Tag: इजरायल

  • इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको मृत्यु

    इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको मृत्यु

    काठमाडाैं । गत शनिबार गाजाको अतिवादी इस्लामिस्ट समूह हमासले इजरायलमाथि आक्रमण गरेपछि सुरू भएको इजरायल-हमास युद्धमा अहिलेसम्म २१०० मानिसको मृत्यु भएको छ।

    बिबिसीका अनुसार हमासले गरेको आक्रमणमा इजरायलमा १२ सय जनाको मृत्यु भएको छ भने गाजा ९ सय जना मानिस मारिएका छन्।

    इजरायलमा मृत्यु हुनेमा १० जना नेपालीसहित अरू धेरै मुलुकका विदेशी नागरिक पनि छन्।

    द न्युयोर्क टाइम्सका अनुसार हमासका लडाकुहरू इजरायलमा पसेर विभिन्न गाउँमा नरसंहार मच्चाएका थिए।

    इजरायलले गरेको जवाफी कारबाहीमा गाजामा पनि हमास लडाकुसँगै धेरै सर्वसाधारणको मृत्यु भएको छ।

  • आफ्ना नागरिकमाथि आक्रमण गरे अपहरणमा परेका सबै इजरायलीको हत्या गर्ने हमासको चेतावनी

    आफ्ना नागरिकमाथि आक्रमण गरे अपहरणमा परेका सबै इजरायलीको हत्या गर्ने हमासको चेतावनी

    काठमाडाैं । इजरायलको आक्रमणमा सर्वसाधारणहरू मारिन थालेपछि हमासले आफ्ना सर्वसाधारणमाथि आक्रमण भएको खण्डमा अपहरणमा परेका सबै मानिसको हत्या गरिदिने चेतावनी दिएको छ ।

    हमासका प्रवक्ता आबु उबाइदाले सोमबार हमासको नियन्त्रणमा रहेका बन्दीहरू हत्या गरिदिने चेतावनी दिएकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    इजरायलका विदेशमन्त्री इलिकोहेनका अनुसार १०० भन्दा बढी मानिसहरू हमासले अपहरण गरेको छ । बिना चेतावनी इजरायलले सर्वसाधारणको घरमा बम पड्काए अपहरणमा परेका मानिसहरूलाई क्रमैसँग मारिदिने हमासको चेतावनी छ ।

    चार दिनयता प्यालेस्टाइनको कट्टरपन्थी लडाकु समूह हमास र इजरायलबीच युद्ध भइरहेकाे छ ।

    शनिबारयता हमासको आक्रमणबाट इजरायलमा ९ सय मानिसले ज्यान गुमाइसकेका छन् भने इजरायली सेनाको जवाफी कारबाहीले गाजा क्षेत्रमा ७ सय मानिस मारिएका छन् ।

    शनिबारयता गाजा क्षेत्रबाट इजरायलतर्फ हजारौँ रकेट र क्षेप्यास्त्र आक्रमण भएको छ । साथै समुद्र, सीमाको तारबार भत्काउँदै र आकाशबाट मोटर प्यारासुट हुँदै हमासका लडाकुले इजरायलमा घुसेर आक्रमण गरेका छन् ।

    इजरायलको ७ देखि ८ स्थानबाट हमासका लडाकु इजरायल घुसेका थिए, त्यहाँ सयभन्दा बढी मानिसलाई उनीहरूले अपहरण पनि गरे ।

    इजरायलले पनि जवाफी कारबाहीलाई आक्रामक बनाएको छ । इजरायलको सेनाले गाजा क्षेत्रमा अस्पताल, विद्यालय, मस्जिदमै आक्रमण गरिदिएको छ । इजरायलले हालसम्म गाजाको १७ सय ७ स्थानमा हवाई आक्रमण गरिसकेको छ ।

    शनिबारयताको हमासको आक्रमणमा पनि सर्वसाधारणहरू मारिएका छन् । दक्षिणी इजरायलको एक संगीत महोत्सवमा हमासले अन्धाधुन्ध गोली चलाउँदा एकै स्थानमा २६० जना सर्वसाधारणको मृत्यु भएको थियो ।

    यसबीचमा इजरायलले गाजामा पूरा घेराबन्दी गर्दै बिजुली, पानी, खाद्यान्न र इन्धनको आपूर्ति रोकिदिएको छ । इजरायलले गाजामा खाद्यान्न र औषधिसहित सबै इमरजेन्सी वस्तुको सप्लाइ रोक्ने निर्णय गरेको छ ।

  • इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार (विवरणसहित)

    इजरायलको हमास नियन्त्रित क्षेत्रबाट ३२ नेपाली विद्यार्थीको उद्धार (विवरणसहित)

    काठमाडौं । हमासको नियन्त्रणमा रहेको इजरायलको दक्षिणी क्षेत्रबाट ३२ जना नेपालीलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगिएको छ ।

    इजरायली सेनाले स्कर्टिङ गरेर उनीहरुलाई सुरक्षित स्थानतर्फ लगेको हो ।

    उद्धार गरिएका हरूलाई इजरायली सेनाले नेपाली दूतावास रहेको तेलअविव क्षेत्रमा लगेको छ । केहीलाई भने बेतकाम क्षेत्रमा राखेको छ ।

