Category: अर्थ

अर्थ

  • चितवनबाट काठमाडौं आउँदै मिटरब्याज पीडितको न्यायमार्च (फोटोफिचर)

    चितवनबाट काठमाडौं आउँदै मिटरब्याज पीडितको न्यायमार्च (फोटोफिचर)

    काठमाडौं । न्यायको माग गर्दै देशभरिबाट संघीय राजधानी काठमाडौंतर्फ आइरहेका छन् ।शहीद दिवसका दिन पूर्वको झापा र पश्चिमको महेन्द्रनगरबाट एकैसाथ पैदलयात्रा थालेका उनीहरु बिहीबार चितवन आएर मिसिएका छन् । त्यहाँबाट उनीहरूको ठूलो समूह पैदल हिडेर काठमाडौंतर्फ आइरहेको छ ।

    आफूहरुले पटक–पटक आन्दोलन गर्दा पनि सरकारले सुनुवाई नगरेको भन्दै उनीहरुले मिटरब्याज पीडित संघर्ष समिति गठन गरेर देशव्यापी मिटरब्याज पीडितहरुलाई संगठित गरेर न्याय मार्च गरिरहेका छन् । यसअघि सरकारले छानविन आयोग नै गठन गरेर मिटरब्याजको समस्या समाधानको पहल थालेपनि त्यसबाट आफूहरुलाई पूर्ण न्याय नमिलेको उनीहरुको गुनासो छ ।

    सरकारले भने आयोगले समस्या समाधान गरेको भन्दै आयोगको प्रतिवेदन भने दराजमा थन्काएर राखेको छ । सो आयोगले करिब ५ हजार मिटर ब्याज पीडितको समस्या समाधान गरेको छ भने अब १५ हजारभन्दा धेरै पीडितहरुको समस्या भने ज्यूँकात्यूँ छन् ।

  • घट्यो सुनको मूल्य, प्रतितोला एक लाख १६ हजार ५ सयमा कारोबार

    घट्यो सुनको मूल्य, प्रतितोला एक लाख १६ हजार ५ सयमा कारोबार

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एक हजार दुई सय रुपैयाँले घटेको छ ।
    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन एक हजार दुई सय रुपैयाँ घटेर प्रतितोला एक लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    हिजो मंगलबार छापावाल सुन एक लाख १७ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुन प्रतितोला एक लाख १५ हजार ९ सय ५० रुपैयाँमा कायम छ ।

    त्यसैगरी, आज चाँदीको मूल्य पनि प्रतितोला ३० रुपैयाँ घटेको छ । चाँदी प्रतितोला एक हजार ३ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो मंगलबार चाँदी प्रतितोला एक हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

     

  • लघुवित्त र सहकारी पीडितका पक्षमा छु : प्रधानमन्त्री

    लघुवित्त र सहकारी पीडितका पक्षमा छु : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहकारी र लघुवित्तबाट पीडित भएका लाखौं नेपालीलाई न्याय दिन आफै सक्रिय भइरहेको बताएका छन् ।

    मंगलबार बिहान बालुवाटारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, उपसभापति डा.स्वर्णीम वाग्लेसहितको टोलीको सुझावपत्र बुझ्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।

    भेटमा प्रधानमन्त्रीले भने, ‘यो मामिलामा म सबैभन्दा बढी गम्भीर भएर लागेको छु । लाखौं बचतकर्ताहरू ठगिएका छन्, उनीहरूलाई हरहालतमा न्याय दिनुपर्छ भन्नेमा म दृढ छ । तपाईहरूको सुझाव पनि म हेर्छु । यो समस्या जतिसक्दो छिटो टुंगाउन चाहन्छु, यसमा तपाईहरूको पनि सहयोग चाहियो ।’

