Category: समाज

समाज

  • हिरासतमा हुने यातना र अन्य दुर्व्यवहार अन्त्य गर : एम्नेस्टी इन्टरनेसनल

    हिरासतमा हुने यातना र अन्य दुर्व्यवहार अन्त्य गर : एम्नेस्टी इन्टरनेसनल

    काठमाडौं । मानवअधिाकारको संरक्षण र प्रर्वद्धनका लागि विश्वव्यापी रुपमा कार्य गर्दै आएको एम्नेस्टी इन्टरनेसनलले हिरासतमा हुने यातना र अन्य दुर्व्यवहार अन्त्य गर्ने बाचा पूरा गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

    यातनाविरुद्धको संयुक्त राष्ट्रसंघीय महासन्धि (यातनाविरुद्धको महासन्धि) को पक्षराष्ट्र बनेको तीन दशक बितिसक्दा पनि नेपालले यातना र अन्य दुर्व्यवहारलाई निर्मूल पार्ने आफ्नो प्रतिबद्धतालाई पूरा नगरेको भन्दै एम्नेस्टीले यातनाको अपराधमा दण्डहीनता जारी रहेको बताएको छ ।

    बुधबार एम्नेस्टी इन्टरनेसनल र एड्भोकेसी फोरम–नेपालले एक विज्ञप्ति जारी गरी सरकारलाई कानून कार्यान्वयनका लागि ध्यानाकर्षण गाराएको हो । नेपालले दण्डहीनताको अन्त्य गर्न ठोस कदम चाल्नुपर्ने विज्ञप्तिमा जोड दिइएको छ ।
    ‘यातना दिने अभ्यासलाई अन्त्य गर्न र पीडितलाई न्याय, सत्य र परिपूरण सुनिश्चित गर्न आह्वान गर्दछन्’ जारी विज्ञप्तिमा भनिएको छ ।

    तीन दशक अघिदेखि नेपालले यातनाविरुद्धको महासन्धि र नागरिक तथा राजनीतिक अधिकारसम्बन्धी अभिसन्धि (आईसीसीपीआर) लाई अनुमोदन गरेको, सो अनुसार नेपाल सरकारले यातना र अन्य दुर्व्यवहारलाई पूर्ण रूपमा निषेध गर्ने कानूनी दायित्व वहन गरेको स्मरण गराउँदै एम्नेस्टीले नेपालको संविधान, २०७२ ले यातनालाई निषेध गरेको उल्लेख गरेको छ ।

    यस्तै, नेपालमा २०७५ साल भाद्र १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता, २०७४ पूर्ण रुपमा कार्यान्वयनमा ल्याउनुपर्नेमा एम्नेस्टीले जोड दिएको छ ।‘अपराध संहिताले यातनालाई फौजदारी अपराध बनाएको छ र पीडितलाई क्षतिपूर्तिको अतिरिक्त दोषीलाई पाँच वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ।

    तर कानूनबमोजिम यातनाका घटनामा अहिलेसम्म एकजनालाई पनि सजाय हुन सकेको छैन र यसले देशमा यातनाको अपराधमा व्याप्त दण्डहीनता र यस्ता घटनामा जवाफदेहिता स्थापित गर्ने सवालमा राजनीतिक इच्छाशक्तिको अभावलाई उजागर गरेको छ ।’

    यातनाका धेरै घटनाहरू सार्वजनिक नहुने भएपनि गैरसरकारी संस्था एड्भोकेसी फोरम–नेपालले मुलुकी अपराध संहिता लागू भएपछि विभिन्न हिरासतमा भएका यातना र मृत्युका १०९ वटा घटनाहरूको अभिले गरेको जनाएको छ ।

    यातनालाई फौजदारी अपराध बनाउनका लागिसरकारले अपनाएका उपायहरूका बाबजूद यातनासम्बन्धी आरोपहरूको अनुगमन र अनुसन्धानका लागि प्रभावकारी र स्वतन्त्र संयन्त्रको अभावले दण्डहीनतालाई बढावा दिएको एम्नेस्टीको ठहर छ ।
    यसैगरी नेपालको फौजदारी कार्यविधि संहिता, २०७४ मा जाहेरी दर्ता गर्न इन्कार गर्न नपाउने विशेष प्रावधान भएपनि पीडितहरूले प्रहरी कार्यालयमै पुगेर जाहेरी दिने सवालमा धेरै ठूलो चुनौतीको सामना गर्नुपरेको एम्नेस्टीले रिपार्टमा उल्लेख गरेको छ ।

    प्रहरीले यातनाको जाहेरीमा अनुसन्धान गर्न नमान्ने स्थिति, उल्टै, प्रहरीहरू प्रमाण तोडमोड गर्ने र पीडितलाई उनीहरूको बयान फिर्ता लिन बाध्य पार्ने विकल्प अपनाइरहेको भन्दै प्रहरी अधिकृतहरूले गरेको यातनाका घटनामा स्वतन्त्र अनुसन्धान नभएको प्रस्ट पारेको छ ।

    ‘एम्नेस्टी इन्टरनेसनल र एड्भोकेसी फोरम–नेपालले प्रहरी हिरासतमा भएका यातनाका दर्जनौं घटनाहरूको अभिलेखीकरण गरेकोमा कारागार, प्रहरीको थुनुवा कक्ष, बालसुधार गृह लगायतका नेपालका थुनुवा केन्द्रमा यातना दिइने र हिरासतमा भएका धेरैजसो मृत्युहरू पनि यातनाकै कारण भएको निष्कर्ष एम्नेस्टीको छ ।’

     

  • ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कञ्चनजङ्घा चिया बगानलाई

    ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कञ्चनजङ्घा चिया बगानलाई

    काठमाडौं । मदन भण्डारी फाउण्डेशनले यसपालीको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पांचथरलाई दिने निर्णय गरेको छ ।

    बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्र बहादुर पाण्डेले कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्रलाई मदन भण्डारीको ७३औं जन्मजयन्तीको अवसरमा आयोजना हुने कार्यक्रमका बीच एक लाख नगदसहित सम्मान गर्ने जानकारी गराए ।

    उनले भने, ‘पुरस्कृत कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पांचथरलाई यही महिनाको १४ गते जननेता मदन भण्डारीको ७३ औ जन्मजयन्तीको अवसरमा आयोजना हुने विशेष कार्यक्रमकाबीच रु १ लाख नगदसहितको सम्मान–पत्र प्रदान गरी पुरस्कृत गरिने कार्यक्रम रहेको छ ।’

    केन्द्रले विगत २०४१ सालदेखि चिया खेतीका माध्यमबाट रोजगारी सिर्जना, स्थानीय बजार व्यवस्थापन, निर्यात प्रवर्द्धन गरी राष्ट्रिय अर्थतन्त्रलाई टेवा पुरयाउने मुख्य उद्धेश्य राखी ९५ हेक्टर जमिनमा फैलिएको ६ लाखभन्दा बढी चियाका विरुवाहरुको नवीन आयुर्वेदिक जैविक खेती प्रविधि मार्फत १० प्रकारका चिया र १३ प्रकारका जडीबुटी, प्राक्तिक मसलाहरुसहित बार्षिक रुपमा १०० टनभन्दा चिया तथा जडीटीको गुणस्तरीय उत्पादन गरि स्वदेश एवं विदेशमा पठाउने गरेको छ ।

    प्रत्येक वर्ष मदन भण्डारी फाउण्डेशनले २०६८ सालदेखि मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । यसपाली वार्षिक रु ४ करोडभन्दा बढी कारोबार गर्ने नेपालको अर्गानिक चिया बगान र जैविक हरियो चिया उत्पादनको नमुना संस्थाका रुपमा स्थापित संस्था, कञ्चनजङ्घा चिया बगान तथा अनुसन्धान केन्द्र, पांचथर लाई प्रदान गरिएको छ ।

    यो केन्द्रले १५० भन्दा बढी किसानलाई प्रत्यक्ष र ४०० जनालाई अप्रत्यक्ष रूपमा रोजगारी प्रदान एवं यो केन्द्रले छोराछोरीलाई छात्रवृत्ति, इको–हाउस परियोजना, गाई बैंक परियोजना, किसान सहकारी पसल, सामुदायिक विकास निर्माण जस्ता कार्यहरु पनि गर्दै आएको छ ।

     

  • लागु औषध दुर्व्यसनीविरुद्ध लड्न सरकार कसैसँग पनि भिक नमाग्ने नीति दिन्छ : मन्त्री यादव

    लागु औषध दुर्व्यसनीविरुद्ध लड्न सरकार कसैसँग पनि भिक नमाग्ने नीति दिन्छ : मन्त्री यादव

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादवले लागु औषध दुरुपयोग तथा ओसार पसार रोक्नको लागि सरकारले तत्काल कार्यविधि बनाउने बताएका छन् । उनले दुव्र्यसनिविरुद्ध लड्न सरकार सक्षम भएको जिकिर गरे ।

    बुधबार लागु औषध दुरुपयोग तथा ओसार–पसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गृहमन्त्रालयद्वारा आयोजित मूल समारोहमा यादवले गृहमन्त्रालयसँग समन्वय गरेर लागु औषधको दुरुपयोगलाई रोक्नको लागि कार्यविधि बनाउने बताए । यस्तै मन्त्री यादवले त्यसको लागि छुट्टै बजेटको व्यवस्था गरेको जानकारी दिँदै तत्काल कार्यविधि बनाउन आजै निर्देशन दिने उल्लेख गरे ।

    उनले भने, ‘लागु औषधका जुन सेवनकर्ता छन्, उनीहरुको सुधारको लागि गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले मिलेर एउटा कार्यविधि बनाउने र सात वटै प्रदेश र सबै जिल्लाहरुमा यसलाई लागू गर्न म आजै मन्त्रालयमा निर्देशन दिन्छु ।’

    उनले सरकार आफ्ना युवा पुस्तालाई दुव्र्यसनीको प्रयोगबाट बचाउनको लागि सक्षम रहेको उल्लेख गर्दै निशूल्क औषधोपचारको व्यवस्था गर्ने चर्चा गरे ।‘नेपाल सरकार सक्षम छ, आफ्नो युवा युवती बचाउनको लागि र आजैबाट अठोट लिन्छु । आजबाट स्वास्थ्य मन्त्रालय गृह मन्त्रालयसँग समन्वयन गरेर देशको युवा पुस्तालाई कसरी सुरक्षित गर्ने, लागु औषधबाट कसरी छुटाउने, निशूल्क औषधी र उपचार कसरी दिने भन्ने कुरामा लाग्छ,’ मन्त्री यादवले भने ।

    यस्तै, यादवले नेपालमा विभिन्न संघ संस्थाले दुव्र्यसनिविरुद्ध सहयोग गर्दै आइरहेको भन्दै त्यसलाई स्वागत गर्ने तर, सरकारलाई नै गाली गर्ने प्रवृति भने मान्य नहुने बताए । उनले दुव्र्यसनी विरुद्ध लड्न चार मन्त्रालय सक्षम रहेको भन्र्दै सरकार लागु औषध दुव्र्यसनीका लागि कसैसँग भिक नमाग्ने नीति लिएर काम गर्ने दाबी गरे ।

    उनले भने, ‘नेपालमा विभिन्न संस्थाको सहयोग छ त्यसको हामी स्वागत गर्छौ । नेपाल सरकारको मञ्चमा बसेर नेपाल सरकारलाई गाली गर्ने प्रवृति बन्द हुनुपर्छ । कुनै पनि संस्थाको सहयोग लिन नपर्ने गरी स्वास्थ्य, गृह, युवा तथा खेलकुद मन्त्रालय मिलेर नेपालका समस्याहरु समाधान गर्ने छौ ।

    त्यसको लागि हामी लाग्ने छौ । कसैको अगाडी भिक माग्न नपर्ने नीतिको साथ हामी अगाडि बढ्छौ,’ यादवले भने ।उनले मन्त्रालयको जिम्मेवारी लिएपछि लागु औषधको प्रयोगलाई कसरी नियन्त्रण र सुधार गर्ने तथा कुलतमा रहेका युवालाई सुधार्न कार्य गरिरहेको जिकिर मन्त्री यादवले गरे ।

     

  • खाँडादेवीका किसानलाई मिनी टिलर र डिक्स मिल

    खाँडादेवीका किसानलाई मिनी टिलर र डिक्स मिल

    काठमाडौ। खाँडादेवी गाउँपालिकाको वडा नं ४ र ५ का किसानलाई अनुदानमा मिनी टिलर, डिक्स मिल तथा ग्रास कटर प्रदान गरिएको छ ।

    हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा र गाउँ विकास केन्द्रको सहजीकरणमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशीलता विकास कार्यक्रम परियोजनाकाले ५० प्रतिशत अनुदानमा ती सामाग्री वितरण गरेको हो । गाउँपालिकामा आयोजित कार्यक्रममा गाउँपालिका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले किसानलाई सामाग्री हस्तान्तरण गरे ।

    ती वडाका ४७ जना किसानले ४७ वटा खेत बारी जोत्ने मिनी टिलर पाएका छन् भने ५१ जनाले पिसानी डिक्स मिल लिएका छन् । त्यस्तै तीन जनाले ग्रास कटर लिएका छन् । किसानको मागका आधारमा ती सामाग्री उपलब्ध गराइएको परियोजना प्रमुख माधव ढकालले जानकारी दिए ।

    लम्पी स्किन रोगका कारण गोरु मरेर खेती लगाउन समस्या भएका किसानलाई सहयोग पुगोस् भनेर मिनी टिलर वितरण गरिएको खाँडादेवी गाउँपालिका–५ पकरबासका वडाध्यक्ष मनोज पौडेलले जानकारी दिए ।

    त्यस्तै किसानलाई पशु दाना तथा अन्न पिस्न सहजताको लागि मिल वितरण गरिएको उनले बताए । कृषि यन्त्र वितरणले ती वडामा कृषि उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको छ ।

  • केन्यामा पारित करवृद्धिसम्बन्धी विधेयक विरुद्ध प्रर्दशन, पाँचको मृत्यु ५० भन्दा बढी प्रदर्शनकारी घाइते

    केन्यामा पारित करवृद्धिसम्बन्धी विधेयक विरुद्ध प्रर्दशन, पाँचको मृत्यु ५० भन्दा बढी प्रदर्शनकारी घाइते

    काठमाडौं । केन्यामा सरकारविरुद्ध प्रर्दशन भएको छ । आर्थिक संकट भोगिरहेका केन्याका नागरिकले सरकारले कर बढाउने नयाँ वित्त विधेय ल्याउँदा संसद् भवनमा आक्रमण गर्न खोजेका थिए । सो क्रममा प्रहरीको गोली लागि पाँच जना प्रदर्शनकारीको ज्यान गएको छ भने ५० भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् ।

    मंगलबार हजारौं प्रदर्शनकारीले करवृद्धिसम्बन्धी विधेयक पारित गरिरहँदा बलपूर्वक संसद भवन भित्र प्रवेश गर्न खोजेका थिए । प्रदर्शनकारीलाई रोक्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गर्दा पनि पछाडि नहटेपछि प्रहरीले गोली प्रहार गरेको रोयटर्सले जनाएको छ।

    वित्त विधेयक विरुद्ध संसद् भवन बाहिर प्रर्दशन गर्ने क्रममा संसद् भवनको केही भागमा प्रर्दशनकारीले आगो समेत लगाइदिएका थिए । संसद भवनमा आक्रमण भएपछि प्रहरीले गोली चलाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयटर्सले उल्लेख गरेको छ ।
    यस्तै, सांसदहरूलाई जमिनमुनिको सुरुङ मार्ग प्रयोग गरी सुरक्षित बाहिर निकालिएको थियो।

    देशले चरम आर्थिक संकटको सामना गरिरहेका बेला करवृद्धिसम्बन्धी कानून ल्याएको भन्दै सर्वसाधारणले विरोध गरेका हुन् । विरोधका बीच सो विधेयक सदनबाट भने पारित भएको छ ।

     

  • लमजुङ बगुम पहिरो : घटनास्थलमा अझै पुग्न सकेन प्रहरी

    लमजुङ बगुम पहिरो : घटनास्थलमा अझै पुग्न सकेन प्रहरी

    काठमाडौं । लमजुङको क्व्होलासोथार गाउँपालिका–३ बगुममा पहिरोले घर बगाउँदा एकै परिवारका ४ जना बेपत्ता भएका छन् । पहिरो गएको ९ घण्टा हुनलाग्दा समेत खोजी र उद्दारका लागि अझै घटनास्थलमा प्रहरी पुगेको छैन ।

    क्व्होलासोथार गाउँपालिका ३ को पोगुममा भारी वर्षापछि बुधबार बिहान करिब १ बजेतिर गएको पहिरोले तीन वटा घर बगाएको हो । सोही पहिरोमा परी मित्रमान गुरुङको परिवारका चार जना बेपत्ता भएको वडा नम्बर ३ का सदस्य भोज बहादुर घलेले जानकारी दिए ।

    बेपत्ता हुनेमा ६९ वर्षीय मित्रमान गुरुङ, उनको बुहारी ३६ वर्षीया पञ्चकुमारी गुरुङ, र जातिनी द्वय ७ वर्षीया इच्छा गुरुङ र ५ वर्षीया नम्रता गुरुङ रहेको घलेले जानकारी दिए ।उनले भने, ‘पहिरोमा चार जना बेपत्ता हुनुभएको छ । स्थानीयले खोजीकार्य गरिरहेका छन् । प्रहरीहरु उद्दारका लागि बिहानै हिँडिसक्नुभएको छ, बाटोमा आउँदै हुनुहुन्छ, यहाँ आइपुग्नु भएको छैन ।

    ’ उनले थपे, ‘गएरातिको पानीले ठाउँठाउँमा सडक बगाएको रहेछ, गाडी आउजाउ गर्न नसक्ने भएर ढिला भएको जानकारी दिनुभएको छ ।’

    पहिरो करिब तीन सय मिटर लामो पहिरोमा स्थानीय मित्र घले, मित्रमान गुरुङ र होमबहादुर गुरुङको घर बगाएको हो ।घलेका अनुसार घटनास्थलको करिब ३२ किलोमिटरको दूरीमा प्रहरी कार्यालय पर्छ ।

  • नेपाल आइडलका टाइटल विजेता परियारलाई प्रधानन्त्रीले भेटेरै दिए गितार उपहार

    नेपाल आइडलका टाइटल विजेता परियारलाई प्रधानन्त्रीले भेटेरै दिए गितार उपहार

    काठमाडौं । नेपाल आइडल सिजन पाँचका विजेता करण परियारलाई प्रधानमन्त्री पुष्पकमल दाहालले बधाई तथा उपहार दिएका छन् ।

    बुधबार बिहान परियारलाई प्रधानमन्त्री निवास बालुवाटार बोलाएर दाहालले बधाई दिँदै गितार उपहार दिएका हुन् ।

    यस्तै, उक्त भेटमा प्रधानमन्त्री दाहालले खेल र सङ्गीतका मुख्य मुख्य कार्यक्रमहरु आफूले हेर्ने गरेको उल्लेख मात्र गरेनन् उनले युवा पुस्ताका हरेक सुखदुखमा आफू साथ रहने समेत बताए ।

    प्रधानमन्त्रीले विजेता परियारको साङ्गीतिक क्षेत्रमा निकै राम्रो सम्भावना उल्लेख गर्दै निरन्तर साधनामार्फत् देशको प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरेको दाहाल सचिवालयले जनाएको छ ।

  • अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस–‘जीवन बचाऔँ’

    अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्धको दिवस–‘जीवन बचाऔँ’

    काठमाडौं । आज जुन २६ तारिख अथार्त् अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरेर मनाइँदै छ ।

    यस वर्ष ‘जीवन बचाऔँ’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवस मनाउन लागिएको हो । यो दिवस मनाउनुको एउटामात्र उदेश्य भनेको विश्व समुदायलाई लागुऔषधको असर र कारोबारबाट मुक्त गराउनु हो ।

    आज नेपाल प्रहरीले एक कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध जनचेतना जगाउन सचेतनामूलक र्याली निकाल्दै छ । साथै, प्रहरीले वर्षभरी नेपालका भएका घटनाको विवरण समेत सार्वजनिक गर्दै छ । यस्तै, सरोकारवाला अन्य निकायले समेत सचेतनामूलक विषयमा छलफल कार्यक्रम आयोगना गर्दै छन् ।

    हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रुपमा मनाउने निर्णय संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रको ४२ को ११२ खण्डमा उल्लेख छ ।

    विश्वमा अधिकांश लागुऔषधका प्रयोगकर्ता र कारोबारीहरु यूवा वर्ग नै रहेका छन् । राष्ट्रका निधि उनिहरुलाई लागू औषधको कुलत र अपराध कर्ममा संलग्न हुनबाट रोक्नु सभ्य समाजको निर्माणमा योगदान गर्नु हो ।

    किनभने युवाहरु लागूऔषधको प्रयोगमा लागे भने उनिहरुलाई कुलतबाट छुटकरा दिलाउन अत्यन्त कठिन र जोखिमपूर्ण हुने गरेको मनोविज्ञहरुले धारणा राखेका छन् ।
    विश्वमा पछिल्लो एक शताब्दीबाट लागुऔषधको कारोबार र त्यसको प्रयोग गर्नेको संख्या धेरै बढेको पाइन्छ । लागुऔषधको असन्तुलीत प्रयोगले मात्र विश्वमा हरेक वर्ष १लाख ९० हजार जनाको ज्यान जाने गरेको तथ्यांक छ ।

