Category: ब्रेकिंग न्युज

ब्रेकिंग न्युज

  • थप ५ हजार ५ सय ८३ जनामा संक्रमण, निको हुने बढी

    थप ५ हजार ५ सय ८३ जनामा संक्रमण, निको हुने बढी

    नेपालमा थप ५ हजार ५ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    देशभर गरिएको १० हजार ७ सय ७६ पिसिआर परिक्षणका क्रममा ३ हजार ६ सय ५७ जना र ६ हजार ८ सय ९८ एन्टीजेन परिक्षणका क्रममा १ हजार ९ सय २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    त्यस्तै कोरोनाका कारण थप ९ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ७ सय ५२ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

    त्यस्तै थप ८ हजार २ सय ६७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ८ लाख ७१ हजार १ सय ६५ जना निको भएका छन् । हाल नेपालमा ७४ हजार ६ सय ५३ सक्रिय संक्रमित आइशोलेशन र १ सय ३७ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

  • स्थानीय तहको निर्वाचन एकै चरणमा जेठ ४ गते हुने

    स्थानीय तहको निर्वाचन एकै चरणमा जेठ ४ गते हुने

    काठमाडौं । सरकारले २०७९ साल जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने भएको छ । सरकार र निर्वाचन आयोगबीच स्थानीय तहको निर्वाचन आगामी जेठ ४ गते बुधबार एकै चरणमा गर्ने समझदारी बनेको हो ।

    बालुवाटारमा मंगलबार भएको प्रधानमन्त्री शेरबहादुर देउवा र मन्त्रीहरूसहित निर्वाचन आयोगका पदाधिकारीहरूसँगको छलफलमा जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने समझदारी बनेको हो । छलफलमा प्रधानमन्त्री देउवाले जेठ ४ गते निर्वाचन गर्ने प्रस्ताव गरेका थिए । आयोगले पनि यही मितिमा निर्वाचन गर्न सकिने बताएकाे थियाे ।

    आयोगले यसअघि एकै चरणमा गर्ने भए १४ वैशाख र दुई चरणमा गर्ने भए १४ र २२ वैशाखमा गर्न प्रस्ताव गरेको थियो । तर सत्तारुढ पाँच दलीय गठबन्धनले संविधानसँग स्थानीय तह निर्वाचन ऐन बाझिएको भन्दै आयोगले प्रस्ताव गरेको समयमा चुनाव गर्न नहुने बताएकाे थियाे ।

  • चुनावको मितिबारे प्रधानमन्त्री र निर्वाचन आयोगबीच छलफल हुने, आयाेगकाे प्रस्ताव– जेठ ४

    चुनावको मितिबारे प्रधानमन्त्री र निर्वाचन आयोगबीच छलफल हुने, आयाेगकाे प्रस्ताव– जेठ ४

    काठमाडाैं । स्थानीय तह निर्वाचनको मिति तय गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवा र निर्वाचन आयोगका पदाधिकारीबीच मंगलबार छलफल हुने भएको छ ।

    प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार प्रधानमन्त्री देउवाले निर्वाचनबारे छलफल गर्न ३ बजे आयोगका पदाधिकारीहरूलाई बोलाइएकाे छ ।

    आयोगले आगामी जेठ ४ गते स्थानीय तहको चुनाव गर्ने प्रस्ताव सरकारसमक्ष प्रस्ताव गर्ने भएको बताइएकाे छ ।

    आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्रीले सहमति जनाइसकेपछि त्यसको दुई दिनभित्र निर्वाचन आयोगले गृह मन्त्रालयमा चुनावको मितिसम्बन्धी प्रस्ताव पेस गर्नेछ । आयोगको सो प्रस्ताव गृह मन्त्रालयले क्याबिनेटमा पेस गरेपछि चुनावको मिति औपचारिकरुपमा तय हुनेछ ।

  • साेनाम ल्हाेसारमा देशभर सार्वजनिक बिदा

    साेनाम ल्हाेसारमा देशभर सार्वजनिक बिदा

    काठमाडाैं । सरकारले साेनाम ल्हाेसारकाे अवसरमा माघ १९ गते सार्वजनिक बिदा दिएकाे छ । मंगलबार गृहमन्त्रालयले एक सूचना जारी गरेर सार्वजनिक बिदाबारे जानकारी गराएकाे हाे ।

    गृह मन्त्रालयकाे सूचनामा भनिएकाे छ ‘साेनाम ल्हाेसारकाे अवसरमा नेपालका सबै सरकारी कार्यालय सार्वजनिक संघ संस्थाहरुमा बिदा दिने नेपाल सरकार मन्त्रिपरिषद्बाट निर्णए भएकाे हुँदा सबैकाे जानकारीका लागि याे सूचना प्रकाशित गरिएकाे छ ।’

     

  • सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित अन्य पदाधिकारी पक्राउ

    सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्षसहित अन्य पदाधिकारी पक्राउ

    काठमाडौं । संघीय वन नियमावलीको मस्यौदा खारेज गर्न माग गरी वन परिसर बबरमहलमा प्रदर्शन गर्नेहरु पक्राउ परेका छन् । प्रदर्शनमा सहभागीहरुलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको हो ।

    फेकोफनका सचिव ठाकुर भण्डारीले आफूहरुलाई प्रहरीले नियन्त्रणमा लिएर भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखेको जानकारी दिए । उनका अनुसार प्रहरीले फेकोफनका अध्यक्ष भारती पाठकसहित १४ जनालाई नियन्त्रणमा लिएको छ ।

