Tag: इजरायल

  • गाजाको अस्पतालमा इजरायलकाे हवाइ आक्रमण, कम्तिमा २८ जनाको मृत्यु

    गाजाको अस्पतालमा इजरायलकाे हवाइ आक्रमण, कम्तिमा २८ जनाको मृत्यु

    काठमाडाैं । इजरायलले मंगलबार साँझ गजाको दक्षिणी क्षेत्र खान युनिसमा रहेको युरोपियन गाजा अस्पतालमा हवाई आक्रमण गर्दा कम्तीमा २८ जनाको ज्यान गएको छ। बीबीसीका अनुसार, आक्रमणमा ४० जनाभन्दा बढी घाइते भएका छन्।

    कतारबाट प्रकाशित हुने पत्रिका अल जजिराले मृतक संख्या ५६ रहेको दाबी गर्दै ५० भन्दा बढी घाइते भएको उल्लेख गरेको छ। बीबीसीले अस्पताल परिसरमा ६ वटा बम खसेको जानकारी दिएको छ। अस्पतालमै बम खसेपछि भवन ध्वस्त भएको र त्यसमा धेरै मानिस पुरिएको अस्पतालका डाक्टर सलेह अल हमासले बताएका छन्।

    अमेरिकी सञ्चारमाध्यम सिएनएनका अनुसार, इजरायली आक्रमणको लक्ष्य हमासका नेता मोहम्मद सिन्वर रहेका थिए। उनी गत अक्टोबरमा मारिएका हमास नेता याह्या सिन्वरका भाइ हुन्। मोहम्मद सिन्वरले अस्पताल रहेको जमिनमुनि हमासको कमान्ड तथा कन्ट्रोल केन्द्र सञ्चालन गरिरहेको दाबी गर्दै आक्रमण गरिएको सिएनएनले जनाएको छ।

    तर, इजरायली डिफेन्स फोर्स (IDF) ले भने आक्रमण हमास लडाकूहरूको कमाण्ड सेन्टर लक्षित गरेर गरिएको हो भन्ने दाबी गर्दै विशेष नेता लक्ष्य नभएको स्पष्ट पारेको छ।

    IDF ले मंगलबार राति गाजाबाट प्रहार गरिएका दुई रकेट निस्तेज पारिएको पनि जनाएको छ।

    यसैबीच, हमासले सोमबार एक जना बन्धक मुक्त गरेको भए पनि इजरायलले हमासविरुद्धको कारबाही जारी राख्ने चेतावनी दिइसकेको छ।

    युद्धको क्रममा दुईपटक युद्धविराम प्रयास भए पनि दीगो शान्ति कायम हुन सकेको छैन।

    गत माघ ५ मा अमेरिका, इजिप्ट र कतारको मध्यस्थतामा युद्धविरामसहित गजाको पुनर्निर्माणको सहमति भए पनि दोस्रो चरणको युद्धविराम असफल भएपछि इसराइलले पुनः आक्रमण तीव्र पारेको छ।

    यसबीच, हमासले अपहरण गरी गजामा राखेका नेपाली नागरिक विपिन जोशीसहित ५८ जना अझै पनि हमासकै कब्जामा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

  • युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, विपिन जोशीको अवस्था अझै अज्ञात

    युद्ध अन्त्य नभएसम्म थप बन्धक रिहा नगर्ने हमासको भनाइ, विपिन जोशीको अवस्था अझै अज्ञात

    काठमाडाैं । गाजा क्षेत्रमा इजरायलले आक्रमण पूर्ण रुपमा अन्त्य नगरेसम्म हमासले बन्धक बनाइएका थप मानिस मुक्त नगर्ने जनाएकाे छ ।

    गत अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमण र घुसपैठका क्रममा अपहरणमा परेको भनिएका २४० जनामध्ये १२० जना अझै बन्धक रहेको ठानिएको छ ।