    सन् २००१ मा भारतमा सरकार र अल ईण्डिया मेडिकल स्कुलले गरेको संयूक्त सर्वेक्षणले करिब ७ करोड २५ लाख मान्छेले लागुऔषधको प्रयोग गर्ने गरेको निष्कर्ष निकालेको थियो । त्यसको दुई दशक बढी समय बितिसक्दा उक्त संख्या दोब्बर भन्दा धेरै भएको अनुमान छ ।

    खुल्ला सिमानाका कारण नेपालका सिमा क्षेत्रसँग जोडिएका जिल्ला लागूऔषधको कारोबारबार गर्ने सुरक्षित स्थल जस्तै बन्दै गैरहेको पाइन्छ भने सिमा नाकाबाट दैनिक लागूऔषध कारोबार गर्नेलाई प्रहरीले नियन्त्रणमा लिने गरेको खबर सार्वजनिक भैरहन्छन् ।

    यस्तै, त्यसको प्रयोगले एकातिर प्रयोगकर्ता प्राणघातक रोगका सिकार हुँने गर्दछन् भने उनिहरु विभिन्न अपराधिक कार्यमा संलग्न हुँदा भविष्य नै जोखिममा परेको छ । अर्कातिर समाजमा अपराधिक गतिविधि बढ्दै गैरहेको पाइन्छ । नेपालमा पनि सन् १९६० पछि लागुऔषधको कारोबार र प्रयोग बढ्दै गैरहेको पाइन्छ ।

    नेपालका विभिन्न शहरहरुमा स्थापना गरिएका सुधार केन्द्र र नेपाल प्रहरीको समाचार बुलेटिनले पनि धेरै हदसम्म उक्त कुराको पुष्टि हुन्छ ।तसर्थ यो समस्या न्यूनिकरण गर्न तीनै तहका सरकार, परिवार, समुदाय र सरोकारवालाले यस विषयमा संवेदनशीलताका साथ हातेमालो गर्नुपर्ने देखिन्छ ।

     

  • बिद्यालय जाँदै गरेका तीन बालिका चट्याङ लागेर गम्भीर घाइते

    बिद्यालय जाँदै गरेका तीन बालिका चट्याङ लागेर गम्भीर घाइते

    काठमाडौं । कैलालीमा बुधबार बिहान चट्याङ लागेर ३ बालिका गम्भीर घाइते भएका छन्।

    घोडाघोडी नगरपालिका–९ बुदेनी बस्ने तीन बालिका बिहान विद्यालय जाँदै गर्दा चट्याङ लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलाली प्रहरीले जनाएको छ ।

    घाइते हुनेमा १० वर्षीया खिमा कठात, ९ वर्षीया सरस्वती भुल र ७ वर्षीय पारु कठात रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक (एपसी) पदमबहादुर बिष्टले जानकारी दिएका छन् ।

    ‘मोहन्याम आधारभूत विद्यालय बुदेनीको गेट नजिक उहाँहरुलाई चट्याङ लागेको रहेछ उपचारका लागि घोडाघोडी अस्पताल लगिएको छ । तीनै जना गम्भीर हुनुहुन्छ, बाँकी विवरण आउन केही समय लाग्छ’ बिष्टले भने ।

     

  • नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

    नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

    काठमाडौं । नेपाली सेनाको महासेनानी दर्जाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम समापन भएको छ ।

    नगरकोटस्थित नेपाली सैनिक वार कलेजमा ३५ जना महा सेनानी दर्जाका शिक्षार्थी सहभागीे सि.सं. १२ हाईयर कमाण्ड तथा म्यानेजमेन्ट तालिम आइतबार समापन भएको हो ।

    तालिम समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधान सेनापति प्रभुराम शर्माले नेपालको संविधानले निर्देशित गरे अनुसार नेपाली सेनाको मूख्य जिम्मेवारी राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु रहेको बताउँदै यस तालिमले शिक्षार्थी अधिकृतहरुमा राष्ट्रिय सुरक्षामा आउन सक्ने चुनौतीहरुको सामना गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

    प्रधान सेनापति शर्माले संस्थाको बृहत्तर हितका अगाडी व्यक्ति सदैव गौण हुने हुँदा संसारभरका सेनामा स्थापित मान्यता अनुरूप एक ढिक्का भई राष्ट्रिय स्वार्थ अनुरूप कार्य गर्न निर्देशन सबैमा निर्देशन दिए ।

    नेपाली सेनामा सैनिक अधिकृतहरुका लागि सञ्चालन हुने सबैभन्दा उच्चस्तरको यो तालिम वि.स.२०७१ सालदेखि संचालन हुँदै आएको छ ।