Category: अर्थ

अर्थ

  • बिहीबार पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    बिहीबार पनि बढ्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य बढेको छ ।

    बुधबार प्रतितोला एक सय रुपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला पाँच सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको हो ।

  • एनएमबि बैंकद्वारा धुलिखेल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण

    एनएमबि बैंकद्वारा धुलिखेल अस्पतालका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण

    काठमाडाैं । एनएमबि बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत धुलिखेल अस्पतालको शल्यक्रिया कक्ष तथा नवजात शिशु सघन इकाईका लागि अत्यावश्यक स्वास्थ्य उपकरणहरु हस्तान्तरण गरेको छ ।

    उक्त कार्यक्रममा बैंकका सन्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, अस्पतालका कार्यकारी निर्देशक राम के एम श्रेष्ठ, अस्पतालका व्यवस्थापन टोलीको उपस्थिति रहेको थियो ।

    बैंकले सो कार्यक्रममा अस्पताललाई अत्यावश्यक स्वास्थ्य उपकरण नियो नेटल इन्क्युबेटर, एनेस्थेसिया मेसिन, तथा थेराप्युटिक हाइपरथर्मिया युनिट हस्तन्तरण गरेको छ । बैंकले प्रदान गरेको उपकरणले स्थानीय समुदायलाई सहयोग पुर्‍याउनुका साथै बिरामीहरूलाई उच्च स्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन सहयोग पुग्ने छ ।

    एनएमबि बैंक विगत २७ वर्ष देखि अनवरत रुपमा बैंकिङ्ग सेवा सुविधा प्रदान गर्दै आइरहेको, नेपाल राष्ट्र बैंकबाट ‘क’ वर्गको इजाजतपत्र प्राप्त एक अग्रणी वित्तीय संस्था हो । बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधी ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधीबाट सम्मानित भएको बैंक हो ।

    एनएमबि बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिका द्वारा चार पटक नेपालकै उत्कृष्ट बैंकको उपाधी बैंक अफदिइयर नेपाल’ प्राप्त गरिसकेको छ । एनएमबि बैंकले हाल देशभरी २०१ शाखाहरु, १४३ एटिएमहरु र १२ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गदै आइरहेको छ ।

  • सुन–चाँदीको भाउ सामान्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

    सुन–चाँदीको भाउ सामान्य बढ्यो, आज कतिमा हुँदैछ खरिद–बिक्री ?

    काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ सामान्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।

    आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

    मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।

  • घट्यो गोलभेँडाको मूल्य

    घट्यो गोलभेँडाको मूल्य

    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा बुधबार गोलभेँडाको मूल्य घटेको छ ।

    आज कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितीले सार्वजनिक गरेको सूचीअनुसार २० रुपैंयाले गोलभेँडाको मुल्य घटेको हो ।

    तीन दिन अघि १३० रूपैयाँ भाउ रहेको नेपाली गोलभेँडाको हिजो १२० रूपैयाँमा कारोबार भएको थियो ।

    सार्वजनिक सूचीअनुसार नेपाली गोलभेँडा आज प्रतिकेजी मूल्य १००, भारतीय ठूलो गोलभेँडा १३०, टनेल गोलभेंडा सानो ६३, लोकल गोलभेडा सानो ५० रुपैयाँमा कारोबार भईरहेको छ ।

    त्यसै गरि घिउ सिमी लोकल ६०, काउली स्थानीय प्रतिकेजी ८०, आलु रातो ५०, मुडे आलु रातो ४८, भारतीय आलु रातो ३५, लौका ७०, हरियो फर्सी ९०, घिरौला ५० रुपैयाँ न्यूनतम प्रतिकेजीमा कारोबार भइरहेको छ ।

    त्यसैगरी, डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ५०, गाँजर ८०, मूला सेतो ९०, भान्टा डल्लो ७०, भान्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तीतो करेला ७०, ब्रोकाउली १४०, कागती १३०, भिन्डी ५५, निउरो ८०, रातो बन्दा प्रतिकेजी १४०, लोकल काँक्रो ७०, अदुवा प्रतिकेजी २६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

