Category: प्रविधि

प्रविधि

  • ‘शाओमी’ शीर्ष स्मार्टफोन कम्पनीको स्थान कायमै राख्न सफल

    ‘शाओमी’ शीर्ष स्मार्टफोन कम्पनीको स्थान कायमै राख्न सफल

    काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज मार्केट रिसर्च फर्म आइडिसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोश्रो त्रैमासिक २०२२ को रिलिज अनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ ।

    शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, ‘आइडिसिको रिपोर्ट अनुसार निरन्तर आठौँ त्रैमासिक सम्म पनि हामी नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न सफल भएका छौँ, जुन हाम्रो लागि एकदमै खुशीको कुरा हो । यसरी नेपालकै सर्वाधिक लोकप्रिय स्मार्टफोन ब्रान्ड बनाउनुहुने एवम हाम्रो यात्रामा सहभागि हुनुहुने हाम्रा समस्त मी फ्यानहरु, व्यापारिक साझेदारहरु र हाम्रा सम्पूर्ण स्टेक होल्डरहरु प्रति हामी हार्दिक आभारी छौँ । तपाईंहरुको माया र साथ प्रति हामी नतमस्तक छौँ र हामीले हाम्रा लागि खडा गरेको उच्चतम मापदन्डहरु भविष्यमा पनि पुरा गर्दै जानेछौँ ।’

    ंरेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२ सेरिज जस्ता विभिन्न मुल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ । यसका साथै शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क, मी प्याड ५ र हालसालै एअर प्युरिफायेर, एअर कम्प्रेसर लगायत ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ ।

    यसका अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पु¥याएको छ । आज शाओमीले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै देशभरिमा १२ वटा आधिकारिक स्टोर र १८ वटा सर्भिस सेन्टरस्थापना गरेको छ । हाल नेपालको विभिन्न स्थानहरुमा कम्पनीको एक बलियो वितरण नेटवर्क रहेको छ ।

    नेपाली ग्राहकहरुको आवश्यकताहरु पूरा गर्नको लागि विशेष आधिकारिक सर्भिस सेन्टरहरुको साथ–साथै एक डेडिकेटेड सर्भिस वेयर हाउसकोे माध्यमबाट मजबूत आफ्टर सेल्स सर्भिस प्रदान गर्दै कम्पनीले बजारमा आफ्नो स्थिति बलियो बनाएको छ । यसले शाओमीलाई विगतको त्रैमासिकमा भन्दा अझै धेरै बजार हिस्सा लिन सहयोग गरेको छ ।

  • रियलमीले गर्‍यो नेपालमा पहिलो पटक ८२८ फ्यान फेस्टिभल आयोजना

    रियलमीले गर्‍यो नेपालमा पहिलो पटक ८२८ फ्यान फेस्टिभल आयोजना

    काठमाडौं । विश्वकै प्रख्यात स्मार्टफोन ब्राण्ड रियलमीले नेपालमा पहिलो पटक ८२८ रियलमी फ्यान फेस्टिभल आयोजना गरेकाे छ ।

    रियलमीको चौथो वार्षिकोत्सवको अवसरमा भाद्र १२, २०७९ गतेका दिन हात्तीवन रिसोर्टमा यो कार्यक्रम आयोजना गरिएको थियो ।

    रियलमी ८२८ फ्यान फेस्टिभल आयोजना गर्नुको मुख्य उदेश्य रियलमी फ्यानहरूसँग अझ नजिक हुन र रियलमी परिवारलाई सामाजिक गतिविधिहरू जस्तै पदयात्रा र वातावरणीय सरसफाई अभियानमा संलग्न गराउनु थियो ।

    ८२८ फ्यान फेस्टिभल रियलमी फ्यान र रियलमी परिवारसँग छोटो पैदल यात्रा र मनोरञ्जनका साथ दिनभर मनाइयो। कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिष गिरीको र हेनरी साथ रियलमी फ्यान र केही मिडिया व्यक्तित्वहरू सहभागी थिए ।

