Category: खेल

खेल

  • अनुशासन उल्लंघन गरेकाे आरोपमा कप्तान ज्ञानेन्द्र र उपकप्तान दिपेन्द्र हटाइए

    अनुशासन उल्लंघन गरेकाे आरोपमा कप्तान ज्ञानेन्द्र र उपकप्तान दिपेन्द्र हटाइए

    काठमाडौं । नेपाल क्रिकेट संघले कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दीपेन्द्र सिंह ऐरीसहित चार क्रिकेटरमाथि कारबाही गरेको छ । नयाँ कप्तानको जिम्मेवारी सन्दीप लामिछानेलाई दिइएको छ ।

    क्यानको बुधबार बसेको बोर्ड बैठकले मल्ललाई कप्तान र ऐरीलाई उपकप्तानबाट पदमुक्त गर्ने निर्णय गरेको छ । साथै मल्ल र ऐरीसँगै सोमपाल कामी र कमल सिंह ऐरीलाई २०२२ को सेन्ट्रल कन्ट्याक्टमा शुरुको ६ महिना सहभागी नगराउने निर्णय गरेको छ ।

  • गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथो अधिवेशन डिसेम्बर २१ मा

    गल्कोट स्पोर्ट्स क्लब टोकियोको चौथो अधिवेशन डिसेम्बर २१ मा

    जापान । “स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल” भन्ने मुख्य नाराका साथ सन् २०१५ मा स्थापना भएको गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको चौथो अधिवेशन यही डिसेम्बर २१ तारिक मंगलबार हुने भएको छ ।

    स्थापना कालदेखि जापानमा हरेक वर्ष मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको क्लबले कोरोनाका कारण गत वर्ष भलिबल प्रतियोगिता गर्न नसके पनि यस वर्ष भने मैत्रीपूर्ण भलिबल प्रतियोगिता पनि भव्य रुपमा सम्पन्न गरेको थियो ।

    स्थापना कालदेखि नै जापानमा रहेर पनि नेपाली खेलमा उल्लेख्य योगदान दिएका ब्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लबले टोकियोमा रहेका युवाहरुमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आएको छ भने, प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलकुदसँग सम्बन्धित क्षेत्रका लागि सहयोग पनि गर्दै आएको छ ।

    विशेषगरी बागलुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानको टोकियोमा विभिन्न पेशा व्यवसाय तथा रोजगारीमा संलग्न युवाहरुको साझा संस्थाका रुपमा रहेको यस क्लब छोटो समयमा नै जापानवासी नेपालीबीच लोकप्रिय भइरहेको छ ।

    गल्कोट स्पोर्ट्स क्लब टोकियोका सम्पूर्ण सल्लाहकार, पदाधिकारी एवं शुभचिन्तकलगायत सम्पूर्ण साधारण सदस्यहरुमा गल्कोट स्पोर्ट्स क्लव टोकियोको चौथो अधिवेशनमा उपस्थित भईदिनु हुन आयोजकले अनुरोध पनि गरेको छ । अधिवेशन डिसेम्बर २१ तारिक मंगलबारका दिन ओमोरीमा रहेको सारंगी नेपाली रेष्टुरेण्टमा दिनको १ बजेबाट शुरु हुने छ ।

  • युनाइटेड र टोटनह्यामकाे जित

    युनाइटेड र टोटनह्यामकाे जित

    काठमाडौं । इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेड र टोटनह्यामले जित हात पारेका छन् ।

    आइतबार राति भएको खेलमा म्यानचेष्टरले घरेलु मैदान ओल्ड ट्राफोर्डमा क्रिस्टल प्यालेसलाई १-० ले पराजित गरेको हो । युनाइटेडका लागि निर्णायक गोल फ्रेडले ७७औँ मिनेटमा गरे ।

    अर्काे खेलमा टोटनहमले नर्विच सिटीलाई ३-० ले पराजित गरेकाे छ । घरेलु मैदान टोटनहमलाई जिताउँन लुकास मौरा, डाभिन्सन सान्चेज र हिङ मिन सनले १-१ गोल गरे ।

