Category: फोटो न्यूज

फोटो न्यूज

  • साउनको पहिलो सोमवार, शिवालयहरुमा भक्तजनको भिड (फोटोफिचर)

    साउनको पहिलो सोमवार, शिवालयहरुमा भक्तजनको भिड (फोटोफिचर)

    काठमाडौं । साउनको पहिलो सोमबार आज पशुपतिनाथ मन्दिर देखी देशैभरीका शिवालयहरुमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

    Avatar

    साउन महिना र सोमबार भगवान् शिवको बार भएकाले यस दिनमा शिवजीको पूजा आराधना एवम्  दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो ।

    Avatar

     

    Avatar

     

     

    Avatar

  • २० तस्बिरमा हेर्नुस् भृकुटीमण्डपकाे ह्वील चेयर गोदाममा लागेकाे आगलागी

    २० तस्बिरमा हेर्नुस् भृकुटीमण्डपकाे ह्वील चेयर गोदाममा लागेकाे आगलागी

    काठमाडौं । काठमाडौं प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा रहेको ह्वील चियरको गोदाममा आगलागी भएको छ । बुधबार अपरान्ह लागेको आगो अहिले नेपाली सेना, नेपाली प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीसहितका व्यक्ति दमकलको सहायतामा निभाउने प्रयास गरिरहेका छन् ।

    सुरक्षाकर्मी, स्थानीय तहका दमकल आगो निभाउन प्रयोग गरिएको छ । काठमाडौं महानगर मेयर बालेन साह आगलागीस्थल पुगेका छन् । आगलागीको कारण खुलिसकेको छैन ।

  • भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री (फोटो फिचर)

    भानुभक्तको टोपीमा सजिए प्रधानमन्त्री (फोटो फिचर)

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन ।

    काठमाडौंमा आयोजित एककार्यक्रमका बीचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन् ।

    १८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो ।

  • जसपा विभाजनतर्फ : बाबुराम समूहको भेला जारी (फोटोफिचर)

    जसपा विभाजनतर्फ : बाबुराम समूहको भेला जारी (फोटोफिचर)

    काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजनतर्फ औपचारिक रुपमा अघि बढेको छ ।

    मंगलबार अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई समूहले छुट्टाछुट्टै भेलाको आयोजजना गरे पार्टी विभाजनका लागि औपचारिक रुपमा अघि बढेका छन् ।

    जडिबुटीस्थित रोयल जडिबुटी ब्याङक्वेटमा डा. भट्टराई समूहको भेला भइरहेको छ । भेलामा भट्टराई, महेन्द्र राय यादवसहितका नेताहरु सहभागी छन् । नेताहरु भेलामा पुग्नेक्रम जारी छ ।

  • विचौलियाको खेल बन्दको माग गर्दै युवा संघले घेर्‍यो यातायात कार्यालय (फोटोफिचर)

    विचौलियाको खेल बन्दको माग गर्दै युवा संघले घेर्‍यो यातायात कार्यालय (फोटोफिचर)

    काठमाडौं । एमालेनिकट युवा संघ नेपालले विचौलियाको खेल बन्दसहितको माग राखेर यातायात व्यवस्था कार्यालय एकान्तकुनामा धर्ना दिएको छ ।

    सवारी चालक अनुमतिपत्र वितरणमा लापरबाही, ढिलासुस्ती र विचौलियाको खेल बन्द गर्नुपर्ने माग गर्दै युवा संघले सोमबार कार्यालय घेराउ गरेको हो ।

    कार्यालयमा रहेका विचौलियाले सेवाग्राहीलाई दुःख दिएको, लाइसेन्स वितरणमा ढिलासुस्ती जस्ता लापरबाहीको अन्त्यको माग राखेर संघले कार्यालयमा धर्नासहित ध्यानाकर्षण गरेको हो । साथै कार्यालय प्रमुखलाई मागसहितको ज्ञापनपत्र पनि संघले बुझाएको छ ।

  • फूलहरूलाई के हिउँद के बर्खा (फोटोफिचर)

    फूलहरूलाई के हिउँद के बर्खा (फोटोफिचर)

    काठमाडाैं । निरन्तरको झरिका कारण बर्खायाममा फुल विरलै देखिन्छ । तर, काठमाडाैंका केही बगैँचा भने सिजनल फूल फूलहरुले सधैँ सुन्दर देखिन्छन् भेटिए ।

  • गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा, अर्थमन्त्रीलाई बर्खास्त गर (फोटोफिचर)

    गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा, अर्थमन्त्रीलाई बर्खास्त गर (फोटोफिचर)

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेनिकट युवा संघ नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न माग गर्दै प्रदर्शन गरेको छ ।

    अनधिकृत व्यक्तिलाई मन्त्रालयमा प्रवेश गराएर करको दर रेट परिवर्तन गरेको भन्दै अर्थमन्त्री शर्मालाई बर्र्खास्त गर्न वा राजीनामा गराउन युवा संघले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको हो ।

    प्रदर्शनमा उत्रिएका युवा संघका कार्यकर्ताहरूले ‘गठबन्धनको डेटिङमा बजेट आयो सेटिङमा’ लेखिएको प्लेकार्ड बोकेका थिए ।

  • स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी

    स्वतन्त्र उम्मेदवारहरूको विशेष भेला : रवि लामिछानेका दाजुदेखि सुमन सायमीसम्म सहभागी

    काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिएका स्वतन्त्र उम्मेदवारदेखि संघीय संसद निर्वाचनमा उम्मेदवारी दिएकाहरूको शनिवार विशेष भेला सुरु भएको छ ।

    ललितपुरकाे हेरिटेज गर्डेनमा आयोजित उक्त भेलामा चर्चित टेलिभिजन पत्रकार रवि लामिछानेका दाजु हरिशरण लामिछानेदेखी काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार सुमन सायमीसम्मको उपस्थिति रहेको छ ।

    यस्तै, बनेपाका मेयरका उम्मेदवार राजानन्द माण्डपका अनुसार ललितपुरस्थित बैठकमा संघीय निर्वाचनका आकंक्षीहरूको सामुहिक प्रयत्नका बारेमा छलफल हुनेछ ।

  • शेखर कोइरालाको भेलामा को-को सहभागी ? (फोटोफिचर)

    शेखर कोइरालाको भेलामा को-को सहभागी ? (फोटोफिचर)

    काठमाडौं । कांग्रेस नेता डा.शेखर कोइराला निकट नेताहरूको भेला जारी छ । बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा कोइराला पक्षीय नेताहरूको भेला भइरहेको हो ।

    सो भेलामा कोइरालासहित पार्टी महामन्त्री गगन थापा, सहमहामन्त्री जीवन परियार, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू, डा चन्द्र भण्डारी, बलबहादुर केसी, जगदीशनरसिंह केसी, डा.रामशरण महत, सञ्जय गौतमलगायत नेता सहभागी छन् ।

    पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै कोइरालाले शुक्रबार आफूपक्षीय भेला राखेका हुन् ।

    कांग्रेस महाधिवेशन भएको ६ महिनाभित्र केन्द्रीय विभागहरू गठन भइसक्नुपर्ने विधानमा व्यवस्था छ । कांग्रेसको १४औं महाधिवेशन सकिएको ६ महिना पूरा भएको छ ।

    तर, सभापति देउवाले विधानमा उल्लेख भएका २८ वटा विभाग गठन गरेका छैनन् ।

  • प्रहरी र मूल्यवृद्धि विरुद्ध उत्रिएकाबीच मसाल खोसाखोस (तस्बिरहरु)

    प्रहरी र मूल्यवृद्धि विरुद्ध उत्रिएकाबीच मसाल खोसाखोस (तस्बिरहरु)

    काठमाडौं । पेट्रोलियम पदार्थमा सरकारले गरेको मूल्यवृद्धिको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ ।

    बिहीबार साँझ काठमाडौंको बानेश्वरमा प्रतिपक्षी नेकपा एमालेको भ्रातृ संगठन युवा संघले मूल्य वृद्धिविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो ।

    युवा संघले मसाल जुलुस निकालेर सडक अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेको छ । प्रदर्शनकारीले सरकारी गाडीमा तोडफोड गरेका छन् भने प्रहरीसँगको झडपमा केही प्रदर्शनकारी घाइते भएका छन् ।

    सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको भन्दै युवा संघले बुद्धनगरदेखि नयाँ बानेश्वरसम्म मसाल जुलुससहित प्रदर्शन गरेको हो । प्रदर्शनकारीले मूल्यवृद्धि फिर्तासहित प्रधानमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेका थिए । प्रदर्शनका कारण बानेश्वर क्षेत्रको यातायात प्रभावित भएको थियो ।

    केही दिन अघि सरकारले पेट्रोलियम पदार्थमा चर्को मूल्यवृद्धि गरेको थियो ।