Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • आर्मी हेडक्वार्टरअघि जेन–जीबीच नै कुटाकुट ! छुट्टाछुट्टै नाम अघि सार्दा लफडा

    आर्मी हेडक्वार्टरअघि जेन–जीबीच नै कुटाकुट ! छुट्टाछुट्टै नाम अघि सार्दा लफडा

    काठमाडाैं । सैनिक मुख्यालय जंङ्गी अड्डाअघि जेनजी बीचनै झगडा भएको छ । उनीहरूबीच कसलाई प्रधानमन्त्री बनाउने भन्ने विषयमा सहमति हुन नसक्दा झडप भएको हो ।

    अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा समूहसमूहले छुट्टाछुट्टै नाम अघि सार्दा उनीहरूबीच नै लफडा भएको छ । विवाद बढ्दै गएपछि एक समूहले अर्को समूहकाहरूलाई खेदाइखेदाइ कुटिरहेका छन् ।

    यसैगरी, काठमाडाैंको सुन्धारामा पनि धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङका समर्थक र जेनजीबीच झडप भएको छ। प्रधानमन्त्री को बनाउने भन्ने विषयलाई लिएर प्रदर्शनमा उत्रिएका दुई फरक-फरक समूहबीच विवाद बढेपछि झडपमा परिणत भएको हो।

    कसैले सुशीला कार्की, कसैले कुलमान, कसैले बालेन त कसैले हर्क साम्पाङको नाम लिइरहेका छन् ।

    जेनजीका नाममा फरक समूहको फरक वक्तव्यले उनीहरूको आन्दोलनबाट उत्पन्न राजनीतिक शून्यता लम्बिएको छ ।

  • अस्थिर राजनीतिक परिस्थितिप्रति एमाले चिन्तित, निष्पक्ष छानबिन र संवादको माग

    अस्थिर राजनीतिक परिस्थितिप्रति एमाले चिन्तित, निष्पक्ष छानबिन र संवादको माग

    काठमाडौं । मुलुकमा उत्पन्न असामान्य राजनीतिक परिस्थितिप्रति नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले गहिरो चिन्ता व्यक्त गर्दै यस संकटको लोकतान्त्रिक र संवैधानिक माध्यमबाट निकास खोज्न आग्रह गरेको छ ।

    पार्टीको केन्द्रीय सचिवालयद्वारा जारी वक्तव्यमा हालैका हिंसात्मक घटनाक्रम, जनधनको क्षति र सुरक्षाको कमजोर अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराइएको छ ।

    एमालेका महासचिव शंकर पोखरेलले जारी गरेको वक्तव्यमा भदौ २३ गते न्भल–श् युवाहरूले सामाजिक सञ्जालको स्वतन्त्रता, भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै गरेको प्रदर्शनप्रति सहानुभूति प्रकट गर्दै उक्त दिन भएको जनधनको क्षतिबाट पार्टी स्तब्ध भएको उल्लेख छ । प्रदर्शनका क्रममा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पार्टीले घटनाको निष्पक्ष छानबिन र दोषी उपर कडा कारबाहीको माग गरेको छ ।

    भोलिपल्ट, भदौ २४ गते, देशभर फैलिएको हिंसा, आगजनी, तोडफोड र लुटपाटप्रति चिन्ता व्यक्त गर्दै पार्टीले संविधानिक निकाय, संसद, ऐतिहासिक सिंहदरबार, सर्वोच्च अदालत, विमानस्थल लगायतका संरचनामा भएको क्षतिलाई राष्ट्रका लागि गम्भीर धक्का भनेको छ । पार्टीका अनुसार, १३ हजारभन्दा बढी कैदी जेलबाट भाग्नुले शान्ति सुरक्षामा थप चुनौती सिर्जना गरेको छ ।

    राज्य संयन्त्रको कमजोरीप्रति पनि प्रश्न उठाउँदै, पार्टीले यति ठूलो विनाशको सामना गर्न सुरक्षाका निकायहरू किन प्रभावकारी हुन सकेनन् भन्दै प्रश्न गरेको छ । साथै, प्रदर्शनका आयोजकहरूले आफूहरूको प्रदर्शन शान्तिपूर्ण रहेको स्पष्ट पारिसकेकाले विध्वंसका घटनामा उनीहरूको संलग्नता नरहेको दाबी गरेका छन् । पार्टीले यसको सत्यतथ्य बाहिर ल्याउन यथार्थ छानबिनको माग गरेको छ ।