  • नेपाल टेलिकमको आम्दानी घट्यो, प्रति सेयर आम्दानी ४३.६८ रुपैयाँमात्रै

    नेपाल टेलिकमको आम्दानी घट्यो, प्रति सेयर आम्दानी ४३.६८ रुपैयाँमात्रै

    काठमाडौं । गतवर्षको तुलनामा यसवर्ष नेपाल टेलिकमको आम्दानी घटेको छ । टेलिकमले मंगलबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०÷०८१ को दोश्रो त्रैमासिकको बित्तीय विवरणअनुसार गतवर्षको पहिलो छ महिनाको तुलनामा यो वर्ष आम्दानी घटेको हो ।

    टेलिकमले साउनदेखि पौष मसान्तसम्ममा २१ अर्ब ३० करोड ९३ लाख ७९ हजार रुपैयाँ आम्दानी गरेको छ । जबकि अघिल्लो वर्ष यही अवधिमा २२ अर्ब १० करोड ११ लाख ३७ हजार रुपैयाँ आम्दानी गरेको थियो । यसआधारमा गतवर्षभन्दा यो वर्ष ७९ करोड १७ लाख ५७ हजार रुपैयाँ कमी आएको हो । टेलिकमका अनुसार गतवर्षभन्दा यो वर्ष ३.५८ प्रतिशतले गिरावट आएको हो ।पछिल्लो त्रैमासमा टेलिकमले प्रति सेयर ४३.६८ रुपैयाँ आम्दानी गरेको छ ।

    यो अवधिमा टेलिकमले १७ अर्ब २४ करोड ६७ लाख रुपैयाँ खर्च भएको जनाएको छ ।जसकाअनुसार टेलिकमलाई ३ अर्ब ९३ करोड १४ लाख रुपैयाँ मुनाफा भएको छ ।टेलिकमले दुर्गममा सेवा विस्तार गर्नुपर्दा खर्च बढेको र सेवा शुल्क दरमा कटौती गर्नुपर्दा आम्दानी घटेको जनाएको छ ।

  • १५.३३ अंकले बढ्यो नेप्से, ३ अर्ब ५८ करोड कारोबार

    १५.३३ अंकले बढ्यो नेप्से, ३ अर्ब ५८ करोड कारोबार

    काठमाडौं । साताको दोस्रो दिन सुरुवातका दुई घन्टा घटेको सेयर बजार कारोबारीको चाप बढेपछि बढेको छ । १५.३३ अंकको वृद्धिले नेप्से परिसूचक सोमबार २१०१.१६ विन्दुमा कायम भएको छ ।

    उत्पादक र प्रशोधन उपसमूह २ प्रतिशतले बढेको छ । आज ३१४ वटा कम्पनीको सेयर किनबेच भएको छ । ५ कम्पनीका सेयर मूल्यमा सर्किट स्तरको बढोत्तरी छ । बोटलर्स नेपाल (बालाजु), समाज लघुवित्त, कुथेली बुखारी स्मल हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर र बलेफी हाइड्रोपावरको सेयर मूल्यमा उच्च बढोत्तरी भएको हो ।

    १ करोड १ लाख कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ छ । उच्च कारोबार भएकाको सूचीमा हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, एनआइसी एसिया बैंक, नेपाल इन्स्योरेन्स र सोनापुर मिनरल्स छन् ।

    हिमालयन रिइन्स्योरेन्सको २३ करोड, एनआरएनको १६ करोड ३० लाख, एनआइसी एसिया बैंकको १३ करोड ७७ लाख, नेपाल इन्स्योरेन्सको ११ करोड ३७ लाख र सोनापुरको १० करोड २७ लाखको सेयर कारोबार भएको छ ।

    कारोबार भएका कम्पनीमध्ये ४५ वटाको सेयर मूल्य घट्दा लगानीकर्ताले गुमाए पनि १९९ कम्पनीका सेयर लगानीकर्तालाई फाइदा भएको छ । ४ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन भएन ।