    उनीहरु सुदूरपश्चिम विश्वविद्यालयबाट लर्न एण्ड अर्न कार्यक्रममा गएका हुन् । उनीहरुकै समूहका १० जनाको आक्रमणमा मृत्यु भएको थियो ।

    उद्धार गरिएकाहरूको नाम कार्यरत कृषि फर्म र नेपालको ठेगाना

    रमेशबहादुर कार्की – बेनी अमार कृषि फर्म – बडिमालिका ७, बाजुरा
    बिनोद प्रसाद शाह – बेनी अमार कृषि फर्म – गढिमाई ४, रौतहट
    आभास भट्टराई – बेनी अमार कृषि फर्म – टीकापुर १, कैलाली
    नरेश सिंह भण्डारी – बेनी अमार कृषि फर्म – कृष्णपुर २, कञ्चनपुर

    लोकेन्द्र बिष्ट – बेनी अमार कृषि फर्म – मष्टामाण्डु ८, डडेल्धुरा
    रोहित नायक – बेनी अमार कृषि फर्म – टीकापुर ६, कैलाली
    निरञ्जन कुमार कुसहवा – बेनी अमार कृषि फर्म – पिपरीया ४, रौतहट
    अरबिन कुमार चौधरी – बेनी अमार कृषि फर्म – दोधारा ९, कैलाली

    उपेन्द्र जिसी – बेनी अमार कृषि फर्म – टीकापुर ९, कैलाली
    ओमप्रकाश उपाध्याय – डेभिडियन कृषि फर्म – धनगढी २, कैलाली
    गणेश साउद – डेभिडियन कृषि फर्म – लम्कीचुहा १, कैलाली
    बादल सुवेदी – डेभिडियन कृषि फर्म – घोराही ४, दाङ
    प्रविण जिसी – डेभिडियन कृषि फर्म – सिम्ता २, सुर्खेत

    गणेशप्रसाद जोशी – डेभिडियन कृषि फर्म – मेलौली ५, बैतडी
    नबिन घिमिरे – डेभिडियन कृषि फर्म – बंगलाचुली ३, दाङ
    श्रेया तिवारी – डेभिडियन कृषि फर्म – रत्ननगर ४, चितवन
    बिपना जोशी – डेभिडियन कृषि फर्म – लम्किचुहा ७, कैलाली

    नारायण भुसाल – डेभिडियन कृषि फर्म – पयुं ५, पर्वत
    मनिषा खनाल – डेभिडियन कृषि फर्म – रेसुंगा २, गुल्मी
    लुईस रिजाल – डेभिडियन कृषि फर्म – गेरुवा ६, बर्दिया
    प्रमोद भट्ट – कादोस कृषि फर्म – मेलौली ९, बैतडी

    अनुप अधिकारी – कादोस कृषि फर्म – कमलामाई २, सिन्धुली
    समपर्ण आचार्य – कादोस कृषि फर्म – तुल्सिपुर १२, दाङ
    निश्चल पाण्डे – कादोस कृषि फर्म –टीकापुर १, कैलाली
    बिभुसा अधिकारी – रचमिम कृषि फर्म – भरतपुर १५, चितवन

    सुस्मा रेग्मी – रचमिम कृषि फर्म – बान्निगढी जैगढ २, अछान
    रचना चौधरी – रचमिम कृषि फर्म –टीकापुर १, कैलाली
    आशा मिश्र – रचमिम कृषि फर्म –लम्किचुहा ९, कैलाली

    कल्पना जोशी – शोह्रसिम कृषि फर्म – गोदावरी २, कैलाली
    शिला कुमारी यादव – शोह्रसिम कृषि फर्म – बढियाताल ३, बर्दिया
    साधना बोहरा – शोह्रसिम कृषि फर्म – त्रिवेणी ५, सल्यान
    बिपिन सुवेदी – त्रिपुर ५, दाङ

  • इजरायलले गर्‍यो गाजा युद्धविरामको प्रस्ताव स्वीकार

    इजरायलले गर्‍यो गाजा युद्धविरामको प्रस्ताव स्वीकार

    गाजा सिटी । इजरायलले आइतवार गाजामा प्यालेस्टिनी विद्रोहीसँग इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको छ । तीन दिनको तीव्र द्वन्द्वपछि इजरायल इजिप्टको प्रस्तावित युद्धविराममा सहमति जनाएको हो ।

    गत वर्ष ११ दिने युद्धले करिब २३ लाख प्यालेस्टिनी बसोबास गर्ने तटीय क्षेत्रलाई ध्वस्त पारेपछि गाजामा भएको पछिल्लो लडाइँ अन्त्य गर्न इजिप्टले सम्झौता गर्न सहयोग गर्ने विश्वास गरिएको छ ।

    शुक्रबारदेखि इजरायलले गाजमा इस्लामिक जिहादीका आश्रयमा भारी हवाई तथा तोपखानामार्फत हमला गरेको थियो । जबाफमा लडाकुहरूले सयौँ रकेट प्रहार गरेका थिए ।

    शुक्रबारदेखि भएको हमलामा ६ बालबालिकासहित ३१ प्यालेस्टिनी मारिएका छन् भने २७५ जना घाइते भएका छन् । गोलाबारी धेरै भवन ध्वस्त भएका स्वास्थ्य अधिकारीहरूले बताएका छन् । दुई इजरायलीहरू छर्राबाट घाइते भएका छन् ।