• २०८३ साउन २
  • 2026 July 18, Saturday

सैनिकमञ्चमा यसरी मनाइयो संविधान दिवस (फोटो फिचर)

  • २०८१ असोज ३, बिहीबार ११:४२

काठमाडौं । बिहीबार विभिन्न कार्यक्रम गरी हर्षोल्लासका साथ सैनिकमञ्चमा संविधान तथा राष्ट्रिय दिवस मनाइएको छ ।

‘जनताद्वारा जनताका लागि शासन गर्ने’ सम्पूर्ण संवैधानिक व्यवस्थासहित जारी नेपालको संविधान कार्यान्वयनमा आएको आज नौ वर्ष पूरा भएको अवसरमा सैनिकमञ्चमा आयोजित समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतले साँस्कृतिक झाँकी प्रस्तुत गरेका थिए। शान्तिको प्रतीक सेतो परेवा पनि उडाइएको थियो ।

सो समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुख, राष्ट्रियसभा अध्यक्ष तथा विभिन्न पार्टीका शीर्ष नेताहरु सहभागी थिए ।

  • २०८१ असोज ३, बिहीबार ११:४२