Category: हुलाक समाचार

हुलाक समाचार

  • पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

    पहिरोबाट मृत्यु भएका परिवारलाई अटोमोटिभ ब्यवसायी एसोसियसनको सहयोग

    काठमाडौँ । नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनले काभ्रेमा पहिरोबाट ज्यान गुमाएहरुको परिवारलाई आर्थिक सहयोग गरेको छ ।काभ्रेको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकामा ज्यान गुमाएका परिवारलाई जम्मा २ लाख माथीको सहयोग गरिएको हो । नमोबुद्ध नगरपालिका वडा नम्बर ५ का शम्भु बिकको नाममा १ लाख १ हजार रुपैंयाको चेक हस्तान्तरण गरियो ।

    केहीसमय अघि शम्भु बिकको बुबा र आमा दुबैको मध्यरातमा आएको पहिरोबाट पुरिएर ज्यान गएको थियो ।यस्तै तेमाल गाउँपालिकामा एकै परिवारका दुईजनाले ज्यान गुमाएका थिए । उनीहरुको परिवारलाई पनि १ लाख १ हजार रुपैंयाको चेक हस्तान्तरण गरियो । उक्त चेक तेमाल गाउँपालिकाका अध्यक्ष चन्द्र बहादुर तामाङको रोहवरमा नेपाल अटोमोटिभ ब्यवसायी एसोसियनका वरिष्ठ उपाध्यक्ष कुमार चिमोरिया लगायतको टिमबाट मृतकको परिवारलाई हस्तान्तरण गरियो ।

    सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनका सचिव नेत्र कटुवाल, ब्यवसायी नारायण देवकोटा, लक्ष्मण बन्जाडा, अमन लामा, राजनीतिज्ञ सत्मान लामासँगै कलाकार सुरेश थापा (दर्शने)को उपस्थिती थियो ।नेपाल अटोमोटिभ ब्यवसायी एसोसियसनका वरिष्ठ उपाध्यक्ष चिमोरियाको जन्मदिनको अवसर पारेर सहयोग हस्तान्तरण गरिएको हो । चिमोरियाले मृतकको परिवारमा सानो मलम भएपनि लगाउने कोशिस गरेको जानकारी दिए । उनले आगामी दिनमा पनि एसोसियसनबाट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

  • आन्द्रेस गौसको शतकमा लुम्बिनीविरुद्ध पोखराको सहज जित

    आन्द्रेस गौसको शतकमा लुम्बिनीविरुद्ध पोखराको सहज जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्सलाई सजिलै जितेको छ ।

    टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरमा ७ विकेट गुमाउदै १७० रन बनाएको थियो । १७१ रन पछ्याएको पोखराले विना विकेट १६.५ ओभरमा लक्ष्यलाई भेटाएको हो । पोखराका ओपनर आन्द्रेस गौसले ५५ बलमा १०४ रन बनाए । उनले १२ चौका र ५ छक्का हिर्काए भने अर्का ओपनर दिनेश खरेलले ४६ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ६१ रन बनाए ।

    लुम्बिनीका कप्तान रोहित पौडेलले ५९ बलमा ९५ रन, टोम मरिसले ३८ बलमा ४५ रन, सन्दिप जोरा १५ बलमा १८ रन र विवेक यादवले १ बलमा २ रन प्रहार गरेका थिए । ओपनर उन्मुक्त चन्द र आशुतोष गिरहियालाई विपीन खत्रीले शून्य रनमै आउट गरे ।

    पोखराका लागि विपिन खत्रीले २, म्याथवे क्रिटल्लीले १ विकेट विकेट लिए ।

  • रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनीले दियो पोखरालाई १७१ रनको लक्ष्य

    रोहित पौडेलको ९५ रनको मद्दतमा लुम्बिनीले दियो पोखरालाई १७१ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई १७१ रनको लक्ष्य पस्केको छ ।

    टस जितेर पहिला ब्याटिङ रोजेको लुम्बिनीले २० ओभरमा ५ विकेट गुमाउदै १७१ रन बनाएको हो । लुम्बिनीका कप्तान रोहित पौडेलले ५९ बलमा ९५ रन, टोम मरिसले ३८ बलमा ४५ रन, सन्दिप जोरा १५ बलमा १८ रन र विवेक यादवले १ बलमा २ रन प्रहार गरे । ओपनर उन्मुक्त चन्द र आशुतोष गिरहियालाई विपीन खत्रीले शून्य रनमै आउट गरे ।

