Category: प्रविधि

प्रविधि

  • हवाई चाप बढेको छ, व्यवस्थित बनाउँछौं : मन्त्री पाण्डे

    हवाई चाप बढेको छ, व्यवस्थित बनाउँछौं : मन्त्री पाण्डे

    काठमाडौं । संस्कृति पयर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले विपद र चाडसँगै आएका कारण हवाई चाप बढेको बताएका छन् ।

    शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल हवाई नियन्त्रक संघको २३औं वार्षिक साधरण सभालाई सम्बोधन गर्दै मन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।उनले भने, ‘विपद र महान चाडहरुसँगै आएका कारण हवाई चाप बढेको छ । यसलाई कसरी न्यायोचित बनाउने भनेर कुरामा हामी निरन्तर काम गरिरहेका छौं ।’मन्त्री पाण्डेले यात्रुहरुको सहजताका लागि मन्त्रालयले निरन्तर काम गरिरहेको पनि बताए।

    उनले पर्यटनमन्त्रालय सम्बद्ध संस्कृति, पर्यटन र हवाई नीतिहरु परिमार्जनको क्रममा रहेको बताउँदै ऐन नीतिहरु बनाएर सुदृढिकरण गर्ने उदघोष गरे ।मन्त्री पाण्डेले टेड युनियनलगायतका संघ, संस्थाहरुले सत्य, तथ्य कुरा मात्रै पस्कनुपर्ने भन्दै नेपालको हवाइ आकाश सुरक्षित रहेको छ भन्ने सन्देश दिन समेत अनुरोध गरेका छन् ।मन्त्री पाण्डेले शुक्रबार नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यातायातसम्बन्ध पदाधिकारीहरुसँग छलफल गरेका छन् । साथै उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टावरको समेत अवलोकन गरेका थिए ।

  • नेपाल टेलिकमले सार्वजनिक गर्यो चाडपर्व अफर

    नेपाल टेलिकमले सार्वजनिक गर्यो चाडपर्व अफर

    काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरुको अवसरमा आफ्ना ग्राहकहरुका लागि दशैं अफर २०८१ ल्याएको छ ।

    आइतबारदेखि सुरु भइ आगामी कार्तिक २३ गतेसम्म उपलब्ध हुने अफरमा सहुलियत दरका भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरु रहेका छन् ।

    अफर अन्तर्गत टेलिकमले साविकका एफटीटीएचका प्याकेजहरुमा साविककै मूल्यमा थप ब्याण्डविथ उपलब्ध गराएको छ । ५०, ७५, १००, १५० र २०० एमबीपीएस गतिका एफटीटीएच डाटारकम्बो प्याकेजहरुमा ५० प्रतिशतसम्म क्षमता अभिवृद्धि गरी क्रमशः ७५, १००, १२५, १७५ र २२५ एमबीपीएस ब्याण्डविथ कायम गरिएको छ । यो अफर उल्लेखित समयावधिभित्र नयाँ सेवा जडान गर्ने एवम् प्याकेज नवीकरण गर्ने सबै ग्राहकका लागि कायम रहनेछ । साथै एफटीटीएच नयाँ जडानमा जडान शूल्क रु. ५०० मिनाहा समेत गरेको टेलिकमले जनाएको छ ।

    यसैगरी दशैं अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि रु. ७९९ मा अल नेट अनलिमिटेड भ्वाइस सुविधा, ४५ जीबी डाटा र ५०० अल नेट एसएमएस सुविधा सहितको ७९९ सजिलो अनलिमिटेड प्याकेज सञ्चालन गरिएको छ ।

    साथै रु. २५० मा १००० मिनेट अल नेट भ्वाइस सुविधा सहितको १००० मिनेट अल नेट भ्वाइस कल अफर र रु. ९९ मा १००० अन नेट एसएमएस सुविधाको १००० अन नेट एसएमएस प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

  • विपत्तिको मारमा जलविद्युत आयोजना, दुई अर्ब ३१ करोड बराबर नोक्सान

    विपत्तिको मारमा जलविद्युत आयोजना, दुई अर्ब ३१ करोड बराबर नोक्सान

    काठमाडौं । निरन्तर परेको वर्षाले विभिन्न डेढ दर्जन बढी जलविद्युत आयोजनाहरुमा क्षति पुर्याएको छ ।
    बाढी र पहिरोका कारण निजी क्षेत्रका २० वटा आयोजनामा क्षति पुर्याएको छ । ती जलविद्युत आयोजनामा २ अर्ब ३१ करोड रुपैयाँ बराबरको क्षति पुगेको स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) ले जनाएको छ ।

