Category: समाज

समाज

  • कृषि प्रधान नेपालमा १२ अर्ब ४३ करोड रुपैयाँ बराबरको धान आयात

    कृषि प्रधान नेपालमा १२ अर्ब ४३ करोड रुपैयाँ बराबरको धान आयात

    काठमाडौं । नेपाललाई कृषिमा आत्म निर्भर बनाउने योजना दशकौं पूरानो हो ।

    शनिबार मात्रै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा चितवनको रत्ननगर बछौलीमा आयोजित कार्यक्रममा धान उत्पादन बढिरहेको दाबी गरे ।

    धानको उत्पादन बढाउनलाई यान्त्रिकीकरण र व्यवसायीकरणमा जोड दिंदै सरकारले आगामी दशकलाई कृषि दशक भनेर नीति तथा कार्यक्रम बजेटमा प्राथमिकतामा राखिएको बताए ।

    धानमा आत्मनिर्भर हुन व्यवसायिक खेती प्रणाली, सिचाइँको सुविधा, यान्त्रिकीकरणलाई प्राथमिकतामा राखिने प्रधानमन्त्रीको भनाइ थियो । तर नेपालमा धान उत्पादनको अवस्था भारतबाट आयत हुने चामलको तथ्यांक हेर्दा टिठलाग्दो छ । सरकारी उपेक्षा कारण बर्षेनी कृषि उपज मात्रै ३ खर्ब रुपैयाँबराबरको आयात भइरहेको तथ्यांक छ ।

    प्रधानमन्त्रीदेखि कृषि मन्त्रीसम्मले आगामी बर्षमा मुलुक धानमा आत्मनिर्भर बन्ने भनेर घोषणा गर्दै आइरहेका छन् । तर कृषि तथा पशुपन्छी विकास मन्त्रालयका निकायहरुले सार्वजनिक गरेको तथ्यांकमा चालु आर्थिक बर्षको एघार महिनामा १२ अर्ब ४३ करोड ९१ लाख रुपैयाँ बराबरको ३ लाख ७ हजार ४ सय १७ मेट्रिक टन धान आयात भएको छ ।
    यस्तै ८ अर्ब ६९ करोड १७ लाख रुपैयाँ बराबरको विभिन्न प्रकारको ८२ हजार ७ सय ९१ मेट्रिक टन चामल पनि आयात भएको छ । नेपालमा ८० लाख टन धानको माग छ । हाल स्वदेशमा वार्षिक ५१ देखि ५५ लाख टन हाराहारीमात्रै धान उत्पादन भइरहेको छ । मागअनुसार वार्षिक करिब ३० लाख टन धान अपुग छ ।

    एक सय किलो धानबाट ६० किलो चामल तयार हुन्छ । तर, अहिले ३० लाख ६० हजार चामलमात्रै उत्पादन भइरहेको छ । चामलमात्रै साढे १७ लाखदेखि १८ लाख टन अभाव रहेको आंकलन गरिएको छ ।

    चालु आर्थिक बर्ष २०८०।८१ मै नेपालमा १३ लाख ३४ हजार २७७ हेक्टरबाट ५२ लाख ३ हजार ४ सय २६ मेट्रिक टन धान फलेको थियो । त्यस्तै गत आर्थिक वर्ष २०७९।८० मा २० अर्ब ७५ लाखको धान र १५ अर्ब ९१ करोडको चामल आयात भएको थियो ।

  • लिखु तामकोशीको खिम्तीका किसानलाई अनुदानमा कृषि उपकरण

    लिखु तामकोशीको खिम्तीका किसानलाई अनुदानमा कृषि उपकरण

    काठमाडौ। रामेछापको लिखु तामाकोशी गाउँपालिका–६ का किसानलाई अनुदानमा कृषि उपकरण वितरण गरिएको छ ।

    गाउँपालिकाको ५) प्रतिशत अनुदान सहयोगमा सो वडाका किसानलाई १३ वटा मिनिटिलर (जोत्ने हाते ट्याक्टर) वितरण गरिएको छ । त्यसै गरी तीनवटा धान झार्ने थ्रेसर मेसिन, चारवटा पिसानी मिल, पाँच वटा मकै छडाउने मेसिन पनि किसानलाई वितरण गरिएको छ ।

