काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत यूएईमा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले यूएईबाट १६९ रनको लक्ष्य पाएको छ ।
टस जितेर ब्याटिङ थालेको यूएईले ४६ ओभर २ बलमा सबै विकेट गुमाएर एक सय ६८ रन बनाएको हाे ।
नेपालका सोमपाल कामीले ४ र करण केसीले ३ विकेट लिए । सागर ढकाल, सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले एक-एक विकेट हात पारे ।
यूएईका लागि सबैभन्दा बढी रोहन मुस्तफाले ८१ बलमा २ चौका र १ छक्कासहित ४० रन बनाए । यस्तै, सिपी रिजवान ८५ बलमा ४० रन जोडे । अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन् ।
माथिल्लोक्रमका मोहम्मद वासिम २१, चिराग सुरी ६ र विकेटकिपर भित्र्या अरविन्द ३ रनमा आउट भए ।