Category: खेल

खेल

  • भारत–पाकिस्तान ‘म्याच’: खेलाडीहरुबीच न ‘मन’ मिल्यो, न हात

    भारत–पाकिस्तान ‘म्याच’: खेलाडीहरुबीच न ‘मन’ मिल्यो, न हात

    पूजा परस्तिशको एक गजलको पंक्ति छ, ‘तेरे मेरे बीच रही अब पहले जैसी बात कहाँ’ (तिम्रो र मेरो बीचमा अब पहिले जस्तो कुरा कहाँ रह्यो र)। आइतबार एसिया कपमा भारत र पाकिस्तानबीच खेलिएको खेलमा यो पंक्ति पूर्ण रूपमा मेल खान्छ।

    किनभने, दुई देशबीचको यो पछिल्लो खेलमा न त कुनै रोमाञ्च देखियो, न त खेलाडीहरूबीच कुनै आत्मीयता। भारतले यो खेल सात विकेटले जित्यो, तर मैदानमा सबैभन्दा बढी पहलगाममा भएको हमलाको असर स्पष्ट रूपमा देखिन्थ्यो।

    यस पटक जब दुई देशका क्रिकेटरहरू मैदानमा आमनेसामने भए, तब न उनीहरूको ‘मन मिल्यो’, न त खेलको परम्परा कायम राख्न उनीहरूले हात मिलाए। जम्मू-कश्मीरको पहलगाममा गत अप्रिलमा भएको आतंकवादी हमलापछि भारत र पाकिस्तानबीचको तनाव चरम सीमामा पुगेको थियो। त्यसपछिको यो पहिलो अवसर थियो, जब दुवै देशका क्रिकेट टोलीहरू आमनेसामने भएका थिए।

    कप्तान सूर्यकुमार यादवले खेलपछि पहलगाम हमलाको उल्लेख गर्दै जितलाई भारतीय सेनाप्रति समर्पित गरे। उनले भने, ‘म केही समय लिन चाहन्छु। हामी पहलगाम हमलाका पीडितहरूको साथमा छौँ। हामी यो जित हाम्रो सेनालाई समर्पित गर्दछौँ, जसले हामीलाई सधैँ प्रेरित गरिरहन्छ।’

    यता, पाकिस्तान क्रिकेट टोलीका कप्तान सलमान अली आगाले प्रस्तुति समारोहका क्रममा अन्तर्वार्ता दिन अस्वीकार गरे।

    खेलाडीहरूले हात मिलाएनन्

    कप्तान सूर्यकुमार यादवले भारतीय पारीको १५औँ ओभरको पाँचौँ बलमा विजयी छक्का प्रहार गरेपछि उनी क्रिजमा रहेका शिवम दुबेसँग सिधै ड्रेसिङ रुमतिर लागे। सामान्यतया, क्रिकेट खेलमा जितपछि विपक्षी टोलीका खेलाडीहरूसँग हात मिलाउने परम्परा छ, तर उनीहरूले मैदानमा रहेका पाकिस्तानी खेलाडीहरूसँग हात मिलाएनन्।

    पाकिस्तानका खेलाडीहरू पनि भारतीय खेलाडीहरूसँग हात मिलाउन अघि सरेनन्। यहाँसम्म कि भारतीय टोलीका अन्य खेलाडीहरू पनि ड्रेसिङ रुममै बसे र खेल सकिएपछि मैदानमा आउन चाहेनन्।

    दुई देशबीचको तनावको असर टसको समयमा नै देखिएको थियो, जब भारतीय कप्तान सूर्यकुमार यादवले टस जितेपछि पाकिस्तानी कप्तान सलमान अली आगालाई बधाई दिन हातसमेत मिलाएनन्।

    विगतका अविस्मरणीय क्षणहरू

    यो दृश्य विगतका खेलहरूभन्दा बिल्कुलै फरक थियो, जहाँ खेलाडीहरूबीचको मित्रताले सधैँ चर्चा पाउने गर्थ्यो।

    सन् २०२३ को विश्वकप: पाकिस्तानको टोली भारत आउँदा भारतीय कप्तान रोहित शर्मा र तत्कालीन पाकिस्तानी कप्तान बाबर आजम खेलअघि हाँसो-ठट्टा गरिरहेको देखिएको थियो।