    जितपछि म्यानचेस्टर युनाइटेड १५ खेलबाट २४ अंक जोडेर छैटौँ स्थानमा छ । पराजित क्रिस्टल प्यालेस १६ अंक जोडेर १३औँ स्थानमा रहेको छ ।

    अर्काे खेलमा टोटनहमले २५ अंक जोड्दै पाँचौ स्थानमा छ । पराजित नर्विच पुछारमा रहेकोे छ ।

  • चेल्सी पराजित भएपछि शीर्षस्थानमा उक्लियाे सिटी

    चेल्सी पराजित भएपछि शीर्षस्थानमा उक्लियाे सिटी

    काठमाडौं । म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शीर्षस्थानमा उक्लिएको छ । शनिबार राति सिटीले घरेलु टोली वाट्फोर्डमागि ३–१ अन्तरकाे जित निकालेर अंक तालिकामा चेल्सीलाई पछि पार्दे शीर्षस्थानमा उक्लिएको हो ।

    सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा रहिम स्टर्लिङले एक गोल गरे । घरेलु टोली वाट्फोर्डका जुआन हर्नान्डेजले एक गोल फर्काए ।

    यता, अर्काे खेलमा लिभरपुलले उल्भ्सलाई १–० ले पराजित गर्दै दोस्रो स्थानमा उक्लियो । चेल्सी पराजित भएको फाइदा लिभरपुलले समेत उठाएकाे छ । लिभरपुलको एक मात्रै गोलमा डिभोक ओरिजी नायक बने ।

    यसअघि चेल्सी घरेलु टोली वेष्ट हाम युनाईटेडसँग ३–२ अन्तरले पराजित हुँदै शीर्षस्थान गुमाएको थियो ।

    जितपछि सिटी १५ खेलबाट ३५ अंकसहित शीर्षस्थानमा उक्लिएको छ । दोस्रो स्थानमा रहेको लिभरपुलको ३४ अंक छ । यता, शीर्षस्थान गुमाएको चेल्सी ३३ अंकसहित तेस्रो स्थानमा छ भने वेष्ट हाम २७ अंकसहित चौथो स्थानमा छ ।

  • रियल मड्रिडको जित, बार्सिलोना पराजित

    रियल मड्रिडको जित, बार्सिलोना पराजित

    काठमाडौं । स्पेनिस ला लिगामा गए राति शीर्षस्थानको रियल म्याड्रिड विजयी हुँदा बार्सिलोना भने घरेलु मैदानमा पराजित भएको छ ।

    नोउ क्याम्पमा भएको खेलमा क्याटलान क्लब बार्सिलोना रियल बेटिससँग १–० ले स्तब्ध बन्यो । बेटिसका जुआनमीले खेलको ७९औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।

    पूर्वखेलाडी जाभी होर्नाण्डेजको प्रशिक्षणमा बार्सिलोनाको लिगमा पहिलो हार हो ।

    अर्काे खेलमा रियल मड्रिडले रियल सोसिडाडविरुद्ध २–० को सहज जित पायो । रियलको जितमा लुका जोभिक र भिनिसिउस जुनियरले समान १ गोल गरे ।

    यस्तै ला लिगाकै अर्काे महारथी क्लब एथ्लेटिको मड्रिड आरसिडी मालोर्कासँग २–१ ले स्तब्ध बन्यो । घरेलु टोली एथ्लेटिकोको लागि म्याथिअस कुन्हाले गोल गर्दा विजयी टोलीका फ्रान्को रुस्सो र ताकेफुसा कुवोले समान १ गोल गरे ।

    जितपछि रियल १६ खेलबाट ३९ अंक जोडेर शीर्ष स्थानमा छ । यो हारसँगै बार्सिलोना १५ खेलबाट २३ अंक जोडेर साताैँ स्थानमा छ । बार्सिलोना शीर्ष स्थानको रियलसँग १६ अंकले पछि परिसकेको छ । यता, अर्काे पराजित टोली एथ्लेटिको १९ अंक जोडेर चौथो स्थानमा छ ।

  • बराबरीमा रोकियाे पीएसजी

    बराबरीमा रोकियाे पीएसजी

    काठमाडौं । फ्रेन्च लिग वानको शीर्षस्थान टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) आरसी लेन्सविरुद्ध हारबाट जोगिएको छ ।

