Category: फोटो न्यूज

फोटो न्यूज

  • तिहार नजिकिएसँगै फूलैफूलले सजियो बिजुली बजारको आर्क ब्रिज(फोटो फिचर)

    तिहार नजिकिएसँगै फूलैफूलले सजियो बिजुली बजारको आर्क ब्रिज(फोटो फिचर)

    काठमाडौं । शहरको सौन्दर्यलाई ध्यानमा राख्दै काठमाडौं महानगरपालिकाले बिजुली बजारस्थित आर्क ब्रिजमा रहेका फूलका गमलामा सधैं पानी हाल्ने गरेको छ ।

    तिहार नजिकिएसँगै आर्क ब्रिजमा फूलहरू चिटिक्क पारिएका छन् । फूलको सुन्दरताले चिटिक्क परेको पुलमा अहिले तस्वीर खिच्नेहरू प्रशस्तै भेटिन्छन् ।

  • अझै सामान्य नबनेको रोसी (फोटो फिचर)

    अझै सामान्य नबनेको रोसी (फोटो फिचर)

    काठमाडौं । गत असोज दोस्रो हप्ता परेको अविरल वर्षापछि आएको बाढी, पहिरो र डुबानले क्षतविक्षत बनाएको काभ्रेको रोसी अझै सामान्य बनिसकेको छैन ।

    लगातारको वर्षापछि हरेक जसो गाउँमा पहिरो गएको थियो भने रोशी खोलाको बाढीले पनि ठूलो क्षती गरेको छ ।

    सरकारले विपद्पछिको उद्धार, राहत र पुनर्निर्माणमा सक्रियता नदेखाउँदा रोसी गाउँपालिकाबासी समस्यामा परेका छन् ।

  • सैनिकमञ्चमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

    सैनिकमञ्चमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

    काठमाडौं । बिहीबार विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ सैनिकमञ्चमा संविधान तथा राष्ट्रिय दिवस मनाइएको छ ।

    ‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ वर्ष पूरा भएको अवसरमा सैनिकमञ्चमा आयोजित समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।

    सो समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरु सहभागी थिए ।

  • युवा पुस्तामा देखिएको ट्याटु मोह (फोटो फिचर)

    युवा पुस्तामा देखिएको ट्याटु मोह (फोटो फिचर)

    काठमाडौं । पछिल्लो समय युवा पुस्तामा ट्याटु खोपाउने एउटा फेसन बनेकाे छ । विशेष गरेर युवा पिटीमा ट्याटु खोपाउने प्रचलन बढ्दै गैइरहेकाे छ । राजधानीमा जारी हिमालयन ट्याटु समिटमा पनि ट्याटु खाेपाउने युवायुवतीहरूकाे भिड लागेकाे छ । शुक्रबारदेखी सुरू भएकाे समिट आइतबार समापन हुनेछ ।

      

  • गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो (फोटो फिचर)

    गोकर्णेश्वरमा दिवंगत बुबाप्रति श्रद्धा प्रकट गर्नेको घुइँचो (फोटो फिचर)

    काठमाडौं । आज भाद्र कृष्ण औंसी, कुशे औंसी पर्व अर्थात बुवाको मुख हेर्ने दिन । बुबाप्रति सम्मान प्रकट गर्दै पर्व मनाइँदैछ । त्यस्तै आजकै दिन घरघरमा पवित्र कुश पनि भित्र्याइन्छ ।

    आजको विशेष दिनमा काठमाडौंको गोकर्णमा मेला लाग्ने गर्छ । उत्तरगया भनेर चिनिने काठमाडौंको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कुशे औंशी तथा बुवाको मुख हेर्ने दिनमा विशेष मेला लागेको छ ।

    यसैले आजको औंशीलाई गोकर्णे औंशीका नामले पनि चिनिन्छ । आज गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवङ्गत बुवाको नाममा तर्पण, पिण्डदान तथा सिदादान गर्नेको भीड लागेको छ ।

    ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप यस दिन छोराछोरीले आफ्ना बुवालाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाई आशीर्वाद प्राप्त गरेमा सुख मिल्छ । बुवा परलोक भइसकेकाले गोकर्ण अथवा अन्य तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै आफ्नो कुल स्थिर हुने बुद्धोक्त पाराजिकाय नामक धर्मग्रन्थमा उल्लेख छ ।

