Tag: चन्द्र ढकाल

  • सरकारले निजी क्षेत्रको सुझाव नसुनेको अध्यक्ष ढकालको गुनासो

    सरकारले निजी क्षेत्रको सुझाव नसुनेको अध्यक्ष ढकालको गुनासो

    काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रको सुझावलाई बेवास्ता गरेको गुनासो गरेका छन् ।

    शनिबार आर्थिक पत्रकार समाज सेजनको २५ औँ वार्षिक साधारणसभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले निजी क्षेत्रले दिएको सुझावलाई बेवास्ता गर्दा आर्थिक क्षेत्रमा सुधार हुन नसकेको दाबी गरे ।

    अहिले देशमा राजस्वको कमिले सरकारी साधारण खर्च पनि धान्न नसक्ने अवस्था रहेको भन्दै उनले निजी क्षेत्रले दिएको सुझावलाई व्यवास्ता गर्दा यस्तो अवस्था आएको जिकिर गरे ।

    उनले भने, ‘अहिले राजस्वको कमिले सरकारी साधारण खर्च पनि धान्न नसक्ने बीचमा जुन उचाइ भयो । त्यो चाँहि कताकता हामीले दिएको सुझाव व्यवास्ता गरेको कारणले हो भन्ने राख्न चाहान्छु ।’

    उनले राज्यको निकायहरु बीचमा सहकार्य नहुँदा कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम सफल भएता पनि राज्यको तर्फबाट राम्रो नतिजा नआउँने भएकोले सहकार्यको आवश्यकता औँलाए ।

    उनले भने, ‘राज्यको निकायहरु बीचमा सहकार्य नहुँदा पनि यो अवस्था आएको हो भन्ने लाग्छ । सरोकारवाला निकाय यो मेरो जिम्मेवारी होइन भन्ने भन्दा पनि सबै जोडिएर जान सकिएन भने, कुनै निकाय या मन्त्रालयले गर्न खोजेको काम त सफल होला । तर राज्यको तर्फबाट आउँनु पर्ने रिजल्ट आउँदैन ।’

  • जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

    जलविद्युत र पर्यटनमा इन्डोनेशियाको लगानी भित्र्याउन प्रधानमन्त्री देउवाको आग्रह

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको जलविद्युत, पर्यटन र अन्य सम्भावित क्षेत्रमा इन्डोनेशियाको लगानी भित्र्याउन सहजीकरण गर्न नेपालका लागि इन्डोनेशियाका राजदूतलाई आग्रह गर्नुभएको छ ।

    मंगलबार बालुवाटारमा नेपालका लागि इन्डोनेशियाका राजदूत हेरु हारतान्तो सुबोलोसँगको भेटमा प्रधानमन्त्री देउवाले उक्त कुरा बताउनुभएको हो ।
    “प्रधानमन्त्रीज्यूले पर्यटन, जलविद्युत तथा अन्य सम्भावित व्यवसायमा इन्डोनेशियाको सरकारी तथा निजी क्षेत्रको लगानी भित्र्याउन तथा नेपालको हिमाली पर्यटनलाई इन्डोनेशियाका पर्यटकबीच प्रवद्र्धन गर्न आग्रह गर्नुभएको छ,” प्रधानमन्त्रीलाई उदृतगर्दै नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकालले बताउनुभयो ।

    प्रधानमन्त्री देउवाले नेपालमा गणतन्त्र इन्डोनेशियाको आवासीय दूतावास स्थापनाका लागि इन्डोनेशियाको सरकारलाई आग्रह गर्नुभएको छ ।
    देउवाले इन्डोेनेशियन जनतालाई शान्तिका अग्रदूत गौतम बुद्धको जन्मभूमि लुम्बिनी भ्रमणका लागि समेत आग्रह गर्नुभएको छ ।
    उक्त भेटमा नेपालका लागि गणतन्त्र इन्डोनेशियाका राजदूत सुबोलोले नेपालमा आवासीय दूतावास स्थापनाको लागि आफू सकारात्मक रहेको बताउदै नेपालका प्रधानमन्त्रीको यो सन्देश इन्डोनेशिया सरकारसँग आफूले पु¥याइदिने बताउनुभएको छ ।

    राजदूत सुबोलोले कूटनीतिक तथा सरकारी राहदानीबाहकहरुलाई भिसा सहजीकरणको लागि दुई देशबीच छिट्टै सम्झौता हुने बताउनुभयो ।
    आगामि अक्टोबर महिनामा इन्डोनेशियामा आयोजना हुन गइरहेको ट्रेड एक्स्पोको प्रवद्र्धनक्रममा नेपालमा रहेका राजदूत सुबोलोले नेपाल र इन्डोनेशियाबिच दुई पक्षीय व्यापार तथा लगानी प्रवद्र्धन गर्न एक्स्पोले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

    “दुई देशबीच व्यापार तथा लगानीका प्रचुर सम्भावनाहरु रहेका छन् । यसलाई थप सहजीकरण गर्दै दुई देशको आपसी फाइदाका लागि काम गर्न इन्डोनेशिया सरकार सकारात्मक छ । यही अक्टोबरमा हुन गइरहेको ट्रेड एक्स्पोले पनि यसमा थप सहयोग पुग्नेछ” राजदूत सुबोलोले भन्नुभयो ।

    उहाँले नेपाल भ्रमणका लागि इन्डोनेशियाका पर्यटकलाई सहज वातावरण बनाउन आग्रह गर्दै नेपालीहरुलाई इन्डोनेशिया भ्रमण गर्दा सहज वातावरण बनाउनका लागि अन अराईभल भिसा उपलब्ध गराउनेसम्बन्धी काम भइरहेको जानकारी गराउनुभएको थियो ।

    भेटमा नेपालका लागि इन्डोनेशियाका अवैतनिक वाणिज्यदूत चन्द्रप्रसाद ढकाल, दूतावास तथा वाणिज्य दूतको कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।