    सन् २०२३ को एसिया कप: भारतीय तीव्र बलर जसप्रित बुमराह बुबा बनेको केही दिनपछि नै प्रतियोगिता खेल्न पुगेका थिए। पाकिस्तानी बलर शाहिन शाह अफ्रिदीले बुमराहका लागि उपहार लिएर आएका थिए र बधाई दिएका थिए।

    सन् २०२२ को एसिया कप: विराट कोहलीले पाकिस्तानका तीव्र बलर हरिस रउफलाई आफ्नो हस्ताक्षरसहितको जर्सी उपहार दिएका थिए।

    सन् २०२२ मा बाबरको समर्थन: जब विराट कोहली खराब फर्मबाट गुज्रिरहेका थिए, तब बाबर आजमले उनको समर्थनमा ट्वीट गर्दै लेखेका थिए, ‘यो समय पनि बित्नेछ।’

    सन् २०२१ को टी-२० विश्वकप: विश्वकपमा पाकिस्तानले भारतलाई पहिलो पटक हराउँदाको क्षण। हारका बाबजुद, तत्कालीन कप्तान विराट कोहलीले पाकिस्तानी क्रिकेटर मोहम्मद रिजवानलाई न्यानो अँगालो हालेर जितको बधाई दिएका थिए। त्यो तस्बिरले दुवै देशका क्रिकेट प्रेमीहरूको मन जितेको थियो।

    तर, यस पटकको खेलमा देखिएको चिसोपनले भारत-पाकिस्तान क्रिकेटमा राजनीतिक तनावको गहिरो प्रभावलाई उजागर गरेको छ।

    – भारतीय सञ्चारमाध्यमको सहयोगमा

  • वेस्ट इन्डिजविरूद्ध खेल्ने नेपाली टोली घोषणा, आदिल आलमको पुनरागमन

    वेस्ट इन्डिजविरूद्ध खेल्ने नेपाली टोली घोषणा, आदिल आलमको पुनरागमन

    काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान) ले संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुने युनिटी कप टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरेको छ। वेस्ट इन्डिजविरुद्ध हुने ऐतिहासिक सिरिजका लागि क्यानले रोहित कुमार पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो।

    क्यानले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै टोलीको घोषणा गरेको हो। टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरीलाई जिम्मेवारी दिइएको छ।

    सन् २०२४ सेप्टेम्बर २७ देखि ३० सम्म चल्ने यस सिरिजलाई नेपाली क्रिकेटको लागि एक महत्त्वपूर्ण अवसरको रूपमा हेरिएको छ। विश्व क्रिकेटको पावरहाउस मानिने वेस्ट इन्डिजसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीहरूलाई आफ्नो क्षमता प्रदर्शन गर्ने र अनुभव बटुल्ने राम्रो मौका प्रदान गर्नेछ।

    घोषित टोलीमा कप्तान पौडेल र उपकप्तान ऐरीसँगै कुशल भुर्तेल, कुशल मल्ल, आसिफ सेख जस्ता अनुभवी ब्याट्सम्यानहरू समावेश छन्। त्यसैगरी, तीव्र गतिको बलिङ आक्रमण सम्हाल्न करण के सी, सोमपाल कामी र गुलशन झा छन् भने स्पिनतर्फ सन्दीप लामिछाने र ललित नारायण राजवंशीले जिम्मेवारी पाएका छन्।

    टोलीमा लोकेस बम, आदिल आलम, सन्दीप जोरा, आरिफ सेख, नन्दन यादव र साहब आलमले पनि स्थान बनाएका छन्।

    युनिटी कपका लागि घोषित नेपाली टोली:
    १. रोहित कुमार पौडेल (कप्तान)
    २. दीपेन्द्र सिंह ऐरी (उपकप्तान)
    ३. कुशल भुर्तेल
    ४. लोकेस बम
    ५. कुशल मल्ल
    ६. आसिफ सेख
    ७. आदिल आलम
    ८. करण के सी
    ९. नन्दन यादव
    १०. सन्दीप लामिछाने
    ११. सन्दीप जोरा
    १२. आरिफ सेख
    १३. ललित नारायण राजवंशी
    १४. गुलशन झा
    १५. सोमपाल कामी
    १६. साहब आलम

