Category: अर्थ

अर्थ

  • भृकुटीमण्डपमा तीन दिन नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी

    भृकुटीमण्डपमा तीन दिन नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनी

    काठमाडाैं । भृकुटीमण्डपमा तीन दिने नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स अन्तर्राष्ट्रिय प्रदर्शनीकाे आयाेजना गरिएकाे छ ।

    मिडिया स्पेस सोलुसनस, फ्युचरेक्स ट्रेड फेर एण्ड इवेंट्स, एक्जीबीसन एंड ट्रेड सर्विसेस इंडिया प्रा लि तथा इलेक्ट्रिक भेइकल म्यानुफ्याक्चर एण्ड इम्पोर्टर्स एस्सोसिएसन अफ नेपालको सयुक्त आयोजनामा यही भाद्र १५, १६ र १७ गते काठमाडौँको भृकुटीमण्डपमा नेपाल पावर, लाइट एण्ड इलेक्ट्रिक, नेपाल कन्जुमर इलेक्ट्रोनिक्स एंड होम अपलायनसेस तथा नेपाल ईभी अन्तराष्ट्रिय प्रदर्शनी आयोजना भएकाे छ ।

    आफ्नै मुलुकमा बढ्दो उत्पादित जल विद्युतको विभिन्न विद्युतीय माध्यमहरुबाट उपभोग बढाई देशलाई आर्थिक रुपमा सबलीकरण गर्दै लान एवं उर्जा तथा विद्युतीय व्यवसायीहरूको समग्र विकास तथा व्यापार प्रवर्द्धनमा अत्यधिक टेवा पुर्‍याउने उद्देश्यका साथ यस प्रर्दशनीको आयोजना गरिएकाे आयोजकले जनाएकाे छ ।

    उक्त प्रर्दशनीमा स्वदेशी तथा विदेशी गरी १०० भन्दा बढी कम्पनीहरुको स्टल रहेका छन् । विद्युतीय सवारीलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्ने, विद्युत् तथा गुणस्तरीय विद्युतीय सामाग्रीहरुको व्यवसाय विकास एवं यस क्षेत्रसँग आवद्ध आन्तरिक र अन्तराष्ट्रिय व्यापारको सहजीकरण एवं प्रवर्धनका लागि प्रदर्शनी आयोजना गर्न लागिएको आयोजकले जनाएका छन् ।

    यस प्रदर्शनीमा विद्युतीय कार, विद्युतिय स्कुटर, मोटरसाइकल, विद्युतिय साइकल तथा रिक्सा, चारजिङ्ग स्टेशन, ब्याट्री, ट्रान्समिसन तथा डिष्ट्रिव्यूसन सामाग्री, उर्जा आपूर्ति तथा नियन्त्रण यन्त्र, हाउस वायरिङ्ग सामाग्री, वायर, केबुल एवं कण्डक्टर, अत्याधुनिक प्रकारका स्वीचहरु, एलिडी लाइटिङ्ग, इलेक्ट्रोनिक्स उपकरण, घरेलु विद्युतीय उपकरणहरू, कार्यालय प्रविधि तथा अन्य विद्युतीय सामग्रीका कम्पनीहरुको सहभागिता रहेका छन् ।

    राष्ट्रिय एवं अन्तर्राष्ट्रिय इलेक्ट्रीक, इलेक्ट्रोनिक्स, सञ्चार एवं सूचना प्रबिधि तथा विद्युतीय एवं वैकल्पिक उर्जा उद्यमीहरूलाई एकै स्थानमा जमघट गराई व्यवसायिक प्रवर्द्धन गर्नुको साथै यी उद्योगमा भएका नविनतम उपलब्धीहरू बारे सूचना आदान प्रदान गर्ने तथा उपभोक्ता वर्गमा उर्जाको व्यवस्थित खपतको महत्वबारे जानकारी अद्यावधिक गराउन सहयोग पुर्याउने लक्ष्य यस संस्करणको रहेको आयोजकले जनाएका छन् ।

  • सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ काराेबार ?

    सुनको भाउ बढ्दा घट्यो चाँदी, आज कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । साताको पहिलो दिन अर्थात् आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।

    अघिल्लो दिन अर्थात् शुक्रबार प्रतितोला तीन सय रुपैयाँ घटेको सुनको मूल्य यस दिन प्रतितोला एक सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १२ हजार ६ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १२ हजार ५ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, आइतबार चाँदीको मूल्य भने घटेको छ ।

    शुक्रबार प्रतितोला १ हजार ४ सय ७० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो ।

  • सरकारले निजी क्षेत्रको सुझाव नसुनेको अध्यक्ष ढकालको गुनासो

    सरकारले निजी क्षेत्रको सुझाव नसुनेको अध्यक्ष ढकालको गुनासो

    काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको सुझावलाई बेवास्ता गरेको गुनासो गरेका छन् ।

    शनिबार आर्थिक पत्रकार समाज सेजनको २५ औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले दिएको सुझावलाई बेवास्ता गर्दा आर्थिक क्षेत्रमा सुधार हुन नसकेको दाबी गरे ।

