Category: हुलाक समाचार

हुलाक समाचार

  • नेपाल र फिनल्यान्डबीच पिआइ योजनामा सहमति

    नेपाल र फिनल्यान्डबीच पिआइ योजनामा सहमति

    काठमाडौँ । नेपाल सरकार र फिनल्यान्ड सरकारबीच सार्वजनिक क्षेत्र लगानी सुविधा पिआइ योजनामा सहमति भएको छ ।सहमतिले नेपालका सामाजिक–आर्थिक पूर्वाधारलाई मजबुत बनाउँदै दिगो विकासमा योगदान पुर्याउने उद्देश्य लिएको छ ।

    सहमतिमा समेटिएका मुख्य सहयोगका क्षेत्रहरूमा खानेपानी र फोहोर व्यवस्थापन, ऊर्जा र विद्युतीकरण, डिजिटलाइजेशन, सूचना प्रविधि, स्वास्थ्य प्रविधि र आपतकालीन व्यवस्थापन समावेश छन् ।सहमति पत्रमा नेपालका तर्फबाट वित्त मन्त्रालयका सहसचिव धनिराम शर्मा र फिनल्यान्डका तर्फबाट नेपालका लागि फिनल्यान्डकी राजदूत रीना–रीक्का हेइक्काले हस्ताक्षर गरेका हुन् ।

    यसका लागि ओइसीडी फ्रेमवर्कअनुसार नेपालजस्ता अल्प विकसित मुलुकहरूलाई ५० प्रतिशत अनुदानका रूपमा सहयोग प्रदान गरिनेछ ।सहमतिपछि नेपालका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले फिनल्यान्डको निरन्तर सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै सम्झौताले दुवै देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन् ।फिनल्यान्डका विदेश व्यापार तथा विकासमन्त्री भिल्ले टाभियोले पिआइ योजनाले फिनल्यान्डको प्रविधि र विशेषज्ञता नेपालको विकासका लागि सस्तो वित्तीय सुविधा उपलब्ध गराउने बताए ।

     

     

  • सुदूरपश्चिम रोयल्सका ब्रान्डन मक्मलेन आइपुगे नेपाल

    सुदूरपश्चिम रोयल्सका ब्रान्डन मक्मलेन आइपुगे नेपाल

    काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) खेल्न सुदूरपश्चिम रोयल्सका अलराउन्डर ब्रान्डन मक्मलेन नेपाल आइपुगेका छन् ।

    दायाँ हाते ब्याटर मक्मलेनले स्कटल्यान्डबाट १६ टि २० आईमा ६ अर्धशतकसहित ४ सय ९७ रन बनाएका छन् । उनले सन् २०२३ मा जर्मनीविरुद्ध खेल्दै २० ट्वान्टी आईमा डेब्यु गरेका थिए ।उनी स्कटल्याण्डको ओडिआई टोलीको पनि सदस्य हुन् । २६ ओडिआईमा उनले ३ शतक र २ अर्धशतकसहित ८ सय ८८ रन बनाएका छन् ।

    सुदूरपश्चिम रोयल्सले यसअघि एसपीएलाई एजुकेसन पार्टनर, मेडिकल पार्टनरमा माया मेट्रो अस्पताल, एअरलाइन्स पार्टनरमा नेपाल एअरलाइन्स, इन्स्योरेन्स पार्टनरमा सलिको, ट्राभल पार्टनरमा राइका टुर्स एण्ड ट्रेक्स, टेलिकम पार्टनरमा नेपाल टेलिकम, स्ट्रेन्थ पार्टनरमा सूर्य प्लाई र कुमारी जबलाई करिअर पार्टनरको रुपमा भित्र्याएको थियो । एनपिएलको अवधिभर टोलीले म्यारीयट काठमाडौंमा बसोबास गर्न सहकार्य सम्झौता पनि गरिसकेको छ ।क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गते सम्म एनपिएल हुनेछ ।

  • विद्युत सर्टले विभिन्न ठाउँमा आगलागी, २६ लाखभन्दा बढी धनमाल नष्ट

    विद्युत सर्टले विभिन्न ठाउँमा आगलागी, २६ लाखभन्दा बढी धनमाल नष्ट

    काठमाडौं । देशका विभिन्न स्थानमा विद्युत सर्टका कारण भएको आगलागीबाट ठूलो धनमालको क्षति भएको छ ।सिराहा, खोटाङ, झापा, र सर्लाहीमा भएका घटनामा करिब २६ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ भने कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले बताएको छ ।