    पोखराका लागि विपिन खत्रीले २, म्याथवे क्रिटल्लीले १ विकेट  लिए ।

    लुम्बिनी एक खेलमा हारको साथ तालिकाको सातौं स्थानमा छ भने पोखरा २ खेलमा २ हारसहित तालिकाको पुछारमा छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगरसँग २ विकेटले पराजित भएको थियो भने पोखरा पहिलो खेलमा चितवनसँग ८७ रन र दोस्रो खेलमा जनकपुरसँग ७ विकेटले पराजित भएको थियो ।

  • भुटानी राजा वाङचुकले गरे स्वयम्भूनाथको दर्शन

    भुटानी राजा वाङचुकले गरे स्वयम्भूनाथको दर्शन

    काठमाडौँ । भुटानी राजा जिग्मे खेसर नाम्गेल वाङचुकले स्वयम्भूनाथको पूजा अर्चनासहित दर्शन गरेका छन् ।

    भारतबाट स्वदेश फर्कने क्रममा आज(शुक्रबार) बिहान नेपाल आइपुगेका उनी स्वयम्भूनाथ पुगेर दर्शन गरेका हुन् ।

    उनलाई स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिका पदाधिकारीले स्वागत गरेका थिए ।स्वयम्भूनाथ दर्शनपछि उनको बौद्धनाथ दर्शन गर्ने कार्यक्रम रहेको छ ।

  • लुम्बिनी भर्सेस पोखराः टस जितेर ब्याटिङ गर्दै लुम्बिनी

    लुम्बिनी भर्सेस पोखराः टस जितेर ब्याटिङ गर्दै लुम्बिनी

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार हुने दोस्रो खेलमा लुम्बिनी लायन्सले ब्याटिङ गर्ने भएको छ ।

    लुम्बिनी लायन्स र पोखरा एभेन्जर्सबीच हुने खेलमा टस जितेर लुम्बिनीले ब्याटिङ रोजेको हो । यसअघि शुक्रबारनै भएको पहिलो खेलमा चितवनलाई कर्णालीले ६ विकेटले हराएको थियो ।

    लुम्बिनी एक खेलमा हारको साथ तालिकाको सातौं स्थानमा छ भने पोखरा २ खेलमा २ हारसहित तालिकाको पुछारमा छ । लुम्बिनी आफ्नो पहिलो खेलमा विराटनगरसँग २ विकेटले पराजित भएको थियो भने पोखरा पहिलो खेलमा चितवनसँग ८७ रन र दोस्रो खेलमा जनकपुरसँग ७ विकेटले पराजित भएको थियो ।

  • कर्णाली याक्सको संघर्षपूर्ण पहिलो जित

    कर्णाली याक्सको संघर्षपूर्ण पहिलो जित

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार भएको पहिलो खेलमा कर्णालीले आफ्नो पहिलो जित निकालेको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । १ सय ३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९.५ ओभरमा ४ विकेट गुमाउँदा भेटायो ।

    कर्णालीलाई जिताउन ओपनर शिखर धवनले ४१ बलमा ४५ रन हाने । उनी जेन निकोनको बलमा क्याच आउट हुन पुगे । देव खनाल ३४ बलमा २५ रन बनाइ कुशल मल्लको बलमा आउट भए । १९ बलमा ३० रन बनाएका चाडविक वाल्टन बोपराको बलमा आउट भए । जिसनले १५ बलमा १२ रन प्रहार गरे । अर्जुन बिटालु १० बलमा ११ रन बनाएर रन आउट भए ।

    चितवनका निकोल, कुशल मल्ल र रवि बोपराले १/१ विकेट लिए ।

    चितवनका रवि बोपराले सर्वाधिक ५९ रन बनाए । ४० बलमा ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कुशल मल्ल २३ रन, दीपक बोहोरा ८ रन, विपिन रावल ११ रन, जन निकोल ९ रन, सरद भैसवाकर ६ रन, अमर रौतेलाले ९ रन बनाए ।

    कर्णालीका लागि वीपीन शर्माले ३ विकेट, जिसन मक्कूडले २, सोम्पाल कामी र नन्दन यादवले १/१ विकेट लिए ।

