Tag: एनपिएल

  • एनपीएलको फाइनल शनिबार, उपाधि जित्नेमा कप्तानद्वय ढुक्क

    एनपीएलको फाइनल शनिबार, उपाधि जित्नेमा कप्तानद्वय ढुक्क

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच हुँदैछ ।

    शुक्रबार सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगका फाइनलमा पुगेका टिमका कप्तानसँगको पत्रकार भेटघाटमा दुबै टोलीका कप्तानले फाइनलको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् । सोही क्रममा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले भोलीको खेलमा सय प्रतिशतका साथ बराबरीको टक्कर दिने बताए ।

    उनले भने, ‘हाम्रो सबै खेल राम्रो नै भएको छ । अब एउटा अन्तिम खेल बाँकी छ । त्यसामा पनि राम्रो प्रस्तुती दिने योजनामा छौ । क्षमता र कुशलताका साथ मैदानमा उत्रिने तयारीमा छौं । परिणामको बारेमा सोचेका छैनौ । खेलमा हामी सय प्रतिशत योगदान दिने छौ, बराबरीको टक्कर दिने छौ । खेल हारेर डिमोटिभेट हुनेभन्ने हुदैँन् । जसले जिताए पनि नेपाली लोकल खेलाडीले नै जिताउने छ भन्ने आशा छ ।’

    यस्तै, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले पनि आफ्नो तर्फबाट पूरा प्रयास गर्ने बताए । उनले भने, ‘फाइनल खेलपनि पहिला जसरी खेलेका थियौं त्यसरी नै खेल्ने छौ । फाइनल खेलको लागि विशेष योजना केही छैन । आफ्नो तर्फबाट पूरा प्रयास गर्ने हो ।’

    नेपाल क्रिकेट संघ (क्यान) ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठूलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।

    विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् । त्यस्तै, उत्कृष्ट खेलाडीलाई करिब ६२ लाख रुपैयाँको ‘आमोडा एन्ड जेईको’ कार प्रदान गरिनेछ ।

  • जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा

    जनकपुर बोल्ट्स एनपीएलको फाइनलमा

    काठमाडौं । कर्णाली याक्समाथि जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ ।

    कर्णालीले दिएको ११९ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

    जनकपुरका लागि जिमी नीशमले १७ बल खेल्दै २ चौका र ५ छक्काको मदतमा सर्वाधिक ४५ रन बनाए ।

    शेर मल्लले अविजित १६ रन जोडे । शेरले १० बल खेल्दा १ छक्का प्रहार गरे । हर्श थाकरले १७, मयन यादवले १५ र आकाश त्रिपाठीले १३ रन जोडे ।

    त्यसअघि जनकपुर बोल्ट्सले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय १८ रनको योगफल तयार पारेको थियो ।

    गुल्सन झाले बनाएको २५ रन नै कर्णालीका लागि सर्वाधिक रह्यो । ओपनर देव खनालले २४ रन बनाए । अर्का ओपनर जयकिसन कोल्सावाला १ रनमा नै आउट भए ।

    जिसन मक्सुद १२, चान्डविक वाल्टन ११, कप्तान सोमपाल कामी ५, अर्जुन घर्ती २ रन बनाएर आउट भए ।

  • कर्णालीले दियाे जनकपुरलाई ११९ रनको सामान्य लक्ष्य

    कर्णालीले दियाे जनकपुरलाई ११९ रनको सामान्य लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको सामान्य लक्ष्य दिएको छ ।

    टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ११८ रन बनायो ।

    कर्णालीका गुल्सन झाले सर्वाधिक २५ रन जोडे । देव खनालले २४, जिशन मक्सुद १२, चाडविक वाल्टन ११ र विलियम वोसिष्टोले १४ रन बनाए ।

    बलिङमा ललित राजवंशी, जिमि निशम र मोहम्मद मोहसिनले दुई दुई, हर्ष थाकर र शेर मल्लले एक–एक विकेट लिए ।

    यो खेलको विजेताले उपाधिका लागि सुदूरपश्चिम रोयल्ससँग शनिबार खेल्नेछ ।

  • जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइलनमा

    जनकपुरलाई पराजित गर्दै सुदूरपश्चिम एनपिएलको फाइलनमा

    काठमाडौं । जनकपुर बोल्ट्सलाई पराजित गर्दै सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइलनमा प्रवेश गरेको छ ।

    टीयु क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायरमा जनकपुरलाई ८ विकेटले हराउँदै सुदूरपश्चिम फाइलनमा पुगेकाे हाे ।

    फाइनलमा पुग्न जनकपुरले १४० रनको लक्ष्य सुदूरपश्चिमले २ विकेटको क्षतिमा १८.३ ओभरमै पूरा गर्‍याे ।

    जनकपुरका ओपनर सइफ जइबले ३२ रन जोड्दा उनका ओपनिङ पार्टनर विनोद भण्डारीले अर्धशतक प्रहार गरे । भण्डारीले नटआउट ५८ रन जोडे। उनले ५५ बल खेलेर ३ चौका र ३ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले १६ बलमा नटआउट २० रन जोडे ।

    टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन जोड्यो । जनकपुरका लागि जिमी निशमले ४५ रन जोडे। उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

    पराजित भए पनि जनकपुरलाई फाइनलमा पुग्ने दोस्रो अवसर बाँकी छ । जनकपुरले बिहीबार हुने दोस्रो क्वालिफायरमा कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्नेछ । सो खेलको जित निकाल्ने टोलीले उपाधिका लागि शनिबार सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्नेछ ।