  • कामना सेवा विकास बैंक र नेशनल प्याथ ल्याबबीच छुट सम्झौता

    कामना सेवा विकास बैंक र नेशनल प्याथ ल्याबबीच छुट सम्झौता

    काठमाडौं । कामना सेवा विकास बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लिबीच आइतवार छुट सम्बन्धी सम्झौता भएको छ ।

    कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको प्रेस विज्ञप्ति मार्फत  जनाएको हाे।

    सो सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

    यस्तै, स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्‍याउने उद्धेश्यले स्थापित उक्त नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रालिमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

    यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिन सक्ने व्यवस्था गरिएको छ ।

    बैंकले हाल आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

  • सुनको मूल्य स्थिर,चाँदीको भाउ बढ्यो

    सुनको मूल्य स्थिर,चाँदीको भाउ बढ्यो

    काठमाडौं । साताको दोस्रो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहँदा चाँदीको भाउ तोलामा पाँच रुपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएकोमा आइतबार पाँच सय रुपैयाँले घटेको थियो ।

    आज तेजाबी सुन आइतबारकै मूल्यमा अर्थात्, तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँमै कारोबार भैरहेको छ ।

    यस्तै, शुक्रबारको तुलनामा स्थिर आइतबार चाँदीको मूल्य आइतबार प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएकोमा आज पाँच रुपैयाँले बढेको छ । चाँदी आज प्रतितोला १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।

  • १० अंकले घट्यो नेप्से, ४ अर्ब रुपैयाँको कारोबार

    १० अंकले घट्यो नेप्से, ४ अर्ब रुपैयाँको कारोबार

    काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले घटेको छ ।

    आइतबार नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ विन्दुमा झरेर बन्द भएको हो ।

    तीन उपसमूह डेभलपमेन्ट, हाइड्रो र म्यु्चुअल फण्डबाहेक अन्य १० उपसमूहको सूचक नकारात्मक देखिएका छन् ।

    दोहोरो अंकले घटेको बजारमा दुई कम्पनीको मूल्यमा भने सकारात्मक सर्किट लागेको छ ।

    समाज लघुवित्त वित्तीय र कुथेली बुखारी स्मल हाइड्रोपावरको सेयर सकारात्मक सर्किट स्तरमा कारोबार भएको हो ।

    कारोबारमा आएका ९१ कम्पनीको मूल्य बढ्दा १४८ को घटेको छ भने ८ कम्पनीको सेयरमा कुनै परिवर्तन भएन ।

    ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १ सय ९९ कित्ता सेयर ४ अर्ब ८ करोड ५६ लाख ७८ हजार ४ सय ७२ रुपैयाँमा कारोबार भएको छ ।

    कारोबारका आधारमा आज पनि हिमालयन रिइन्स्योरेन्स शीर्ष स्थानमा छ । उक्त कम्पनीको ६२ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । यस्तै एनआरएन इन्फ्रस्ट्रक्चरको १२ करोड, हिमालयन डिष्टिलरीको ९ करोड २३ लाख र एनआइसी एसिया बैंकको ८ करोड ४२ लाखको कारोबार भएको छ ।

  • तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    तोलामा ५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । साताको पहिलो कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन तोलामा ५ सय रुपैयाँले घटेर आज १ लाख १८ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाला सुन प्रतितोला १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै,आज तेजाबी सुन तोलामा १ लाख १७ हजार ४ सय ५० रुपैयाँ कायम भएको छ ।

    यस्तै, आइतबार चाँदीको मूल्य शुक्रबारको तुलनामा स्थिर छ । चाँदी प्रतितोला १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • बढ्यो सुन चाँदीको मूल्य

    बढ्यो सुन चाँदीको मूल्य

    काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर १ लाख १८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
    तेजाबी सुन तोलाको १ लाख १७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ ।

    यस्तै, शुक्रबार चाँदीको मूल्य पनि बढेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर प्रतितोलामा १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।