  • नेपाली क्रिकेटको ऐतिहासिक यात्रा: वेस्ट इन्डिजसँगको शृङ्खलाले नयाँ अध्यायको सुरुवात

    नेपाली क्रिकेटको ऐतिहासिक यात्रा: वेस्ट इन्डिजसँगको शृङ्खलाले नयाँ अध्यायको सुरुवात

    काठमाडौँ । नेपालको क्रिकेट इतिहासमा एक नयाँ अध्याय सुरु हुन लागेको छ। पहिलो पटक नेपालले अन्तर्राष्ट्रिय टेस्ट मान्यता प्राप्त टोली वेस्ट इन्डिजसँग आधिकारिक ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेल्न लागेको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा असोज ११ देखि युएईको सारजाह क्रिकेट मैदानमा सुरु हुने यो तीन खेलको शृङ्खलाले नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय यात्रा थप प्रभावकारी र अर्थपूर्ण बनाउने अपेक्षा गरिएको छ।

    ऐतिहासिक शृङ्खलाको तयारी र पृष्ठभूमि

    नेपालले विगतमा पनि विभिन्न टेस्ट राष्ट्रहरूसँग राष्ट्रहरूसँग फाट्टफुट्ट खेल खेलेको भए तापनि यसरी औपचारिक रूपमा कुनै टेस्ट राष्ट्रसँग द्विपक्षीय शृङ्खला खेल्न लागेको यो पहिलो पटक हो। यो शृङ्खलाले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेटको मूलधारमा स्थापित गर्न मद्दत पुर्‍याउने विश्वास गरिएको छ।

    वेस्ट इन्डिज दुई पटक ट्वान्टी–२० विश्वकप जितिसकेको टोली हो । वेस्ट इन्डिजको अनुभव, प्रतिष्ठा र खेल स्तरले नेपाली खेलाडीलाई नयाँ चुनौतीसँगै सिकाइको भरपुर अवसर प्रदान गर्ने छ। वेस्ट इण्डिज क्रिकेट टोलीको अस्ट्रेलियाविरुद्दको पछिल्लो टी-२० शृङ्खलाको कप्तानी अनुभवी खेलाडी शाई होपले गरेका थिए। उक्त स्क्वाडमा होपका अलावा रोस्टन चेस, म्याथ्यु फोर्डे, शिमरोन हेटमायर, जेसन होल्डर, अकील होसेन, अल्जारी जोसेफ, एभिन लुइस, रोभम्यान पोवेल, शेर्फान रदरफोर्ड र रोमारियो शेफर्ड जस्ता प्रमुख खेलाडीहरू रहेका थिए । नेपालविरुद्ध खेल्ने खेलाडीहरू पनि लगभग यिनै हुनेछन् । यी खेलाडीहरूविरुद्द मैदानमा उत्रँदा नेपाली टोलीको मनोबल बढ्ने निश्चित छ। साथै, यो प्रतियोगिताले नेपाली टोली अझ सशक्त बन्ने र प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने अपेक्षा समेत छ।

    तालिका हेरफेर 

    सुरुवातमा शृङ्खलाको दोस्रो खेल असोज १२ गते तय गरिएको भए पनि एसिया कप २०२५ को फाइनल खेल पनि सोही दिन युएईमै हुने भएपछि तालिकामा परिवर्तन गरिएको छ। हाल सार्वजनिक तालिका अनुसार नेपाल र वेस्ट इन्डिजबिचका खेलहरू सारजाहमा क्रमशः असोज ११, १३ (फूलपाती) र १४ गते  हुनेछन्।

    विगतका भिडन्तहरू र अनुभव

    नेपाल र वेस्ट इन्डिज दुई देशीय सिरिजमा पहिलो पटक आमनेसामने हुने भए पनि मैदानमा भने वेस्ट इन्डिज नौलो टोली होइन। सन् २०२३ मा भएको आईसीसी विश्वकप छनौट खेलमा नेपालले वेस्ट इन्डिजको ओडीआई टोलीसँग प्रतिस्पर्धा गरिसकेको छ। उक्त खेलमा नेपालले २२८ रन बनाउन सफल भएको थियो । नेपालका आरिफ शेखले अर्ध शतक हिर्काउँदा नेपालका स्टार स्पिनर ललित राजवंशीले ३ विकेट आफ्नो पोल्टामा पारेका थिए ।

