Category: समाज

समाज

  • नेपालमा धार्मिक पर्यटकको धेरै संभावना छ : मन्त्री तामाङ

    नेपालमा धार्मिक पर्यटकको धेरै संभावना छ : मन्त्री तामाङ

    काठमाडौ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हित बहादुर तामाङले नेपाल धार्मिक, सांस्कृतिक सम्पदाहरुका हिसाबले धनी देश रहेको बताएका छन् ।

    चितवनको देवघाटधाम संरक्षण प्रतिष्ठानले निर्माण गर्न लागेको अष्टधातु शिवमुर्तिको शिलन्यास गर्दै उनले नेपाल सांस्कृतिक सम्पदासहित हिन्दु बाहुल्य देश भएको हुनाले ठूलो संख्यामा भारतीय धार्मिक पर्यटक भित्र्याउन सकिने संभावना रहेको पनि बताए ।
    उनले नेपालमा हवाई मार्गबाट मात्र नभएर स्थलमार्गबाट पनि लाखौँको संख्यामा धार्मिक पर्यटक ल्याउन सकिने जानकारी दिए ।

    यसको साथै, अष्टधातु शिवमुर्ति निर्माणका लागि प्रधानमन्त्रीसँगको सल्लाहमा बजेट व्यवस्था गरिएको जानकारी दिँदै देशको विकास र समृद्धिको एउटा आधार पर्यटन भएकाले त्यसमा धार्मिक पर्यटनको पनि भूमिका हुने उल्लेख गरे ।

    उनले यो बजेट योजना अनुसार कुनै समस्या नआउने गरी कार्यन्वयन गर्न आग्रह गर्दै मन्त्रालयको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता पनि जनाएका छन् ।

     

  • सिबिआईको प्रहरी हुँ भन्दै लुटपाट गर्ने चार जना पक्राउ

    सिबिआईको प्रहरी हुँ भन्दै लुटपाट गर्ने चार जना पक्राउ

    काठमाडौं । भक्तपुरको दधिकोटमा सिबिआईको प्रहरी हुँ भन्दै घरभित्र प्रवेश गरी लुटपाट गरेको आरोप प्रहरीले जनालाई पक्राउ गरेको छ ।

    मंगलबार उपत्यका अपराध अनुसन्धान कार्यालयले पत्रकार सम्मेलनको आयोजना गर्दै सिबिआईको प्रहरी हुँ भन्दै लुटपात गर्ने सन्धुपाल्चोक बाह्रबिसे–२ घर भई हाल गोकर्णेश्वर बस्ने सुजन रसाइली, सिन्धुपाल्चोक भोटेकोशी–२ घर भई हाल गोकर्णेश्वर बस्ने भीमबहादुर तामाङ, ओखलढुंगा घर भएका मुनाराज राई र सिन्धुपाल्चोकका ३८ वर्षीय कृष्णबहादुर बोहोरालाई पक्राउ गरि सार्वजनिक गरेको हो ।

    उनीहरुले यही असार ४ गते दिउँसो १ बजे सूर्यविनायक नगरपालिका–४ दधिकोटका डिल्लीबहादुर राउतको घरमा आफूहरू सीबीआईबाट आएको घरभित्र पसि लुटपात गरेको प्रहरीले जनाएको छ ।

    उनीहरूले परिचयपत्र र खुकुरी समेत देखाएर राउतको घरबाट अन्दाजी २ करोड लुटेर लगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।लुटेको रकम भीमबहादुर बस्दै आएको गोकर्णेश्वर माकलबारीस्थित कोठामा लगेर ५ जनाले बाँडेको समेत उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले बताए ।

    उनीहरुको साथबाट प्रहरीले ३६ लाख ३६ हजार रुपैयाँ बरामद भएको छ ।त्यस्तै, घटनामा प्रयोग भएको बा.प्र.०२–०४० प.५५३८ र बा.प्र.०२–०३३ प ६१७४ नं. को २२० सिसिको पल्सर दुई थान मोटरसाइकल, १० थान मोबाइल, लुटिएको रकम बोक्न प्रयोग गरेको झोला दुई थान, चोरी तथा लुटपाट गर्दा लगाएको कपडाहरू, चोरी तथा लुटपाट गर्दा लगाएको जुत्ता ३ जोर र खुकुरी पनि बरामद गरेको जनाएको छ ।
    घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

     

  • खानेपानी समस्याको दीर्घकालीन समाधान प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री जम्मकट्टेल

    खानेपानी समस्याको दीर्घकालीन समाधान प्रदेश सरकारको प्राथमिकतामा : मुख्यमन्त्री जम्मकट्टेल

    काठमाडौ । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले खानेपानीको समस्याको दिर्धकालीन समाधान सरकारको प्रदेश सरकारको मुख्य प्राथमिकतामा रहेको बताएका छन् ।

    मंगलबार खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले आयोजना गरेको बागमती प्रदेशस्तरीय क्षमता अभिबृद्धी गोष्ठीको उद्घाटन गर्दे खानेपानीका वहुवर्षी योजनाहरुमा बजेट सुनिश्चित गरिएको बताए ।

    उनले भने, ‘अन्य क्षेत्रको बजेट काटेर पनि खानेपानीका समस्या समाधान गर्नुपर्छ । खानेपानिका बहुवर्षीय योजनाहरुमा बजेट सुनिश्तिच गरिएको छ । अगामी आर्थिक वर्षको बजेटमा समेत खानेपानीका समस्याको दिर्घकालीन समाधानका लागि बजेट छुट्याइएको छ ।’

    त्यस्तै, बागमती प्रदेशका खानेपानी, उर्जा, तथा सिंचाइमन्त्री एकलाल श्रेष्ठले खानेपानीको समस्या हल गर्नका लागि सबै एक हुने बेला आएको बताए ।प्रदेशमा स्वच्छ खानेपानीको प्रबन्धका लागि तीनै तहका सरकारहरुले सहकार्य र समन्वय गर्न आवश्यक छ ।

  • नेपालमा पहिलो पटक इन्द्रेणी रोपाइँ महोत्सव हुने

    नेपालमा पहिलो पटक इन्द्रेणी रोपाइँ महोत्सव हुने

    काठमाडौं । नेपालमा पहिलो पटक इन्द्रेणी रोपाइँ जात्रा महोत्सव आयोजना हुने भएको छ। मायाको पहिचान नेपाल र डाकिनी हस्पिटालिटीले असार १५ गते इन्द्रेणी रोपाइँ जात्रा महोत्सव गर्न लागेका हुन् ।

    मायाको पहिचान नेपालले महोत्सवको तयारी पुरा भएको जनाएको छ। असार १५ गते बौद्धमा बेलुकी ५ बजेदेखि रोपाइँ महोत्सव सुरु हुनेछ।कृषिप्रधान देश नपालमा असार १५ गतेलाई धान दिवस (राष्ट्रिय धान दिवस) उत्सवको रुपमा मनाईने गरिन्छ ।

    रापाइँले नेपाली जनताको जिवनशैली, लचिलोपन, अन्न उब्जने आशा र सांस्कृतिक विविधतालाई मूर्त रूप दिँदै कृषिसँग उनीहरूको गहिरो सम्बन्धलाई उजागर गर्दछ। नेपालको अर्थतन्त्र र संस्कृतिका लागि कृषि, विशेष गरी धान खेती महत्त्वपूर्ण छ। रोपाइँ जात्राले मनसुन सिजनको सुरुवात र धान रोप्ने अवधिलाई जनाउँछ।

    असार १५ का दिन विशेषगरी किसानहरू सङ्गठित भएर धान रोप्ने र रमाइलो गर्ने गर्दछन्।पहिला देखि पुरुषहरूले महिलाको भेष गर्ने भएकाले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायसँग जोडिएको पर्व हो।

    समुदायका व्यक्तिहरूलाई परापुर्वकालमा विशेष प्रतिष्ठित पेसाहरूमा सहभागी गराइने चलन रहेको पाइन्छ। जस्तै धामीझाक्री हुने, पन्डापुजारी, नृत्य सङ्गीत सिकाउने गुरुलगायतका पेसाहरू गर्दथे। कृषि क्षेत्रमा पनि कृषि सम्बन्धी जानकारीहरू आमसमुदायलाई सिकाउने भाग यही समुदायले बोकेको देखिन्छ। त्यसकारण धान रोप्ने ऋतुको पहिलो धान रोप्न सिकाउने कार्यक्रमलाई पर्वको रूपमा मनाउने गरिएको हुनुपर्छ। जसमा पुरुषहरूले महिलाको भेष लगाएर रोपाई जात्रा गर्छन्।

    रोपाई जात्रा भनेर चिनिने मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमका क्षेत्रमा खेत मालिकलाई हिलो छ्याप्ने, धानखेतमा डुबाउने र जसको वरिपरि नवविवाहित र नवजात शिशुहरूले संरक्षण र समृद्धिको लागि अनुष्ठान गर्ने परम्पराहरू समावेश छन्।

    अर्को महत्त्वपूर्ण परम्परा दही चिउरा खाने दिन पनि हो असार १५। जहाँ सहभागीहरूले दही र चिनीसँग चिउराको पौष्टिक मिश्रण खान्छन्, जसले किसानहरूको कडा परिश्रमको लागि आवश्यक ऊर्जा प्रदान गर्दछ।

    रोपाइँ जात्रा पर्व खेतीपाती, वर्षा, जीवन, समुदाय, लैङ्गिक विविधता, खाना र परम्पराको उत्सव हो। जसले मानव र प्रकृतिबीचको सद्भावलाई जोड दिन्छ। यसले नेपाली संस्कृतिमा कृषिको महत्वलाई जोड दिन्छ। एकता र आनन्दलाई बढवा दिन्छ जब समुदायहरू आफ्नो सम्पदा मनाउन एकजुट हुन्छन् र प्रशस्त भविष्यको आशा गर्दछन्।

    मायाको पहिचान नेपालले स्थानीय संस्कृति, परम्परा र समावेशीकरणलाई झल्काउने र प्रवर्द्धन गर्ने प्रामाणिक ढङ्गले वर्षभरि यस्तै स्थानीय चाडपर्वहरू मनाउने र कार्यक्रमहरू आयोजना गर्ने जनाएको छ।यस्ता महोत्सवले नेपालको पर्यटन प्रवर्द्धन गर्ने मायाको पहिचान नेपालका कार्यकारी निर्देशक एवं संविधान सभाका सभासद् सुनिलबाबु पन्तले बताए। पन्त नेपालमा इन्द्रेणी पर्यटन प्रवर्द्धनका लागि सांस्कृतिक राजदूत समेत हुन।

     

  • प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

    प्रधान सेनापतिद्वारा दर्ज्यानी चिह्न प्रदान

    काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले सैनिक प्राड सेवा, प्राविधिक सेवा (स्वास्थ्य तथा इन्जिनियरिङ्ग समूह), हवाई सेवा तथा विविध सेवामा नियुक्त भएका अधिकारीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

    सोमबार जंगी अड्डामा एक कार्यक्रमको आयोजना गर्दै प्रधान सेनापति शर्माले उल्लेखित पदहरुमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएका प्राड उप सेनानी ५ जना, लेखा उप सेनानी ६ जना र प्राविधिक उप सेनानी ५० जना गरी ६१ जना नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

    आयुक्त पद प्रदान कार्यक्रममा बलाधिकृत रथी अशोकराज सिग्देल र सैनिक तालिम महानिर्देशक उपरथी सन्तोष कुमार ढकालले पनि नव नियुक्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

    नेपाली सेनाका रथीवृन्द, अधिकृतहरूका साथै नव नियुक्त अधिकृतहरूलाई प्रधान सेनापति शर्माले बधाई दिँदै सैनिक जीवनमा सफलताको शुभकामना समेत व्यक्त गरे ।

  • विपद् व्यवस्थापनको पूर्वतयारीमा लाग्न सरकारलाई सांसद सापकोटाको आग्रह

    विपद् व्यवस्थापनको पूर्वतयारीमा लाग्न सरकारलाई सांसद सापकोटाको आग्रह

    काठमाडौं । माओवादी केन्द्रका सांसद माधव सापकोटाले सिन्धुपाल्चोकमा गएराति भएको भारी वर्षाले मेलम्ची खोलाको अस्थायी पुल बगाएको भन्दै पूर्व तयारीलाई व्यवस्थित गर्न सरकारसँग माग गरेका छन् ।

    सोमबारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सापकोटाले भारी वर्षाको कारण सिन्धुपाल्चोकका ६ वटा वडाको आवतजावत अवरुद्ध भएको भन्दै हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गरि पूर्व तयारीलाई व्यवस्थित तुल्याउन सरकारसँग माग गरेका हुन् ।

    ‘वर्खा लागेपछि बाढी आउँछ । र सबै अस्थायी संरचनाहरु बगाउँछ नागरिकले टुलुटुलु हेरेर आफ्नो सुविधा बगेको हेर्नु बोहक अर्को कुनै विकल्प नै छैन् । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । बिभिन्न ठाउँ गरेर एक सय ५९ मिलि लिटर भारी वर्षा भएको छ ।

    यसले गर्दा मेलम्चीको अस्थायी पुल बगाएको छ । ६ वटा वडाको आवतजावत अवरुद्ध भएको छ । सरकारको गम्भीर ध्यानाकर्षण गराउँन चाहान्छु । हिउँद लागेपछि स्थायी संरचना बनाउने र बर्खामा बाढीले त्यसलाई बगाउँदा नागरिकले टुलुटुलु हेर्नुपर्ने अवस्थाको अन्त्य गरियोस् र पूर्व तयारीलाई व्यवस्थित तुल्याइयोस् ।’

     

  • जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना गम्भीर बिरामी

    जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना गम्भीर बिरामी

    काठमाडौ। जंगली च्याउँ खाँदा मकवानपुरमा एक जनाको मृत्यु भएको छ भने ४ जना गम्भीर बिरामी परेका छन् ।

