Category: समाज

समाज

  • गृहमन्त्री रवि लामिछाने चितवन प्रस्थान

    गृहमन्त्री रवि लामिछाने चितवन प्रस्थान

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने चितवन महोत्सवमा सहभागि हुन चितवन प्रस्थान गरेका छन् । उपप्रधानमन्त्री तथा गृहमन्त्री भएपछि पहिलोपटक चितवन जान लागेका हुन् ।

    चितवन महोत्सव २०७९ अन्तर्गत नै फुडफेस्टिभलको समेत उद्घाटन गरिने उद्योग वाणिज्य संघ चितवनले जनाएको छ ।

    उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष एवं महोत्सव प्रवर्द्धन समिति संयोजक राजेन्द्र ओलीले बिहीबार साँझ ६ बजे फुड फेस्टिभलको उद्घाटन गरिने जानकारी दिए ।

    चितवन महोत्सवको अवसरमा हुँदै आएको फुड फेस्टिबल यस पटक पनि नारायणगढको क्याम्पाचौरमा आयोजना हुँदैछ ।

    गृहमन्त्री लामिछाने आज चितवन महोत्सव परिसरभित्र रहेको ‘मेड इन नेपाल एक्स्पो २०७९’को अवलोकन गर्ने कार्यक्रम रहेको छ । गृहमन्त्री लामिछानेले यसअघि नै आफूले स्वदेशमा उत्पादन भएका कपडा मात्रै लगाउने प्रतिबद्धता जनाएका थिए ।

    महोत्सवमा आज विविध कार्यक्रमहरु हुँदै छन् । विसं २०५३ देखि हरेक दुई वर्षमा हुँदै आएको महोत्सवमा यस पटक मौरी र तोरी खेतीको प्रवर्द्धन गर्ने गरी तोरीबारीमा मौरीको मस्कट राखिएको छ ।

  • गोविन्देलाई मात नियन्त्रण गर्ने औषधि

    गोविन्देलाई मात नियन्त्रण गर्ने औषधि

    चितवन । चितवन राष्ट्रिय निकुञ्जले पश्चिम चितवन क्षेत्रमा रहेको जङ्गली हात्ती गोविन्देलाई मात नियन्त्रण गर्ने औषधिको प्रयोग गरेको छ ।

    मङ्सिरमा उक्त हात्तीले मेघौली क्षेत्रमा एक वृद्धाको ज्यान लिएपछि निकुञ्जले सो हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो ।

    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही पुस ३ गतेदेखि सोही क्षेत्रमा क्यामेरा ट्यापिङ्मा रहेको निकुञ्जको प्राविधिक टोलीले हात्तीलाई मात नियन्त्रण गर्ने औषधि प्रयोग गरेको हो ।

    निकुञ्जबाट बाहिर निस्किएर अन्य मानवीय क्षति गर्नसक्ने आशङ्कामा हात्तीलाई प्राविधिक टोलीले औषधि दिएको तिवारीले बताए । उनले भने ‘गोविन्दे हिंस्रक होइन तर पनि मात नियन्त्रण गर्ने औषधि दिएका छौँ ।’ अहिले गोविन्दे मात चढेको अवस्थामा नरहेको उनले जानकारी दिए ।

    पुस २० गतेसम्म बसेको सो प्राविधिक टोलीले सोही क्षेत्रमा घाइते बाघ रहेको आशंका गरेको थियो । त्यसको पहिचान र हात्तीको उचित व्यवस्थापनका लागि बाघ गणनामा प्रयोग गरिएका चार जोडी क्यामेरा प्रयोग गरिएका थिए ।

    सोही क्रममा हात्तीलाई औषधि दिइएको हो । बाघ भने सो क्षेत्रमा नदेखिएको उनले जानकारी दिए ।

    -चितवन कसरानजिक जंगली हात्ती ध्रुवे र गोविन्दे। तस्बिर सौजन्य : चितवन राष्ट्रिय निकुञ्ज

  • भिरबाट लडेर एक जनाको मृत्यु

    भिरबाट लडेर एक जनाको मृत्यु

    रोल्पा । रोल्पामा मंगलबार भीरबाट लडेर एकजनाको ज्यान गएको छ ।

    रोल्पाको सुनछहरी गाउँपालिका–५ मा बिजुलीको तार तान्ने क्रममा भीरबाट खसेर ४२ वर्षका हिकलाल पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

    घटनाको बारेमा अनुसन्धान भइरहेको रोल्पाका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिए ।

  • भारतीय दूतावास र त्रिविले मनायो काठमाडौंमा विश्व हिन्दी दिवस

    भारतीय दूतावास र त्रिविले मनायो काठमाडौंमा विश्व हिन्दी दिवस

    काठमाडौं । भारतीय दूतावास र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय हिन्दी विभागले काठमाडौंमा विश्व हिन्दी दिवस मनाएको छ ।

