नेपाल राष्ट्र बैङ्कले अत्यावश्यक सेवा सञ्चालन गर्न बैङ्क, वित्त कम्पनी तथा भुक्तानी प्रणाली सम्बन्धी कार्य गर्ने संस्थाहरूलाई निर्देशन जारी गरेको छ । आज एक विज्ञप्ति जारी गर्दै राष्ट्र बैङ्कले नेपाली सेनाले बिहीबार जारी गरेको विज्ञप्ति बमोजिम आवतजावत हुने गरी सीमित कर्मचारीद्वारा आफ्ना संवेदनशील प्रणाली सञ्चालन गरी अत्यावश्यक बैङ्किङ तथा डिजिटल भुक्तानीसम्बन्धी सेवा प्रदान गर्न निर्देशन दिएको हो ।
अन्य प्रणालीको हकमा भने जोखिमको आधारमा रिमोट एक्सेसमार्फत् सञ्चालन सञ्चालन गर्ने व्यवस्था मिलाउन भनिएको छ ।
यस्तै, यससम्बन्धी सूचना आफ्नो वेबसाइट तथा सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जानकारी गराउन समेत राष्ट्र बैङ्कको निर्देशन छ ।