• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला एक हजार रुपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला तीन सय रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८ हजार ९ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ घटेको हो ।