• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

सुनचाँदीको मूल्य बढ्यो

  • २०८१ मङ्सिर १४, शुक्रबार ११:१७

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेको हो ।

आज सुन तोलाको १ लाख ५० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोवार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार चाँदी तोलामा ४५ रूपैयाँले बढेर प्रतितोला १ हजार ८ सय ४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • २०८१ मङ्सिर १४, शुक्रबार ११:१७