    कार्यक्रमको बारेमा बोल्दै रियलमी नेपालका कन्ट्री हेड, मुनिष गिरीले भने, ‘यो कार्यक्रम पूर्ण रूपमा रियलमी फ्यानहरूको लागि आयोजना गरिएको हो । रियलमी फ्यानहरूको यस्तो अन्तरक्रियात्मक कार्यक्रममा उपस्थिति हाम्रो लागि अत्यन्तै महत्त्वपूर्ण छ । हामीलाई आशा छ यस कार्यक्रममा उहाँहरुले रमाइलो गर्नु भयो होला । भविष्यमा पनि हामी यस्तै कार्यक्रमहरू आयोजना गर्ने वाचा गर्दछौं जहाँ हामी हाम्रा ग्राहकहरूको वास्तविक प्रतिक्रिया लिन सक्छौं ।’

    यस कार्यक्रमको प्रमुख आकर्षण हाइकिङ, वातावरण सरसफाई र ‘फोटो अफ द डे’ प्रतियोगिता रहेको थियो जहाँ समिन श्रेष्ठले फोटो प्रतियोगितामा रियलमी थिम युवा र एकताको विजेताको रूपमा रियलमी सी ३० जित्न सफल भएका थिए ।

    यसको साथै ८२८ विभिन्न खेलहरू, गिफ्ट ह्याम्पर प्रदान, प्रशंसापत्र, प्रमाणपत्र तथा सम्पूर्ण रियलमी परिवारसँग मायाको चिनो आदान प्रदान गरि मनाइएको थियो ।

  • शाओमी नेपालको दशैँमा ‘#दशMi अफर’

    शाओमी नेपालको दशैँमा ‘#दशMi अफर’

    काठमाडौं । शाओमी नेपालले दशैंको अवसरमा शाओमी फोनको खरिदमा रोमाञ्चक उपहारहरू ल्याएको छ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले दशैँका अवसरमा आफ्ना ग्राहकहरूका लागि आश्चर्यजनक अफरहरु ल्याएको हो ।

    एक महिना लामो यो #दशMi क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जो कोहीले पनि #दशMi लक्कीड्रमा प्रत्यक्ष सहभागी भइ #दशmi क्याम्पेन अन्तर्गत रहेका रोमाञ्चक उपहारहरू जित्ने मौका पाउन सक्नुहुनेछ ।

    शाओमीले आफ्ना प्रयोगकर्ताहरूको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वको अवसरमा केही नयाँ किन्न चाहने ग्राहकहरूका लागि विशेष #दशMi अफर ल्याएको हाे । #दशMi क्याम्पेन अन्तर्गत एक भाग्यशाली विजेताले Mi को 4S 65″को Tv, चार जनाले Mi को 43″ को Tv, र दैनिक १० जना भाग्यशाली ग्राहकहरूले Bud 3 lite, Motion night light र neckbandpro मध्ये कुनै एक जित्ने मौका पाउनुहुने छ ।

    यस अफरको बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा Mi फ्यानहरूबाट अप्रत्याशित माया र समर्थन पाएका छौं । यसले हामीलाई हाम्रा उत्पादनहरुमा उच्च मापदण्डहरू सेट गर्न सधैं प्रोत्साहित गरेको छ । दशैंलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकहरूको केही नयाँ किन्न र आफ्ना प्रियजनहरूसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।’

    दशMi अफर

    यदि तपाईंहरु पनि नयाँ फोन खरिद गर्ने सोचमा हुनुहुन्छ भने #दशMi अफरमा भाग लिइ थुप्रै उपहारहरु जित्ने मौका पाउनुहोस् । अफरहरू भद्र १६, २०७९ देखि आश्विन १४, २०७९ सम्म मान्य हुनेछ ।

    यो अफर दराज र सस्तो डिलमा पनि लागू हुनेछ ।

     

     

     

  • नासाले शनिबार नयाँ चन्द्र रकेट प्रक्षेपण गर्दै

    नासाले शनिबार नयाँ चन्द्र रकेट प्रक्षेपण गर्दै

    न्युयोर्क।  नासाले आफ्नो शक्तिशाली नयाँ चन्द्र रकेट प्रक्षेपण गर्न दोस्रो पटक प्रयास गर्ने भएको छ । हप्ताको सुरुमा परीक्षण उडान रद्द भएपछि शनिबार दोस्रो पटक रकेट प्रक्षेप गर्न लागेको हो ।