    प्रधानमन्त्रीको राजीनामापछि उत्पन्न सत्ता रिक्तताबारे नेकपा (एमाले) ले संविधानसम्मत् र लोकतान्त्रिक विधिबाट समाधान खोजिनुपर्ने स्पष्ट पारेको छ । साथै, सुशासन, नातावाद अन्त्य, तीव्र विकास र रोजगारी सिर्जनासहित युवापुस्ताको आवाज सम्बोधन गर्न राष्ट्रपतिलाई पहलकदमी लिन आग्रह गरिएको छ ।

  • त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार मात्रै १५ उडान

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार मात्रै १५ उडान

    बुधबार साँझदेखि सञ्चालनमा आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो दिन १५ उडान तथा अवतरण भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार ब्ुधबार साँझदेखि साढे १ बजेसम्ममा १५ उडान भएका हुन् । जसमध्ये १० वटा प्रस्थान तथा ५ वटा आगमन उडान भएका हुन्।

     

    त्यसअवधिमा सबैभन्दा धेरै नेपाल वायुसेवा निमकका उडान भएका छन् । बुधबार निगमले नेपालबाट ४ वटा प्रस्तान उडान गरेको थियो भने २ वटा अवतरण गरेको थियो । यस्तै, बुधबार एयर इन्डियाका आगमन १ तथा प्रस्थान १, हिमालयन एयरलाइन्सको १ आगमन तथा ४ प्रस्थान र क्याथे प्यासिफिकको १ आगमन र १ प्रस्थान उडान भएको हो।

     

    बुधबार नयाँदिल्ली, दोहा, नारिता, दमाम, मलेसिया, हङकङ लगायतका गन्तव्यमा बाट उडान भएका थिए । जेनजी आन्दोलनका क्रममा बन्द भएको विमानस्थल बुधबार साँझबाट सञ्चालनमा आएको हो । आज बिहानैबाट उडानहरु भइरहेका छन् ।

  • सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने षड्यन्त्र : बृहत नागरिक आन्दोलन

    सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने षड्यन्त्र : बृहत नागरिक आन्दोलन

    काठमाडौं । बृहत नागरिक आन्दोलनले नेपाली सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने र धर्मनिरपेक्षता हटाउने षड्यन्त्र भइरहेको भन्दै यसको कडा विरोध गरेको छ।

    बिहीबार जारी बृहत नागरिक आन्दोलनको विज्ञप्तिमा जेनजी आन्दोलनमा घुसपेठ गरेर नागरिकप्रति उत्तरदायी राज्यका संस्थाहरु र निजी क्षेत्रको भौतिक, आर्थिक र मनोवैज्ञानिक दहन गर्ने तत्वले सैनिक मुख्यालयमै सेनाको आतिथ्यमा वार्ता गरिरहेको कुरा असाध्यै डरलाग्दो र अस्वीकार्य रहेको धारणा सार्वजनिक गरेको छ ।

    विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनको म्यान्डेट र बलिदानीहरूको आवाज न गणतन्त्र र धर्मनिरपेक्षता हटेर पश्चगमन होस् भन्ने थियो न सेनाको असंवैधानिक सक्रियता बढोस् भन्ने थियो ।’

    बृहत नागरिक आन्दोलनले नेपाली सेनालाई प्रतिक्रान्तिकारीसँग सबै किसिमको अन्तर्क्रिया बन्द गर्न माग गरेको छ । राष्ट्रपतिको सहभागिता र अभिभावकत्वमा मात्र आगामी छलफल र कार्यक्रम गर्न आग्रह गरेको छ ।

    बृहत नागरिक आन्दोलनले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि सेनालाई नागरिकको टाउकोमा टेक्न प्रेरित गरिरहेका हुन् भने तिनीहरुलाई पनि प्रतिक्रान्तिका नायक भनेर चिन्नुपर्ने बताएको छ । विज्ञप्तिमा बालेनलाई पनि आफ्नो कित्ता प्रष्ट पार्न भनिएको छ ।

    प्रतिक्रान्तिविरुद्ध रहेका जेनजी युवालाई साथ दिन समग्र नागरिक, राजनीतिक दल, पेसाकर्मी र अन्य नागरिक समूहहरूले निर्धक्क सहयोग गर्नुपर्ने बृहत नागरिक आन्दोलनले बताएको छ ।