    शनिबार राति भएको खेलमा जर्जिन्हो वाइनाल्डमले इन्जुरी समयमा गोल गरेपछि पीएसजीले घरेलु टोली लेन्ससँग १–१ अन्तरको बराबरी खेल्दै हारबाट जोगिएको हो ।

    पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफको ६२ मिनेटमा सेको फोफानाले गोल गर्दै घरेलु टोली लेन्सलाई १–० को अग्रता दिलाए । वाइनाल्डमलले इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई हारबाट जोगाए ।

    बराबरीसँगै पीएसजी १७ खेलबाट १३ जित, ३ बराबरी र १ हारसँगै ४२ अंक जोडेर शीर्षस्थानमा छ । पराजित लेन्स समान खेलबाट २७ अंक जोडेर पाँचौं स्थानमा छ । यता, दोस्रो स्थानको मार्सेली २९ अंकसहित दोस्रो स्थानमा छ ।

  • रोनाल्डोको कीर्तिमानी ८०० गोल

    रोनाल्डोको कीर्तिमानी ८०० गोल

    काठमाडौं । पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले कीर्तिमानी ८००औँ गोल गरेको खेलमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा लण्डन क्लब आर्सनलविरुद्ध रोमाञ्चक जित हात पारेकाे छ ।

    बिहीबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा १ गोलले पछि परेको स्थितिमा युनाइटेडले पुनरागमन गर्दै आर्सनललाई ३-२ अन्तरले पराजित गरेको हो ।

    युनाइटेडको जितमा क्रिष्टियानो रोनाल्डोले २ गोल गर्दा ब्रुनो फर्नाण्डेजले १ गोल गरे । आर्सनलकोे लागि इमिली स्मिथ रोव र मार्टिन ओडेरार्डले १-१ गोल गरे ।

    योसँगै रोनाल्डोले आफ्नो करियरकै ८०० गोल पूरा गरेका छन् । ८०० गोल पूरा गर्ने रोनाल्डो पहिलो खेलाडी हुन् । रोनाल्डोले १ हजार ९७ खेलमा याे कीर्तिमानी बनाएका हुन् ।

    खेलको १३ मिनेटमा आर्सनलका स्मिथले गोल गर्दै सुरुआती अग्रता बनाए । ४४ मिनेटमा युनाईटेडका ब्रुनोले १-१ अन्तरमा खेल झारे । ५२ मिनेटमा रोनाल्डोले कीतिमानी ८०० गोल तथा युनाईटेडलाई २–१ को अग्रता दिलाए । दुई मिनेट पछिनै ५४ मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई २–२ को अवस्थामा ल्याए ।

    तर, स्टार खेलाडी रोनाल्डोले पुन: गोल गरेपछि युनाईटेड घरेलु मैदानमा छैटौं जित निकाल्न सफल भयो । यस पटक रोनाल्डोले पेनाल्टीमा गोल गरेका थिए ।

    जितसँगै युनाइटेड १४ खेलबाट २१ अंक जोडेर सातौ स्थानमा छ । पराजित आर्सनलले २३ अंकसहित पाँचौ स्थानमा रहेको छ । आर्सनलले चौथो स्थानमा उक्लने अवसर समेत गुमाएको छ ।

  • मेस्सीले साताैँ पटक जिते बालोन डि ओर

    मेस्सीले साताैँ पटक जिते बालोन डि ओर

    काठमाडौं । अर्जेन्टिना तथा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड लियोनल मेस्सीले बालोन डी ओर अवार्ड जितेका छन् । सोमबार राति स्टार खेलाडी लियोनल मेस्सीले २०२१ को उत्कृष्ट खेलाडी बन्दै बालोन डी ओर अवार्ड जितेका हुन् ।

    मेस्सीले कीर्तिमानी सातौं पटक बालोन डी’ओर अवार्ड जितेका हुन् । मेस्सीले २००९, २०१०, २०११, २०१२, २०१५ र २०१९ मा यस अवार्ड जितेका थिए ।