    स्थानीय समयअनुसार सोमबार बिहान प्रक्षेपण को लागि योजना गरिएको थियो तर रकेटका चार आरएस २५ इन्जिनमध्ये एउटामा प्राविधिक समस्या देखिएपछि प्रक्षेपण स्थागित गरिएको थियो ।

    स्पेस लन्च सिस्टम एसएलएस नाम राखिएको उक्त रकेट नासाले विकास गरेको अहिलेसम्मकै सबैभन्दा शक्तिशाली रकेट हो।
    शनिबार प्रक्षेपण गर्न लागिएको अन्तरिक्षयानले चन्द्रमाको ठूलो कक्षमा परिक्रमा गर्दै ६ सातापछि प्रशान्त महासागरमा खस्ने नासाले जनाएको छ ।

     

  • विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर EO Mini अब नेपालमा

    विश्वकै सबैभन्दा सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर EO Mini अब नेपालमा

    एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा.लिले नेपालमा पहिलो पटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत EV युजरहरूका लागि डिजाइन गरिएको हो ।

    EO चार्जिङ (EO) ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले EV चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ। EO बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो ।

    EO को टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र Amazon, DHL र Tesco जस्ता फ्लीट अपरेटरहरूले प्रयोग गर्दै आएका छन् भने यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ ।

    यस कम्पनीले मर्सिडीज बेन्ज भ्यान जस्ता धेरै निर्माताहरूसँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर २०२१ मा EO ले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६० हजार ओटा चार्ज पोइन्टहरु स्थापित गरेको थियो।

    EO मा हामी प्रविधि भन्दा अघि मानिस हुन्छ भन्ने कुरामा विश्वास गर्छाैँ । विद्युतीय सवारी साधन चार्ज गर्न कहिलेकाहीँ जटिल हुनसक्छ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौँ । त्यसैले हामी हाम्रा पार्टनर तथा ग्राहकहरुको सेवामा समर्पित छौँ ।

    हामी इलेक्ट्रिक भ्यान, ट्रक, बस र कार फ्लीट्स चार्ज गर्ने विश्वव्यापी रुपमा अग्रणी कम्पनी बन्ने मिशनमा छौँ । हामी नयाँ चार्जिङ इकोसिस्टम सिर्जना गर्न लागिपरेका छौं जसले व्यवसाय र व्यक्तिहरूलाई ऊर्जाको सन्दर्भमा स्वतन्त्रता प्रदान गर्दछ ।

    EO mini मा Integral 6mA DC को सहयोगले सजिलै चुहावटको स्रोत पत्ता लगाउन सकिन्छ। यसलाई बिना कुनै टाइप B RCD नियन्त्रण गर्न सकिन्छ। EO मिनी तपाईको घरको पावर इनपुट जडानको आधारमा 6 amp देखि 32 amp सम्म समायोजन गर्न सकिन्छ । बजारमा सबैभन्दा सानो EO 175MM X 125MM X 95MM मा उपलब्ध छ।

    EO mini का अन्य उल्लेखनीय सुविधाहरूमा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक ७.२ किलाेवाट सम्मको पावर रेटिंगलाई लिन सकिन्छ । कम्प्याक्ट चार्जर १ वर्षको वारेन्टीको साथ आउँछ र यसको मूल्य ८५ हजार रहेको छ ।

  • यी हुन् संसारभर एक्लै उड्ने विश्वकै कान्छो पाइलट

    यी हुन् संसारभर एक्लै उड्ने विश्वकै कान्छो पाइलट

    न्युयोर्क । एक किशोर पाइलट सानो विमानमा संसारभर एक्लै उडान भर्ने सबैभन्दा कान्छो व्यक्ति बनेर रेकर्ड राखेका छन् ।

    बेलायती मूलका १७ वर्षीय म्याक रदरफोर्ड ५२ देशमा पाँच महिनाको यात्रापछि बुल्गेरियाको सोफियामा अवतरण गरेका थिए ।

