कर्जाको अंश बढाउने, निजी क्षेत्रबाट स्वलगानी बढाउने विषयमा नेपाली उच्चस्तरीय प्रतिनिधिमण्डलले आगामी हप्ता वासिङटनमा प्राविधिक तथा वित्तीय पक्षसंग छलफल गर्न लागेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

    सचिवालयका अनुसार, सहुलियतपूर्ण ऋृण उपलब्ध गराउने संरचना अन्तर्राष्ट्रिय विकास सहायता (आइडिए)को २१ औं रिप्लेनिस्मेन्ट बैठक नेपालमा आयोजना गर्न अर्थमन्त्री डा. प्रकाशशरण महतले राख्नु भएको प्रस्तावमा समेत विश्व बैंक सकारात्मक भएको छ ।

    ‘मन्त्री डा. महतले उपाध्यक्षद्वयसँग गरेको छलफलमा हाल चालु परियोजनाको प्रगति समीक्षा समेत भयो । गत वर्ष ९ दशमलब २ प्रतिशतमात्र वितरण भएकोमा कर्जालाई बढाउन पूर्व तयारीमा ध्यान दिनुपर्नेमा अर्थमन्त्री डा. महतले जोड दिनुभयो ।’ सचिवालयले भनेको छ ‘साइट क्लियरेन्स तथा ठेक्का बन्दोबस्ततर्फ क्षमता अभिवृद्धि र धेरै क्षेत्रमा छरिएका आयोजनालाई दुई चारवटा प्राथमिकताका क्षेत्रमा मात्र खर्च गर्ने गरी स्पिलओभर प्रभाव बढाउने विषयमा छलफल भयो । यसैगरी ३०० मिलियन अमेरिकी डलर अर्थात् ३९ अर्ब रुपैया बराबरको बजेटरी सहायता चालु आर्थिक वर्षभित्र परिचालन गर्ने गरी तयारी गर्न दुवै पक्षको सहमति भएको छ ।’

  • सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच  ?

    सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच ?

    काठमाडौं । साताको अन्तिम कारोबार दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

    अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला सात सय रुपैयाँ बढेको सुनको भाउ आज प्रतितोला छ सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ ।

    बिहीबार प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो ।

     

  • यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

    काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

    जसका अनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा पुगेको छ भने, युरो एकको खरिद दर १४१ रुपैयाँ १४ पैसा र बिक्री दर १४१ रुपैयाँ ७८ पैसा रहेको छ ।

    त्यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ४१ पैसा र बिक्री दर १६३ रुपैयाँ १४ पैसा रहेको छ भने, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार सुन–चाँदीको मूल्य बढेको छ ।

    बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला सात सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ बढेको हो ।

  • नेप्सेमा ५ अंकको सुधार

    नेप्सेमा ५ अंकको सुधार

    काठमाडौँ । लगातारको गिरावटपछि चौथो दिनमा सेयर बजार परिसूचक नेप्सेमा ५ अंकको सुधार आएको छ । बुधवार नेप्से सूचक ५.१६ अंकले बढ्दै १८ सय ९४.७६ अंकमा उक्लिएको हो ।

    यसअघि आइतबारदेखि निरन्तर ओरालो यात्रामा रहेको नेप्से सूचक मंगलबार सम्ममा ६७ अंक माथिले घट्न पुगेको थियो । उसो त केन्द्रीय बैंकले सेयर धितो कर्जाको सीमा वृद्धिपछि झन् नेप्से ओरालो लागेको थियो ।

    तथापि, चौथो दिन नेप्सेमा सामान्य सुधार आए पनि अझैं कारोबारमा भने सुधार आउन सकेको छैन । नेपाल स्टक एक्सचेन्जका अनुसार ५ अंकले नेप्से सूचक बढेको यस दिन जम्मा १ अर्ब ८ करोड ८५ लाख रुपैयाँ बराबरको ३७ लाख ३३ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको छ ।

    आज म्युचुअल फन्ड, निर्जीवन बीमा र ट्रेडिङ समूहको उपसूचक ऋणात्मक हुँदा बाँकी अरु समूहको उपसूचक धनात्मक भएका छन् ।

    आज सिटी होटेलका लगानीकर्ताहरूले १० प्रतिशतले कमाएका छन् भने माण्डू हाइड्रोपावर लिमिटेड, हाथ्वे इन्भेस्टमेन्ट नेपाल लिमिटेड सगरमाथा लघुवित्त वित्तीय संस्था र सयपत्री हाइड्रोपावर लिमिटेडका लगानीकर्ताहरूले ९ प्रतिशत माथिले कमाएका छन् ।

    यता सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडका लगानीकर्ताहरूले भने आज ४.२१ प्रतिशतले गुमाएका छन् ।

  • सुनको मल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?

    सुनको मल्यमा सामान्य गिरावट, कतिमा भइरहेको छ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक सय रुपैयाँले घटेको छ ।

    सुनचाँदी व्यवसायी महासंघका बुधबार छापावाला सुन एक सय रुपैयाँले घटेर प्रतितोला १ सय रुपैयाँले घट्दै १ लाख ८ हजार ८ सय रुपैयाँ कायम रहेको छ ।

    यस्तै, तेजाबी सुनको मूल्य पनि आज तोलामा १ सय रुपैयाँले नै घटेर १ लाख ८ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेकोे छ ।

    त्यसैगरी, चाँदीको मूल्य अघिल्लो दिनको मूल्य नै कामय रहेको छ । प्रतितोला १ हजार ३४० रुपैयाँमा कारोबार भइरहेकोे छ ।

  • चिरख्वा हाइड्रोपावरको आइपिओ खुल्यो, कति कित्ताका लागि दिने आवेदन ?

    चिरख्वा हाइड्रोपावरको आइपिओ खुल्यो, कति कित्ताका लागि दिने आवेदन ?

    काठमाडाै‌ं । सर्वसाधारणका लागि चिरख्वा हाइड्रोपावर लिमिटेडले आज (मंगलबार) देखि आइपिओ बिक्री खुला गरेको छ ।

    कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरेको आइपिओ बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

    कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ८ लाख ५९ हजार ३०० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

    कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाहरूका लागि ४ लाख कित्ता निष्कासन गरेको थियो ।

    जसमध्ये २ लाख ४ हजार ७०० कित्ता मात्र बाँडफाँट भएको कम्पनीको भनाइ छ ।

    त्यसैगरी, पहिलो चरणमा कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि ८० हजार कित्ता, कर्मचारीहरूका लागि १६ हजार कित्ता तथा सामूहिक लगानी कोषहरूका लागि ४० हजार कित्ता निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

    आइपिओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

    उक्त आइपिओमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिभित्र सम्पूर्ण कित्ताका लागि आवेदन नपरेमा बिक्री अवधि कात्तिक ३ गतेसम्म लम्बिनेछ ।

    कम्पनीलाई इक्रा नेपालले ‘इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ ।

    कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबिबी मर्चेन्ट बैंकिङ रहेको छ ।

    लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र तिनका तोकिएका शाखा कार्यालयहरू तथा सिडिएस एण्ड क्लियरिङले निर्माण गरेको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सी–आस्बा प्रणालीमार्फत् आवेदन दिन सक्नेछन् ।

  • सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

    सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

    अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।