    वडा कार्यालयमा आयोजित कार्यक्रममा वडाध्यक्ष शिवप्रसाद न्यौपानेले किसानहरूलाई ती सामाग्री वितरण गरेका हुन्। कृषिमा यान्त्रिकरण कार्यक्रम अन्तर्गत उपकरण वितरण गरिएको बताउँदै न्यौपानेले यसबाट किसानको श्रम कम हुन गई कृषि उत्पादनमा वृद्धि हुने विश्वास व्यक्त गरे ।

    यसैगरी गाउँपालिकाको ५० प्रतिशत अनुदानमा सो वडाका किसान नारायणबहादुर थापा मगरलाई तरकारी खेतीको लागि हाइटेक प्रविधिको टनेल प्रदान गरिएको छ ।

    टनेल निर्माणको लागि गाउँपालिकाले २ लाख रुपैँया आर्थिक सहयोग गरेको हो ।

  • गञ्जला चुली हिमाल आरोहण गर्न जाने महिला टोलीलाई विदाई

    गञ्जला चुली हिमाल आरोहण गर्न जाने महिला टोलीलाई विदाई

    काठमाडौं । गञ्जला चुली हिमाल आरोहण गर्न जाने महिलाहरूको टोलीलाई विदाई गरिएको छ ।

    शुक्रबार नागपोखरी नक्साल स्थित नेपाल पर्वतारोहन सङ्घको सचिवालयमा विदाई कार्यक्रम आयोजना गरी गञ्जला चुली हिमाल आरोहण गर्न जाने २७ जना महिलाहरूको टोलीलाई विदाई गरिएको हो ।

  • ‘संस्कृति नीति गलत छ, समाजवादमा आधारित संस्कृति अंगाल्नुपर्छ’

    ‘संस्कृति नीति गलत छ, समाजवादमा आधारित संस्कृति अंगाल्नुपर्छ’

    काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री हित बहादुर तामाङले देशको संस्कृतिक नीति गलत भएको भन्दै समाजवाद र आधुनिकतामा आधारित संस्कृति अपनाउनुपर्ने बताएका छन् ।

    शुक्रबार राजधानीमा आयोजित संस्कृति नीति, २०८१ माथि छलफल कार्यक्रममा बोल्दै मन्त्री तामाङले संविधान आफैंमा समाजवादमा आधारित संस्कृति उन्मुख रहेको बताएका हुन् ।

    उनले भने, ‘हाम्रो संस्कृति नीति गलत छ । वैज्ञानिक र आधुनिक संस्कृतिको विकास गर्नेबारे पनि छलफल हुनुपर्छ । आधुनिक संस्कृतिको विकास नगरौं भन्ने हो भने नेपालको संविधानले समाजवादी संस्कृतिको विकास गर्ने भनेर त उल्लेख गरेको हो नि । अहिलेको संविधान आफैंमा समाजवादउन्मुख संविधान हो । त्यसकारण समाजवादी संस्कृतिको विकास गर्ने कुरामा खुलेर आउन आवश्यक छ ।’

    मुलुकले बहुलतालाई समेत स्विकारेको मन्त्री तामाङको भनाइ छ ।नेपालको संविधानमै बुहजातीय, बहुधार्मिक र बहु सांस्कृतिक भनेर प्रमाणित गरेको उल्लेख गर्दै उनले अबको सांस्कृतिक नीति त्यही अनुरुप हुनुपर्ने बताएका हुन् ।

    ‘हामीले बहुलतालाई स्विकार गरेका छौं । हामी बहुभाषिक हो, बहु सांस्कृतिक हो, बहुजातीय हो भनेर भन्नु नै हामीले बहुलतालाई स्विकारेको हो’, उनको भनाइ छ ।

  • रामेछापको खिम्ति बिर्तामा बस दुर्घटना, १० जना घाइते

    रामेछापको खिम्ति बिर्तामा बस दुर्घटना, १० जना घाइते

    काठमाडौ । रामेछापको लिखु तामाकोसी गाउँपालिका–६ खिम्तिको बिर्ता लामपानीमा शुक्रबार बिहान बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।

    लिखु तामाकोसी गाउँपालिकाको गैरीबाट काठमाडौं आउँदै गरेको गरेको अरनिको यातायातको बा ५ ख ५६२५ नम्बरको बस दुर्घटनामा परेको वडाध्यक्ष शिवप्रसाद न्यौपानेले जानकारी दिए । न्यौपानेका अनुसार बस सडकबाट तल खसेर रुखमा अडिएको छ ।

    बसमा रहेका सबै यात्रीलाई बाहिर निकालिएको र घाइतेलाई उपचारको लागि खिम्ति प्राथमिक स्वास्थ्य केन्द्र तथा मन्थली पठाइएको न्यौपानेले बताए । घाइते मध्ये तीनका अवस्था गम्भीर रहेको उनले जानकारी दिए ।

    बसको बाँया तर्फको टायर फिलिङ गरेको माटोमा फस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । घाइते सबैलाई उपचारको लागि मन्थली ल्याइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता कौशल न्यौपानेले जानकारी दिए ।

  • ‘अहिलेको व्यवस्था प्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण योगदान छ’

    ‘अहिलेको व्यवस्था प्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण योगदान छ’

    काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले, अहिलेको व्यवस्था प्राप्तीको लागि साहित्यिक पत्रकारीताको महत्वपूर्ण भूमिका रहेको बताएकी छिन् ।

    बिहीबार काठमाडौंमा आयोजित नेपाल साहित्यिक पत्रकार संघको स्थापना दिवस तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री शर्माले, वर्तमान व्यवस्था प्राप्तिका लागि राजनीतिक क्षेत्रको मात्र नभइ साहित्यिक क्षेत्रको पनि उत्तिकै योगदान रहेको बताएकी हुन् ।

    उनले भनिन्, ‘समाजलाई बदल्ने समाज रुपान्तरण गर्ने र राजनीतिलाई बदल्ने कुरामा पनि यो क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अहिले हामी जहाँ छौं, जुन व्यवस्थामा छौं । त्यो व्यवस्था परिवर्तन गर्नका निमित्त र त्यो व्यवस्था प्राप्तीका निम्ति राजनीतिक क्षेत्रको मात्र होईन पनि साहित्य क्षेत्रको पनि उत्तिकै महत्वपूर्ण भूमिका रहेको छ । साहित्य र राजनीतिलाई जोडेर जुन ढङ्गले परिवर्तन रुपान्तरणमा लाग्नुभयो । साच्चिकै प्रेरणाको श्रोत हुनुहुन्छ ।’

    मन्त्री शर्माले देशको व्यवस्था परिवर्तन भएतापनि आचरणमा परिवर्तन,संस्कार र संस्कृति भने परिवर्तन गर्न नसकेको गुनासो गरिन् ।आशा भरोसा गरेको व्यतित्वहरुबाट आचरणमा, संस्कार र संस्कृतिमा परिवर्तन गर्ने खालको आदर्श विचार नरहेको भन्दै यस विषय खोज र अनुसन्धान कै विषय बनेको उनको भनाइ छ ।

    उनले भनिन्, ‘हामीले यत्रो व्यवस्था गरयौं । यहाँसम्म आयौं । तर हामीले हामो आचरणमा परिवर्तन गर्न सकेनौं । हाम्रा संस्कार संस्कृति किन परिवर्तन गर्न सकेनौं ?हामीले आशा भरोसा गरेको व्यतित्वहरुबाट नै किन त्यो खालको आदर्श विचार निष्ठाबाट किन हामी स्खलन भईरहेको छों ? भन्ने विषय पनि एउटा खोज अनुसन्धान कै विषय बनेको जस्तो लागिरहेको छ ।’

  • भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

    भाउजूको हत्या गरेको आरोपमा देवर पक्राउ

    काठमाडौ। महोत्तरीको औरही नगरपालिकाबाट आफ्नै भाउजुको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

    प्रहरीले आफ्नै भाउजु ५० वर्षीया रीतादेवी यादवको हत्या गरेको अभियोगमा औरही
    नगरपालिका–४ बस्ने ४६ वर्षीय रामजतन यादवलाई पक्राउ गरेको जनाएको छ ।

    घराययी विवादको क्रममा रामजतनले कोदालोले प्रहार गर्दा गम्भीर घाइते भएकी
    रीतादेवीको जानकी एकेडेमिक पर्सा महोत्तरीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट कठुधार र इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

    घटनाबारे प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ ।

  • प्रतिनिधिसभामा सांसदले भने ‘विपदका फाइलहरुमा पनि ध्यान जाओस्’