    बेलायतमा जन्मिएर बेल्जियममा हुर्केका म्याकले उडान भर्ने क्रममा सुडानमा बालुवाको आँधीको सामना गरे र बसोबास नभएको प्रशान्त टापुमा रात बिताए ।

    उनकी जेठी बहिनी जारा संसारभर एक्लै उड्ने सबैभन्दा कान्छी महिला बनेकी छिन् । उनले यस वर्षको जनवरीमा आफ्नो यात्रा पूरा गरेकी थिइन् ।

    एकल उडानको लागि अघिल्लो कीर्तिमान बेलायती पाइलट ट्राभिस लुडलोले बनाएका थिए । गत वर्ष आफ्नो यात्रा पूरा गर्दा उनी १८ वर्ष १५० दिनको उमेरका थिए ।

  • ई–पासपोर्ट आवेदन अब बिहान ११ बजेबाटै

    ई–पासपोर्ट आवेदन अब बिहान ११ बजेबाटै

    काठमाडौं । राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन मंगलबारदेखि बिहान ११ बजेबाट खुल्ने भएको छ ।

    राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलबारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।

    विभागले सोमबार सूचना जारी गरी उक्त जानकारी दिएको हो । विभागले हाल दुई हजार चार सय जनाकाे प्रि–इनरोलमेन्ट खुलाउँदै आएकोमा अब कोटा पनि बढाउने तयारी गरेको छ ।

    प्रि–इनरोलमेन्ट गरिसकेपछि प्राप्त मितिमा राहदानीका लागि विभागमा पुग्‍नुपर्छ ।

  • अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर

    अस्ट्रेलियामा नेपालीलाई आईटीमा अवसरै अवसर

    काठमाडौं । कोरोना महामारीपछि अष्ट्रेलियामा आईटीको क्षेत्रमा दक्ष जनशक्तिको ठूलो माग छ । विशेष गरेर सफ्टवेयर डेभलोपमेन्ट, इकमर्स, वेब डेभेपोपमेन्ट, नेटवर्किंङ जस्ता क्षेत्रमा नेपालीहरूले करिअर र जागिरको अवसर राम्रै पाउन थालेका छन् ।

    अस्ट्रेलियाको नागरिक तथा स्थायी बासिन्दा भएकाले मात्र होईन विद्यार्थीका रूपम पढिरहेकाहरूले पनि राम्रो भूमिका र तलब पाउन थालेका हुन् ।

    यतिखेर सफ्टवेयर डेभेलोपर तथा प्रोग्रामरको रुपमा काम गरेर वार्षिक एक लाख डलरभन्दा बढी कमाउने नेपालीको संख्या अस्ट्रेलियामा उल्लेख्य छ । नेटवर्किङको क्षेत्रमा पनि ‘हेल्प डेस्कर सपोर्ट’मा काम पाउने विद्यार्थीहरू धेरै हुन थालेका छन् ।

    अस्ट्रेलियामा सफ्टवेयर डेभलोपमेन्टको तालिम दिने संस्था ‘डेन्टेड कोड’ मार्फत भारतीय, फिलिपिन्स, मोरक्को, इन्डोनेसिया साथै नेपालका विद्यार्थीहरूलाई दक्ष जनशक्तिका रूपमा अस्ट्रेलियाको आईटी उद्योगमा करिअर बनाउन सहयोग गरिरहेका प्रेम आचार्य आईटीको क्षेत्रमा नेपाली विद्यार्थीहरुले पनि राम्रा अवसररू पाउन सक्ने बताउँछन् ।

    ‘सीप हुनेलाई त अवसर छँदैछ, सीप विकास गर्छु भन्नेले पनि समर्पित भएर लाग्ने हो भने यो क्षेत्रमा राम्रो अवसर छ’, उनले भने । आचार्यको अनुभवमा सबै रोजगारदाता र क्षेत्रमा अनुभवी मात्र खोज्ने भन्ने हुँदैन, बजारमा माग भएका सीप सिक्ने हो भने सीप भएकै आधारमा पनि राम्रा अवसर सजिलै पाउन सकिन्छ।