    इप्पानका अनुसार सबैभन्दा धेरै मान्डु हाइड्रोपावरद्वारा प्रवद्र्धित २२ मेगावाटको बागमती साना जलविद्युत आयोजनामा पुर्याएको छ ।मकवानपुरमा रहेको उक्त आयोजनामा पावर हाउस पूर्ण रुपमा डुबेको छ भने बाँध क्षेत्रमा क्षति पुर्याएको छ । सो आयोजनामा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको हो ।माउन्टेन हाइड्रो नेपालद्वारा प्रवद्र्धित २२.१ मेगावाट क्षमताको तल्लो हेवाखोला जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ बराबरको क्षति पुर्याएको छ ।उक्त आयोजनाको पावर हाउस डुबानमा परेको गरेको छ । सो आयोजना गत वर्षको बाढीले पनि क्षति पुर्याएको थियो ।

    सगरमाथा जलविद्युत कम्पनीद्वारा प्रवद्र्धित ३ मेगावाटको माइखोला क्यासकेड जलविद्युत आयोजनामा करिव ५ करोड र ९.६ मेगावाटको माइखोला जलविद्युत आयोजनामा करिब ७ करोड रुपैयाँ बराबर क्षति भएको इप्पानले जनाएको छ ।यस्तै, फेमे खोला जलविद्युत आयोजना १ मेगावाट, पाँचथर, (बाँध र विद्युतगृह पूर्ण रुपमा क्षति) करिब १० करोड रुपैयाँ, ५ मेगावाटको सिउरीखोला जलविद्युत आयोजनामा करिव दुई करोड, माथिल्लो त्रिशूली १ जलविद्युत आयोजना (२१६ मेगावाट, नुवाकोट) करिब १० करोड रुपैयाँ, हेवाखोला जलविद्युत आयोजना ५ मेगावाट(प्रस्तावित ९.९ मेगावाट) १० करोड, सभाखोला बी जलविद्युत आयोजना (१५.१ मेगावाट)मा ७ करोड, सभाखोला सी जलविद्युत आयोजनामा ३ करोड, लान्द्रुक मोदी जलविद्युत आयोजनामा ८ करोड, सुपर त्रिशूली जलविद्युत आयोजनामा २५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

    खानीखोला जलविद्युत आयोजना, २ मेगावाट, ललितपुर, पावर हाउस डुबेको, प्रसारणलाइनको टावर ढलेको, चयार्डमा क्षति, ड्याम र हेडरेस टनेलमा क्षति, पहुँचमार्ग धेरै ठाउँमा क्षतविच्छेद । करिब १० करोड रुपैयाँ बराबरको क्षति ।टुङ्गुन ठोस्ने जलविद्युत आयोजनामा करिब १५ करोड, माया खोलामा २ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।यता, लाङटाङ खोला जलविद्युत आयोजनामा वा । बाँध, क्याम्प हाउस र पहुँचमार्गमा ठूलो क्षति भएको छ । क्षतिको रकम एकिन हुन बाँकी छ ।पाँचथर पावरद्वारा प्रवद्र्धित १४.९ मेगावाटको हेवाखोला जलविद्युत आयोजना, साहस ऊर्जाद्वारा प्रवद्र्धित ८६ मेगावाटको सोलु दुधकोशी जलविद्युत आयोजनाको भने क्षति एकिन हुन बाँकी रहेको इप्पानले जनाएको छ ।

  • मौसम अनुकूल भएसँगै उडानहरु नियमित सुचारु

    मौसम अनुकूल भएसँगै उडानहरु नियमित सुचारु

    काठमाडौं । मौसम अनुकूल भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै अन्य आठवटा विमानस्थलबाट हवाई सेवा सञ्चालन भएको छ ।

    बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णले दिएको जानकारी अनुसार सबै उडानहरु नियमित सुचारु भएका छन् ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सबै आन्तरिक र अन्तर्राष्ट्रिय उडान भइरहेका छन् । प्रतिकूल मौसमका कारण शुक्रबार र शनिबार चार सयभन्दा बढी उडान रद्द भएका थिए ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक एक सय ५० देखि एक सय ६० उडान हुने गरेका छन् । यसअघि प्राधिकरणले प्रतिकूल मौसमका कारण शुक्रबार साँझ ७ः०० बजेदेखि शनिबार दिउँसोसम्म सबै आन्तरिक उडान स्थगन गरेको थियो ।

  • दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँको मोबाइल भित्रियो

    दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँको मोबाइल भित्रियो

    काठमाडौं । चाडपर्वलाई लक्षित गर्दै मोबाइल व्यवसायीहरुले विभिन्न अफरहरु सार्वजनिक गरेसँगै मोबाइलको आयात पनि बढेको छ ।

    भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ६ अर्ब ७० करोड ८१ लाख रुपैयाँ भन्सार मूल्यका ४ लाख ५४ हजार ९ सय वटा मोबाइल नेपाल भित्रिएको छ ।साउन र भदौमा भित्रिएका मोबाइल दशैं तिहारलाई लक्षित गरेरै भित्रिएको अनुमान गरिएको छ ।

    गत वर्षको पहिलो दुई महिनाको तुलनामा यो वर्षको सोही अवधिमा एक अर्ब ३४ करोड भन्दा बढी भन्सार मूल्यका मोबाइल नेपाली बजारमा भित्रिएका छन् ।गत वर्षको तुलनमा यस वर्ष दशैलाई लक्षित गरेका कारण साउन र भदौमा ८८ हजार ४ सय वटा वढी मोबाइल भित्रिएका हुन् ।

  • इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा अघि बढ्न आयोगलाई सुझाव

    इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा अघि बढ्न आयोगलाई सुझाव

    काठमाडौं । नेपाली काङ्ग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले निर्वाचन आयोग अब इलेक्ट्रोनिक भोटिङ प्रक्रियामा जानुपर्ने बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले निर्वाचन पद्धतीमा धेरै नै सुधार आएपनि भोट गन्ने कुरामा अझै समस्याहरु देखिएको भन्दै यसलाई अन्त्य गर्न इलेक्ट्रोनिक भोटिङमा जानुपर्ने बताएका हुन् ।
    उनले भने, ‘निर्वाचन आयोगले सोच्नुपर्ने के हो भने अब विद्युतीय मतदान प्रक्रियामा जानुपर्छ । यसको सफल प्रयोग भारतमा भएको छ । अहिले पनि निर्वाचन पद्धतीमा धेरै नै सुधार भएको छ । मतदाताहरुको अधिकार सुनिश्चित भएको छ । भोट सुरक्षित रुपमा दिने अवस्था बनेको छ । भोट गन्ने कुरामा भने अझै केही समस्याहरु देखिएका छन् । यसलाई अन्त्य गर्न इलेक्ट्रोनिक भोटिङमा जाने कुरालाई नै छलफलमा अगाडि लानुपर्छ । यसमा दलहरुले नै अगुवाइ गर्नुपर्छ ।’

    यस्तै, उनले राष्ट्रपति उपराष्ट्रपतिहरुको कुरामा पनि देखिएका विरोधहरुलाई पनि अन्त्य गर्नुपर्ने बताए ।
    यसको साथै, कुनै पनि कारणले प्रतिनिधित्व भएन भन्ने कुराको अन्त्य हुनुपर्ने भन्दै नेपाली काङ्ग्रेस सँधै यसको हकमा रहेको पनि उनको भनाई छ ।उनले भने, ‘दलित महिलाहरुको हकमा केही समस्याहरु छन् । दलितको पनि प्रत्यक्ष सुनिश्चित गर्दा कुन ठाँउको दलितहरुको संख्या कति छ त्यो हिसाबले रोटेशन गर्नुपर्छ । नेपाली काङ्ग्रेस सधैँ यसको हकमा छ । कुनै पनि कारणले कसैले पनि हाम्रो प्रतिनिधित्व भएन भन्ने कुरा हट्नुपर्छ । सबै समान हुनुपर्छ । ८४ को चुनाव अगाडि संविधान संशोधनको कार्य अघि लैजानुपर्छ ।’

  • नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

    नेपालको जलविद्युतमा लगानी गर्न क्यानडाका लगानीकर्तालाई इप्पान अध्यक्ष कार्कीको आग्रह

    काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले क्यानेडिएन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् ।क्यानेडिएन ड्याम एसोसिएशनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मंगलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले यस्तो बताएका हुन् ।

    कार्कीले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना हुँदा हुँदै पनि अहिलेसम्म ३ हजार मेगावाट मात्रै विद्युत उत्पादन भएको, ४ हजार मेगावाट क्षमताका आयोजनाहरु निर्माणाधीन रहेको, विद्युत खरिद विक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट क्षमताका रहेको, १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र अरु थप १० हजार मेगावाट क्षमताका आयोजनाहरु अध्ययनको विभिन्न चरणमा रहेको बताए ।

    उनले अगाडि भने, ‘सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य सहितको रोडम्याप अघि सारेको छ । नेपालको जलविद्युत उत्पादन क्षमता कम्तिमा ७२ हजार मेगावाट छ । यसको लागि नेपालमा ठूलो लगानीको खाँचो रहेकोले क्यानेडिएन लगानीकर्ताहरुलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल हाँसिल गर्न आग्रह गर्दछु ।’नेपालमा विद्युत उत्पादन गरे बजारको पनि सुनिश्चितता भएको भन्दै कार्कीले भारतमा १० हजार मेगावाट निर्यातको सम्झौता नै भइसकेको र बंगलादेशमा पनि ५ हजार मेगावाट निर्यातको लागि पहल भइरहेको बताए ।

    अहिले भारतमा १ हजार मेगावाट विद्युत निर्यात भइरहेको र बंगलादेशमा ४० मेगावाट निर्यातको लागि सम्झौतामा हस्ताक्षर हुन मात्रै बाँकी रहेको पनि उनले जानकारी गराए । ४० मेगावाट विद्युत थोरै लागेपनि बंगलादेशको विद्युत माग पुरा गर्न सन २०४० सम्म बंगलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत आयात गर्नुपर्ने प्रक्षेपण गरेको पनि उनले बताए ।दुई ठूला उदयीमान अर्थतन्त्र भएका भारत र बंगलादेशमा विद्युतको माग जति पनि रहेको र नेपालमा ठूलो परिमाणमा उत्पादनको सम्भावना भएकोले नेपालको जलविद्युतमा गरिएको लगानीले राम्रो प्रतिफल दिने भएकाले नेपालमा लगानी गर्न क्यानेडिएन लगानीकर्तालाई कार्कीले आग्रह गरे ।

  • एनएनसिएको प्रथम अधिवेशन असोज १२ मा हुँदै

    एनएनसिएको प्रथम अधिवेशन असोज १२ मा हुँदै

    काठमाडौं । नेपाल आहारपुरक सौन्दर्यवर्द्धक संघ (एनएनसिए) ले प्रथम अधिवेशन गर्ने भएको छ ।

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी संघले असोज १२ गते प्रथम अधिवेशन आयोजना गर्न लागेको जानकारी दिएको हो ।संघले अधिवेशन मार्फत सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने र बजारको अस्वस्थ प्रतिस्पर्धालाई रोक्ने निर्णय गरेको पनि जनाएको छ ।

    विज्ञप्तीमा लेखिएको छ, ‘नेपाल आहारपुरक सौन्दर्यवर्द्धक संघ (एनएनसिए) ले सुरक्षित मर्यादित र अनुशासित व्यवसाय सञ्चालनका लागि सम्पूर्ण व्यवसायीहरुलाई एकत्रित गर्ने र बजारको अस्वस्थ प्रतिस्पर्धालाई रोक्ने निर्णय गरेको छ । ‘उत्कृष्ट जीवनको लागि उत्तम पोषण’ भन्ने उद्देश्य बोकेको छ । आहारपुरक र सौन्दर्यवर्द्धक व्यवसायमा धुमिल भन्दा बाहिर जाने व्यवसायीलाई कारबाही गर्ने र सरोकारवाला निकायको समन्वयमा बजार अनुगमनमा सहजीकरण र सहयोग गर्ने समेत जानकारी गराउन चाहन्छु ।’