    मकवानपुरको विकट राक्सिराङ गाउँपालिका–७, स्थित दगुबाङ गाउँमा जंगली च्याउको तरकारी खाँदा ४५ वर्षीय दलबहादुर चेपाङको मृत्यु भएको हो ।

    शनिबार साँझ जंगलबाट ल्याएको च्याउ खाँदा चेपाङ परिवारका ५ जना गम्भीर बिरामी परेका थिए । बिरामीमध्ये बाबु दलबहादुरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    चयाउँ खाएर गम्भिर बिरामी परेका उनलाई उपचारका लागि चितवनको भरतपुर अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    मृतक दलबहादुरकी श्रीमती जालीमाया, दुई छोरीहरू रेञ्जु र सिवना, छोरा सुशीलको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । उनीहरूको चितवनस्थित भरतपुर अस्मापतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

  • कर्णाली र सुदूरपश्चिममा पनि फैलियो मनसुन, कोशी, बागमती र गण्डकी प्रदेशमा आज भारी वर्षा हुने

    कर्णाली र सुदूरपश्चिममा पनि फैलियो मनसुन, कोशी, बागमती र गण्डकी प्रदेशमा आज भारी वर्षा हुने

    काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर आंशिक देखि साधारणतया बदली रहने छ । हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका अधिकांश भू–भागका साथै लुम्बिनी प्रदेशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ ।

    सोमबार बिहानैबाट कोशी, बागमती र कर्णाली प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको विभागले उल्लेख गरेको छ ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूका साथै मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ ।

    सोमबार राती देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेकोले विभागले सर्तकता अपनाउन आग्रह गरेको छ ।

  • फट्टेमा तीन वर्ष अघि बगाएको पुल अझै निर्माण हुन सकेन, अस्थायी पुल पनि बाढीले बगायो

    फट्टेमा तीन वर्ष अघि बगाएको पुल अझै निर्माण हुन सकेन, अस्थायी पुल पनि बाढीले बगायो

    काठमाडौं । मेलम्ची नदीमा गएराति गएको बाढीले अस्थायी पुल बगाएको छ।

    मेलम्ची नगरपालिका– ११ स्थित फट्टेमा रहेको स्थायी पुल २०७८ सालको बाढीले बगाएपछि ह्युमपाइप राखेर बनाइएको अस्थायी पुल पनि आइतबार राती बगाएको मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले बताए।

    मेलम्ची बजार र मेलम्ची नगरपालिकाको वडा नम्बर ७ र ८ तथा पाँचपोखरी थाङपाल गाउँपालिकाका वडा नम्बर १ र २ का साथै हेलम्बुको केही वडालाई उक्त अस्थायी पुलले जोडेको थियो। पुल बगाएसँगै आवातजावतमा समस्या भएको मेयर तामाङले बताए।

    उक्त स्थानमा पक्की मोटरेवल पुल निर्माणका लागि नगरपािलकाले डिपिआर तयार पारेर इआइए प्रतिवेदन समेत बनाइसकेको भए पनि पुल निर्माणका लागि स्वीकृति नपाउँदा पुल निर्माण कार्य अघि नबढेको तामाङले जानकारी दिए ।

    प्रदेशको पूर्वाधार निर्देशनालयमा डिपीआर प्रतिवेदन पठाएका छौं । त्यहाँबाट पत्र प्राप्त हुनासाथ पुल निर्माणका लागि टेण्डर आह्वान गर्ने भनेर कुरेर बस्दा बस्दा अहिलेसम्म परिपत्र आएको छैन । हामीले यो वर्ष पनि नगरसभाबाट ८ करोड बजेट विनियोजन गरेका छौ । स्वीकृति मिल्नासाथ टेण्डर प्रकृया अगाडि बढाउँछौं,’ तामाङले भने ।

  • रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पोखरेलाई बढुवाका लागि सिफारिस

    रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पोखरेलाई बढुवाका लागि सिफारिस

    काठमाडौं । प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस भएका छन् ।

    गृह मन्त्रालयले रिक्त रहेको अतिरिक्त महानिरीक्षक पदमा पोखरेललाई बढुवाका लागि सिफारिस गरेको हो ।

    सोमबार बसेको बढुवा समितिको बैठकले सो निर्णय गरेको प्रहरी महानिरीक्षक एवं बडुवा समितिका सदस्य–सचिव बसन्त बहादुर कुँवरले जानकारी गराएका छन् ।

    प्रहरी नियमावली, २०७१ (संशोधनसहित)को नियम २७ को उप–नियम ९४० अनुसार पोखरेललाई सिफारिस गरिएको गृह मन्त्रालयले जनाएको छ ।