    हमासबाट बन्धक बनाइएका ठानिएका नेपालको कञ्चनपुरका विद्यार्थी विपिन जोशीको अवस्था अझैसम्म अज्ञात छ । यसअघि युद्धविरामका क्रममा थाइल्यान्ड, फिलिपिन्स सहितका केही विदेशी बन्धकलाई रिहा गरे पनि नेपालका नागरिक रिहा भएका छैनन् ।

    सरकारले इजरायल-हमास युद्ध रोक्न मध्यस्थता गरिरहेका कतार, इजिप्टसहितका देशहरूमार्फत् जोशीको रिहाइका लागि पहल भइरहेको जनाएको छ ।

    यसअघि इजरेली फौजले गाजाको एउटा अस्पतालको सीसीटीभी क्यामरामा कैद गरिएको भिडिओमा नेपाली बन्धक पनि देखिएको उल्लेख गरेको थियो ।

  • इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ वेपत्ता

    इजरायल–हमास युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिए, ३ वेपत्ता

    काठमाडौं । प्यालेस्टाइनी समूह हमास र इजरायलबीच जारी युद्धमा अहिलेसम्म ६१ जना पत्रकार मारिएका छन् ।

    गत अक्टोवर ७ बाट सुरु भएको गाजा युद्धमा अहिलेसम्म ६१ पत्रकार मारिएको कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जनाएको छ ।

    शुक्रबारसम्म मृत्यु हुनेमा ५४ प्यालेस्टाइनी, ४ इजरायली र ३ लेबनानी पत्रकार रहेको सीपीजेले जनाएको हो ।

    प्रेस स्वतन्त्रता समूहका अनुसार युद्धमा परि ११ जना पत्रकार घाइते, ३ जना बेपत्ता र १९ जना पक्राउ परेका छन् ।

    प्यालेस्टाइनले अन्य पत्रकार मारिएको, बेपत्ता वा धम्की दिएको अपुष्ट तथ्यांकमाथि अनुसन्धान गरिरहेको समेत कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सले जानकारी दिएको छ ।

  • हमास र इजरायल किन युद्ध विराम गर्न सहमत भए ?

    हमास र इजरायल किन युद्ध विराम गर्न सहमत भए ?

    काठमाडौं । प्यालेसटाइनको विद्रोही समूह हमास र इजरायलबीचको डेढ महिना लामो युद्धपछि दुवै पक्ष युद्धविराममा सहमत भएका छन् । बुधबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको नेतृत्वमा रहेको केन्द्रीय मन्त्रिपरिषद्ले हमाससँगको युद्धविरामको प्रस्तावलाई अनुमोदन पनि गरिसकेको छ ।

    के छ हमास र इजरायलबीचको युद्धविराम सम्झौतामा ?

    अक्टोबर ७ देखि युद्धरत पक्ष हमास र इजरायल अन्ततः युद्धविराममा सहमत भएका छन् । रिपोर्टहरूका अनुसार अमेरिकाले इजरायल र हमासबीच गाजामा पाँच दिनको युद्धविरामको बदलामा दर्जनौं बन्धकहरूलाई रिहा गर्ने सम्झौता गरेको छ ।

    सम्झौता अनुसार गाजामा अक्टोबर ७ देखि हमास र अन्य समूहले बन्धक बनाएका ५० महिला र बालबालिकालाई रिहा गर्ने भएको छ । रिहा हुनेमा चार वर्षीया बालिकासहित तीन अमेरिकी नागरिक रहेको एक अमेरिकी अधिकारीले जानकारी दिए । अधिकारीहरूले सम्झौता अन्तर्गत पहिलो रिहाई बिहीबार (आज) हुने अपेक्षा गरेका छन् ।

    अर्कोतर्फ, हमासले दाबी गरेको छ कि इजरायलले इजरायली जेलबाट १५० प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने छ जसमा सबै महिला र बालबालिका हुनेछन् । यससँगै यसले दैनिक सयौं ट्रकलाई इजिप्टसँगको रफाह सीमा पार गर्न अनुमति दिनेछ । यसले गाजामा प्यालेस्टिनीहरूलाई मानवीय आपूर्ति प्रदान गर्नेछ ।

    हमास इजरायल डेढ महिनापछि युद्धविराममा किन सहमत भयो ?