    यसै गरी, २०२४ अप्रिलमा वेस्ट इन्डिज ‘ए’ टिमसँग पाँच अभ्यास खेलहरू भएको थियो, जहाँ नेपालले दुई खेलमा जित हात पार्न सफल भएको थियो। ती खेलमा विश्व प्रख्यात खेलाडीहरू—जस्तै रोस्टन चेस, ओबेड मेक्ओए, जोनसोन चार्लस, र फेबियन एलेन सहभागी थिए।

    अस्ट्रेलिया भ्रमणपछि थप अनुभवसहितको टोली

    नेपाली राष्ट्रिय क्रिकेट टोली अस्ट्रेलियाको एक महिना लामो भ्रमण सकेर हालै स्वदेश फर्किएको छ। त्यहाँ टप एन्ड टी–२० सिरिज र साउथ अस्ट्रेलियामा अभ्यास खेलहरू खेलेको नेपालले थुप्रै नयाँ अनुभव बटुलेको छ।

    टप एन्ड टी–२० सिरिजमा नेपालले ६ मध्ये २ खेलमा जित हासिल गर्दै ४ खेलमा पराजय भोग्यो भने साउथ अस्ट्रेलियामा ५ अभ्यास खेलमध्ये ३ मा जित हात पार्‍यो। यी अनुभवहरूले नेपाललाई वेस्ट इन्डिज विरुद्धको शृङ्खलामा आत्मविश्वासका साथ प्रस्तुत हुने आधार तयार गरेको छ। साउथ अस्ट्रेलियामा त नेपालले एकै दिन दुई खेलसम्म खेल्यो जसमध्ये दुवै खेलमा नतिजा नेपालले आफ्नो पक्षमा पार्न सफल भयो ।

    विश्वकप छनोटमा नजर

    वेस्ट इन्डिज विरुद्धको शृङ्खलापछि नेपाली टोली ओमानतर्फ प्रस्थान गर्नेछ । त्यहाँ आईसीसी ट्वान्टी–२० विश्वकप एसिया एन्ड एसिया प्यासिफिक क्षेत्रीय छनोट आयोजना हुँदै छ। असोज २२ देखि ३१ सम्म चल्ने उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्न सके नेपालले तेस्रो पटक टी–२० विश्वकपमा स्थान सुरक्षित गर्न सक्छ ।

    भाग लिने टोलीमा नेपाल र ओमानसँगै जापान, कुवेत, मलेसिया, पपुवा न्यु गिनी, कतार, सोमाओ र युएईले प्रतिस्पर्धा गर्दै छन्। नौमध्ये तीन टोली आगामी वर्ष भारत र श्रीलङ्कामा हुने टी-२० विश्वकपमा छनोट हुनेछन्।

    ओमान ,युएई र पपुवा न्यु गिनी उक्त प्रतियोगितामा नेपालका लागि तारो बन्न सक्छन्। टी-२० विश्वकप २०२६ का लागि हालसम्म १५ टोली भने छनोट भइसकेका छन्। जसमा आयोजक भारत र श्रीलङ्कासहित अफगानिस्तान, अस्ट्रेलिया, बङ्गलादेश, इंगल्याण्ड, अमेरिका, वेस्ट इन्डिज  लगायत छन्।

    आयोजकबाहेक अरू टोली टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुगेका कारण छनोट भएका हुन्। वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन्।

    बाँकी ८ टोली क्षेत्रीय छनोटबाट विश्वकपमा पुग्नेमा युरोपबाट इटली र नेदरल्याण्ड छनौट भए भने अमेरिकी क्षेत्रबाट भने क्यानडाले स्थान सुनिश्चित गरेको छ। अब एसिया तथा इस्ट एसिया प्यासिफिकबाट ३ र अफ्रिकाबाट २ टोली विश्वकप २०२६ मा पुग्नेछन्।

    युरोपबाट बलियो टोली मानिएको स्कटल्यान्डले विश्वकप खेल्ने मौका गुमाउँदा सोही क्षेत्रबाट इटालीले भने विश्वकपमा पहिलो अनुभव लिन गइरहेको छ ।