    हेर्नुहाेस् विज्ञप्ति –

  • लुटिएका हतियार, साधन फिर्ता गर्न प्रहरीको सूचना

    लुटिएका हतियार, साधन फिर्ता गर्न प्रहरीको सूचना

    नेपाल प्रहरीले लुटिएका हतियार, सवारी तथा सञ्चार साधन, असबाब र अन्य भौतिक साधन फिर्ता गर्न आग्रह गरेको छ । महानिरीक्षकको सचिवालयले आज एक सूचना जारी गर्दै प्रहरीबाट नियन्त्रणबाट लिइएका वा कतै भेटिएका हतियारसहितका सामाग्रीहरू प्रहरीलाई फिर्ता गर्न भनेको हो ।
    सचिवालयले त्यस्ता सामाग्री स्थानीय प्रहरी वा सुरक्षा निकायको कार्यालय, जिल्ला प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोलको फोन नम्बर १०० मा सम्पर्क गरेर फिर्ता गर्न सकिने जनाएको छ ।
    यस्तै, जेनजी आन्दोलनका क्रममा नियन्त्रणमा लिइएको प्रहरी पोसाक दुरुपयोग नगर्न तथा सोसँग सम्बन्धित सूचना उपलब्ध गराउन समेत अनुरोध गरिएको छ ।
  • सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने जेन–जी नेपालको निर्णय

    सरकारको नेतृत्वमा कुलमान घिसिङलाई अगाडि सार्ने जेन–जी नेपालको निर्णय

    काठमाडौँ । वर्तमान राजनीतिक संकट समाधानका लागि जेन–जी नेपालले अन्तरिम मन्त्रिपरिषद्को नेतृत्वमा कुलमान घिसिङलाई अघि सार्ने निर्णय गरेको छ।

    संगठनले जारी गरेको विज्ञप्तिमा भ्रष्टाचार अन्त्य, बेथिती नियन्त्रण र सुशासन स्थापना गर्ने आन्दोलन ऐतिहासिक सफलतामा पुग्न लागेको उल्लेख छ।

    प्रारम्भिक छलफलमा काठमाडौं महानगर प्रमुख बालेन्द्र साह (बालेन), धरानका मेयर हर्क साम्पाङ र पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीका नामसमेत उठाइए पनि न्यायाधीशहरू यो पदका लागि योग्य नहुने र उमेर सीमा पार भएकाले उनको नाम अस्वीकृत गरिएको स्पष्ट गरिएको छ।

    अन्ततः नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी प्रमुख कुलमान घिसिङ नै सबै पक्षबीच सहमतिको नेतृत्वकर्ता बन्ने निष्कर्षमा जेन–जी नेपाल पुगेको जनाएको छ। यो विज्ञप्ति जारी गर्ने जेन–जीकाे अर्काे संगठन हाे ।

  • जेनजीलाई गगन थापाको अपिल: संविधानमै टेकेर अघि बढौँ (भिडिओसहित)

    जेनजीलाई गगन थापाको अपिल: संविधानमै टेकेर अघि बढौँ (भिडिओसहित)

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधानमा टेकेर अगाडि बढ्नु पर्ने बताएका छन् । बिहीबार सामाजिक सञ्जालमा भिडियो सन्देश जारी गर्दै महामन्त्री थापाले संविधान बाहिर गएर अगाडि बढेमा स्थिति झन् भयावह हुने बताएका छन् ।

    ‘हामीले संविधानको निरन्तरताका बारेमा ख्याल गर्नुपर्छ । अब गर्ने काम संविधानमा टेकेर गर्नुपर्छ,’ महामन्त्री थापाले भने, ‘त्यो भन्दा बाहिर गयौँ भने फेरि भयावह हुन सक्छ । यसबारे ध्यान दिन आवश्यक छ ।’

    आन्दोलनका क्रममा भएको क्षति अहिलेसम्म भएका सबै आन्दोलनको क्षतिभन्दा बढी भन्दै यो कसका कारण भएको हो, त्यसको छानबिन गरेर कारबाही गर्नुपर्ने बताए । ‘मास लेबलको आन्दोलन हुँदा यो लेभलको डिस्ट्रक्सन (ध्वस्तता) भएको छैन । यो कसका कारण भएको हो ? जेनजीको आन्दोलनमा को घुसेर गर्‍यो ? एक-एक छानबिन गरेर कारबाही गर्नुपर्छ,’ थापाले भिडिओमा भनेका छन् ।