    सिराहाको लहान नगरपालिका–८ स्थित मृग्रेन्द्र साहको कम्प्युटर सप्लायर्समा विद्युत सर्टका कारण बिहीबार साँझ आगलागी भएको छ । क्षतिको विवरण हालसम्म खुल्न सकेको छैन ।खोटाङको खोटेहाङ गाउँपालिका–६ इन्द्रेणीपोखरीका २६ वर्षीय भूमिराज राईको घरमा दिउँसो लागेको आगोले घर पूर्ण रूपमा जलेर करिब चारलाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

    झापाको गौरीगञ्ज गाउँपालिका–१ भन्सार चोकमा ६५ वर्षीय नौलसिंह थापाको गोठमा साँझ भएको आगलागीबाट गोठभित्र रहेका चौपाया, अन्नपात, भाँडावर्तन, र फर्निचर लगायतका सामग्री जलेर करिब १५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।सर्लाहीको चक्रघट्टा गाउँपालिका–७ पटेर्वाका राजकिशोर रायको घरमा राति आगलागी हुँदा करिब सात लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

  • मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधार

    मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा : मुद्रास्फीति र व्यापार घाटामा सुधार

    काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ ।समीक्षाले मुलुकको समग्र आर्थिक अवस्थाबारे जानकारी दिँदै मुद्रास्फीति, व्यापार घाटा, विप्रेषण आप्रवाह, र विदेशी मुद्रा सञ्चिति जस्ता सूचकांकमा देखिएका सुधार र चुनौतीहरू उजागर गरेको छ ।

    नेपाल राष्ट्र बैंकले समीक्षा सार्वजनिक गर्दै मुद्रास्फीति नियन्त्रण सरकार र राष्ट्र बैंकको प्रमुख प्राथमिकता रहेको जनाएको छ । समीक्षाको प्रतिवेदनले उपभोक्ता मुद्रास्फीति औसत ४.२६ प्रतिशतमा रहेको देखाएको छ ।खाद्य तथा पेय पदार्थ समूहमा मुद्रास्फीति ७.१८ प्रतिशत रहेको छ, जसमा दाल, तेल, चामल, र तरकारीको मूल्यवृद्धि प्रमुख कारक रहेको राष्ट्र बैंकले जनाएको छ । गैर–खाद्य समूहमा मुद्रास्फीति ३.४९ प्रतिशतमा सीमित रहेपनि इन्धन, घरभाडा र यातायात क्षेत्रमा देखिएको मूल्यवृद्धि अर्थतन्त्रमा दबाबको संकेत गरेको छ ।

    राष्ट्र बैंकको तथ्यांक अनुसार वैदेशिक मुद्रा सञ्चिति हाल १४.६ महिनासम्मको आयात धान्न पर्याप्त रहेको छ । यो उपलब्धि विप्रेषण आप्रवाहमा देखिएको सुधारसँग जोडिएको छ । समीक्षाको अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले वृद्धि भई रु. ४०७ अर्ब ३१ करोड पुगेको छ ।व्यापार घाटामा सुधार भए पनि निर्यातमा गिरावट आएको छ । राष्ट्र बैंकका अनुसार, व्यापार घाटा ४ प्रतिशतले घटेर रु. ३५२ अर्ब ३७ करोड कायम भएको छ । यसलाई सकारात्मक संकेतका रूपमा लिइए पनि निर्यात ६.१ प्रतिशतले घटेर रु. ३८ अर्ब ३८ करोडमा सीमित हुनु चिन्ताजनक पक्ष हो ।

