
काठमाडाैं । नेपाल इन्जिनियर एसाेसियसन र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबीच कसरी समन्वय गरी अगाडि बढ्न सकिन्छ भन्नेबारे छलफल भएको छ ।
मन्त्रालयका सह-सचिव चुडाराज ढकालसँग इन्जिनियरिङ स्टाफ कलेज तथा इन्जिनियरिङसँग सम्बन्धित कुराहरु र मन्त्रालयबीच कसरी समन्वय गर्न सकिन्छ भन्नेबारे छलफल भएकाे एसाेसियसनका महासचिव रविभुषण झाले जानकारी दिए ।
साथै, एसाेसियसनले नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधयक २०७६ सर्वसम्मतिले पारित भएकोमा मन्त्रालयसमक्ष धन्यवाद ज्ञापन पनि गरेकाे छ ।
एसाेसियसनले इन्जिनियरिङ स्टाफ कलेज स्थापनाको लागि ऐन बनाउन आवश्यक सहयाेग गर्न पनि मन्त्रालयसमक्ष अपिल गरेकाे छ ।
गएकाे बुधबार नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक, २०७६ सर्वसम्मतिले प्रतिनिधिसभाबाट पारित भएकाे थियाे ।