    सम्झौताको सन्दर्भमा, हमासले दाबी गरेको छ कि इजरायलले दक्षिणी गाजामा हवाई उडानहरू रोक्नेछ र उत्तरी क्षेत्रमा दिनको छ घण्टा मात्र सञ्चालन गर्नेछ । युद्धविरामको अवधिमा इजरायली सेनाले गाजामा सैन्य सवारीसाधन ल्याउने र कसैलाई नियन्त्रणमा लिने प्रयास नगर्ने पनि सम्झौतामा उल्लेख छ । नेतान्याहु सरकारले प्रत्येक १० थप बन्धकहरूलाई रिहा गर्नका लागि युद्धविराम एक दिन लम्बाइने बताएको छ ।

    अक्टोबर ७ मा हमासले अचानक आक्रमण गरी इजरायलीसहित धेरै देशका २०० भन्दा बढी नागरिकलाई बन्धक बनाएको थियो । तर, डेढ महिना बितिसक्दा पनि बन्धकहरु रिहा नभएपछि उनीहरुका परिवारहरु सडकमा उत्रिएका छन् । यसैबीच, ‘घर ल्याउ’ अभियान चलाएर प्रभावित परिवारले सोमबार राति इजरायली युद्ध मन्त्रिपरिषद्का सदस्यहरूसँग भेट गरेका थिए ।

    यसबाहेक गाजाको मानवीय अवस्था दिनानुदिन बिग्रँदै गएकाले इजरायलमाथि अन्तर्राष्ट्रिय दबाब पनि बढिरहेको छ । इजरायली सेनाले गरेको बमबारी र त्यसपछिको जमिन आक्रमणले त्यहाँ मानवीय संकट सिर्जना गरेको बताइएको छ । गाजामा खाद्यान्न, पानी, इन्धन र औषधिको चरम अभाव छ । २३ लाख जनसंख्या भएको गाजा पट्टीमा १७ लाख मानिस विस्थापित भएका छन् । यसबाहेक यस क्षेत्रमा रहेका ३६ अस्पतालमध्ये १० वटा मात्रै सञ्चालनमा छन् ।

    विज्ञहरू विश्वास गर्छन् कि हमासले पुनः संगठित गर्न कुनै पनि युद्धविराम प्रयोग गर्न चाहन्छ। हमासले इजरायली जेलमा बन्दीहरूलाई रिहाइको माग गर्दै बिस्तारै युद्धविराम लम्ब्याउने प्रयास गर्न सक्ने बताइएको छ ।

    अर्कोतर्फ, यदि हामीले इजरायललाई हेर्छौं भने, यो विन्दुमा आएर प्रतिशोधात्मक कारवाही रोक्न चाहँदैन । इजरायलले हमासलाई निर्मूल पार्ने वाचा गरेको तीनवटा उद्देश्यहरू अहिलेसम्म पूरा हुन सकेको छैन । इजरायली सेनाले उत्तरी गाजाका सबै भागलाई अझै कब्जा गरेको छैन । मंगलबार उसले हमासको गढ मानिने जबलिया क्षेत्रलाई घेरेको थियो । थप रूपमा, इजरायली सेनाले उत्तरी क्षेत्रमा एक मात्र कार्य गर्ने प्रमुख चिकित्सा केन्द्र जबलिया नजिकैको इन्डोनेसियाली अस्पताललाई पनि नियन्त्रणमा लिएको छ ।

    यससँगै इजरायली सेनाको ध्यान गाजाको दक्षिणी क्षेत्रमा र विशेषगरी खान युनिस सहरमा रहेको छ । आइडीएफले हमासको नेतृत्व खान युनिस सहरमा रहेको र बाँकी बन्धकहरूलाई पनि त्यहीँ राख्न सक्ने विश्वास गरेको छ ।
    इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले मन्त्रिपरिषद्लाई युद्धविरामपछि इजरायल हमासलाई निर्मुल पार्न नरोकिने बताएको पनि अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