    विशेषगरी वस्त्र, कालीन, र जडीबुटीको निर्यातमा गिरावट आएको छ । आयातमा पनि ४.२ प्रतिशत कमी आएको छ, जसले व्यापार घाटामा सुधार ल्याउन भूमिका खेलेको राष्ट्र बैंकले जनाएको छ ।निजी क्षेत्रलाई कर्जा प्रवाहमा सुधार आएको छ । राष्ट्र बैंकले निजी क्षेत्रलाई कर्जा प्रवाहको गति बढाउन लघुवित्त, साना तथा मझौला उद्यम (क्ःभ्), र पर्यटन क्षेत्रलाई प्राथमिकता दिएको छ । समीक्षाको प्रतिवेदनले कर्जा वृद्धि ६.२ प्रतिशत रहेको छ भने यो वार्षिक लक्ष्य १२.८ प्रतिशतको तुलनामा कम भएको छ ।निर्माण क्षेत्रको कर्जा प्रवाहमा सुधार आएको छ भने साना व्यवसायहरूले कर्जा पाउन अझै कठिनाइ खेप्नुपरेको समीक्षा प्रतिवेदनमा उल्लेख छ ।राष्ट्र बैंकले मौद्रिक नीतिमा केही परिमार्जन गर्दै नीतिगत ब्याजदर ७.० प्रतिशतमा झारेको छ । यससँगै ब्याजदर करिडोरलाई पनि घटाएर ६.५ प्रतिशतमा सीमित गरिएको छ ।

    बैंक तथा वित्तीय संस्थाहरूलाई तरलता अभाव हुन नदिन राष्ट्र बैंकले खुलेर सहकार्य गरिरहेको जनाएको छ ।गृह निर्माण, साना उद्योग, र पर्यटन क्षेत्रका लागि छुट्टै सहुलियतपूर्ण कर्जा योजना ल्याउने तयारी भइरहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।समीक्षाले नेपालकै छिमेकी राष्ट्र भारत र चीनका आर्थिक सूचकांकहरूसँग तुलना गर्दै नेपालका केही सकारात्मक पक्ष देखाएको छ । भारतको आर्थिक वृद्धिदर ७ प्रतिशतमा हुने अपेक्षा गरिएको छ भने चीनको वृद्धिदर ४.८ प्रतिशत रहनेछ । विश्व अर्थतन्त्रको समग्र वृद्धिदर ३.२ प्रतिशतमा सीमित रहने अनुमान छ ।राष्ट्र बैंकका अनुसार मौद्रिक नीतिको कार्यान्वयनका लागि सरकारी नीतिहरूसँग सहकार्य गरिने छ । मुद्रास्फीति नियन्त्रण, रोजगारी सिर्जना, र आर्थिक वृद्धि सुनिश्चित गर्न नयाँ रणनीति लागू गरिने पनि राष्ट्र बैंकले जनाएको छ ।समीक्षा प्रतिवेदनमा प्रस्तुत तथ्यांकले मुलुकको अर्थतन्त्र सुधारोन्मुख रहेको देखाए पनि चुनौतीहरूप्रति सतर्क रहनुपर्ने संकेत गरेको छ । निर्यातमा गिरावट, केही क्षेत्रमा उच्च मुद्रास्फीति, र निजी क्षेत्रको कर्जा वृद्धि लक्ष्यअनुसार हुन नसक्नुले अझै आर्थिक सुधारका लागि थप प्रयास आवश्यक रहेको देखिन्छ ।

  • कर्णाली याक्स र महिन्द्राबीच सम्झौता

    कर्णाली याक्स र महिन्द्राबीच सम्झौता

    काठमाडौं । आगामी नेपाल प्रिमियर लिग (एनपिएल)को लागि कर्णाली याक्सले मुख्य प्रायोजकमा अटोमोबाइल उत्पादक कम्पनी महिन्द्रा, अग्नी ग्रुपसँग सम्झौता गरेको छ ।