    नेपालको ऐतिहासिक प्रगति र बढ्दो आत्मविश्वास

    नेपाली क्रिकेट पछिल्लो एक दशकमा उल्लेखनीय प्रगति गरिरहेको छ। सन् २०१४ मा पहिलो पटक टी–२० विश्वकपमा सहभागी भएको नेपालले बङ्गलादेश र अफगानिस्तानजस्ता शक्तिशाली टोलीहरूसँग प्रतिस्पर्धा गरेको थियो । विश्व प्रसिद्ध ठुला टोलीहरूसँग नेपाल खेलेको सम्भवतः सोही विश्वकपताका नै हो ।

    सन् २०२३ को एसिया कपमा भारत र पाकिस्तानजस्ता बलिया टोलीहरूसँग प्रतिस्पर्धा गर्दै नेपालले आक्रामक र प्रभावशाली प्रदर्शन पनि गर्‍यो। भारतविरुद्धको खेलमा विशेष गरी नेपालका युवा ब्याट्सम्यानहरूको साहसी ब्याटिङले सबैको ध्यान खिचेको थियो। त्यसको ठिक एक वर्षपछि नेपालले जुलाई २०२४ मा टी-२० विश्वकपमा पनि सहभागिता जनायो । प्रतियोगितामा नेपालले साउथ अफ्रिका र बङ्गलादेशजस्ता बलिया टोलीहरूसँग प्रशंसनीय प्रदर्शन देखायो । साउथ अफ्रिकाविरुद्ध १ रनको हार र बङ्गलादेशविरुद्द नेपाली बलरहरूले गरेको कसिलो बलिङको चर्चा समग्र क्रिकेट जमातले गर्‍यो ।

    वेस्ट इन्डिजको प्रभावशाली इतिहास र नेपाललाई अवसर

    वेस्ट इन्डिज क्रिकेट टोली ट्वान्टी–२० क्रिकेटमा एक स्थापित ब्रान्ड हो। यस टोलीबाट विगतमा क्रिस गेल, आन्द्रे रसेल, ड्वेन ब्राभो, निकोलस पूरनजस्ता अन्तर्राष्ट्रिय स्तरका खेलाडीहरू खेलिसकेका छन्, जसले विश्व क्रिकेटमा ठुलो प्रभाव पारेका छन्। यद्यपि, यी खेलाडीहरू हाल नेपालविरुद्धको टोलीमा हुने छैनन् तर विश्वका विभिन्न फ्रेन्चाइज लिगहरूमा खेल्ने अनुभवी खेलाडीहरू सहभागी हुनेछन्।

    यो नेपालका लागि अवसर र चुनौती दुवै हो। यदि नेपालले उत्कृष्ट प्रदर्शन गर्न सक्यो भने वेस्ट इन्डिजजस्तो बलियो टोलीलाई टक्कर दिएको उदाहरण अन्तर्राष्ट्रिय क्रिकेटमा ठुलो सन्देश बन्नेछ।

    नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुम्बी लामाले नेपाल र वेस्ट इन्डिजबिचको खेलले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास व्यक्त गरेका छन्। प्रवक्ता छुम्बी लामाले भने, “यो सिरिजको मुख्य उद्देश्य भनेकै आगामी विश्वकपको तयारी हो। वेस्ट इन्डिजजस्तो टेस्ट राष्ट्रसँगको प्रतिस्पर्धाबाट नेपाली खेलाडीले महत्त्वपूर्ण अनुभव लिनेछन्, जसले विश्वकप छनौट जस्तो ठुला प्रतियोगिता सहभागी हुँदै गर्दा खेलाडीको आत्मविश्वास बढाउनेछ।”

    सिरिजपश्चात् नेपालको क्रिकेट तालिका अझै व्यस्त हुनेछ। वेस्ट इन्डिजसँगको सिरिजपछि नेपालले ओमानमा हुने विश्वकप क्वालिफायरमा भाग लिनेछ, त्यसपछि विश्वकप खेल्ने तयारीमा जुट्नेछ।

    “नेपालले दुई पटक विश्वकप खेलिसकेको छ। अब अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्ने दृष्टिकोण नै फरक भइसकेको छ”, प्रवक्ता लामाले थपे, “हामी अब निरन्तर रूपमा व्यस्त क्रिकेट तालिकामा प्रवेश गरिसकेका छौँ।”