    आफू भ्रष्टाचार अन्त्य गरी सुशासन ल्याउन जेनजीले गरेको आन्दोलनमा १९ जनाको मृत्यु हुनेगरी भएको घटनामा माफी माग्ने थापाले बताए । सामाजिक सञ्जाल बन्द गर्ने निर्णय सरकारले गर्दा त्यो निर्णय नगर्न सबैलाई पटक–पटक भन्दा पनि आफूले नसकेको उनको भनाइ छ ।

    भिडिओ :

  • बैङ्किङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न राष्ट्र बैङ्कको निर्देशन

    बैङ्किङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न राष्ट्र बैङ्कको निर्देशन

    नेपाल राष्ट्र बैङ्कले अत्यावश्यक सेवा सञ्चालन गर्न बैङ्क, वित्त कम्पनी तथा भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थाहरूलाई निर्देशन जारी गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैङ्कले नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्ति बमोजिम आवतजावत हुने गरी सीमित कर्मचारीद्वारा आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
    अन्य प्रणालीको हकमा भने जोखिमको आधारमा रिमोट एक्सेसमार्फत् सञ्चालन सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
    यस्तै, यससम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन समेत राष्ट्र बैङ्कको निर्देशन छ ।
  • जेनजी आन्दोलनलाई धन्यवाद दिँदै प्रचण्डले भने– राष्ट्र अग्रगमनतर्फ अघि बढ्दैछ

    जेनजी आन्दोलनलाई धन्यवाद दिँदै प्रचण्डले भने– राष्ट्र अग्रगमनतर्फ अघि बढ्दैछ

    काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनका क्रममा सरकारी कार्यालय र निजी निवासमा आगजनी हुनु शंकास्पद भएको भन्दै प्रश्न उठाएका छन्।

    प्रचण्डले एक वक्तब्य जारी गर्दै आन्दोलनको दोस्रो दिन आयोजकको घोषणाविपरीत केही अवाञ्छित तत्त्वहरूले घुसपैठ गरी सिंहदरबारसहित राज्यका साझा संरचनामा आगजनी गरेको दाबी गरेका छन्। उनका अनुसार यसले आन्दोलनलाई बदनाम बनाउने प्रयास गरेको छ।

    अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनले उठाएका माग र माओवादी पार्टीले विगतदेखि अघि सारेका मुद्दाबीच मेल खाने भन्दै, आन्दोलनका केही पीडादायी पक्ष भए पनि यसले समग्रमा राष्ट्रलाई अग्रगमनतर्फ अघि बढाउने सम्भावना खुलाएको बताए।

    उनले जेनजी पुस्ताले गरेको संघर्षलाई विशेष धन्यवाद दिँदै उनले भनेका छन् ‘नयाँ पुस्ताको आवाजलाई सम्बोधन गर्दै अघि बढे मात्र लोकतन्त्र, सुशासन र सामाजिक न्याय सम्भव छ ।’

     

  • त्रिविको नियमित पठनपाठन आगामी कात्तिक १० गतेसम्म बन्द

    त्रिविको नियमित पठनपाठन आगामी कात्तिक १० गतेसम्म बन्द

    काठमाडौं । त्रिभुवन विश्वविद्यालयले आगामी कात्तिक १० गते सम्म पठनपाठन बन्द हुने जनाएको छ ।

    बुधबार त्रिभुवन विश्वविद्यालय रजिष्ट्रारको कार्यालय तथा जनसमम्पर्क महाशाखाले सूचना जारी गर्दै आगामी कात्तिक ११ गतेदेखि मात्रै नियमित पठनपाठन सञ्चालन हुने जानकारी गराएको हो ।

    मुलुकमा विद्यमान असामान्य परिस्थितिको कारण यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ ।

    सूचनामा आगामी हिउँदे बिदाबाट कटौती गर्ने गरि यही भदौ २९, ३० र ३१, आगामी असोज १, २ र ५ का साथै आगामी कात्तिक ९ गतेसम्म हुने भनिएको त्रिविको सम्पूर्ण पठनपाठन बन्द गर्ने निणय गरिएको उल्लेख गरिएको छ ।