    प्रतिनिधिसभामा सांसदले भने ‘विपदका फाइलहरुमा पनि ध्यान जाओस्’

    काठमाडौं ।प्रतिनिधिसभामा सांसदहरुले मनसुनजन्य विपदका घटनामा तत्काल नागरिकलाई राहत र उद्दार पुर्याउने प्रभावकारी व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

    बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा शून्य समयमा बोलेका सांसदहरुले बाढी, पहिरो र चट्याङ्जस्ता प्राकृतिक विपत्तिमा परी देशभरी धन जनको क्षति भैरहेको उल्लेख गर्दै प्रभावकारी रुपमा नागरिकलाई राहत दिनुपर्ने र उद्दार गर्नुपर्नेमा जोड दिएका छन् ।

    नेकपा एमालेका सांसद मानवीर राईले देशभर बाढी र पहिरो गइरहेको भन्दै ख्याल गर्न सरकारलाई आग्रह गरे ।

    राईले भने, ‘जिल्लामा गएको बाढी पहिरोको कारण सोलुखुम्बुको सदरमुकाम सल्लेरी, नाम्चे, खुम्बु हुँदै थामडाँडासम्म जाने बाटो दूधकोशी नदीको ओर्लाङघाटमा अवरुद्ध भएको, यस्तै नेचा सल्याण गाउँपालिका २ मा गएको पहिरोले केराबारीमा सर्वधन राईको घर, थुलुङ दूधकोशी –६ मा भिमबहादुर माझी, थुलुङ दूधकोशी –२ मा पनि २ जनाको घर पहिरोले बगाएको उल्लेख गर्दै पीडित परिवारलाई राहत उपलब्ध गराउन सरकारसँग आग्रह गर्छु ।’

    यस्तै, माओवादी केन्द्रका सांसद अमनलाल मोदीले मोरङ जिल्लामा भएको भारी वर्षाको कारण विराटनगरलगायतको स्थान डुवानमा परेको उल्लेख गर्दै सरकारले उद्दारमा ध्यान नदिएको गुनासो गरे । जलमग्न बनेको विराटनगरमा राहत र उद्दार कार्यलाई तिव्रता दिनुपर्नेमा उनको जोड छ । ‘सरकारले तुरुन्त उद्दार गर्नुपर्यो कुरा मात्रै गरेर भएन, डुवानमा परेकालाई राहत दिनुपर्यो,’ मोदीले भने ।

    नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले चट्याङको अर्लट नहुँदा नागरिकले ज्यान गुमाइरहेको बताइन । उनले सरकारको त्यसतर्फ ध्यानाकर्षण गराउँदै भनिन्, ‘मनसुनको बेलामा बाढी पहिरो आउन लाग्यो भनेर अलर्ट गराइन्छ चट्यान पर्न थाल्यो भनेर नागरिकलाई कसरी अलर्ट गराउने ?’

    कांग्रेसकै सांसद रामहरि खतिवडाले खानेपानी, विद्युत्, सडक लगायतका क्षेत्रमा प्राकृतिक विपद्बाट धेरै जनधनको क्षति भएको उल्लेख गर्दै सरकारको ध्यानाकर्षण गराए ।

    यस्तै उनले एक वर्ष अगाडि ओखलढुंगामा असारमा गएको बाढी पहिरोमा परी १५० भन्दा धेरै घरधुरीका स्थानीय विस्थापिन हुन पुगेको स्मरण गराउँदै एक वर्षसम्म उनिहरुले व्यवस्थापन हुन नसकेको बताए ।

    उनले गृहमन्त्री रवि लामिछानेलाई पुर्नबासको व्यवस्था गर्न जोड दिँदै व्यङ्ग्यात्मक शैलीमा भने, ‘एक वर्ष अगाडि ओखलढुंगा, ताप्लेजुङ लगायतका जिल्लामा भएका विवदका फाइलहरु गृह मन्त्रालयमा थन्किएर बसेका छन्।

    म गृहमन्त्रीलाई अनुरोध गर्छु तपाई फाइल धेरै हेरिरहनुभएको छ विपदका फाइलहरुमा पनि ध्यान जाओस् ।’यसैगरी अर्का सांसद मनबहादुर गुरुङले पनि बाढी पहिरो पीडितलाई राहत, घाइतेलाई उपचारको व्यवस्था गर्न माग गरे ।