    यही प्रसङ्गमा क्रिकेट विश्लेषक विराटजङ्ग रायमाझीले नेपाल र वेस्ट इन्डिजबिचको आगामी सिरिजलाई नेपाली क्रिकेटका लागि “नयाँ युग” को सुरुआत भएको बताएका छन्। उनका अनुसार यो सिरिज केवल खेल मात्र नभएर नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय पहिचान विस्तार गर्ने ऐतिहासिक अवसर पनि हो।

    “वेस्ट इन्डिजजस्तो टेस्ट राष्ट्रसँगको प्रतिस्पर्धाले विश्वकै नजर नेपालतर्फ तान्नेछ,” रायमाझीले भने, “नेपालले राम्रो प्रदर्शन गर्न सकेको खण्डमा, हारजितभन्दा ठुलो कुरा अनुभव र अन्तर्राष्ट्रिय एक्सपोजर हुनेछ।”

    रायमाझीका अनुसार यो सिरिजमार्फत नेपालले अन्य टेस्ट राष्ट्रहरूसँग खेल्ने ढोका खोल्ने सम्भावना बलियो भएको छ। “यो नेपालको लागि एकदम ठुलो अवसर हो,” उनले थप जोड दिँदै भने, “राम्रो प्रदर्शन भयो भने विश्व क्रिकेटमै नेपालको नाम स्थापित हुने आधार तयार हुनेछ।”

    भविष्यका सम्भावनाहरू

    नेपाल क्रिकेट सङ्घ (क्यान) ले यो शृङ्खला आयोजना गरेर एउटा ऐतिहासिक कदम चालेको छ। वेस्ट इन्डिजसँगको शृङ्खला केवल तीन खेलको सीमामा मात्रै हैन, यो नेपाली क्रिकेटको भविष्यका लागि ढोका खोल्ने कूटनीतिक पहल पनि हो।

    यसले अन्य टेस्ट राष्ट्रहरूसँग पनि द्विपक्षीय शृङ्खला खेल्ने सम्भावनालाई अझ प्रगाढ बनाउनेछ। नेपाली क्रिकेटलाई विश्वभर फैलाउने प्रयासमा यो शृङ्खला महत्त्वपूर्ण मोड बन्नेछ।

    नेपाल र वेस्ट इन्डिजबिचको शृङ्खला केवल एक खेल प्रतियोगिता नभई नेपाली क्रिकेटको ‘लिटमस टेस्ट’ हो। यसले न केवल नेपाली खेलाडीहरूको क्षमताको परीक्षण गर्नेछ, भविष्यमा नेपाली क्रिकेट कहाँ पुग्छ भन्ने निर्धारण गर्न समेत सहयोग पुर्‍याउनेछ।

    यदि नेपाली टोलीले मैदानमा उत्कृष्ट प्रदर्शन गर्न सक्यो भने यो शृङ्खला केवल ऐतिहासिक मात्र हुनेछैन, यो नेपाली क्रिकेटको भविष्यका लागि दिशानिर्देशक ‘माइलस्टोन’ पनि बन्नेछ।

  • सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    सुनचाँदीको मूल्य स्थिर, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्यमा कुनै फेरबदल भएको छैन ।

    बुधबार प्रतितोला रु दुई लाख सात हजार ९०० कायम भएको सुनको मूल्य आज परिवर्तन भएको छैन । चाँदीको मूल्य पनि यथावत छ । बुधबार चाँदीको मूल्य प्रतितोला रु दुई हजार ४८० कायम भएको थियो ।

     

  • साउथ अस्ट्रेलियासँग नेपालको जित, रोहितको शतक

    साउथ अस्ट्रेलियासँग नेपालको जित, रोहितको शतक

    काठमाडौं । कप्तान रोहित पौडेलको अविजित शतक मद्दतमा नेपाली क्रिकेट टोलीले साउथ अस्ट्रेलिया (एसए)सँगको अभ्यास वान डे खेल जितेको छ ।

    शनिबार भएको खेलमा साउथ अस्ट्रेलियाले दिएको २४३ रनको लक्ष्य नेपालले ५ बल बाँकी छँदा ८ विकेटको क्षतिमा भेट्टायो ।

    नेपालका लागि कप्तान रोहित पौडेलले अविजित १०१ रन बनाए । १६१ रनमा ८ विकेट गुमेको अवस्थाबाट रोहित र सोमपाल कामीले अर्धशतकीय साझेदारी गरे । सोमपाल ४० रनमा अविजित रहे ।