  • काठमाडौं आइपुगे भुटानका राजा वाङचुक

    काठमाडौं आइपुगे भुटानका राजा वाङचुक

    काठडमाडौं । भुटानी नरेश जिग्मे खेसर नाम्गेल वाङचुक नेपाल आइपुगेका छन् ।भारत भ्रमणमा रहेका भुटानी राजा वाङचुक शुक्रबार बिहान काठमाडौं आइपुगेका हुन् ।

    उनलाई परराष्ट्रमन्त्री आरजु राणा देउवाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेकी हुन् ।वाङचुक बौद्धनाथ र स्वयम्भूनाथको दर्शन गर्न जाने छन् ।

    १९ सदस्यीय भ्रमण दलमा राजासहित ऊर्जामन्त्री, विदेशसचिव, नेपालका लागि भुटानी राजदूत, सुरक्षा अधिकारी लगायत सदस्य रहेका छन् ।भुटानका राजा नेपाल आएसँगै गृह मन्त्रालयले उनका लागि उच्च सुरक्षा व्यवस्था कायम गरेको छ । उनको दर्शनका लागि जाने बौद्धनाथ, स्वयम्भूनाथ र त्यस आसपासका क्षेत्रको सुरक्षा व्यवस्थामा कडाइ गरेको छ ।

     

  • ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

    ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

    काठमाडौं । साप्ताहिक कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य ६ सय रुपैयाँले घटेर प्रतितोला एक लाख ५० हजार १ सय रुपैयाँ कायम भएको छ ।

    बिहीबार तोलामा एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।चाँदीको मूल्य भने आज बढेको छ । यसअघि प्रतितोला एक हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज तोलामा एक हजार ८९० रुपैयाँ मूल्य कायम भएको छ।

  • बोपराको अर्धसतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

    बोपराको अर्धसतकमा चितवनले कर्णालीलाई दियो १३१ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शुक्रबार भएको पहिलो खेलमा चितवनले कर्णालीलाई १ सय ३१ रनको लक्ष्य दिएको छ ।

    टस हारेर ब्याटिङको निम्तो पाएको चितवन राइनोजले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३० रन बनाएको थियो । चितवनका रवि बोपराले सर्वाधिक ५९ रन बनाए । ४० बलमा ७ चौका र १ छक्का प्रहार गरे । त्यस्तै कुशल मल्ल २३ रन, दीपक बोहोरा ८ रन, विपिन रावल ११ रन, जन निकोल ९ रन, सरद भैसवाकर ६ रन, अमर रौतेलाले ९ रन बनाए ।

    कर्णालीका लागि वीपीन शर्माले ३ विकेट, जिसन मस्कूडले २, सोम्पाल कामी र नन्दन यादवले १ १ विकेट लिए ।

  • आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

    आजको फलफूल तथा तरकारीको मूल्यमा सामान्य परिवर्तन

    काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ ।

    जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ८५ रुपैयाँ रहेको छ। यसैगरी आलु रातोको ६५, आलु सेतोको ६०, लोकल बन्दाको मुल्य ५०,काउली स्थानीयको ७० रुपैयाँ कायम भएको छ । यसैगरी कन्य च्याउ २००,कुरीलो १०००, भन्टा डल्लोको मूल्य ६० रुपैयाँ र भन्टा लाम्चोको ५० रुपैयाँ कायम भएको छ ।

    रायो सागको मूल्य २५ रुपैयाँ छ । तोरिको साग ३० ,पालूगो साग ९० र चमसुरको साग ९०, स्कूसको मूल्य २५रुपैयाँ रहेको छ ।
    त्यस्तै,लोकल गाजर १३० रुपैयाँ, तने बोडी १४० रुपैयाँ, मकै बोडी ६० रुपैयाँ, मटरकोशा १७० रुपैयाँ, राजमा घिउ सिमी १३० रुपैयाँ,लौका ६०, घिरौला ८० रुपैयाँ र लोकल परवर ९० रुपैयाँ रहेको छ ।त्यस्तै, अनारको ३५० र मौसमको १५० रुपैयाँ, सुन्तला नेपाली १०० ,केरा १५०,स्याउ फूजी २८०रहेको छ ।