
काठमाडौं । नेपाली बजारमा बुधबार सुन–चाँदीको भाउ सामान्य बढेको छ ।
अघिल्लो दिन अर्थात् मंगलबार प्रतितोला दुई सय रुपैयाँ बढेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १० हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ ।
आज चाँदी प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार चाँदी प्रतितोला १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।
मंगलबारको तुलनामा बुधबार चाँदी प्रतितोला १० रुपैयाँ बढेको हो ।