    आजको दिन थोरै दान गरेपनि हजारौँ गुणा बढी फल पाइने भएकाले पुण्य पर्व पनि भनिन्छ । दान कुपात्रमा परे दिने र लिने दुवै नरक जाने शास्त्रीय भनाइ छ । दान दिएपनि संकल्प गरेर दिने दान सुपात्रमै दिइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ ।

  • भक्तपुरमा यसरी मनाइयो गाईजात्रा फोटो फिचर

    भक्तपुरमा यसरी मनाइयो गाईजात्रा फोटो फिचर

    काठमाडौ । यसवर्ष भक्तपुरमा गाईजात्रा पर्व भव्‍य रुपमा मनाइएको छ ।

    भक्तपुरको नेवार समुदायमा मृतकका परिवारले बिहानैदेखि गाईजात्रा निकालेका छन् ।

    बिहानैदेखि जिउँदो गाई, कुमारी कन्या तथा माटोको गाई निर्माण गरी टोलटोल घुमाइएको छ ।

  • टुक्राटुक्रा भयो एयर डाइनेस्टीको हेलिकप्टर(फोटो फिचर)

    टुक्राटुक्रा भयो एयर डाइनेस्टीको हेलिकप्टर(फोटो फिचर)

    काठमाडौं । काठमाडौंबाट स्याफ्रुबेसी, रसुवा उडेको एयर डाइनेस्टी हेलिकप्टर नुवाकोटको शिवपुरी गा.पा.–७ सूर्यचौरमा दुर्घटना भएको छ ।

    स्थानीयवासीले उक्त डाँडामा धुँवा देखेपछि प्रहरीलाई खबर गर्नासाथ घटनास्थलमा पुगेको प्रहरीले १ जना महिला र ४ जना पुरुषको शव निकाल्नुका साथै उद्धार कार्य जारी रहेको छ ।
    तस्विरः नेपाल प्रहरी।

  • जलमग्न टेकु क्षेत्र

    जलमग्न टेकु क्षेत्र

    काठमाडौँ । गएराती परेको अविरल वर्षाका कारण काठमाडौँको टेकु क्षेत्र डुबानमा परेको छ । नदीको बाढी बस्तीमा पछेपछि टेकु क्षेत्र जलमग्न भएको हो ।

    शुक्रबार रातिदेखि काठमाडौँ उपत्यकामा निरन्तर वर्षा भइरहेको छ । वर्षाका कारण उपत्यकाका धेरै क्षेत्रहरू डुबानमा परेका छन् ।

    टेकु क्षेत्रको बस्ती बिहानबाटै डुबानमा परेको थियो । ती क्षेत्रमा उद्धारका लागि प्रहरीसमेत पुगेको थिए ।

  • तस्बिरमा कालिगण्डकी नदीदेखि आशापुर्णेश्वर महादेव मन्दिर तित्याङसम्म कलश यात्रा

    तस्बिरमा कालिगण्डकी नदीदेखि आशापुर्णेश्वर महादेव मन्दिर तित्याङसम्म कलश यात्रा

    बाग्लुङ । शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समितिको आयोजना र चारतारे युवा क्लव सिवाईसी नेपालको व्यवस्थापनमा सोमवार कलश यात्रा सम्पन्न गरिएको छ ।

    प्रत्येक वर्ष शिवालय मन्दिर व्यवस्थापन तथा संरक्षण समिति बागलुङ नगरपालिका वडा नं. ९ शिवपुरी तित्याङले कलश यात्रा गर्ने गरेको छ ।

    यसैबीच यस वर्ष पनि श्रावण १४ गते सोमबार कलश यात्रा सम्पन्न भएको छ । कलश यात्रा गर्ने टोलि आशापुर्णेश्वर महादेव मन्दिरबाट भजनकृतन सहित बागलुङ नगरपालिका वडा नं.१ मालढुङ्गा स्थित पवित्र कालिगण्डकीको तटमा पुगी कलशमा जल बोकी मन्दीरमा पुगेर महादेवको मुर्तिमा जल अर्पण गरेका थिए । कालीगण्डकी नदीको जल पवित्र मानेर मन्दिरमा चढाउने गरिन्छ ।

    तस्बिरहरुः सुमन जि.सि