Category: हुलाक समाचार

हुलाक समाचार

  • सांसदहरुले खेले फुटसल

    सांसदहरुले खेले फुटसल

    काठमाडौै । प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरुबीच मंगलबकार मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरिएको छ ।

    मंगलबार काठमाडौँको भृकुटीमण्डपस्थित फुटसलमा १८औं संघीय संसद सेवा दिवसको अवसरमा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो ।प्रतिनिधि सभाको टिमको नेतृत्व गरेका सभामुख देवराज घिमिरेलेले १८ औं संसद सेवा दिवसको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रम अन्र्तगत आज मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको बताए ।

    उनले सो खेल केवल खेल मात्र नभइ युवाहरुलाई खेलमा प्रोत्साहन गर्न मद्दत पुग्ने विश्वास व्यक्र गरे । उनले भने,संघीय संसद सेवा दिवस हो । स्थापना भएको १८ वर्ष पुगेको अवसरमासप्ताहव्यापी विभिन्न कार्यक्रम गरिरहेको छौं । त्यही कार्यक्रम अन्तर्गत आज फुटसल प्रतिनिधिसभा र राष्ट्रिय अर्को टिम भएर म्याच चलिरहेको छ । टिम क्याप्टेन प्रनिधिसभाको म छु र उता राष्ट्रिय सभाको अध्यक्ष हुनुहुुन्छ । यो खेल केवल खेल मात्र होइन यसले युवाहरुलाई खालमा प्रोत्साहन गर्छ ।’

  • चितवनविरुद्ध लुम्बिनीको सानदार जित

    चितवनविरुद्ध लुम्बिनीको सानदार जित

    काठमाडौं । लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलको उत्कृष्ट अलराउण्डर प्रर्दशनमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई ३३ रनले जितेको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनाएको थियो । कप्तान रोहित पौडेल र साद बिन जफरबीच सतकीय साझेदारी भएको थियो । लुम्बिनीका लागि कप्तान पौडेलले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८० रन बनाए । जफरले ३५ बलमा ४ चौका र १ छक्का र्हिकाउँदै ५२ रन हाने ।

    जवाफि ब्याटिङमा उत्रिएको चितवन राइनोजले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो । चितवनका लुक बेनकेस्टिङले ३१ रन, कुशल मल्लले २० रन, नर सार्किले २२ रन, रिजन ढकालले १५ रन, रवि बोपराले १२ रन र सन्तोष कार्कीले १० रन प्रहार गरे । अन्यले भने दोहोरो अंकको रन बनाउन सकेनन् ।

    चितवनका रिजन ढकालले ३, कुशल मल्ल र रन्जित कुमारले समान १,१ विकेट लिए । लुम्बिनीका रोहित पौडेलले ४, रमोन सिमोण्डले २, अभिशेष र साद वीनले समान १,१ विकेट लिए ।

  • ह्वात्तै बढ्यो सुनको भाउ,कतिमा हुँदै छ कारोबार ?

    ह्वात्तै बढ्यो सुनको भाउ,कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ ह्वात्तै बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार एक सय रुपैयाँले बढेको हो ।

    मंगलबारका लागि प्रतितोला १ लाख ५२ हजार २ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन सोमबार प्रतितोला १ लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ पनि तोलामा ६० रुपैयाँ बढेको छ । अघिल्लो दिन सोमबार प्रतितोला १८६५ रुपैयाँ रहेको चाँदी यस दिन १९२५ रुपैयाँ पुगेको हो ।

  • आजको फलफूल तथा तरकारीको मूल्य

    आजको फलफूल तथा तरकारीको मूल्य

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ७० रुपैयाँ,भारतिय सुकेको प्याज ९३ रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ७२, आलु सेतोको ६१, लोकल बन्दाको मुल्य ५०,काउली स्थानीयको ६० रुपैयाँ कायम भएको छ ।यसैगरी कन्य च्याउ १६०,कुरीलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ,भिण्डी ९० रुपैयाँ,सखरखण्ड ७० रुपैयाँ ,बरेला ९० रुपैयाँ ,तितो करेला १०० रुपैयाँ,कायम भएको छ।

    रायो सागको मूल्य २५ रुपैयाँ छ । तोरिको साग ४० ,पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २०रुपैयाँ रहेको छ ।
    त्यस्तै,लोकल गाजर १०० रुपैयाँ, तने बोडी १०० रुपैयाँ, मकै बोडी ५० रुपैयाँ, मटरकोशा १०० रुपैयाँ, राजमा घिउ सिमी १३० रुपैयाँ,लौका ६०, घिरौला ८० रुपैयाँ र लोकल परवर ५० रुपैयाँ रहेको छ ।त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०० ,केरा १५०,स्याउ फूजी २८०रहेको छ ।

  • लुम्बिनीले दियो चितवनलाई १६८ रनको लक्ष्य

    लुम्बिनीले दियो चितवनलाई १६८ रनको लक्ष्य

    काठमाडौं । रोहित पौडेल र साद विन जफरको उत्कृष्ट साझेदारीमा लुम्बिनी लायन्सले चितवन राइनोजलाई १६८ रनको लक्ष्य दिएको छ ।

    कप्तान रोहित पौडेल र साद बिन जफरबीच सतकीय साझेदारी भएको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो ।

    लुम्बिनीका लागि कप्तान पौडेलले ५७ बलमा ६ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८० रन बनाए । जफरले ३५ बलमा ४ चौका र १ छक्का र्हिकाउँदै ५२ रन हाने ।

    चितवनका लागि रिजन ढकालले ३, कुशल मल्ल र रन्जित कुमारले समान १,१ विकेट लिए ।

  • मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

    मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?