    मंगलबार काठमाडौंस्थित भारतीय राजदूतावासमा संयुक्त रूपमा आयोजना गरिएको कार्यक्रममा त्रिवि हिन्दी विभाग प्रमुख डा. सञ्जिता वर्मा र भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवको प्रतिनिधित्व रहेको थियो ।

    श्रीवास्तवले कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको सन्देश बाचन गरेका थिए । उक्त सन्देशमा भारतीय प्रधामन्त्री मोदीले यस दिवसमा हाम्रो भाषा र पहिचानको याद दिलाउने अभिव्यक्ति प्रस्तुत गरेका थिए ।

    उक्त सन्देशमा उनले नेपालका सबै हिन्दी भाषाप्रेमी, विद्वान साहित्यकारप्रति आभार प्रकट गरेका छन्, जसले हिन्दी भाषाको माध्यमबाट नेपाल भारतको सम्बन्ध मजबुत बनाउन योगदान दिएका छन् ।

    यसैगरी, कार्यक्रममा प्रमुख अतिथि रहेका सांसद तथा हिन्दी मञ्च नेपालका अध्यक्ष मंगलप्रसाद गुप्ताले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धलाई प्रगाढ बनाउन हिन्दी भाषाले महत्वपूर्ण भूमिका खेलेको बताए ।

    कार्यक्रममा भारतका प्रख्यात भाषाविद् डा. विमलेश कान्ति वर्मा, नेपालका वरिष्ठ हिन्दी लेखक तथा विद्वान गंगाप्रसाद अकेला र डा. रामदयाल राकेश विशेष अतिथि रहेका थिए ।

    डा. विमलेश कान्ति वर्माले आफ्नो सम्बोधनमा हिन्दी भाषाको अनुसन्धान, इतिहास र अन्य भाषासँग यसको सम्बन्धको विषयमा आफ्नो अनुभव शेयर गरेका थिए ।

    यसैगरी, कार्यक्रममा विभिन्न विद्यालयका छात्र÷छात्राले ‘आजादीको महोत्सव’ विषयमा कविता बाचन गरेका थिए । १० जनवरी १९७५ मा भारतको नागपुरमा पहिलोपटक ‘विश्व हिन्दी सम्मेलन’को आयोजना भएको थियो । त्यसपछि हरेक वर्ष जनवरी १० मा भारत र विश्वका धेरै देशहरूमा विश्व हिन्दी दिवस मनाइने गरिएको छ ।

  • श्रीमानको लात्ती प्रहारबाट एक महिलाको मृत्यु

    श्रीमानको लात्ती प्रहारबाट एक महिलाको मृत्यु

    झापा । लात्ती प्रहारबाट झापामा एक महिलाको मृत्यु भएको छ ।

    अर्जुनधारा नगरपालिका वडा नंं ९ मा डेरागरी बस्ने ३६ वर्षीया प्रमिला भुजेल घिसिङको मृत्युको मृत्यु भएको प्रहरीले जनाएको छ । ३५ वर्षीय श्रीमान् विश्वराज घिसिङले प्रमिलालाई लात्ती खाना नपकाएको भन्दैँ पेटमा लात्ती प्रहार गरेका थिए ।

    प्रमिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी बसन्त पाठकले जानकारी दिए । लात्ती प्रहार गर्ने विश्वराजलाई नियन्त्रणमा लिएको डीएसपी पाठकले बताए ।

  • अब पासपाेर्ट लिन आउनू : राहदानी विभाग

    अब पासपाेर्ट लिन आउनू : राहदानी विभाग

    काठमाडाैं । राहदानी विभागले सर्भरमा आएको समस्या समाधान भएकाले पासपोर्ट वितरणको सेवा सुचारू भएको जनाएको छ ।

    आइतबार विज्ञप्ति जारी गर्दै विभागकी प्रवक्ता दुरपदा सापकोटाले मोबाइलमा पासपोर्ट तयार भएको सन्देश आएपछि पासपोर्ट लिन आउन सकिने बताएकी छन् ।

    पुस १७ गतेदेखि विभागको सर्भरमा समस्या आएको भन्दै पासपोर्ट वितरण रोकिएको थियो ।

  • रेसुङ्गा विमानस्थलमा सफल प्रदर्शनी उडान

    रेसुङ्गा विमानस्थलमा सफल प्रदर्शनी उडान

    काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा तारा एयरको विमानले सफल अवतरण तथा उडान गरेको छ । रेसुङ्गा विमानस्थलमा तारा एयरको जहाजले रेसुङ्गा नगरपालिकाको सहकार्यमा डेमो उडान गरेको छ ।