    नियन्त्रणमा लिइएकाहरुमा अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतमलगायत छन् ।

    सामुदायिक वन उपभोक्ता महासंघ, नेपाल (फेकोफन)ले संघीय वन नियमावलीको मस्यौदा सामुदायिक वन अधिकार विरोधी रहेको भन्दै प्रदर्शन गरेको थियो ।

  • नेपालमा पुनः भेटियो बर्डफ्लू, सावधानी अपनाउन पशु सेवा विभागकाे अपिल

    नेपालमा पुनः भेटियो बर्डफ्लू, सावधानी अपनाउन पशु सेवा विभागकाे अपिल

    काठमाडौं । नेपालमा पुनः बर्डफ्लू संक्रमण देखापरेको छ । मोरङमा बर्डफ्लू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

    विभागले सोमबार एक विज्ञप्ति जारी गरी बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

    प्रदेश नम्बर १, मोरङ जिल्लाको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लू रोग पुष्टि भएको हो ।

    बर्डफ्लू अन्य क्षेत्रमा फैलन नदिनका लागि संक्रमण फेला परेकाे क्षेत्रका पन्छि नष्ट गरिएकाे पनि जानकारी गराइएकाे छ । ‘एच फाइभ एन वान’ भाइरस निकै संक्रामक मानिन्छ । जसको संक्रमणले नेपालमा पहिलोपटक २०७५ चैत १५ गते मानिसकोसमेत मृत्यु भएको थियो ।

  • थपिए ५ हजार २ सय ९२ जना संक्रमित, ८ जनाकाे मृत्यु

    थपिए ५ हजार २ सय ९२ जना संक्रमित, ८ जनाकाे मृत्यु

    काठमाडाैं । पछिल्लो २४ घण्टामा ५ हजार २९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १६ हजार ८८ जनामा गरिएको नमूना परीक्षणमा ५२९२ जनामा संक्रमण पुष्टि भएको हो ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही समयावधिमा ८ हजार १९१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

    मन्त्रालयका अनुसार यसबेला देशभर ७९२७२ जना सक्रिय संक्रमित रहेका छन् । २४ घण्टामा ३ लाख ६६ हजार ६०३ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् ।

  • के छ एमसीसीबारे भीम रावलले सार्वजनिक गरेकाे खुला स्मृति पत्रमा ? (पूर्णपाठ)

    के छ एमसीसीबारे भीम रावलले सार्वजनिक गरेकाे खुला स्मृति पत्रमा ? (पूर्णपाठ)

    काठमाडाैं । नेकपा एमालेका नेता डा. भीम रावलले अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) जस्ताको त्यस्तै पास गर्ने षडयन्त्रमा पाँच दलीय गठबन्धन लागेको आरोप लगाएका छन् ।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रावलले एमसीसी सम्झौता नेपाल र नेपालीको स्वाभिमान, स्वाधीनता र हितविपरीत रहेको पनि लगाए । उनले भने, ‘मातृभूमिको स्वाधीन भविष्यका लागि फेरि गहिरो गरी अध्ययन गर्न आग्रह गर्दछु।’

    एमसीसी यथास्थितिमा अनुमोदन गर्न नहुने कुरा कुनै पूर्वाग्रहबाट नआएको पनि उनले बताएका छन् । सम्झौता राष्ट्र हितविपरीत भएकोले त्यसको समीक्षा हुनुपर्नेमा पनि उनले जोड दिएका छन् ।

    प्रधानमन्त्री, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, दलका नेता तथा सांसदहरुको नाममा रावलले सार्वजनिक गरेकाे खुला स्मृति–पत्र :

    याे पनि हेर्नुहाेस् ।

  • प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

    प्रधानमन्त्री देउवा र माओवादी अध्यक्ष प्रचण्डबीच छलफल

    काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरुबीच समसामयिक विषयमा छलफल भएकाे स्राेतले बताएकाे छ ।

    यसअघि सत्तागठबन्धनका दलहरुबीच स्थानीय तहको निर्वाचन आगामी जेठभित्र गर्ने सहमति जुटेको छ ।

    पछिल्लो समय अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषय पनि गठबन्धनमा उठ्दै आएको छ । याे भेट यही सिलसिलामा भएकाे अनुमान गरिएकाे छ । दुई नेताबीचको वार्ताको विस्तृत विवरण दुवै पक्षले दिएका छैनन् ।

  • बौद्धको रेस्टुरेन्टमा अनलाइन जुवा, ७४ जना पक्राउ

    बौद्धको रेस्टुरेन्टमा अनलाइन जुवा, ७४ जना पक्राउ

    काठमाडौं । बौद्धकाे एक रेष्टुरेण्टबाट अनलाइन जुवा खेलिरहेका ७४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका-६ बौद्धमा दोलखा घर भएर हाल बानेश्वर बस्ने सुभाष घिसिङले सञ्चालन गरेको रेष्टुरेन्टमा उनीहरु अनलाइन जुवा खेलिरहेका थिए ।

    महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले उनीहरुको साथबाट ६ लाख १९ हजार २५० रुपैयाँ बरामद गरेको जानकारी दिए ।

    खेलमा प्रयोग गरिने सामाग्री (मोबाइल), बिङ्गो खेल्न प्रयोग गरिने कुपन पनि नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ ।

    यसअघि माघ ५ गते महानगरीय अपराध महाशाखाको टोलीले कीर्तिपुर नगरपालिकाको विभिन्न स्थानबाट अनलाइन जुवा खेलाउने १२ जनालाई पक्राउ गरेको थियो ।