  • फाइनल प्रवेश गर्न जनकपुरले दियाे सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

    फाइनल प्रवेश गर्न जनकपुरले दियाे सुदूरपश्चिमलाई १४० रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई १४० रनको लक्ष्य दिएको छ ।

    टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रन बनायो ।

    जनकपुरका जिमी निशमले सर्वाधिक ४५ रन बनाए । उनले २३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे ।

    शुभ कंशाकारले २६, लाहिरु मिलान्थाले १२, आसिफ शेखले ११, हर्ष थाकरले १२, अरनिको यादवले ११, शेर मल्लले ३ र मोहम्मद मोहसिनले १ रनको योगदान दिए । किशोर महत्तो २ र आकाश त्रिपाठी ४ रनमा अविजित रहे ।

    बलिङमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले ३, सैव अलि जैवले २, अभिनास बोहरा र स्कट कुगेलेइनले एक विकेट लिएका छन् । यो खेलको विजेता फाइनल प्रवेश गर्नेछ ।

  • सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०१ रनमा समेटियाे

    सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०१ रनमा समेटियाे

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएली)मा सुदूरपश्चिम रोयल्सविरुद्ध कर्णाली याक्स १०१ रनमा समेटिएकाे छ ।

    टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर १०१ रन मात्र बनायो ।

    कर्णालीका जिसन मक्सदले सर्वाधिक ३० रन जोडे । बाबर ह्यायतले १३, चाडविक वाल्टनले ११, विलियम वसिष्ठाले १६ र कप्तान सोमपाल कामीले ११ रन बनाए ।

    अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । गुल्सन झा २, देव खनाल ७ र रित गौतम शून्य रनमा आउट भए ।

  • चितवनसँग जनकपुर पराजित, विराटनगर र पाेखरा बाहिरिए

    चितवनसँग जनकपुर पराजित, विराटनगर र पाेखरा बाहिरिए

    काठमाडौं । जनकपुर बोल्ड्सलाई पराजित गर्दै चितवन राइनोज नेपाल प्रिमियर लिगको प्ले अफनजिक पुगेको छ । शनिबार भएको खेलमा चितवनले ३२ रनको जित हासिल गरेको हो ।

    चितवनले दिएको १८१ रनको लक्ष्य पछ्याएको जनकपुरले १८ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्रै बनाउन सक्यो ।

    जनकपुरका जिम्मी निसमले सर्वाधिक ६५ रन बनाएका थिए । आक्रामक ब्याटिङ गरेका उनले २४ बलमा पाँच चौका र ६ छक्का प्रहार गरे । उनको १८ बलमै अर्धशतक पूरा गरेका थिए ।

    तर, अन्य ब्याटर चल्न नसक्दा जनकपुरले लिगमा दोस्रो हार बेहोर्न पर्‍यो। यसअघि सुदूरपश्चिमसँग जनकपुर ७२ रनले पराजित भएको थियो ।

    चितवनको जितसँगै छैटाैँ स्थानको विराटनगर किङ्स र सातौँ स्थानको पोखरा एभेन्जर्स लिगचरणको अन्तिम खेलअघि नै प्रतियोगिताबाट बाहिरिएका छन् ।

    अब चितवनको यात्रा काठमाडौं गुर्खाज र विराटनगरबीचको खेलले निर्धारण गर्नेछ ।

  • कुशल मल्लको उत्कृष्ट ब्याटिङमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

    कुशल मल्लको उत्कृष्ट ब्याटिङमा चितवनले जनकपुरलाई दियो १८१ रनको लक्ष्य

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    टीयू क्रिकेट मैदानमा जनकपुरविरुद्ध टस जितेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १८० रन बनाएको हो ।

    चितवनका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले शतकीय साझेदारी गरे । मल्ल र बोपाराले तेस्रो विकेटका लागि ११३ रनको साझेदारी गरेका हुन् ।

    मल्लले ४१ बलमा ३ चौका र ७ छक्कासहित ७२ प्रहार गरे । बोपारा ४४ रन आउट भए । चितनवका हसन एइसाखिलले २८, विपिन रावतले ३, सन्तोष कार्कीले १४ र सोहिल तानविरले ५ रन बनाए ।

    बलिङमा जनकपुरका ललित राजवंशीले दुई, हर्ष थाकर, मोहम्मद मोहसिन र जिमी निशमले एक–एक विकेट लिए ।

  • जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

    जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै चितवन

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा चितवन राईनोजले जनकपुर बोल्ट्सविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

    टीयु क्रिकेट मैदानमा जनकपुरविरुद्ध चितवनका कप्तान कुशल मल्लले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

    जनकपुर यसअघि नै प्लेअफमा स्थान सुरक्षित गराइसकेको छ भने चितवन प्लेअफमा पुग्न संघर्ष गरिरहेको छ । ६ खेल खेलको जनकपुरले एक र चितवनले ३ खेलमा हारेकाे छ ।

  • चितवनविरुद्ध विराटनगरको फराकिलो जित

    चितवनविरुद्ध विराटनगरको फराकिलो जित

    काठमाडौं । विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ । विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पछि परेकाे हाे ।

    त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको थियो ।

    विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरेका थिए । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए ।

    यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन ८ र दीपक बोहराले ४ रन जोडे । यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेको थियाे ।

    जवाफी ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १३० रन मात्रै बनायो ।

    चितवनका लागि अमर रौतेलाले ४२ रन, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडे ।

    यता विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई विकेट लिँदा, बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक-एक विकेट हात पारे ।