    आईटीमा करिअर बनाउन सहयोग गर्न जुटे नेपाली

    अस्ट्रेलियामा पढ्न आउने नेपाली विद्यार्थीलाई कालो पाइन्ट र जुत्ता लिएर आउनु रेस्टुरेन्टमा ‘किचन’मा अनि ‘क्लिनिङ’को क्षेत्रमा काम गर्दा काम लाग्छ भन्ने सुझाव दिने परिपाटी बदल्न सिड्नीका युवाहरू लागिरहेका छन् । उनीहरूले अस्ट्रेलियाको आईटीमा उपलब्ध अवसरहरू सम्म नेपाली विद्यार्थीलाई पुर्याउने र त्यस्ता अवसरबाट लाभ उठाउन सहयोग गर्नको लागि ‘आईटी हब’ समेत सञ्चालन गरेका छन् ।

    अस्ट्रेलियामा सफ्टवेयरको क्षेत्रमा काम गर्ने मात्र होइन, नयाँ विद्यार्थी तथा यो क्षेत्रमा जागिर करिअर खोज्नेहरूलाई सहयोग गर्न ‘आईटी हब’ले करिअर सेमिनार र मिटअप गरिरहेको छ । आईटी हबका संयोजक मदनमणि अधिकारी भन्छन्, ‘हामीले अस्ट्रेलियाको सफ्टवेयर र आईटी उद्योगको मागअनुसारको सीप भएका नेपालीहरूलाई सीपअनुसारको जागिर पाउन सहयोग गर्न खोजेका हौं ।’

    धेरै नेपाली विद्यार्थीहरू अष्ट्रेलियामा नेपाल वा अस्ट्रेलियामा पढेर हासिल गरेको डिग्रीअनुसारको काम नपाएर श्रमिक तहको काम गर्नुपर्ने अवस्थामा छन् भन्ने गरिन्छ । अधिकारी भन्छन्, ‘त्यसखालको हल्ला धेरै भए पनि अवस्था परिवर्तन भईरहेको छ, अहिले धेरै विद्यार्थीहरूले प्रोग्रामिङ र सफ्टवेयरको क्षेत्रमा राम्रो उपलब्धि हासिल गरिरहेका छन्, सफ्टवेयर इन्जिनियरका रूपमा काम गरेर छोटो र छिटो प्रगति गरेका, जागिरको कारण नै अस्ट्रेलियामा पीआर पाएका धेरैजना मैले नै भेटेको छु । ठूला कम्पनीहरूको आईटी विभाग नै नेपालीले सम्हालेको उदाहरण धेरै छ ।’

    विश्वभर जसरी भारतीयहरू आईटीको क्षेत्रमा नेतृत्व दिने स्थितिमा छन् । नेपालीहरूले पनि सीप विकास गर्ने हो भने त्यो अवस्था नेपाली समाजको पनि हुनसक्छ भनेर सिड्नीमा नियमित ‘करिअर हब’ले ‘करिअर कार्यशाला’का रूपमा ‘मिटअप’ आयोजना गर्दै आएको छ,’ उनी भन्छन् ।

    अस्ट्रेलियालाई ४२ हजार नयाँ सफ्टवेयर प्रोग्रामर चाहिने

    भविष्यमा अस्ट्रेलियामा सफ्टवेयर प्रोग्रामरको माग धेरै हुने यहाँको स्किल कमिसनले जनाएको छ । स्किल कमिसनका अनुसार आगामी चार वर्षमा अस्ट्रेलियालाई ४२ हजारभन्दा बढी सफ्टवेयर प्रोग्रामरको आवश्यकता पर्नेछ ।

    अस्ट्रेलियालाई सन् २०२६ सम्ममा थप १२ लाख कामदारको आवश्यकता पर्ने बताइएको छ । स्किल कमिसनले अस्ट्रेलियाको रोजगारी, पेसा तथा विभिन्न उद्योगहरूको कामदार र सीप आवश्यकताको अध्ययन गरेर वर्तमान र भविष्यका सीप आवश्यकतासम्बन्धी सुझाव दिने गर्दछ ।

    २०२१ नोभेम्बरमा अस्ट्रेलियामा एक लाख ५६ हजार दुई सय सफ्टवेयर इन्जिनियर तथा डेभलोपर प्रोग्रामर थिए । २०२६ नोभेम्बरमा त्यो संख्या एक लाख ९८ हजार चार सय हुने अनुमान छ । सफ्टवेयर इन्जिनियर तथा डेभेलोपर प्रोग्रामरका लागि रोजगारीको अवसरमा २७ प्रतिशले वृद्धि हुने देखिन्छ ।

  • रुसले किन गर्‍यो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने निर्णय ?