     

  • मनसुन पूर्ण सक्रिय, आज सातै प्रदेशमा पानी पर्ने

    मनसुन पूर्ण सक्रिय, आज सातै प्रदेशमा पानी पर्ने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेकाले आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानहरु साथै कोशी, बागमती र लुम्बिनी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

    बिहीबार दिउँसो देशभरको मौसम साधारण देखि पूर्णतया बदली रहने छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूका साथै मधेश र बागमती प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । साथै, कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा ठूलो पानी पर्ने सम्भावना रहेको छ ।

    राती कोशी, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारण देखि पूर्णतया बदली रही बाँकी भू–भागमा आंशिक देखि साधारण बदली रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले उल्लेख गरेको छ ।

    अछामको मंगलसेन, दैलेखको डण्डालगायत स्थानमा भारी वर्षा भएको छ । भारी वर्षा भएकाले उक्त क्षेत्र भएर बग्ने स–साना खोलाहरूमा जलसतह केही बढ्ने भएकाले तटीय क्षेत्रमा रहनेहरूले सतर्कता अपनाउन विभागले जनाएको छ ।

  • ‘लागू औषधकै कारण राजसंस्था सखाप भएको हो’

    ‘लागू औषधकै कारण राजसंस्था सखाप भएको हो’

    काठमाडौं । नार्कोनन नेपालका निर्देशक एवम् पूर्व वरिष्ठ प्रहरी उपरीक्षक बसन्तराज कुँवरले नेपालको राजवंश लागू औषधले सिध्याएको दाबी गरेका छन् ।

    अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवसका अवसरमा बुधबार नेपाल  कुँवरले २ सय ४० वर्ष लामो राजसंस्था सिधिन्नुको मुख्य कारण लागू औषध भएको दाबी गरेका हुन् ।

    उनले भने, ‘नेपालको राजवंश लागू औषले नै सिध्यायो, संसारले माया गर्ने माइकल ज्याक्सन त्यसैले सिध्यायो । आउने समाज समेत लागू औषधले बरबाद पार्दै छ । लागू औषध नियन्त्रणको नीति तीनै तहको सरकारले प्राथमिकतामा राख्न आवश्यक छ । यति लामो राजसंस्था त गाँजाले सिध्याउँछ भने आम मान्छे के हालो ? प्रतिवेदनले नै सार्वजनिक गरेको हो नि । गोमान सर्पको विष औषधी हुन्छ भनेर घर घरमा गोमन पाल भन्नु त भएन नि । सरकारलाई चाहिएको हो एकठाउँमा पार्क जस्तो बनाउने तर घर घरमा बाड्ने होइन ।’

    नेपालमा अहिले झण्डै सात लाख मानिस लागू औषधको लतमा रहेको भएपनि ६ हजार पाँच सय जना मात्र रिह्याब सेन्टरमा रहेको कुँवले बताए ।सरकारी रिह्याब सेन्टरको स्थापना गर्नुको सट्टा भएका नीजि रिह्याब सेन्टर समेत बन्द गर्न उद्दत रहेको उनको भनाइ छ ।

    उनले भने, ‘नेपालमा अहिले झण्डै सात लाख लागू औषध सेवन गर्ने रहेका छन् । रिह्याब सेन्टरहरुमा ६ हजार पाँच सय जना रहेका छन् । बाँकी ६ लाख ९३ हजार जनाले बाहिर समाज भड्काउने र विथोल्ने काम गरिरहेका छन् । रिह्याब सेन्टर त एउटा लागू औषध नियन्त्रण गर्नुपर्छ भन्ने सन्देश मात्र हो । सरकारको एउटा पनि रिहाब सेन्टर छैन ।

    भएका रिहाब सेन्टर पनि बन्द गर्न चाहान्छ । तर, त्यस्तो होइन, बन्द गर्न होइन बरु आफूले पनि खोलने हो । नेपालको संविधानमा नै स्वास्थ्य सरकारको जवाफदेहीता हो । सरकारले एउटा पनि नखोल्ने भएकालाई बन्द गरिदिने ?’

    सरकारले ल्याउने बजेट र विदेशबाट आउने बजेटलाई समेत लागू औषध नियन्त्रणमा प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।