कामना सेवा विकास बैंक र नेशनल प्याथ ल्याबबीच छुट सम्झौता

काठमाडौं । कामना सेवा विकास बैंक र नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लिबीच आइतवार छुट सम्बन्धी सम्झौता भएको छ ।

कामना सेवा विकास बैंकले बुटवल, रुपन्देहीस्थित नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रा.लिसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको प्रेस विज्ञप्ति मार्फत  जनाएको हाे।

सो सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले ल्याबले प्रदान गर्ने विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ ।

यस्तै, स्वास्थ्य सेवाका पहुँच सर्वसाधारण व्यक्तिहरुसम्म पुर्‍याउने उद्धेश्यले स्थापित उक्त नेशनल प्याथ ल्याब एण्ड रिसर्च सेन्टर प्रालिमा कामना सेवा विकास बैंकका कर्मचारी तथा ग्राहकहरुले आफ्नो बैंकसँगको आवद्धताको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ ।

यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले विशेष लाभ लिन सक्ने व्यवस्था गरिएको छ ।

बैंकले हाल आफ्ना १३५ सञ्जालहरु तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्रमार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरु प्रदान गरिरहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१