    विमानलाई तारा एअरका चालकद्वय क्याप्टेन सन्तोष कुमार साह र क्याप्टेन सन्जीव श्रेष्ठले उडाएका थिए । आइतबार बिहान सभा ११ बजेतिर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको तारा एयरको नाइन एन एएलओ ट्वीनअटर–४०० वायुयान रेसुङ्गा विमानस्थलमा १२ बजे अवतरण भएको छ । रेसुङ्गा विमानस्थलमा पुग्न जहाजलाई पौने एक घण्टा लाग्यो ।

    जहाजमा गुल्मीबाट निर्वाचित सांसद चन्द्र भण्डारी, एमाले उपमहासचिव प्रदीप ज्ञवाली, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्की, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी लगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु सवार थिए ।

    नियमित उडानका लागि कम्तिमा २ देखी ३ हप्ता लाग्ने बताइएको छ । यसको प्रक्रिया सुरु भईसकेको छ । नियमित उडानको लागि रेसुङ्गा नगरपालिकासग सहकार्य गरेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।
    जहाज पुनः काठमाडौं फिर्ता भएको छ ।

  • दार्चुलामा कौनेणी तुइनबाट खसेर एक बालक बेपत्ता

    दार्चुलामा कौनेणी तुइनबाट खसेर एक बालक बेपत्ता

    दार्चुला । दार्चुलाको व्याँस गाउँपालिका–४ डोकटस्थित कौनेणी तुइनबाट खसेर एक बालक बेपत्ता भएका छन् ।

    नेपालबाट भारत जाने क्रममा तुइनबाट खसेर वडा नम्बर ४ डोकटका १० वर्षीय बालक दिपेन्द्र विष्ट महाकाली नदीमा बेपत्ता भएका हुन् ।

    बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि-पछि गएका दिपेन्द्र तुइनबाट नदीमा खसेको बताइएको छ ।

    व्याँस क्षेत्रमा सञ्चार सुविधा नभएका कारण घटना ढिलो गरि जानकारीमा आएको हो । उनी ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए ।

  • वादी समुदायको जीविकोपार्जनका लागि पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

    वादी समुदायको जीविकोपार्जनका लागि पहल गर्छु : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौं । वादी समुदायको आत्मसम्मानको रक्षा तथा जीविकोपार्जनका लागि पहल गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् ।

    शनिबार बिहान बालुवाटारमा वादी समुदायका अगुवाहरुसँगको छलफलमा उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा वादी समुदायको आत्मसम्मान, जीविकोपार्जन र व्यक्तिगत पुनर्स्थापनाको लागि निर्णय गरेको भन्दै निर्णय कार्यान्वयनमा समस्या देखिएको भए हल गर्ने बताए ।

    इतिहासमै पहिलोपटक राज्यले औपचारिकरुपमा वादी समुदायलाई सम्बोधन गरेको पुस २३ को दिनलाई विजयोत्सवका रुपमा मनाउनुपर्छ’ उनले भने, ‘ वादी उत्थान विकास समितिलाई सक्रिय बनाउँदै समुदायले भोग्नुपरेका समस्या हल गर्न हामी सरकारका तर्फबाट प्रभावकारी पहल गर्छौं ।’

    वादी समुदायका प्रतिनिधिहरुले शिक्षा, स्वास्थ्य, रोजगारी, नागरिकता, पुनर्स्थापना र विकास समितिको सक्रियता जस्ता विषयमा प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएका थिए ।

  • कैलालीमा पसलमा आगलागी हुँदा ६० लाखको बराबरको क्षति

    कैलालीमा पसलमा आगलागी हुँदा ६० लाखको बराबरको क्षति

    धनगढी । कैलालीमा एक कपडा पसलमा आगो लाग्दा ६० लाख बराबरको क्षति भएको छ । धनगढी उपमहानगरपालिका वडा नं. १९ को पच्चीस घर बजारमा स्थानीय लक्ष्मण चौधरीले सञ्चालन गरेको स्पर्ष सपिङ सेन्टरमा आगलागी हुँदा ६० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले शनिबार राति २ बजे चौधरीले सञ्चालन गरेको कपडा पसलमा आगलागी हुँदा दुई वटा कोठा, पसलमा रहेका लत्ता, कपडासहितका सामान जलेर नष्ट भएको बताए ।

    इलाका प्रहरी कार्यालय बहुलियाका प्रहरी वरिष्ठ नायब निरीक्षक रमेशबहादुर शाहीको नेतृत्वको टोली, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको जोशीले बताए । आगलागीको कारण नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।