    रुसले किन गर्‍यो अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने निर्णय ?

    मस्को । रुसले सन् २०२४ पछि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन छोड्ने निर्णय गरेको छ ।

    मस्कोको अन्तरिक्ष एजेन्सीका नवनियुक्त प्रमुखले मंगलबार राष्ट्रपति भ्लादिमिर पुटिनलाई रुसले अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसन २०२४ पछि छोड्ने निर्णय गरेको पुटिनलाई जानकारी दिएका थिए । युक्रेनमा मस्कोको सैन्य हस्तक्षेप र रुसविरुद्ध अभूतपूर्व प्रतिबन्धका कारण क्रेमलिन र पश्चिमाहरूबीच तनाव बढेको बेला मस्कोले यस्तो घोषणा गरेको हो ।

    रुस र संयुक्त राज्य अमेरिकाले सन् १९९८ देखि अन्तरिक्षमा रहेको आइएसएसमा सहकार्य गर्दै आएका छन् । ‘निस्सन्देह, हामी हाम्रा साझेदारहरूलाई हाम्रा सबै दायित्वहरू पूरा गर्नेछौं, तर सन् २०२४ पछि यो स्टेसन छोड्ने निर्णय गरिएको छ’, जुलाईको मध्यमा रोसकोसमोस प्रमुख नियुक्त भएका युरी बोरिसोभले पुटिनलाई भने ।

    उनले अगाडि थपे, ‘मलाई लाग्छ कि उक्त समयसम्म हामी रूसी स्टेसन सँगै राख्न सुरु गर्नेछौं’, बोरिसोभले थपे, ‘यसलाई अन्तरिक्ष कार्यक्रमको मुख्य प्राथमिकता भनिन्छ । ’ अन्तरिक्ष स्टेसनबाट पछाडि हट्ने निर्णयलाई पुटिनले ‘राम्रो’ भनेका छन् ।

    बोरिसोभले अन्तरिक्ष उद्योग ‘कठिन परिस्थिति’ मा रहेको बताए । सन् १९६१ मा पहिलो मानिसलाई अन्तरिक्षमा पठाउनु र चार वर्षअघि पहिलो उपग्रह प्रक्षेपण गर्नु सोभियत अन्तरिक्ष कार्यक्रमका प्रमुख उपलब्धिहरू हुन् ।

    अन्तरिक्ष स्टेसन रुसको राष्ट्रिय गौरवको प्रमुख स्रोत हुन् ।

  • इन्जिनियर एसाेसियसन र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वयात्मक छलफल

    इन्जिनियर एसाेसियसन र भौतिक पूर्वाधार मन्त्रालयबीच समन्वयात्मक छलफल

    काठमाडाैं । नेपाल इन्जिनियर एसाेसियसन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच कसरी समन्वय गरी अगाडि बढ्न सकिन्छ भन्नेबारे छलफल भएको छ ।

    मन्त्रालयका सह-सचिव चुडाराज ढकालसँग इन्जिनियरिङ स्टाफ कलेज तथा इन्जिनियरिङसँग सम्बन्धित कुराहरु र मन्त्रालयबीच कसरी समन्वय गर्न सकिन्छ भन्नेबारे छलफल भएकाे एसाेसियसनका महासचिव रविभुषण झाले जानकारी दिए ।

    साथै, एसाेसियसनले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधयक २०७६ सर्वसम्मतिले पारित भएकोमा मन्त्रालयसमक्ष धन्यवाद ज्ञापन पनि गरेकाे छ ।

    एसाेसियसनले इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको लागि ऐन बनाउन आवश्यक सहयाेग गर्न पनि मन्त्रालयसमक्ष अपिल गरेकाे छ ।

    गएकाे बुधबार नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ सर्वसम्मतिले प्रतिनिधिसभाबाट पारित भएकाे थियाे ।