    शुक्रबार नक्सालको हिल्टन होटलमा दुई पक्षबीच सम्झौता भएको हो । सम्झौतामा कर्णाली याक्समा मालिक झनक दत्त खनाल र महिन्द्राकी उपाध्यक्ष वेदा सताशा श्रेष्ठले सम्झौता गरे ।सम्झौता कार्यक्रममा हिमालयन विल्डर्स एन्ड इन्जिनियर्सका उपाध्यक्ष सुजन खनाल, कर्णाली याक्समा सह– मालिक गृहेन्द्र घिमिरे, महिन्द्रा रिसर्च एण्ड डेभलपमेण्ट म्यानेजर वेदान्त श्रेष्ठ, मार्केटिङ म्यानेजर सन्तोषी नेपाल, फेस अफ कर्णाली याक्स स्वस्मिमा खड्का, योङ्गेस्ट फेस अफ कर्णाली याक्स अर्पित कार्कीको उपस्थित थियो।सम्झौतापछि बोल्दै महिन्द्रा, अग्नी ग्रुप उपाध्यक्ष श्रेष्ठले कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी भएको बताउँदै शुभकामना ब्यक्त गरिन् । ‘आगामी लिगको लागि कर्णाली याक्ससँग जोडिन पाउँदा खुसी छौं । कर्णाली याक्सलाई प्रतियोगिताको लागि शुभकामना ।’

    यसैगरी कर्णाली याक्सको स्टेन्थ पार्टनरमा टेन प्लास्ट र फेन्टासी पार्टनरमा ड्रिम ११ सँग सम्झौता गरेको छ । कार्यक्रमा टेन प्लास्टका अध्यक्ष धिरज अग्रवाल र ड्रिम ११ का सिइओ अनिल रिजालको उपस्थित थियो ।ज्ञानेन्द्र मल्ल प्रशिक्षक तथा सोमपाल कामी मार्की रहेको कर्णाली याक्सले चार विदेशी खेलाडी अनुबन्ध गरेको छ । कर्णाली याक्सले गत साता विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरिसकेको छ ।त्यस्तै, टोलीमा वेस्ट इन्डिजबाट टेष्ट खेलिसकेका चाडविक वाल्टन, हङकङबाट अन्तर्राष्ट्रिय खेल खेलिरहेका अनुभवी खेलाडी बाबर हायात र ओमानका पूर्व कप्तान जिसन मक्सूदलाई अनुबन्ध गरेको छ ।टोलीमा नेपाल राष्ट्रिय टोलीबाट खेलिरहेका गुल्सन झा, देव खनालसहित नन्दन यादव छन् । ‘बी’ श्रेणीबाट अर्जुन घर्तीसहित रित गौतम, मौसम ढकाल र भुवन कार्की छन् । ‘सी’ श्रेणीबाट दीपेन्द्र रावत र युनिसविक्रमसिंह ठकुरीसँगै दीपक डुम्रे छन् । ट्यालेन्ट हन्टबाट विपिनप्रसाद शर्मालाई आइकोनिक प्लेयर्सका रूपमा छनोट गरिसकेको छ ।यसअघि कर्णाली याक्सले कलाकार स्वस्तिमा खड्कालाई ‘फेस अफ कर्णाली याक्स’ नियुक्त गरेको छ । युथ एम्बेस्डरमा सिसन बानियाँ छन् हस्पिटालिटी पार्टनरमा होटल हिल्टन रहेको छ । मंसिर १५ देखि पुस ६ सम्म हुने प्रतियोगितामा कर्णाली याक्सले आफ्नो पहिलो खेल जनकपुरसँग खेल्नेछ ।

  • सुनचाँदीको मूल्य बढ्यो

    सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेको हो ।

    आज सुन तोलाको १ लाख ५० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ४५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

    आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

    काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शुक्रबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ ।

    कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९०, सानो लोकल गोलभेँडा ८०, रातो आलु ६५, सेतो आलु ६०, लोकल गाँजर १५०, काउली स्थानिय ७०, रातो मुला ५०, सेतो मुला ३५, लाम्चो भन्टा ६०, तने बोडी १४०, मकै बोडी ६० रुपैयाँ प्रतिकिलो छ ।

    त्यसैगरी तितो करेला १००, परबल लोकल ७० ,लौका ६०, घिरौँला ८०, फर्सी पाकेको ४०,मटरकोशा १४०,राजमा घिउ सिमि १२० रुपैयाँ रहेको छ ।रायोको साग ३०, पालुंगोको साग १००, कन्य च्याउ १८०, डल्ले च्याउ २८०, बकूला १००,तरुल ८०,कुरिलो ११०० रुपैयाँ प्रतिकिलो छ ।त्यस्तै ,स्याउ फूजी २८०,केरा १५०,अनार ३५०,सुन्तला नेपाली ८०,मौसम १५०,जुनार ३०० रुपैयाँ रहेको छ ।