    अहिले देशमा राजस्वको कमिले सरकारी साधारण खर्च पनि धान्न नसक्ने अवस्था रहेको भन्दै उनले निजी क्षेत्रले दिएको सुझावलाई व्यवास्ता गर्दा यस्तो अवस्था आएको जिकिर गरे ।

    उनले भने, ‘अहिले राजस्वको कमिले सरकारी साधारण खर्च पनि धान्न नसक्ने बीचमा जुन उचाइ भयो । त्यो चाँहि कताकता हामीले दिएको सुझाव व्यवास्ता गरेको कारणले हो भन्ने राख्न चाहान्छु ।’

    उनले राज्यको निकायहरु बीचमा सहकार्य नहुँदा कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम सफल भएता पनि राज्यको तर्फबाट राम्रो नतिजा नआउँने भएकोले सहकार्यको आवश्यकता औँलाए ।

    उनले भने, ‘राज्यको निकायहरु बीचमा सहकार्य नहुँदा पनि यो अवस्था आएको हो भन्ने लाग्छ । सरोकारवाला निकाय यो मेरो जिम्मेवारी होइन भन्ने भन्दा पनि सबै जोडिएर जान सकिएन भने, कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम त सफल होला । तर राज्यको तर्फबाट आउँनु पर्ने रिजल्ट आउँदैन ।’

  • घट्यो सुनको मुल्य,आज कतिमा हुदैँछ कारोबार ?

    घट्यो सुनको मुल्य,आज कतिमा हुदैँछ कारोबार ?

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ प्रतितोला ३०० रुपैयाँले घटेको छ ।

    छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार ५०० रुपैयाँ कायम भएको छ भने,तेजाबी सुनको मूल्य तोलाको १ लाख ११ हजार ९५० रुपैयाँ निर्धारण भएको छ ।

    यसअघि, बिहीबार छापावाल सुन १ लाख १२ हजार ८०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजाबी सुनको भाउ तोलाको १ लाख १२ हजार २५० रुपैयाँ निर्धारण भएको थियो ।

    यता, आज चाँदीको भाउ  प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४ सय ७० रुपैयाँ कायम भएको छ । बिहीबार चाँदीको भाउ प्रतितोला १ हजार ४ सय ८० रुपैयाँ कायम रहेको थियो ।

     

  • ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आठ सय रुपैयाँले बढेको छ ।

    नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार तोलामा आठ सय रुपैयाँले बढेर छापावाल सुनको मूल्य १ लाख १२ हजार ५०० रुपैयाँ कायम छ भने तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ ।

    हिजो मंगलबार छापावाल सुन तोलामा १ लाख ११ हजार ७०० र तेजाबी सुन मूल्य तोलामा १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी,सुनको मूल्य बढेसँगै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला २० रुपैयाँ बढेर १ हजार ४ सय ८५ रुपैयाँ पुगेको छ । हिजो मंगलबार चाँदीको मूल्य तोलामा १ हजार ४ सय ६५ रुपैयाँ थियो ।

  • तीन दिनदेखि स्थिर रहेको सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    तीन दिनदेखि स्थिर रहेको सुनको भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं । मंगलबार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ ।

    तीन दिनदेखि स्थिर रहेको सुनको भाउ यस दिन प्रतितोला छ सय रुपैयाँ बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार ७ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ११ हजार एक सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, मंगलबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदी प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको थियो । सोमबारको तुलनामा मंगलबार चाँदी प्रतितोला ५ रुपैयाँ बढेको हो ।

  • तेस्रो दिन पनि सुनको भाउ स्थिर, चाँदी कतिमा हुँदैछ खरिद–बिक्री ?

    तेस्रो दिन पनि सुनको भाउ स्थिर, चाँदी कतिमा हुँदैछ खरिद–बिक्री ?

    काठमाडौं । सोमबार पनि नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आइतबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी, सोमबार चाँदीको मूल्य भने घटेको छ ।

    आइतबार प्रतितोला १ हजार ४ सय ६५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५ रुपैयाँ घटेको हो ।

  • आधिकारिक रुपमा नेपाल भित्रियो जर्मनीको विलासी कार ‘अउडी’

    आधिकारिक रुपमा नेपाल भित्रियो जर्मनीको विलासी कार ‘अउडी’

    काठमाडौं । जर्मनी विलासी कार ‘अउडी’ आधिकारिक रुपमा नेपाल भित्रिएको छ ।

    शुक्रबार काठमाडौं आयाेजित कार्यक्रम मार्फत ‘अउडी’ उत्पादन गरेका विद्युतीय कार नेपाली बजारमा आएको जानकारी दिएको हो ।

    काइरोस इन्टरनेसनल काठमाडौंले ‘अउडी’का विद्युतीय कार आधिकारिक बिक्रेताको रूपमा ल्याएको हो । सुरूमा कम्पनीले ‘अउडी’का क्यू फोर ३५ का दुई भेरियन्ट नेपाल ल्याएको छ ।