    समितिका अनुसार कुरिलो प्रतिकेजी ४५०, केरा दर्जन १४०, अनार २८० रुपैयाँ, नासपाती ७०, एभोकाडो ३५०, कालो अंगुर ४००, किबी ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ तथा रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा (मुंगरी) २८० रुपैयाँमा कारोबार भइरहेको समितिले जनाएको छ ।

    यस्तै, लप्सी प्रतिकेजी ५०, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २३०, चाइनिज लसुन २४०, लसुन हरियो २२०, रुख कटहर ४०, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, शरीफा २५०, फूजी स्याउ ३५०, अम्बा १५०, जुनार ३२०, तोफु ११०, पिंडालू ६०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी ८० रुपैयाँ मा कारोबार भइरहेको छ ।

     

  • बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् सोमबार स्थिर रहेको सुनको मूल्य यस दिन प्रतितोला दुई सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला २५ रुपैयाँ बढेको हो ।

     

  • सोमबार सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

    सोमबार सुन–चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । सोमबार नेपाली बजारमा सुन–चाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

    आइतबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी सोमबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ ।

  • २१ प्रतिशतले बढ्यो रेमिट्यान्स,असार मसान्तसम्म १२ खर्ब २० अर्ब ५६ लाख रुपैयाँ भित्रियो

    २१ प्रतिशतले बढ्यो रेमिट्यान्स,असार मसान्तसम्म १२ खर्ब २० अर्ब ५६ लाख रुपैयाँ भित्रियो

    काठमाडौं । आर्थिक वर्ष २०७९-८० रेमिट्यान्समा वृद्धि भएको छ ।

    नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको गत आवको वार्षिक तथ्यांकअनुसार असार मसान्तसम्म २१.२ प्रतिशतले वृद्धि हुँदै १२ खर्ब २० अर्ब ५६ लाख रुपैयाँ रेमिट्यान्स देश भित्रिएको छ । अघिल्लो वर्ष रेमिट्यान्स अर्थात विप्रेषण आप्रवाह ४.८ प्रतिशतले बढेको थियो ।

    अमेरिकी डलरको विप्रेषण आप्रवाह १२.१ प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ भने अघिल्लो वर्ष यस्तो आप्रवाह २.२ प्रतिशतले बढेको थियो ।

    त्यसैगरी ,समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ४०.३ प्रतिशतले वृद्धि भई ४ लाख ९७ हजार ७०४ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३९२.० प्रतिशतले बढेको थियो ।

    त्यस्तै, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा १.८ प्रतिशतले कमी आई २ लाख ७७ हजार २७२ पुगेको छ ।

     

  • सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ काराेबार ?

    सुनको मूल्य स्थिर हुँदा बढ्यो चाँदी, आज कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । साताको अन्तिम दिन अर्थात् शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् बिहीबार प्रतितोला आठ सय रुपैयाँ घटेको सुनको भाउ यस दिन स्थिर रहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने बढेको छ ।

    बिहीबार प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको हो ।

  • प्रभु बैंकको बैंकिङ सेवा दुई दिनको लागि बन्द

    प्रभु बैंकको बैंकिङ सेवा दुई दिनको लागि बन्द

    काठमाडौं । प्रभु बैंकको बैंकिङ सेवा दुई दिन बन्द हुने भएको छ ।

    बैंकले प्रयोग गरिरहेको कोर बैंकिङ स्टिमको भर्जन अपग्रेड गर्नको लागि आज भदौ १ गते शुक्रबार साँझ ६ बजे देखि शनिबार राती १० बजेसम्म एटिएम लगायतका मोबाइल तथा इन्टरनेट सेवाहरु अस्थाई रुपमा बन्द हुन लागेको हो ।

    प्रभु बैंकले एक सूचना जारी गर्दै उक्त जानकारी गराएको हो ।

  • प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    प्रतितोला आठ सय रुपैयाँ घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा बिहीबार पनि सुनको मूल्य घटेको छ ।

    बुधबार प्रतितोला एक सय रुपैयाँ घटेको सुनको मूल्य यसदिन प्रतितोला आठ सय रुपैयाँ घटेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ४ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार २ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो ।