Category: हुलाक समाचार

हुलाक समाचार

  • आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

    आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ६५, आलु सेतोको ६०, लोकल बन्दाको मुल्य ५०,काउली स्थानीयको ७० रुपैयाँ कायम भएको छ ।यसैगरी कन्य च्याउ २००,कुरीलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ कायम भएको छ ।

    रायो सागको मूल्य २५ रुपैयाँ छ । तोरिको साग ३० ,पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २५रुपैयाँ रहेको छ ।
    त्यस्तै,लोकल गाजर १३० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, राजमा घिउ सिमी १३० रुपैयाँ,लौका ६०, घिरौला ८० रुपैयाँ र लोकल परवर ९० रुपैयाँ रहेको छ ।त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०० ,केरा १५०,स्याउ फूजी २८०रहेको छ ।

  • टस जितेर पहिले बलिङ गर्दे लुम्बिनी लायन्स

    टस जितेर पहिले बलिङ गर्दे लुम्बिनी लायन्स

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आइतबारको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले बलिङ गर्ने भएको छ।

    आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले टस जितेर सुरुमा बलिङ रोजेपछि जनकपुरले पहिला ब्याटिङ गर्ने भएको हो।

    अहिलेसम्म जनकपुरले लगातार तीन जित निकालेको छ भने लुम्बिनी लगातार तीन खेलमा पराजित भएको छ ।जनकपुर अनिल शाहको कप्तानीमा छ भने लुम्बिनी राष्ट्रिय टिमका कप्तानसमेत रहेका रोहित पौडेलको नेतृत्त्वमा मैदानमा हुनेछ।

  • एनपीएल साप्ताहिक समिक्षा : नेटरनरेटमा सुदुरपश्चिम रोयल्स शिर्ष स्थानमा, को छन् उत्कृष्ट खेलाडी ?

    एनपीएल साप्ताहिक समिक्षा : नेटरनरेटमा सुदुरपश्चिम रोयल्स शिर्ष स्थानमा, को छन् उत्कृष्ट खेलाडी ?

    काठमाडौं । मंसिर १५ गते शनिवारदेखि सुरु भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को एक साता पुग्दा पहिलो चरणका जम्मा १३ खेल भएका छन् । शनिवारसम्म भएका १३ खेलमध्ये सुदुरपश्चिमले लगातार ३ खेल जितेर ६ अकंका साथ शिर्ष स्थानमा उक्लेको छ । यस्तै तिनै खेल जितेर जनकपुर बोल्ट्स पनि शिर्ष स्थानमा रहे पनि नेटरनरेटका आधारमा सुदुरपश्चिम रोयल्स अगाडि रहेको छ ।

    एनपिएलको साप्ताहिक खेल अवधिमा टिमका आधारमा सुदुरपश्चिम रोयल्स, रन स्कोरका आधारमा लुम्विनीका मार्की प्लेयर रोहित कुमार पौडेल, विकेट टेकरका आधारमा पोखरा एभेन्जर्सका बायाँ हाते बलर सोहेल तनविर शिर्ष स्थानमा छन् भने फ्यान रेटिङका आधारमा पोखरा एभेन्जर्सकै ओप्नर एन्ड्र्यू गोउस ९ दशमलव ७ अकंले शिर्ष स्थानमा छन् ।

    कस्तो रह्यो खेलाडीहरुको पर्फमेन्स ?

    एनपीएलको इतिहासमा पोखरा एभेन्जर्सका ओपनर एन्ड्र्यू गोउसले पहिलो शतक बनाएका छन् । लुम्बिनीविरुद्ध उनले ५५ बलमा ५ छक्का र १२ चौकाको मद्दतमा १०४ रनको शानदार इनिङ खेल्दै एनपिएलमा पहिलो शतक हान्ने खेलाडीको रेकर्ड कायम गरेका छन् । यस्तै विराटनगर किंग्सका ओप्नर मार्टिन गप्टिलले जनकपुर बोल्ट्सविरुद्ध ३६ बलमा ७ चौका र १ छक्काको मद्दतमा ५० रन बनाएर एनपीएलमा पहिलो अर्धशतक बनाएका छन् ।

    एनपीएलमा शनिवार सम्म भएका १३ खेलमा लुम्विनी लायन्सका मार्की रोहित कुमार पौडेलले पोखरा एभेन्जर्सविरुद्ध खेलेको इनिङमा ५९ बलमा १० चौका र ४ छक्काको मद्दतमा सर्वाधिक ९५ रन बनाएर शतक बनाउनबाट चुकेका थिए । पौडेल ३ खेलमा १४६ रन बनाएर धेरै रन बनाउने पहिलो खेलाडी बनेका छन् ।

    यस्तै जनकपुर बोल्ट्सका लाहिरु मिलन्था ३ खेलमा १४४ रन बनाएर दोस्रो स्थानमा छन् । यस्तै सुदुरपश्चिम रोयल्सका मार्की दिपेन्द्र सिंह ऐरी ३ खेलमा १३९ रन जोडेर तेस्रो स्थानमा छन् भने कर्णाली याक्सका ओप्नर शिखर धवन ४ खेलमा १३६ रन जोडेर चौथो स्थानमा अविजित रहेका छन्।

    एनपीएलमा शनिवार सम्म भएका १३ खेलमा ३ खेल खेलेको चितवन राइनोजका बायाँ हाते बलर सोहेल तनविरले ३ खेलमा ११ ओभर बलिङ गरेर १ मेडनमा ४५ रन खर्चदैँ ८ विकेट लिएर एनपीएल इतिहासमा अहिले सम्म सबैभन्दा धेरै विकेट लिने पहिलो खेलाडीका रुपमा रेकर्ड कायम गरेका छन् ।

    जनकपुर बोल्ट्सका स्पिनर ललित राजवंशीले ३ खेलमा १२ ओभरमा ७५ रन खर्चेर ७ विकेट लिएर दास्रो स्थानमा छन् भने यस्तै सुदुरपश्चिम रोयल्सका अविनाश बोहोराले ३ खेलमा ६ विकेट लिएर तेस्रो स्थानमा रहेका छन् भने सुदुपश्चिम रोयल्सकै नरेन साउद, ब्राण्डन म्याकमुलेन, सैफ जैब, स्कट कुगेलेइन र पोखरा एभेन्जर्सका विपिन खत्री ५।५ विकेट लिएर तेस्रो स्थानमा रहेका छन् ।

    फ्यान रेटिङका आधारमा ३ खेलमा उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरुको मन जित्दै ९ दशमलव ७ अंकका साथ पोखरा एभेन्जर्सका ओपनर एन्ड्र्यू गोउस पहिलो स्थानमा छन् ।

    यस्तै सुदुरपश्चिम रोयल्सका मार्की दिपेन्द्र सिंह ऐरी र पोखरा एभेन्जर्सका बायाँ हाते बलर सोहेल तनविरले ३ खेलमा सानदार पर्फोमेन्स गरेर दर्शकहरुको मन जित्दै ९ दशमलव ६ अंकका साथ दोस्रो स्थानमा छन् भने सुदुरपश्चिम रोयल्सकै बलर नरेन साउद र विराटनगर किंग्सका लोकेश बम लगातार दर्शकहरुको मन जितेर ९ दशमलव ४ अकंका साथ तेस्रो स्थानमा रहेका छन् ।

    एनपीएलमा सहभागी ८ फ्रेन्चाइज मध्ये सुदुरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स समान ६ अंकका साथ तालिकाको पहिलो र दोस्रो स्थानमा छन् । चितवन राइनोज ३ खेलमा २ मा जित र १ मा हार सहित तेस्रो र कर्णाली याक्स २ मा जित र २ मा हारसहित चौथो स्थानमा छन् । पोखरा एभेन्जर्स १ मा जित, २ मा हार र काठमाडौं गुर्खाज २ मा हार, १ मा जित सहित पाचौं र छैठौ स्थानमा रहेका छन् । विराटनगर किंग्स १ मा जित, ३ मा हारसहित सातौं र लुम्बिनी लायन्स ३ हारसहित तालिकाको पुछारमा छ ।

    मंसिर १५ गते उद्घाटनमा एक खेल भएको थियो भने मंसिर १६ गते चुनावका कारण कुनै पनि खेल भएको थिएन । मंसिर १७ गतेदेखि लगातार दिन दुई खेल भइरहेका छन् । पहिलो चरणका खेलमा आज सम्म दर्शकहरुको साथ सपार्टे स्टेडियमका राम्रो सँग देखिरहेको छ। पहिलो चरणमा २८ खेल हुने छन् भने एनपीएलमा जम्मा ३२ खेल हुने छन् ।

    एनपीएलले नेपाली क्रिकेट जगतमा राम्रो प्रभाव पार्ने क्यानका पदाअधिकारी, फ्रेन्चाइजका ओनर लगायत क्रिकेटप्रेमी दर्शकहरुको प्रतिक्रिया छ ।

  • विराटनगरविरुद्ध कर्णाली ७ रनले विजयी

    विराटनगरविरुद्ध कर्णाली ७ रनले विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिवार भएको दोस्रो खेलमा कर्णाली याक्स विजयी भएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले २० ओभरमा १० विकेटको क्षतिमा १३३ रन बनाएको थियो । १३४ रनको लक्ष्य पछ्याएको विराटनगरले २० ओभरमा ८ विकेट गुमाउँदै १२६ रन बनायो ।

    निकोलस क्रिटनले सर्वाधिक ३९ बलमा ४० रन बनाए । विराटनगरका अन्य खेलाडीको प्रर्दशन निराशाजनक रह्यो । लोकेश बमले ८ बलमा १९ रन, दिपक बोहोरा १३ बलमा १८ रन, मार्टिन गप्तिल ४ बलमा ४ रन, आकिव इलिस १४ बलमा ८ रन बनाएर आउट भए । नरेन भट्टले ७ रन, बसिर अहमदले ८ रन बनाए । यस्तै प्रतिश जिसीले ७ र सन्दिप लामिछानेले ६ रन बनाए ।

    कर्णालीका देव खनालले ४८ बलमा ५३ रन बनाए । उनले ४ चौका र २ छक्का हाने । विलियम बसिस्टो ४९ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ६६ रन प्रहार गरे । उनी क्रिस सोलको बलमा एलबिडब्ल्यू भए । अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् ।

    विराटनगरका लागि प्रतिश जिसीले सर्वाधिक ४ विकेट, क्रिस सोल र बसिर अहमदले समान २ र अकिबले १ विकेट लिए ।

    कर्णालीका लागि नन्दन यादवले ३ विकेट, विपिन शर्माले २ विकेट लिए भने सोम्पाल कामी, बसिस्टो र युनिश विक्रम ठकुरीले समान १ विकेट लिए ।

     

  • विपिन शर्माले लिए मार्टिन र लोकेशको विकेट

    विपिन शर्माले लिए मार्टिन र लोकेशको विकेट

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिवार भएको दोस्रो खेलमा विराटनगर किंग्सले १ सय ३४ रनको लक्ष्य पाएको छ ।

    जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले सुरुवात राम्रो गरेको थियो ।

    सोम्पाल कामीको पहिलो ओभरमा १३ रन बनाएको थियो । दोस्रो ओभर गर्न आएका १६ वर्षका विपिन शर्माले ५ रन दिएर मार्टिन गप्तिलको विकेट लिए । तेस्रो ओभर गरेका जिसनले ११ रन कुटाए त्यसपछि चौथो ओभर गर्न आएका शर्माले मेडन ओभर गर्दै ओपनर लोकेश बमको महत्वपूर्ण विकेट लिए ।

  • विराटनगरले पायो १३४ रनको लक्ष्य

    विराटनगरले पायो १३४ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिवार भएको दोस्रो खेलमा विराटनगर किंग्सले १ सय ३४ रनको लक्ष्य पाएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको कर्णाली याक्सले २० ओभरमा १० विकेटको क्षतिमा १३३ रन बनाएको हो । कर्णालीका देव खनालले ४८ बलमा ५३ रन बनाए । उनले ४ चौका र २ छक्का हाने । विलियम बसिस्टो ४९ बलमा ५ छक्का र ३ चौकाको मद्दतमा ६६ रन प्रहार गरे । उनी क्रिस सोलको बलमा एलबिडब्ल्यू भए ।

    शिखर धवन ५ बलमा १ चौका प्रहार गर्दै ५ रन बनएर प्रतिश जिसीको बलमा आउट भए भने चाडविक वाल्टन ५ बलमा १ रन बनाउदा क्रिस सोलको बलमा क्याच आउट भए । १ बल खेलेका गुलसन झा बसिर अहमदको बलमा शून्यमै आउट भए भने ४ बलमा १ रन बनाएका अर्जुन बिटालुलाई आक्युवले आउट पारे । जिसन मक्सूड ३ बलमा २ रन बनाउँदा प्रतिश जिसीको बलमा आउट भए । प्रतिशले नै नन्दन यादवलाई शून्यमै आउट गरे । एक बल खेलेका युनिस ठकुरी रन आउट भए भने अन्तिम ब्याट्समेन विपीन शर्मा क्याच आउट हुन पुगे ।

    कर्णाली पहिलो खेलमा जनकपुरसँग ८ विकेटले, दोस्रो खेलमा काठमाडौंसँग ३ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा चितवनलाई ६ विकेटले पराजित गरेको थियो । यस्तै विराटनगर पहिलो खेलमा जनकपुरसँग ८ विकेटले, दोस्रो खेलमा सुदुरपश्चिमसँग ९० रनले पराजित भएको थियो भने तेस्रो खेलमा लुम्बिनीलाई २ विकेटले पराजित गरेको थियो । कर्णाली तालिकाको चौथौं स्थानमा छ भने विराटनगर सातौं स्थानमा रहेको छ ।

  • जोखिम मोलेर रुखबाटै एनपीएल हेर्दै क्रिकेटप्रेमी

    जोखिम मोलेर रुखबाटै एनपीएल हेर्दै क्रिकेटप्रेमी

    काठमाडौं । टियु क्रिकेट मैदानमा अहिले नेपाल प्रिमियर लिग (एनपीएल) जारी छ ।

    एनपीएल प्रत्यक्ष हेर्न खासगरी शनिवार र सार्वजनिक विदाको दिन क्रिकेटका समर्थकहरु अथाह आउने गर्छन । डिसेम्बर ७ (आज) टिकट काटेर आउने र बाहिर बसेर हेर्ने दर्शकले टियु क्रिकेट मैदान बाहिर भिडमभिड छ ।

    भुईमा मात्र होइन रुखमा जोखिम मोलेरै क्रिकेट समर्थक एनपीएल हेरिरहेका छन् ।

    हेर्नुहोस तस्बिरहरु

  • कर्णाली भर्सेस विराटनगरः टस जितेर बलिङ गर्दै विराटनगर

    कर्णाली भर्सेस विराटनगरः टस जितेर बलिङ गर्दै विराटनगर

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएलमा) शनिवारको दोस्रो खेलको टस भएको छ ।

    कर्णाली याक्स र विराटनगर किग्सबीच हुने उक्त खेलमा विराटनगरले टस जितेर बलिङ रोजेको छ । एनपीएलको तेह्रौं खेल दुवै टिमलाई महत्पूर्ण छ । तीनतीन खेल खेलेका विराटनगर र कर्णाली दुवैले समान दुई खेलमा हार बेहोरेका छन् भने एक खेलमा जित हात पारेका छन् ।

    कर्णाली पहिलो खेलमा जनकपुरसँग ८ विकेटले, दोस्रो खेलमा काठमाडौंसँग ३ विकेटले पराजित भएको थियो भने तेस्रो खेलमा चितवनलाई ६ विकेटले पराजित गरेको थियो । यस्तै विराटनगर पहिलो खेलमा जनकपुरसँग ८ विकेटले, दोस्रो खेलमा सुदुरपश्चिमसँग ९० रनले पराजित भएको थियो भने तेस्रो खेलमा लुम्बिनीलाई २ विकेटले पराजित गरेको थियो । कर्णाली तालिकाको चौथौं स्थानमा छ भने विराटनगर सातौं स्थानमा रहेको छ ।

  • सुदुरपश्चिम रोयल्स ४५ रनले विजयी

    सुदुरपश्चिम रोयल्स ४५ रनले विजयी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएलमा) सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो जित निकालेको छ ।

    शनिवार भएको पहिलो खेलमा लुम्बिनी लायन्सलाई ४५ रनले सुदूरपश्चिमले पराजित गरेको हो । सुदूरपश्चिमले यसअघि विराटनगर किंग्स र काठमान्डु गुरखाजलाई पराजित गरेको थियो ।

    लम्बिनीको भने यो लगातार तेस्रो हार हो । लुम्बिनी यसअघि विराटनगर किंग्स र पोखरा एभेन्जर्ससँग पराजित भएको थियो ।

    सुदूरपश्चिमले दिएको १८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले ९ विकेट गुमाएर १४२ रन बनाउन सक्यो ।

     

  • एनपिएल : शुक्रवारसम्म भएका ११ खेलमा कुन टिमको कति जित ?

    एनपिएल : शुक्रवारसम्म भएका ११ खेलमा कुन टिमको कति जित ?

