बराबरीमा रोकियाे पीएसजी

काठमाडौं । फ्रेन्च लिग वानको शीर्षस्थान टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) आरसी लेन्सविरुद्ध हारबाट जोगिएको छ ।

शनिबार राति भएको खेलमा जर्जिन्हो वाइनाल्डमले इन्जुरी समयमा गोल गरेपछि पीएसजीले घरेलु टोली लेन्ससँग १–१ अन्तरको बराबरी खेल्दै हारबाट जोगिएको हो ।

पहिलो हाफमा कुनै गोल नहुँदा दोस्रो हाफको ६२ मिनेटमा सेको फोफानाले गोल गर्दै घरेलु टोली लेन्सलाई १–० को अग्रता दिलाए । वाइनाल्डमलले इन्जुरी समयको थप गरिएको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई हारबाट जोगाए ।

बराबरीसँगै पीएसजी १७ खेलबाट १३ जित, ३ बराबरी र १ हारसँगै ४२ अंक जोडेर शीर्षस्थानमा छ । पराजित लेन्स समान खेलबाट २७ अंक जोडेर पाँचौं स्थानमा छ । यता, दोस्रो स्थानको मार्सेली २९ अंकसहित दोस्रो स्थानमा छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१