  • विपिन जोशी गाजामा सुरक्षित

    विपिन जोशी गाजामा सुरक्षित

    काठमाडौं । इजरेलमा गत असोज २० गते प्यालेस्टिनी समूह हमासले गरेको आक्रमणका बेला हराएका नेपाली विद्यार्थी विपिन जोशी सुरक्षित रहेको पुष्टि भएको छ।

    परराष्ट्र मन्त्रीको सचिवालयले, विपिन गाजामा उक्त सशस्त्र समूहकै नियन्त्रणमा रहेको पुष्टि भएको जानकारी दिएको हो ।

    सचिवालय स्रोतले भन्यो ‘उनी सुरक्षितरहेको पुष्टि भएको छ । अब सुरक्षित रुपमा घर फर्काउने प्रयास भइरहेको छ ।’

    हमासको उक्त आक्रमणमा परेर दक्षिणी इजरेलको गाजासँग सीमा जोडिएको कृषि फर्ममा कार्यरत १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो भने चार जना घाइते भएका थिए।

    केहीदिन अघि मात्रै विपिनको परिवारले, उनको खोजी र सकुसल उद्दारका लागि पहल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह गरेको थियो ।

  • नेपाल आइपुग्यो इजरायलमा मारिएका १० जनाकै शव

    नेपाल आइपुग्यो इजरायलमा मारिएका १० जनाकै शव

    काठमाडौं । इजरायल घटनामा मारिएका सबै नेपालीको शव नेपाल आइपुगेको छ ।

    गत असोज २० गते हमास समूहको आक्रमणमा परी १० जना नेपाली विद्यार्थी मारिएका थिए । मारिएका १० जनाकै शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सल्यानको शारदा–३ का प्रेम भण्डारी, डोटीको लामिखाल–८ का पदम थापा र डोटीकै राजन फुलाराका शव आइपुगेको छ । उनीहरूको शवलाई नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत लगिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सुर्खेतबाट भण्डारीको शव दाङ र थापा तथा फुलाराको शव हेलिकप्टरमार्फत नै डोटी लगेर आफन्तलाई बुझाइनेछ ।

    यसअघि बझाङको जयपृथ्वी–६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जुन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दिपेशराज विष्ट, धनुषा सापही– ६ का आनन्द शाह, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार र कैलाली बौनिया–३ का आशीष चौधरीको शव नेपाल ल्याएर आफन्तलाई बुझाइएको थियो ।

  • इजरायलबाट थप तीन नेपाली विद्यार्थीको शव ल्याइयो

    इजरायलबाट थप तीन नेपाली विद्यार्थीको शव ल्याइयो

    काठमाडाैं । दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका १० जना नेपाली विद्यार्थीमध्ये थप तीनजना नेपाली विद्यार्थीको शव नेपाल ल्याइएको छ।

    फ्लाई दुवईको जहाजमार्फत नेपाल आइपुगेका शवमा धनुषा सापही-६ का आनन्द शाह, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार र डोटी पचनाली-३ का राजन फुलाराको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले जानकारी दिए।

    उनका अनुसार फुलाराको शव शुक्रबार दिउँसो, स्वर्णकारको गए राति र शाहको शव आज बिहान नेपाल ल्याइएको हो।

    दक्षिणी इजरायलमा गत असोज २० गते अर्थात् ७ अक्टोबरमा हमास समूहको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

    हमास समूहको आक्रमणमा परी मृत्यु भएकामध्ये आठ जनाको शव नेपाल आइपुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ । शाह र स्वर्णकारको शव आजै सम्बन्धित जिल्लामा नेपाली सेनाको हेलिकप्टोरमार्फत पठाइने सहसचिव आरणले बताए।

    हालसम्म बझाङ जयपृथ्वी-६ का गणेशकुमार नेपाली, दार्चुला मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम-५ का दीपेशराज विष्ट, धनुषा सापही-६ का आनन्द शाह, कैलाली घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने, सुनसरी मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली-३ का राजन फुलारा तथा कैलाली बौनियाँ-३ का आशीष चौधरीको शव नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

    सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा डोटी लामीखाल-८ का पदम थापा र सल्यान सारदा-३ का प्रवेश भण्डारी छन् ।

    सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त-३ का विपीन जोशी सम्पर्कबिहीन छन् । केही समयअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई उद्धार गरी नेपाल ल्याएको थियो ।

     

     

  • इजरायलबाट उद्धार गरिएका १८ नेपाली दिल्लीमा, युद्धमा मारिएकामध्ये ५ जनाको शव तीन दिनभित्र नेपाल ल्याइने

    इजरायलबाट उद्धार गरिएका १८ नेपाली दिल्लीमा, युद्धमा मारिएकामध्ये ५ जनाको शव तीन दिनभित्र नेपाल ल्याइने

    काठमाडौं । इजरायलबाट थप १८ नेपालीको उद्धार गरिएको छ । भारत सरकारद्वारा उद्धार गरिएका उनीहरू मंगलबार मध्यराति दिल्ली आइपुगेका हुन् ।

    मंगलबार राती भारत सरकारले आफ्ना नागरिकको उद्धारका लागि पठाएको स्पाइस जेटको विशेष विमानमाबाट भारत सरकारसँग समन्वय गरी १८ जना नेपाली नागरिकलाई पनि पठाएको इजरायल,तेलअबिबस्थित नेपाली राजदूतावासले जनाएको छ ।

    उद्धार गरी ल्याईएका १८ जनामध्ये १४ जना र ४ पुरुष महिला रहेका छन् । जसमा प्रतिभा रौनियार, नन्दसिंह भुल, आतिश गुरुङ, अनुमा डंगोल, हिना खाँड, मोसमी पाख्रिन, प्रतिमा तिम्सिना, जुनु गुरुङ, राजकुमार मानन्धर, ममता थापा, दिलकुमारी अधिकारी कार्की उर्मिला रावल, निश्चल श्रेष्ठ, सरिता गुरुङ, स्मिता बस्नेत, उर्मिला श्रेष्ठ ,अम्बिका सुवेदी, र लक्ष्मण दुलाल रहेका छन् ।

    मंगलबाराति ११ बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उनीहरुलाई गड्डाचौकी नाका हुँदै महेन्द्रनगर ल्याइने बताइएको छ ।

    विद्रोही समुह हमासले इजरायलमाथि आक्रमण गरेपछि युद्धग्रस्त स्थानका नेपाली नागरिकको उद्धारको प्रयास सरकारले थालेको हो । यसअघि नेपाल सरकारले विशेष विमान पठाएर २ सय ५४ जना नागरिकको उद्धार गरेको थियो ।

    यस्तै, दक्षिण इजरायलको किबुज अलुमिममा असोज २० मा मारिएका १० जना नेपाली विद्यार्थीमध्ये पाँच नेपालीको शव तीन दिनभित्र नेपाल पठाउने तयारी गरिरहेको इजरायलस्थित नेपाली दूतावासले जनाएको छ ।

    गत आइतबार पहिचान खुलेको पाँच जनाको शवलाई स्वदेश पठाउने प्रक्रिया अगाडि बढाइसकिएको इजरायलस्थित नेपाली दूतावासले जनाएको हो ।

    जसमा घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने, मालिकार्जुन–४ दार्चुलाका लोकेन्द्रसिंह धामी, बौनिया–३ कैलालीका आशिष चौधरी,जयपृथ्वी–६ बझाङका गणेशकुमार नेपाली र लेकम–५ दार्चुलाका दीपेशराज बिष्टको शवलाई नेपाल पठाउने दूतावासले उल्लेख गरेको छ । दुई देखि तीन दिनभित्र शव स्वदेश पठाउने दूतावासले जनाएको छ ।

    बाँकी पाँच नेपालीको पहिचान खुल्न बाँकी रहेको दूतावासले जनाएको छ ।

     

  • हमासले गर्‍याे पहिलो पटक इजरायली बन्धकको भिडियो सार्वजनिक, २१ वर्षीया युवतीकाे क्रन्दन