    सुरुवाती चरणमा काइरोसले ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोनको दुई भेरियन्ट ल्याएको छ । यो विद्युतीय ५५ किलोवाट आवरको लिथियम आयन ब्याट्री प्याक रहेको छ। उक्त कारमा रहेको मोटरको पिकपार १ सय २५ किलोव रहेको छ ।

    ‘अउडी’को यो कारले एक पटकको फुल चार्जमा ३ सय ४९ किलोटिर रेन्ज रहेको डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

    ‘अउडी’को विद्युतीय कार उत्कृष्ट विशेषतायुक्त रेहको विश्वका विभिन्न देशमा ‘अउडी’को ई–ट्रोन सेगमेन्टमा विद्युतीय कारको निक्कै चर्चा हुने गरेको पाईन्छ ।

    जर्मनीमा उत्पादित उच्च गुणस्तरीय विद्युतीय कार नेपाली उपभोक्तालाई उपलब्ध गराउने उद्देश्यले काइरोसले ‘अउडी’का विद्युतीय कार नेपाल भित्र्याएको छ ।

    सुरुमा २ मोडल भित्र्याएको कम्पनीले ‘अउडी’का अन्य मोडलका विद्युतीय कार पनि उपलब्ध गराउने छ । विद्युतीय कार भित्र्याएसँगै कम्पनीले उच्च स्तरीय सर्भिस उपलब्ध गराउन तयारी थालिसकेको छ ।

    काइरोसले उपलब्ध गराएको ‘अउडी’ का क्यू फोर ३५ ई–ट्रोनको नेपाली बजार मूल्य १ करोड ४५ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै ‘अउडी’का क्यू फोर ३५ ई–ट्रोन स्पोर्टब्याक भेरियन्टको मूल्य भने १ करोड ५० लाख रुपैयाँमा तोकिएको छ ।

  • चार जलविद्युत परियोजनका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

    चार जलविद्युत परियोजनका लागि ३६ अर्ब ३७ करोड लगानी स्वीकृत

    काठमाडौं । प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा लगानी बोर्डको ५५ औं बैठक सम्पन्न भएको छ ।

    आजको बैठकले चारवटा जलविद्युत् परियोजनाहरू (रोल्वालिङ खोला, छुजुङ्ग खोला, दाना खोला र सानीभेरी जलविद्युत् परियोजना) का लागि कुल ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत गरेको छ ।

    लगानी बोर्डको कार्यालयमा सम्पन्न बैठकले तमोर जलाशययुक्त जलविद्युत परियोजना कार्यान्वयन अघि बढाउने सम्बन्धमा हालसम्मको विकासक्रमको समीक्षा गर्दै परियोजनाको भावी कार्यदिशासम्बन्धी सुझाव पेश गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय गरेको छ ।

    त्यस्तै, दाङ जिल्लाको राजपुर गाउँपालिकामा २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा परियोजनाको अध्ययनका लागि Dolma Himalayan Energy  लाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ। साथै, बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य ऊर्जा विकासका लागि अध्ययनकर्ता { Risen Energy Co. Ltd. बाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीमा लिएको छ ।

    बोर्डले माथिल्लो कर्णाली जलविद्युत् परियोजनाको सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेश गर्ने निर्णय गरेको छ ।

    यसका अतिरिक्त, बोर्डको बैठकले ग्रिन Green Calcium Ammonium Nitrate -CAN_ Fertilizer Factory  स्थापनासम्बन्धमा अध्ययनका लागि मलेसियास्थित  reNIKOLA Sdn. Bhd. सँग गरिने समझदारीको मस्यौदा स्वीकृत गरेको छ ।

    बैठकमा विभिन्न परियोजनाहरूको सम्बन्धमा गहन छलफल भई महत्वपूर्ण निर्णय भएको विचार व्यक्त गर्दै प्रधानमन्त्रीले आगामी दिनमा जलविद्युत् परियोजनाहरूको परियोजना लागत निर्धारण गर्दा ब्यांकेबल हुने गरी थप अध्ययन-विश्लेषण गर्न, कार्यान्वयनमा रहेका परियोजना समयमा सम्पन्न गर्न आवश्यक समन्वय प्रगाढ बनाउन र लगानी स्वीकृति र परियोजना कार्यान्वयनमा रहेका प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न सम्बन्धित सबै निकायहरूलाई निर्देशन दिएका छन् ।

  • सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ काराेबार ?

    सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी, आज कतिमा हुँदैछ काराेबार ?

    काठमाडौं । साताको अन्तिम दिन अर्थात शुक्रबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

    अघिल्लो दिन अर्थात बिहीबार प्रतितोला पाँच सय रुपैयाँ बढेको सुनको भाउ यस दिन स्थिर रहेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ११ हजार १ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १० हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

    बिहीबार पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

    त्यसैगरी, शुक्रबार चाँदीको मूल्य भने घटेको छ ।

    बिहीबार प्रतितोला १ हजार ४ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार प्रतितोला १ हजार ४ सय ५० रुपैयाँमा किनबेच भइरहेको छ ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रुपैयाँ घटेको हो ।