    त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको साउथ अस्ट्रेलियाले निर्धारित ४५ ओभरमा २४२ रनमा अलआउट हुँदै नेपाललाई २४३ रनको लक्ष्य दिएको हो ।

    साउथ अस्ट्रेलियाका लागि ह्‍यारी मानेन्तीले सर्वाधिक ६३ रन बनाए भने दुवित हूगानबोजमले ५३ रन बनाए । रायन किङले ३५ तथा म्याकेन्जी हार्भेले २४ रन बनाए ।

    नेपालका लागि नन्दन यादव र सोमपाल कामीले ३-३ विकेट लिए भने सन्दीप लामिछाने, शाहब आलम र रुपेश सिंहले १-१ विकेट लिए ।

    टप एन्ड टी-२० सिरिज समाप्त भएपछि भएको अभ्यास टी-२० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराउँदा एसएसँग भने पराजित भएको थियो ।

    टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

  • नेपालले क्रिकेट एसिटीविरुद्धका दुवै खेल जित्यो

    नेपालले क्रिकेट एसिटीविरुद्धका दुवै खेल जित्यो

    दीपेन्द्र सिंह ऐरीको अलराउन्डर प्रदर्शनमा नेपालले अष्ट्रेलियन क्रिकेट टेरिटोरी (एसिटी) लाई दोस्रो अभ्यास खेलमा ६ विकेटले हराएको छ। नेपालको यो लगातार दोस्रो जित हो।

    जितको लागि ९७ रनको सहज लक्ष्य नेपालले १३ दशमलव २ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।

    ओपनर भीम सार्की ८ रनमा, आशिफ शेख ४ रनमा र कप्तान रोहित पौडेल ९ रनमा आउट भए। २५ रनमा ३ विकेट गुमाउँदै नेपालले सुरुवात खराब गरेको थियो।

    त्यसपछि गुलशन झा र दीपेन्द्र सिंह ऐरीले चौथो विकेटको लागि ३९ रनको साझेदारी गरे। गुलशन २३ रनमा आउट भए।

    ३१ बल खेलेका दीपेन्द्रले १ चौका र ३ छक्कासहित अविजित ४२ रनमा रहँदै जित दिलाउन सफल रहे। आरिफ शेख अविजित ११ रनमा रहे।

    पहिले ब्याटिङ गरेको एसिटीले १७ दशमलव २ ओभरमा सबै विकेट गुमाएर मात्र ९६ रन बनायो। एन ब्रोसले सर्वाधिक १६ रन बनाए।

    केयोग, म्याक नमारा र टि हिगनले समान १५ रन बटुले। जे स्मिथले १० रन बनाए भने अन्य ब्याटरले दोहोरो अंकको रन छुन सकेनन्।

    सानदार बलिङ गर्न सफल नेपालको लागि दीपेन्द्र र सहाब अलामले समान ४ विकेट लिए। गुलशन र रोहितले १–१ विकेट लिए । यसअघि भएको पहिलो अभ्यास खेलमा नेपालले टेरिटोरीलाई ४१ रनले हराएको थियो।

  • पहिलो टी–२० अभ्यास खेलमा नेपालको जित, सन्दीपले लिए ५ विकेट

    पहिलो टी–२० अभ्यास खेलमा नेपालको जित, सन्दीपले लिए ५ विकेट

    काठमाडौं । नेपालले अस्ट्रेलियन क्रिकेट टेरिटरी (एसीटी) लाई ४१ रनले हराएको छ । अस्ट्रेलियामा मंगलबार भएको पहिलो टी–२० अभ्यास खेलमा नेपालले एसीटीलाई ४१ रनले हराएको हो ।

    नेपालले दिएको १ सय ७८ रनको लक्ष्य पछ्याएको एसीटी १७ ओभर २ बलमा १ सय ३६ रनमा अलआउट भयो ।

    नेपालका सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिए भने करण केसीले २ र रुपेश सिंहले १ विकेट लिए।

    टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७७ रन बनायो । नेपालका आसिफ शेखले ६९, कप्तान रोहित पौडेलले ३६, आरिफ शेखले २४ रन बनाए । एसीटीका स्मिथले सबैभन्दा धेरै ५० रन बनाए ।

