Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • पोखरामा पनि कर्फ्यू आदेश जारी

    पोखरामा पनि कर्फ्यू आदेश जारी

    कास्की । पोखरामा पनि कर्फ्यू आदेश जारी भएको छ। सोमबार दिउँसो २ बजेदेखि अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी भएको हो।

    प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले विज्ञप्ति निकालेर कर्फ्यू आदेश जारी गरेकी हुन्।

    सोमबार दिउँसो २ बजेदेखि अर्को आदेश नहुँदासम्म कर्फ्यू आदेश जारी भएको हो।

    पाँच जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन र सभा गर्न नपाइने आदेशमा उल्लेख छ।

  • प्रचण्डको आग्रह : स्थिति थप बिग्रन नदिन सरकारले कदम चालोस्

    प्रचण्डको आग्रह : स्थिति थप बिग्रन नदिन सरकारले कदम चालोस्

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सोमबार जेन–जी पुस्ताको प्रदर्शनका क्रममा भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

    ‘आजको दुःखद घटनाले मलाई स्तब्ध र गम्भीर बनाएको छ । प्रहरीको गोली लागेर मृत्यु भएका युवाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछु । घाइतेहरूको शीघ्र स्वास्थलाभको कामना गर्छु,’ अध्यक्ष प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत् भनेका छन् ।

    अध्यक्ष प्रचण्डले जेनजीले उठाएका सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउने र भ्रष्टाचार विरूद्धका मागहरूलाई तत्काल सम्बोधन गर्न माग गरेका छन् ।

    ‘स्थिति थप बिग्रिन नदिन सरकारले जिम्मेवारीपूर्वक ठोस कदम चालोस्’ अध्यक्ष प्रचण्डले भनेका छन् ।

  • प्रहरी दमनपछि झन् हिंसात्मक बन्यो आन्दोलन, तीन जनाको मृत्यु

    प्रहरी दमनपछि झन् हिंसात्मक बन्यो आन्दोलन, तीन जनाको मृत्यु

    काठमाडौं । काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यु भएको छ ।

    प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् ।

    मृत्यु हुनेहरुको पहिचान खुलेको छैन । अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यु भएको प्रहरी स्राेतले जनाएको छ ।

    अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढलेका थिए । उनकाे त्यहीँ निधन भएकाे बताइएको छ ।

  • जेनजी प्रदर्शनमा अर्का एक जनालाई पनि लाग्याे गाेली, अवस्था गम्भीर

    जेनजी प्रदर्शनमा अर्का एक जनालाई पनि लाग्याे गाेली, अवस्था गम्भीर

    काठमाडौं । जेनजी प्रदर्शनका क्रममा अर्का एक जनालाई पनि गोली लागेको छ ।

    नयाँ बानेश्वर चोकमा प्रहरीको गोली लागेर अर्का एक जनालाई पनि गोली लागेको हो । गोली लागेका ती व्यक्तिको पहिचान भएको छैन । उनको अवस्था गम्भीर छ ।

    यसअघि प्रहरीको गोली लागेर एक जनाको निधन भइसकेको छ ।

    घाइतेहरूलाई नयाँ बानेश्वर आसपासका अस्पतालमा पुर्‍याइएको छ ।

    प्रशासनले दिउँसो साढे १२ बजेबाट कर्फ्यू आदेश जारी गरेको थियो । यद्यपि अहिले पनि प्रदर्शन रोकिएको छैन ।

     

  • जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

    काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।

    घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पताल स्रोतले जनाएको हो ।

    उनको परिचय खुल्न बाँकी छ । सिभिल अस्पतालमा करिब सय जना घाइतेकाे उपचार भइरहेको छ ।

  • प्रहरीको गोली लागेर दुई पत्रकार घाइते, एक जनालाई सामान्य चोट

    प्रहरीको गोली लागेर दुई पत्रकार घाइते, एक जनालाई सामान्य चोट

    काठमाडौं। जेन जीको आन्दोलन नियन्त्रण गर्न प्रहरीले चलाएको रबरको गोली लागेर पत्रकार घाइते भएका छन् ।

    नयाँ पत्रिकाका फोटो पत्रकार दिपेन्द्र ढुंगानालाई गोली लागेपछि अस्पताल लगिएको छ । यस्तै, यसअघि कान्तिपुर टिभीका श्याम श्रेष्ठ पनि घाइते भएका छन् ।

    नेपाल प्रेसकर्मी उमेश कार्कीलाई पनि गोलीको छर्राले सामान्य चोट लागेको छ ।

  • प्रहरीकाे गाेली लागेर कान्तिपुरका पत्रकार घाइते

    प्रहरीकाे गाेली लागेर कान्तिपुरका पत्रकार घाइते

    काठमाडौं । नयाँबानेश्वर क्षेत्रमा प्रहरीको गोली लागेर कान्तिपुर टिभीका पत्रकारसमेत घाइते भएका छन् । जेनजीको प्रदर्शनको दृष्य संकलनका लागि गएका श्याम श्रेष्ठको पाखुरामा गोली लागेको हो ।

    श्रेष्ठलाई प्रहरीको गोली लागेको र सिभिल अस्पतालमा उपचार भइरहेको कान्तिपुरले जनाएको छ ।

    माइतीघरबाट सुरु भएको प्रदर्शनकारीको भिड अनियन्त्रित बन्दै नयाँबानेश्वरको संसद भवन भित्रै प्रवेश गरेको थियो । प्रदर्शनका क्रममा दर्जनाैँ प्रदर्शनकारी घाइते भएका छन् ।

  • बालुवाटार, शितल निवासलगायतका स्थानमा पनि कर्फ्यु

    बालुवाटार, शितल निवासलगायतका स्थानमा पनि कर्फ्यु

    काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रपति निवास परिसर लगायतका संवेदनशील क्षेत्रमा पनि कर्फ्यु लगाएको छ ।

    शीतल निवास आसपास महाराजगन्ज क्षेत्र, उपराष्ट्रपति निवास लैनचौर क्षेत्र, सिंहदरबारको चारैतिर, प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि कर्फ्यु थप गरेको छ ।

    यसअघि प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने र शंखमुल आसपासमा राति १० बजेसम्मका लागि कर्फ्यु जारी गरिसकेको छ ।

  • जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो

    जेनजीको आन्दोलनमा प्रहरीले गोली चलायो

    काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली चलाएको छ ।

    आन्दोनमा उत्रिएका जेनजीहरुले प्रहरीको निषेधित क्षेत्र तोड्दै संसद् भवन प्रवेश गरेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली चलाएको हो । अहिले नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ ।

    प्रदर्शनकारीहरू संसद् भवनभित्रै प्रवेश गरेपछि जिल्ला प्रशासनले कर्फ्यू आदेश जारी गरिसकेको छ ।

  • काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी

    काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी

    काठमाडाैं । काठमाडौंको नयाँ बानेश्वर क्षेत्रमा कर्फ्यू जारी भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो।

    राति १० बजेसम्मका लागि कर्फ्यू जारी भएको हाे । जेनजीले आज काठमाडौंमा प्रदर्शन गरिरहेका छन्।