    मेस्सीले रोबर्ट लेवान्डोस्की र जर्गिन्होलाई पछि पार्दै अवार्ड जितेका हुन् । मेस्सी बालोन डी ओर जित्ने पीएसजीका पहिलो खेलाडी समेत बने ।मेस्सीले आफ्नो कप्तानीमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि दिलाएका थिए ।

    म्यानचेस्टर युनाईटेडका पोर्चुगिज फरवार्ड रोनाल्डो छैटौँ स्थानमा रहे । रोनल्डोले यो अवार्ड पाच पटक जितेका छन् ।

    महिलातर्फको बालोन डी ओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

    जर्मन क्लब बायर्न म्युनिखका पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले ‘स्ट्राइकर अफ दि इयर हात पारे । बार्सिलोनाका स्पेनिस मिडफिल्डर पेड्रीले यू-२१ को उत्कृष्ट खेलाडी बन्दै कोपा ट्रफी प्राप्त गरे । इटालीका गोलकिपर जियानलुगी डोनारुम्माले यासिन ट्रफी प्राप्त गरे । क्लब अफ दि इयरको अवार्ड चेल्सीले जितेको छ ।

  • राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त

    राखेपको सदस्य सचिवमा घिसिङ नियुक्त

    काठमाडाैं । सरकारले राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा टंकलाल घिसिङलाई नियुक्त गर्ने निर्णय गर्ने निर्णय गरेको छ ।

    सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई सदस्य सचिव बनाउने निर्णय गरेको हाे ।

    घिसिङ माओवादीका बागमती प्रदेश कमिटी सदस्य समेत हुन् । तत्कालीन नेकपा सरकारले नियुक्त गरेका रमेश सिलवाललाई हटाएर सरकारले घिसिङलाई सदस्य सचिव नियुक्त गरेको हो ।

     

  • सहिद स्मारक लिगमा शुक्रबारदेखि दोस्रो चरणका खेल, पहिलाे दिन २ खेल

    सहिद स्मारक लिगमा शुक्रबारदेखि दोस्रो चरणका खेल, पहिलाे दिन २ खेल

    काठमाडौं । सहिद स्मारक ‘ए’ डिभिजन लिगको दोस्रो चरणका खेल आज शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजना जारी लिगको दोस्रो चरणका खेल शुक्रबार सुरु भएर सोमबार समाप्त हुनेछ । एक चरणमा सात खेल हुनेछन् ।

    पहिलो दिन दुई खेल हुनेछन् । दिउँसो १ बजे सुरु हुने खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबले थ्रीस्टार क्लबविरुद्ध खेल्नेछ । साँझ पौने ५ बजे हुने दोस्रो खेलमा संकटा क्लबले फ्रेण्ड्स क्लबसँग प्रतिस्पर्धा गर्ने तालिका रहेको छ ।

    लिगमा सातदोबाटो पहिलो जितको खोजिमा छ । यसअघि सातदोबाटोले पहिलो खेलमा ललितपुर प्रतिद्वन्द्वी फ्रेण्ड्स क्लबसँग गोलरहित बराबरी खेलेको थियो ।

    रवि सिलवालको कप्तानीमा रहेको संकटाले पहिलो खेलमा हिमालयन शेर्पासँग १–१ गोलको बराबरी खेलेको थियो । यता, फ्रेण्ड्स समेत पहिलो जित निकाल्न चाहन्छ ।

    पहिलो चरणको अन्य खेलमा च्यासल युथ क्लब र एपीएफ फुटबल क्लब भिड्दा हिमालयन शेर्पा क्लब र मनाङ मर्स्याङ्दी क्लब आमुने सामुने हुनेछन् । तेस्रो दिनको एक मात्रै खेलमा जावलाखेल युथले नेपाल पुलिस क्लबविरुद्ध खेल्नेछ ।

    दोस्रो चरणको अन्तिम दिन दुई खेल हुनेछ । पहिलो खेलमा व्रिगेड व्बाइज क्लब र न्युरोड टिम एन आरटी आमुने सामुने हुँदा दोस्रो चरणको अन्तिम खेलमा साविक उपविजेता त्रिभुवन आर्मी फुटबल क्लबले साविक विजेता मछिन्द्र फुटबल क्लबको सामना गर्नेछ ।