नेपालमा पुनः भेटियो बर्डफ्लू, सावधानी अपनाउन पशु सेवा विभागकाे अपिल

काठमाडौं । नेपालमा पुनः बर्डफ्लू संक्रमण देखापरेको छ । मोरङमा बर्डफ्लू रोग (एच फाइभ एन वान, एच फाइभ एन वान) पुष्टि भएको पशु सेवा विभागले जनाएको छ ।

विभागले सोमबार एक विज्ञप्ति जारी गरी बर्डफ्लू नियन्त्रणका लागि नियमित रूपमा सघन रोग सर्भिलेन्स, नमुना संकलन तथा प्रयोगशाला परीक्षणको कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ ।

प्रदेश नम्बर १, मोरङ जिल्लाको ग्रामथान–१, खुनियाकट्टा र बूढीगंगाका कृषकले पालेका कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेशषण प्रयोगशालामा रियल टाइम पीसीआर विधिबाट परीक्षण गर्दा बर्डफ्लू रोग पुष्टि भएको हो ।

बर्डफ्लू अन्य क्षेत्रमा फैलन नदिनका लागि संक्रमण फेला परेकाे क्षेत्रका पन्छि नष्ट गरिएकाे पनि जानकारी गराइएकाे छ । ‘एच फाइभ एन वान’ भाइरस निकै संक्रामक मानिन्छ । जसको संक्रमणले नेपालमा पहिलोपटक २०७५ चैत १५ गते मानिसकोसमेत मृत्यु भएको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१