  • डिजिटल भुक्तानीमा नेपालको फड्को : क्यूआर कोडप्रति बढ्दो आकर्षण

    डिजिटल भुक्तानीमा नेपालको फड्को : क्यूआर कोडप्रति बढ्दो आकर्षण

    काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक भुक्तानी प्रणाली सूचकांक प्रतिवेदनले नेपालमा डिजिटल भुक्तानीको प्रयोग उल्लेखनीय रूपमा बढेको देखाएको छ ।प्रतिवेदनका अनुसार २०८१ को बैशाखमा (मध्य मे २०२४) सम्म मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड र वालेटजस्ता सेवाहरूको प्रयोग उल्लेखनीय रूपमा वृद्धि भएको देखाएको हो ।राष्ट्र बैंकको प्रतिवेदनका अनुसार बैशाख महिनामा मोबाइल बैंकिङमा ठूलो फड्को आएको छ । २०८१ को बैशाखमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या ४२ लाख ४४ हजार ५१७ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ठुलो फड्को हो ।बैशाखमा कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ६३ लाख १४ हजार ९९६ पुगेको छ ।

    वालेट सेवाको प्रयोग उल्लेखनीय रूपमा बढेर २ करोड ७८ लाख ५६ हजार ३२९ लेखन पुगेको छ । यसैगरी, क्यूआर कोडमार्फत भुक्तानीमा वृद्धि भएको छ ।क्यूआर कोड भुक्तानीमार्फत १७ लाख ६३ हजार ९६५ कारोबार भएका छन्, जुन अघिल्लो महिनाको तुलनामा ९.५ प्रतिशतले वृद्धि भएको हो । यद्यपि, इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या केही घटेर ३ लाख ७ हजार ३१६ मा सीमित भएको छ ।यसैगरी, राष्ट्र बैंकको प्रतिवेदनका अनुसार २०८१ जेष्ठ (मध्य जुन २०२४) सम्मको भुक्तानी प्रणालीको तथ्यांक अनुसार पनि नेपालमा डिजिटल भुक्तानी प्रणालीको निरन्तर विकास र यसको बढ्दो लोकप्रियता स्पष्ट पारेको छ ।जेठमा मोबाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या ४४ लाख ३७ हजार २३१ पुगेको छ, जुन गत महिनाको तुलनामा करिब ५ प्रतिशतले वृद्धि भएको हो । वालेट प्रयोगकर्ताको संख्या ३ करोड २५ लाख १४ हजार ९६८ पुगेको छ । वालेटमार्फत गरिएको कारोबारको कुल रकम २९ अर्ब ३५ करोड ४ लाख रुपैयाँ पुगेको छ ।

    कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ६५ लाख २८ हजार ८५२ पुगेको छ । यसैगरी, क्यूआर कोडमार्फत गरिएका भुक्तानी १९ करोड ८२ लाख २२ हजार कारोबार पुगेको छ ।इन्टरनेट बैंकिङ सेवाको प्रयोग अघिल्लो महिनाको तुलनामा थोरै सुधार भएर ३ लाख ३० हजार ४१४ पुगेको छ । यद्यपि, डिजिटल भुक्तानीको अन्य विधिमा आकर्षण बढेसँगै यसमा अपेक्षित सुधार देखिएको छैन ।आषाढमा डिजिटल भुक्तानीको नयाँ रेकर्ड राखेको भुक्तानी प्रणालीको तथ्यांकले देखाएको छ । अषाढमा पनि मोबाइल बैंकिङ अग्रपंक्तिमा रहेको छ । मोबाइल बैंकिङ सेवाका प्रयोगकर्ताको संख्या ४५ लाख ६६ हजार ९०१ पुगेको छ भने यस माध्यमबाट गरिएका कारोबारको कुल संख्या ४५ करोड ६९ लाख नाघेको छ ।असारमा कनेक्ट आईपीएसको उपयोगमा पनि वृद्धि भएको छ । जसमा कनेक्ट आईपीएस प्रयोगकर्ताको संख्या ७७ लाख ८७ हजार २८२ पुगेको छ, भने गरिएका कारोबारको कुल रकम ६६ अर्ब ६५ करोड नाघेको छ ।