    काठमाडौं नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।जसअनुसार , अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, साउदी अरेबियन, थाई भाट, युएई दिराम, स्विडिस क्रोनरलगायतको मूल्य बढेको छ।

    यस्तै, जापानी येन, साउथ कोरियन वन र मलेसियन रिङ्गेटको मूल्य भने घटेको छ। अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २८ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८८ पैसा कायम भएको छ ।युरोपियन युरो एकको खरिददर एक सय ४३ रूपैयाँ १३ पैसा र बिक्रीदर एक सय ४३ रूपैयाँ ७७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७२ रूपैयाँ ८९ र बिक्रीदर एक सय ७३ रूपैयाँ ६५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५३ रूपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ६५ पैसा निधार्रण गरिएको छ।

    यस्तै ,अष्ट्रेलियन डलर एकको खरिददर ८७ रूपैयाँ २२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ६१ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रूपैयाँ ७० पैसा र बिक्रीदर ९६ रूपैयाँ १२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रूपैयाँ शून्य पाँच पैसा र बिक्रीदर एक सय एक रूपैयाँ ४९ पैसा निर्धारण भएको छ।जापानी येन १० को खरिददर आठ रूपैयाँ ९९ पैसा र बिक्रीदर नौ रूपैयाँ शून्य तीन पैसा, चिनियाँ युआन एकको खरिददर १८ रूपैयाँ ६२ पैसा र बिक्रीदर १८ रूपैयाँ ७० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ शून्य एक पैसा र बिक्रीदर ३६ रूपैयाँ १७ पैसा, कतारी रियाल एकको खरिदर ३७ रूपैयाँ ११ पैसा र बिक्रीदर ३७ रूपैयाँ तोकिएको छ ।

    त्यस्तै,थाई भाट एकको खरिददर चार रूपैयाँ शून्य एक पैसा र बिक्रीदर चार रूपैयाँ शून्य तीन पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ८३ पैसा र बिक्रीदर ३७ रूपैयाँ, मलेसियन रिङ्गेट एकको खरिदर ३० रूपैयाँ ५७ पैसा र बिक्रीदर ३० रूपैयाँ ७१ पैसा, साउथ कोरियन वन एक सयको खरिदर नौ रूपैयाँ ४५ पैसा र बिक्रीदर नौ रूपैयाँ ४९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रूपैयाँ ४२ पैसा र बिक्रीदर १२ रूपैयाँ ४७ पैसा र डेनिस क्रोनर एकको खरिदर १९ रूपैयाँ १९ पैसा र बिक्रीदर १९ रूपैयाँ २८ पैसा तोकिएको छ ।

  • टस जितेर पहिले बलिङ गर्दे चितवन राईनोज

    टस जितेर पहिले बलिङ गर्दे चितवन राईनोज

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा चितवन राइनोजले पहिले बलिङ गर्ने भएको छ।

    मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा चितवन राईनोजका कप्तान कुशल मल्लले टस जितेर सुरुमा बलिङ रोजेपछि लुम्बिनी लायन्स पहिला ब्याटिङ गर्ने भएको हो।

    चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले खाता खोल्न सकेको छैन।जित्नै पर्ने दबावमा आजको खेल खेल्ने छ लुम्बिनी लायन्सले

     

  • नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरु

    नागरिकको गुनासो सुन्न स्वास्थ्य मन्त्रालयद्वारा हेल्लो हेल्थ शुरु

    काठमाडौं ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न हेल्लो हेल्थ सेवा शुरु गरेको छ ।
    स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकको स्वास्थ्य सेवासम्बन्धी गुनासो सम्बोधन गर्न एकाइ स्थापना गर्ने मन्त्रीस्तरीय निर्णयपछि हेल्लो हेल्थ स्थापना भएको हो ।

    नागरिकलाई सरल र सहज स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गुनासो एकाइ स्थापना गरेका हौं, मन्त्री पौडेलले भने, ‘तपाईंले भोगेका समस्या तथा गुनासा हामीलाई पठाउनुहोला ।’अब नागरिकले स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय र स्वास्थ्य सेवासँग सम्बन्धित गुनासाहरु टेलिफोन, ह्वाट्सएप, भाइबर, इमेल तथा हुलाकबाट समेत पठाउन सक्नेछन् । टेलिफोन नम्बर १११५ मा फोन गरेर आफ्ना गुनासा राख्न सक्नेछन् ।यसैगरी भाइबर र ह्वाट्स एपमा ९८५१३३०५९२ नम्बरमा आफ्ना गुनासा सन्देशमार्फत पठाउन सकिने व्यवस्था मन्त्रालयले मिलाएको छ ।