    आफूलाई मन पर्ने कम्पनीको क्रिम, सन–प्रोटेक्सन खरिद गर्न न्युट्रास्युटिकल र कस्मास्युटिकलका उत्पादनहरू उपभोक्ताले छानीछानी खरिद गर्न सक्ने भएतापनि नेपालमा औषधि, फुड, र कस्मास्युटिकल्स हेर्ने निकाय छुट्टा छुट्टै भएकाले पनि समस्या सिर्जना गरेको संघको भनाई छ ।
    संघले आम उपभोक्ताहरूले न्युट्रास्युटिकल र कस्मास्युटिकल छानेर लिन सक्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएको छ ।

  • पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टद्धारा राजीनामा

    पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टद्धारा राजीनामा

    काठमाडौं । नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।
    सदस्यता शुद्धीकरणमा देखिएको जटिलताबाट निर्वाचन सम्पन्न हुन नसकेपछि विष्टले राजीनामा दिएका हुन् ।

    यसअघि महासंघका अध्यक्ष पदबाट विपुल पोखरेलले राजीनामा दिएपछि विष्ट कार्यवाहक अध्यक्ष बनेका थिए । उनले राजीनामाको बोधार्थ महासंघका उपाध्यक्ष बाला अधिकारी र महासचिव रोशन पुरीलाई दिएका छन् ।उनले महासंघको विधि विधान र संरचनालाई लत्याएर पत्रकारिता नगरेका र फारम नभरेका करिब ४ सय व्यक्तिलाई सदस्यता दिएको असन्तुष्ट हुँदै राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    कार्यवाहक अध्यक्ष विष्टले विहीबार महासंघको केन्द्रीय निर्वाचन समितिलाई पत्र पठाउँदै आसन्न निर्वाचनका कार्यक्रम हाललाई स्थगित गर्न अनुरोध गरेका थिए । उनको पत्रपछि केन्द्रीय निर्वाचन समितिले निर्वाचन कार्यक्रम अनिश्चितकालका लागि स्थगित गरिएको जनाएको छ ।

  • सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

    सञ्चार क्षेत्र राज्यको नजरमा पर्न सकेको छैन : मन्त्री गुरुङ

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्र सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र भएको बताएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सञ्चार क्षेत्र सबै पुरानो कानूनले चलिरहेको भन्दै सबैभन्दा संवेदनशिल क्षेत्र भएर पनि राज्यको ध्यान नगएको बताएका हुन् ।उनले भने, ‘सञ्चार क्षेत्र जटिल छ, यो क्षेत्र आफैंमा संवेदनशिल छ । अहिलेसम्म यो क्षेत्रमा केही भएको छैन भन्ने हो भने यो अवस्थासम्म आइसकेका छौं । सबैजनाले काम गर्नु भएकै छ । तर सार रुपले भन्ने हो भने भएको केही पनि छैन । सबै पुरानो कानूनले चलिरहेका छन् ।

    नयाँ नीति, कानून केही छैन । मुलुकमा गणतन्त्र आइसक्यो, तर कानूनमा केही पनि परिवर्तन छैन । यो सबैभन्दा संवेदनशिल क्षेत्र हो तर सधैँ ओझेलमा परेको र राज्यको नजरमा नपरेको क्षेत्र पनि हो । अब यसको सुधार गर्नुपर्छ ।’यस्तै, उनले यो वर्ष हुलाकको राष्ट्रिय नीति बनाउने भन्दै हुलाकको विषयमा नीतिगत रुपमा फड्को मार्ने बताए ।

    उनले भने, ‘यो वर्ष हुलाकको राष्ट्रिय नीति बनाउने, पहिला पनि थियो होला त्यसलाई सुधार गरेर नयाँ ल्याउने । नीति भएपछि मात्र त्यसको आधारमा कानून बन्छ । यो वर्षभित्र सबै नीतिका काम सकिन्छ । हुलाकको विषयमा नीतिगत रुपमा फड्को मार्ने काम गर्छौँ।’साथै, उनले नीतिगत, कानून, बजेट, जनशक्ति लगायको समस्या कहाँ छ भनेर सबै पहिल्याएर समाधान गर्नुपर्ने भन्दै यो वर्षभित्र सबै कुराको समाधान गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।