    क्यूआर कोडमार्फत गरिएका भुक्तानी २० करोड ८२ लाख ५६ हजार १५ पुगेको छ । यस विधिले डिजिटल कारोबारलाई अझ सरल र सुविधाजनक बनाएको देखिन्छ । वालेट सेवाको प्रयोग ३२ करोड १० लाख ५९ हजार ९१७ कारोबारसम्म पुगेको छ ।त्यस्तै, ई–कमर्स मार्फत भएको कारोबार १ लाख ४५ हजार ९७७ पुगेको राष्ट्र बैंकले जनाएको छ । यसैगरी, डेबिट कार्ड प्रयोग र शाखारहित बैंकिङको तुलनामा अन्य डिजिटल भुक्तानी माध्यमहरूको लोकप्रियता बढेको देखिन्छ ।साउन महिनाको तथ्याङ्क अनुसार डिजिटल भुक्तानीमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या ४७.४६ लाख पुगेको छ, जुन २०८० साउनको तुलनामा ५०.६५% को वृद्धि हो । साउनमा कनेक्टआईपीएस र क्यूआर कोडको प्रयोगमा तीव्र वृद्धि भएको छ ।कनेक्ट आईपीएस मार्फत गरिएको कारोबार संख्या ६८.४४ लाख रहेको छ, भने क्यूआर आधारित भुक्तानी २२.९३ लाख पुगेको छ । यी दुबै प्रणालीको लेनदेन रकम पनि क्रमशः ५२५.३३ करोड र ६२.२८ करोड पुगेको छ ।साउनमा मोबाइल वालेट प्रयोगकर्ताहरू ३०.८८ लाख, ई–कमर्स कारोबार १.५० लाख, इन्टरनेट बैंकिङ प्रयोगकर्ताहरू ४.०९ लाख भएको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ ।राष्ट्र बैंकको तथ्याङ्क अनुसार, २०८१ भदौमा केही डिजिटल भुक्तानी माध्यमहरूको प्रयोगमा कमी आए पनि, समग्रमा डिजिटल भुक्तानी प्रणालीको प्रयोग प्रभावकारी रहेको छ । भदौमा मोबाइल बैंकिङको प्रयोगमा गिरावट आएको छ ।

    साउनमा ४७.४६ लाख प्रयोगकर्ता रहेकोमा भदौमा यो संख्या घटेर ४३.१४ लाखमा झरेको छ । कनेक्टआईपीएस र क्यूआर कोडको प्रयोग स्थिर रहेको छ । कनेक्टआईपीएसको कारोबार ६८.५६ लाख रहेको छ भने क्यूआर आधारित कारोबारको संख्या २१.५७ लाख पुगेको छ । त्यस्तै भदौमा इ–कमर्स कारोबारमा वृद्धि भएको छ । साउनको तुलनामा भदौमा १.५७ लाख कारोबार पुगेको छ । साउनको ३०.८७ लाख प्रयोग भएको वालेट भदौमा घटेर २९.१३ लाख प्रयोगकर्तामा सीमित भएको छ ।राष्ट्र बैंकले सार्वजनिक गरेको २०८१ असोज महिनाको तथ्याङ्कले डिजिटल भुक्तानी प्रणालीमा क्रमिक सुधारको संकेत गरेको छ । असोजमा मोबाइल बैंकिङ, कनेक्टआईपीएस र डेबिट कार्डको प्रयोगमा वृद्धि भएको छ ।असोजमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरूको संख्या ४४.०४ लाख पुगेको छ, जसले गत भदौको तुलनामा सुधार देखाएको छ । लेनदेनको कुल रकम ४०१.२४ करोड पुगेको छ । कनेक्टआईपीएसमार्फत ७४.९४ लाख कारोबार सम्पन्न भएका छन । साथै, डेबिट कार्ड प्रयोगकर्ताको संख्या १२.८८ लाख पुगेको छ, जुन गत महिना भन्दा धेरै हो ।असोजमा क्यूआर कोड आधारित भुक्तानी स्थिर रहँदा क्यूआर कोड कारोबार संख्या २०.४९ लाख पुगेको छ ।ई–कमर्स कारोबारमा भने कमी आएको छ । भदौको तुलनामा ई–कमर्स कारोबार थोरै घटेर १.५१ लाखमा झरेको छ ।