    हमासले गर्‍याे पहिलो पटक इजरायली बन्धकको भिडियो सार्वजनिक, २१ वर्षीया युवतीकाे क्रन्दन

    काठमाडाैं । हमास समूहले पहिलो पटक इजरायलबाट बन्धक बनाएर गाजामा राखिएकी एक बन्धक युवतीकाे भिडियो सार्वजनिक गरेको छ ।

    अक्टोबर ७ को हमलापछि हमासको यो पहिलो भिडियो हो । हमासले १ सय ९९ जनालाई बन्धक बनाएको इजरायलले जनाएको छ ।

    भिडियोमा एक युवतीले आफ्नो नाम माया शेम रहेकाे बताएकी छन् । २१ वर्षकी उनी इजरायलको शोहम शहरकी बासिन्दा हुन् । इजरायलको एउटा पार्टीबाट हमासले आफूलाई बन्धक बनाएको उनले बताएकी छन् ।

    उनले भिडियोमा आफ्नाे रिहाइका लागि अपिल गरेकी छन् । भिडियोमा उनकाे हातमा चोट लागेको र उपचार भइरहेको फुटेज पनि समावेश छ ।

    इजरायली सेनाले मायालाई हमासले अपहरण गरेको र सेना उनको परिवारसँग सम्पर्कमा रहेको पुष्टि गरेको छ ।

    सेनाले विज्ञप्तिमा भनेको छ, ‘यस समयमा हामी सबै बन्धकहरूको फिर्ताको लागि सबै गुप्तचर जानकारी र उपायहरूबारे काम गरिरहेका छौँ ।’

  • नेपालीहरुको उद्दारका लागि नेपाल वायु सेवा निगमको जहाज राति ११ बजे इजरायल जाने

    नेपालीहरुको उद्दारका लागि नेपाल वायु सेवा निगमको जहाज राति ११ बजे इजरायल जाने

    काठमाडौं । प्रधानमन्त्रीको निर्देशन पछि द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज आज त्यसतर्फ जाने भएको छ ।

    परराष्ट्रमन्त्रालयले आजै राति ११ बजे नेपाल एयरलाईन्स दुबई ट्रान्जिट हुँदै इजरायल जाने पुष्टि गरेको हो ।
    ‘इजरायलका लागि जहाज आज राती ११ बजे उड्छ । ट्रान्जिट दुबइ । नेपाल एयरलाइन्सको जहाज जान्छ’ पररास्ट्रमन्त्री एनपी साउदका प्रमुख स्वकिय सचिव दिपक जोशीले भने ।

    यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहान पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल एयरलाइन्सका प्रमुखलाई बालुवाटारमा बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएसंगै प्रक्रिया अघि बढाइएको पर्यटनमन्त्रीको सचिवालयले जनाएको छ।

    उद्धारका लागि पहिलो चरणमा नेपाल एयरलाइन्सको विमान इजरायल पठाउनेबारे प्रक्रिया थालिएको सचिवालयले जनाएको छ ।

    प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले, आज पर्यटन मन्त्रीलाई बोलाएर निर्देशन दिनु भएको र आजै त्यसतर्फ जहाज पठाउने तयारी भएको बताए । उनले भने ‘आजै जान्छ प्रधानमन्त्रीले त्यसका लागि निर्देशन दिनुभएको छ ।’
    चार्टर विमान उडान र अवतरणका लागि सरकारले इजरायलबाट स्वीकृति लिइसकेको छ।

    नेपाल फर्कन चाहने नेपालीको लगत संकलन परराष्ट्र मन्त्रालयमार्फत भईसकेकोले आजै इन्स्योरेन्सलगायतका प्रक्रिया पुरा गर्नेसाथ विमान त्यसतर्फ जानेछ ।

    इजरायलमा भएको हिंसामा १० नेपाली विद्यार्थीको मृत्यु हुनुको साथै ४ जना घाइते भएका थिए। एक नेपाली वेपत्ता छन्।