    टप इन्ड टि–ट्वान्टी सिरिजको समूह चरणबाट बाहिरिएपछि नेपाली टोलीले पहिलो अभ्यास खेलेको हो ।

  • नेपालको बलिङबाट सुरुवात, शाहिन्सविरुद्धको खेल सुरु

    नेपालको बलिङबाट सुरुवात, शाहिन्सविरुद्धको खेल सुरु

    काठमाडौँ। अष्ट्रेलियामा जारी टप इन्ड टी–२० शृङ्खलाअन्तर्गत नेपाल र पाकिस्तान शाहिन्सबीचको खेल सुरु भएको छ । पाकिस्तान शाहिन्सका कप्तान इरफान खानले टस जित्दै नेपाललाई पहिलो बलिङको निम्तो दिए ।

    डार्बिनको मरारा क्रिकेट मैदानमा खेल हुँदैछ । जारी शृङ्खलामा यसअघि नेपालले खेलका पाँच खेलमा तीनमा हार र दुईमा जित दर्ता गरेको छ ।

    नेपाल यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२ रनले पराजित भएको थियो भने बङ्गलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग ३१ रनले पराजित भएको थियो । नेपाले होबर्ट हुरिक्यान्स एकेडेमीलाई ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीलाई ३३ रनको हराएको थियो ।

    कुल ११ टोली सहभागी प्रतियोगितामा ६ लिग खेलपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । नेपाल हाल पाँच खेलमा चार अंकका साथ सातौ स्थानमा छ । पाकिस्तान समान खेलबाट ६ अंकका साथ दोस्रो स्थानमा छ ।

  • टप इन्ड सिरिजः नेपालको दोस्रो जित, सोमपालले लिए ५ विकेट

    टप इन्ड सिरिजः नेपालको दोस्रो जित, सोमपालले लिए ५ विकेट

    काठमाडौं । अष्ट्रेलियामा जारी टप इन्ड टि– २० सिरिजमा नेपालले दोस्रो जित निकालेको छ ।मेलबर्न रिनेगेट्स एकेडेमीलाई ३३ रनले हराउँदै नेपालले लगातार दोस्रो जित हात पारेकाे हाे ।

    नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै १४० रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । बलरहरुले उत्कृष्ट प्रदर्शन गर्दै मेलबर्न रिनेगेट्स एकेडेमीलाई १०६ रनमा रोक्न सफल भए ।

    नेपाललाई फराकिलो जित दिलाउन फास्ट बलर सोमपाल कामीले ५ विकट लिए ।

  • टप एण्ड सिरिज: नेपालका लागी हारको ह्याट्रिक, तेस्रो खेलमा पनि पराजित

    टप एण्ड सिरिज: नेपालका लागी हारको ह्याट्रिक, तेस्रो खेलमा पनि पराजित

    डार्विन । अस्ट्रेलियामा जारी टप एण्ड टी-२० सिरिजमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले आफ्नो निराशाजनक प्रदर्शनलाई निरन्तरता दिँदै लगातार तेस्रो हार बेहोरेको छ। आइतबार भएको खेलमा नेपाल मेलबर्न स्टार्स एकाडेमीसँग ३१ रनले पराजित हुँदै प्रतियोगितामा हारको ह्याट्रिक व्यहोर्न बाध्य भयो।

    मेलबर्नले प्रस्तुत गरेको १७६ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १४४ रन मात्र बनाउन सक्यो। नेपालका लागि ओपनर आसिफ शेखले ५३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन पर्याप्त भएन। कप्तान रोहित पौडेलले ३३ तथा कुशल भुर्तेलले आक्रामक २५ रन जोडेका थिए।

    यसअघि, नेपालका लागि लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिएका थिए। तर, मेलबर्नका ब्याट्सम्यान थोमस रोजर्सको ६५ र ब्लेक म्याकडोनाल्ड ७४ को अर्धशतकीय पारीले उनीहरूको स्कोर १७५ रनमा पुगेको थियो।

    यो हारसँगै नेपालले प्रतियोगितामा जितको खाता खोल्न सकेको छैन। यसअघि नेपाल पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइक र दोस्रो खेलमा बंगलादेश ‘ए’ सँग पराजित भएको थियो।