    यसैगरी, इमेलमार्फत हेल्लो हेल्थएट एमओएचपी डट जिओभी डट एनपी मा गुनासा पठाउन सकिनेछ । मन्त्री पौडेलले मन्त्रालयका प्रमुख कन्सल्ट्यान्ट ट्रपिकल मेडिसिन डाक्टर अनुप बाँस्तोलाको संयोजकत्वमा गत मंसिर १४ गते एकाइ गठन गर्ने निर्णय गरेका थिए । सोही एकाइले हेल्लो हेल्थ एकाइका लागि आवश्यक तयारी गरेर सेवा आरम्भ गरेको हो ।मन्त्रालयले गठन गरेको समितिमा सूचना अधिकारी डा. भक्तबहादुर केसी, सूचना प्रविधि निर्देशक रमेशराज सुवेदी तथा शाखा अधिकृत गौरीप्रसाद आचार्य सदस्य छन् ।यसअघि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुमा रहेको हटलाइन नम्बरमा अरु माध्यमसमेत थप गरेर गुनासो तथा सेवासम्बन्धी जानकारी लिने व्यवस्था मिलाइएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

  • सेयर बजारमा नेप्से परिसूचक १२.८४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

    सेयर बजारमा नेप्से परिसूचक १२.८४ अंकले घट्यो, कारोबार रकम पनि घट्यो

    काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २,६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंकले घटेको हो । कारोबार रकम पनि घट्दै ५ अर्ब ६२ करोड रुपैयाँमा सीमित भयो, जबकि अघिल्लो दिन ७ अर्ब ४६ करोड रुपैयाँको कारोबार भएको थियो ।

    यस दिन ९२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो । उत्पादन, लगानी, र फाइनान्स समूहका परिसूचकहरू क्रमशः १.०६%, ०.७६%, र ०.१५% ले वृद्धि भए । तर बैंकिङ ०.४६%, विकास बैंक ०.६८%, होटल तथा पर्यटन ०.८३%, हाइड्रोपावर ०.५४%, जीवन बीमा १.६७%, माइक्रोफाइनान्स ०.६१%, निर्जीवन बीमा १.१६%, र व्यापार समूह १.३०% ले घटेका छन ।

    इमर्जिङ नेपालको सेयर मूल्य सबैभन्दा धेरै ८.७% ले वृद्धि भयो । त्यस्तै, महिला लघुवित्तको ७.१%, एनआरएन इन्फ्रास्ट्रक्चरको ६.०३%, र हिमालयन डिस्टिलरीको ५.९९% ले वृद्धि भएको छ । विपरीत, खानीखोला हाइड्रोपावरको मूल्य ८.२%, लाइफ इन्स्योरेन्स कर्पोरेसनको ७.२%, र सुपरमाइ हाइड्रोपावरको ३.८% ले घट्यो ।कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन डिस्टिलरी, जोशी हाइड्रोपावर, जानकी फाइनान्स, र लाइफ इन्स्योरेन्स कर्पोरेसन क्रमशः सबैभन्दा अगाडि रहेका छन् ।

  • घानाको राष्ट्रपतिमा महामाको ऐतिहासिक पुनरागमन

    घानाको राष्ट्रपतिमा महामाको ऐतिहासिक पुनरागमन

    काठमाडौ । घानाको हालैको राष्ट्रपतीय निर्वाचनबाट पूर्वराष्ट्रपति पूर्वराष्ट्रपति जोन द्रामणि महामाले ऐतिहासिक पुनरागमन गरेका छन् ।

    निर्वाचन आयोगले आधिकारिक नतिजा सार्वजनिक गर्न बाँकी रहे पनि महामाका प्रमुख प्रतिद्वन्द्वी वर्तमान उपराष्ट्रपति महामुदु बावुमियाले आइतबार पराजय स्वीकार गरिसकेका छन् । महामाका समर्थकहरुले उत्सव मनाउने तयारी गरिरहेका छन् ।
    राष्ट्रिय प्रजातान्त्रिक कँग्रेसको प्रतिनिधित्व गर्दै पूर्वराष्ट्रपति महामाले ऐतिहासिक विजयी हासिल गरेको सीसीटिभीप्लसले उल्लेख गरेको छ ।

    सत्तारुढ नयाँ देशभक्त पार्टी (एनपीपी)को मुख्यालय चुनावपछि शान्त थियो, किनकि एनपीपीका राष्ट्रपतिको उम्मेदवारको रूपमा दौडिएका बावुमियाले मतदाताबाट आवश्यक समर्थन प्राप्त नगरेको स्वीकार गरिसकेका थिए ।महामाले दोस्रो कार्यकालको सुरु गरेपछि रोजगारी सृजना र आर्थिक सुधारका वाचाहरू कुन रुपमा हुनेछ भन्ने विशेष चासोका साथ हेरिएको छ । (सीसीटिभीप्लस)