    काठमाडौं । मंसिर १५ गतेदेखि सुरु भएको नेपाल प्रिमियर लिग (एनपीएल) को आज छैटौँ दिन हो । छैंटौ दिनसम्म आइपुग्दा दर्शकहरुको क्रेज भने लगातार बढिरहदा एनपिएल थप रोचक बन्दै गएको छ । मंसिर १५ गतेदेखि सुरु भएको (एनपिएल) मा शुक्रवार सम्म ११ खेल भएका छन् ।

    १) जनकपुर बोल्ट्स: आसिफ शेख मार्कि रहेको जनकपुर बोल्ट्स विराटनगर किंग्स र कर्णाली याक्सलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ७ विकेटले पराजित गर्दै लगातार ३ खेलमा विजयी भएको छ ।

    २) विराटनगर किंग्स: सन्दिप लामिछाने मार्कि रहेको विराटनगर किंग्स जनकपुर बोल्ट्ससँग ८ विकेट र सुदुपश्चिम रोयल्ससँग ९० रनले पराजित भएको छ भने लुम्विनी लायन्ससँग २ विकेटले विजयी भएको छ ।

    ३) कर्णाली याक्स: सोमपाल कामी मार्कि रहेको कर्णाली याक्सले शुक्रवार भएको पहिलो खेलमा चितवन राइनोजसँग खेलेको तेस्रो खेल हो । लगातार जनकपुर बोल्ट्ससँग ८ विकेट र काठमाडौं गुर्खाजसँग ३ विकेटले हार व्यहोरेको कर्णाली याक्सले शुक्रवार भएको चितवन राइनोजलाई ६ विकेटले पराजित गरेर विजयी सुरुवात गरेको छ ।

    ४) चितवन राइनोज: कुशल मल्ल मार्कि रहेको चितवन राइनोजले काठमाडौं गुर्खाजविरुद्ध ३ विकेट र पोखरा एभेन्जर्सविरुद्ध ८७ रनले जित दर्ता गरेसँगै शुक्रवार कर्णाली याक्ससँग भएको तेस्रो खेलमा पनि ६ विकेटले पराजित भएको छ ।

    ५) काठमाडौं गुर्खाज: करण केसी मार्कि रहेको काठमाडौं गुर्खाजले पनि शुक्रवारसम्म तिन खेल खेलिसकेको छ । काठमाडौं गुर्खाजले चितवन राइनोजसँग ५ विकेट र सुदुरपश्चिम रोयल्ससँग ७३ रनले पराजित भएको छ भने कर्णाली याक्सविरुद्ध ३ विकेटले जित हात पारेसँगै तिन खेदमा एक जित दुई हार व्यहोरेको छ ।

    ६) पोखरा एभेन्जर्स: कुसल भुर्तेल मार्कि रहेको पोखरा एभेन्जर्सले चितवन राइनोजसँग ८७ रन र जनकपुर बोल्ट्ससँग ७ विकेट हार व्यहोरेको छ भने लुम्विनी लायन्सलाई १० विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।

    ७) सुदुरपश्चिम रोयल्स: दिपेन्द्र सिंह ऐरी मार्कि रहेको सुदुरपश्चिम रोयल्सले शुक्रवारसम्म दुइ खेल खेलेको छ । विराटनगर किंग्सलाई ९० रन र काठमाडौं गुर्खाजलाई ७३ रनले पराजित गर्दै लगातार दुइ जित हासिल गरेको छ ।

    ८) लुम्विनी लायन्स: रोहित कुमार पौडेल मार्कि रहेको लुम्विनी लायन्सले पनि शुक्रवारसम्म दुई खेल खेलिसकेको छ । लुम्विनी लायन्स पहिलो खेलमा विराटनगर किंग्ससँग २ विकेटले पराजित भएको छ भने दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग १० विकेटले पराजित भएको छ ।

    एनपिएलमा सहभागी ८ फ्रेन्चाइज मध्ये जनकपुर बोल्ट्सले लगातार तिन खेलमा जित निकाल्दैँ ६ अंकका साथ शिर्ष स्थानमा छ । सुदुरपश्चिम रोयल्स र चितवन राइनोज ४/४ अंकका साथ दोस्रो स्थानमा छन् भने कर्णाली याक्स, काठमाडौं गुर्खाज, पोखरा एभेन्जर्स र विराटनगर किंग्स २ /२ अंकका साथ तेस्रो स्थानमा छन् । यस्तै लुम्विनी लायन्स शुन्य अंकका साथ पुछारमा छ ।