  • नेप्से परिसूचक ८.३० अंकले घट्यो, कारोबार रकममा पनि कमी

    नेप्से परिसूचक ८.३० अंकले घट्यो, कारोबार रकममा पनि कमी

    काठमाडौ । बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घट्दै २,७४८ अङ्कमा झरेको छ । अघिल्लो दिनको तुलनामा बजार घटेसँगै कुल कारोबार रकम पनि कमी आएको छ । अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडमा सीमित भएको छ ।बजारमा ५० कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ । व्यापार समूहले ९.२५ प्रतिशतको उल्लेख्य वृद्धि गरेको छ । यस समूहको वृद्धि विशाल बजार कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको वृद्धि भएपछिको प्रभाव हो ।

    व्यापार समूहमा सूचीकृत दुई कम्पनीमध्ये विशाल बजार कम्पनी पूँजीकरणको हिसाबले साल्ट ट्रेडिङभन्दा १० गुणा ठूलो छ, जसका कारण यस समूहमा पूर्ण प्रभाव पार्दछ ।बिहिवार अन्य समूहहरूमा मिश्रित प्रदर्शन देखिएको छ । विकास बैंक समूह १.०५ प्रतिशतले र जीवन बीमा समूह ०.४७ प्रतिशतले बढेका छन । तर, बैंकिङ ०.८७ प्रतिशत, फाइनान्स ०.९७ प्रतिशत, होटल तथा पर्यटन ०.८० प्रतिशत, हाइड्रोपावर १.५८ प्रतिशत, लगानी ०.८७ प्रतिशत, उत्पादन ०.८६ प्रतिशत, माइक्रोफाइनान्स ०.६२ प्रतिशत, निर्जीवन बीमा ०.५४ प्रतिशत र अन्य समूह १.४१ प्रतिशतले घटेका छन् ।

    विशाल बजार कम्पनी, विन नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेका छन् । पाँचथर पावर कम्पनीको मूल्य ८.३ प्रतिशत, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ८.१ प्रतिशत, जानकी फाइनान्सको ७.८ प्रतिशत र मितेरी विकास बैंकको ५.३ प्रतिशतले वृद्धि भएको छ ।त्यस्तै, मानुषी लघुवित्तको सेयर मूल्य १० प्रतिशतले घटेको छ । अपर स्याङ्गे हाइड्रोपावरको ८.६ प्रतिशत र कर्णाली विकास बैंकको ६.८ प्रतिशतले मूल्य घटेको छ । कारोबार रकमका आधारमा अग्रस्थानमा एक्सल डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, मितेरी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स र ङादी ग्रुप पावर रहेका छन् ।

  • सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेल

    सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढ्दैछ : मन्त्री पौडेल

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउने बताएका छन् ।

    बिहीबार नेशनल जोइन्ट एनियुएल रिभ्यु २०२४ को समारोहमा बोल्दै मन्त्री पौडेलले आवश्यक जनशक्ति, उपकरण, सबैको तयारी अन्तिम चरणमा पुगेको बताएका हुन् ।उनले भने, ‘कोशी अस्पतालमा धेरै बिरामीभए भने बिपी कोइराला अस्पताल धरानमा पुर्याउने व्यवस्था आपसी समझदारी र समयमै हुनुपर्छ ।

    यस्तो किसिमको प्रणाली विकास गर्नको निम्ती म अनुरोध गर्न चाहन्छु । हामीले अरु स्वास्थ्य संस्था गेटा मेडिकल कलेज बनाउने गरी सातै प्रदेशमा मेडिकल पढाइ हुनेगरी काम अगाडि बढाउन खोजिरहेका छौं ।’साथै उनले आपसमा समन्वय गरेर उपचार प्रणालिलाई व्यवस्थित गर्न र सिमित स्रोत साधनभित्र प्रभावकारीता बढाउन समेत आग्रह गरे । उनले स्वास्थ्य क्षेत्रका कर्मचारिहरुले व्यवसायीक रुपमा नहेरी सेवा प्रदान गर्ने दृष्टिकोणबाट काम गर्न समेत अनुरोध गरे ।